व्यवहारिक जीवनमा अहिंसाको महत्व

bishnuprasadshrestha विष्णुप्रसाद श्रेष्ठ
पौष २३, २०७६

कसै कसैले यस्तो तर्क पनि गर्छन् कि आफुले कुनै प्राणीको वध नगर्ने तर मासु पसलबाट किनेर ल्याएको माछा मासु खाएमा अहिंसा को सीमा उल्लङ्घन हुँदैन। यहाँ के कुरा ख्याल गर्नु पर्छ भने आहार अनुसार नै विवेक, बुद्धि र जीवन शैली हुन्छ। त्यसकारण हिंसा नगर्ने तर मांसाहार गरेमा हाम्रो जीवन पद्धतिमा परिवर्तन आउन ज्यादै गाह्रो हुन्छ। त्यसकारण हामीले सात्विक आहार लिन आवश्यक छ।

हिंसा नगर्नु नै अहिंसा हो। हिंसा भन्नाले शारीरिक र मानसिक रुपले कुनै पनि प्राणीलाई दुख नदिनु हो। सामान्यत कुनै प्राणीको हत्या नगर्नुलाई अहिंसा मान्ने गरिएको छ। तर अहिंसाको परिभाषा त्यति मात्रमा सीमित छैन। कुनै प्राणीलाई शारीरिक र मानसिक रुपमा आघात पुर्याउनु पनि हिंसा मानिन्छ। हाम्रो बोलि व्यवहार र चालचलन तथा संस्कारले अन्य प्राणीलाई दुःख हुन्छ भने त्यसलाई पनि हिंसा मान्नु पर्ने हुन्छ।

महर्षि पतञ्जलिले हरेक मानिसले पालना गर्नु् पर्ने भनेर ५ ओटा यम र ५ ओटा नियम बताए। यस्तै गरी बाईबलमा पनि सबैले पालन गर्नु पर्ने भनेर १० नियम कमाण्डमेण्टस् दिईएको छ। महर्षि पतञ्जलिका अनुसार हरेक व्यक्तिले आफनो आनन्द, प्रेम, सुख र समृद्धि चाहन्छ भने यम र नियमको पालना गर्न आवश्यक छ। यदि यम र नियमको पालना गरिदैन भने त्यो व्यक्ति हिंसक हुन पनि सक्छ। हिंसक व्यक्तिमा काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष, जस्ता विकारहरु धेरै मात्रामा पाइन्छ।

यम भन्नाले–

(क) अहिंसा (ख) सत्य   (ग) अस्तेय (घ) ब्रह्मचर्य (ङ) अपरिग्रह

महर्षि पतञ्जलिले जीवनमा प्रत्यकले अहिंसा’ को व्रत लिनु पर्ने वताएका छन्। जब सम्म अहिंसाको नियम पालना गरिँदैन तबसम्म सत्य’ को अनुष्ठान गर्न सकिँदैन। जीवनमा सत्य’ को अनुष्ठान नभै अन्य अनुष्ठान लागु हुन सक्दैन। त्यसैले अहिंसा’ लाई जीवनमा उतार्नु आवश्यक छ।

विश्वमा जति पनि महात्माहरु भए ती सवैले अहिंसामा नै जोड दिएका छन्। पूर्वीय ऋषि मुनिहरु, सन्तहरु, अवतारहरुका साथै भगवान बुद्ध, भगवान महावीर, जेसस क्राईस्ट, मोहम्मद, महात्मा गान्धी आदि सबैले अहिंसामा जोड दिए। महात्मा गान्धीले त अहिंसात्मक आन्दोलनबाट नै भारत स्वतन्त्र’ गर्न सकिन्छ भनेर यसको नेतृत्व गरे र सफलता पनि हासिल गरे।

महाभारतको अनुशासन पर्वमा अहिंसा परमो धर्म’ भनिएको छ भने जैन र बुद्ध धर्मको मूल आधार अहिंसा र प्रेम’ हो। यहाँ पनि अहिंसा व्रतलाई जीवनमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा विवेचना गर्ने प्रयास गरिएको छ।

(क) अहिंसात्मक जीवन शैली

कुनै पनि प्राणीलाई शारीरिक तथा मानसिक रुपमा आघात नपुर्याउने संकल्प लिएर व्यवहारमा पनि उतार्न सकिन्छ। शुरु शुरुमा यस्तो जीवन शैली अपनाउन कठिनाई पर्छ। पारिवारिक पृष्ठभूमि, आफ्नो समाज, भौगोलिक वातावरण तथा संगतको कारण कसैलाई यस्तो जीवन शैली सजिलो हुन्छ र कसैलाई कठिन हुन्छ । जुनसुकै उद्देश्य प्राप्ति गर्न सजिलो हुदैन/हुन्छन् सुरुकादिनमा केही संघर्ष गर्न परेको हुन्छ। केही समय पछि त्यसै कारणले जीवनमा सुधार हुन्छ र समाजले आफुलाई हेर्ने दृष्टिकोण पनि देखा पर्दछ। अर्को कुरा कुनै आध्यात्मिक साधना प्रणालीको जग नै अहिंसात्मक जीवन शैली हो। अहिंसात्मक जीवन शैलीले त्यसपछिको बाटो सजिलो बनाउँछ। मानिसको जीवनमा दया, करुणा, क्षमा, शान्ति र प्रेमको भावना, विकास हुँदै जान्छ। त्यसैले अहिंसा’ लाई जीवन पद्धति बनाउन आवश्यक छ।

(ख) सात्विक आहार

कसै कसैले यस्तो तर्क पनि गर्छन् कि आफुले कुनै प्राणीको वध नगर्ने तर मासु पसलबाट किनेर ल्याएको माछा मासु खाएमा अहिंसा को सीमा उल्लङ्घन हुँदैन। यहाँ के कुरा ख्याल गर्नु पर्छ भने आहार अनुसार नै विवेक, बुद्धि र जीवन शैली हुन्छ। त्यसकारण हिंसा नगर्ने तर मांसाहार गरेमा हाम्रो जीवन पद्धतिमा परिवर्तन आउन ज्यादै गाह्रो हुन्छ। त्यसकारण हामीले सात्विक आहार लिन आवश्यक छ। कतिपय व्यक्तिले तागतका लागि माछा मासु खानु पर्छ भन्ने तर्क दिने गर्दछन। तर यो तर्क पनि युक्तिसंगत देखिँदैन। वैज्ञानिक तथा चिकित्सकहरुले के पत्ता लगाई सकेका छन् भने फलफूल, साग सब्जी तथा दूग्ध जन्य पदार्थबाट कावोर्हाईड्रेट्, क्यालेरि तथा भिटामिन वढी पाईुन्छ। दीर्घजवीहरुको आहार अनुसन्धान गर्दा अधिकांशले शाकाहारी भोजन गर्ने व्यक्तिहरु प्रसन्नचित्त रहने बताएका छन्। त्यसकारण माछा, मासु मात्र होईन हाँस र कुखुराको अण्डा र मद्यपेय पदार्थ पनि सेबन गर्न हुदैन। जाँड, रक्सी र लागूपदार्थको सेवनले स्वास्थ्य त बिग्रन्छ नै, धनको नास हुन्छ, समाजमा प्रतिष्ठा गुम्दै जान्छ र परिवारमा अशान्ति हुन्छ। यस्तो नराम्रो कुरा सेवन कुनै हालतमा पनि गर्नु हुदैन र गर्ने गरेको भएतापनि तुरुन्तै त्यस्तो बानी परित्याग गर्नु पर्छ।

(ग) इष्र्या, द्वेष रहीत जीवन

रिस, द्वेष, इष्र्या मानिसका शत्रु हुन। हामीमा यसरी मात्रा जति बढी भयो अति नै जीवन कष्ट कर हुन्छ। यसले आफनो जीवन कष्टकर हुने मात्र होइन आफ्नो परिवार, दैनिक व्यवहारमा संसर्ग गर्नु पर्ने व्यक्तिको जीवनमा असर पर्छ। तर अहिंसात्मक जीवन प्रणाली अपनायौ भने ईष्र्या, द्वेष, रीस, राग घट्दै जान्छ। जीवनमा यी विकारहरु जस्तै हुन्छ। ट्क्सिन को मात्रा जति बढ्यो भने उति बढी स्वास्थ्यलाई प्रभाव पर्छ। त्यसकारण ईष्र्या, द्वेष, रागलाई हटाएर प्रेम, शान्ति, क्षमा को भावना आफुमा विकसित गर्दै जानु राम्रो हुन्छ । हामीले मांसाहारी प्राणी बाघ, भालु, कुकुर, विरालो, ब्वाँसो, स्याल आदिको जीवन शैली र गाई, भैँसी, मृग आदिको जीवन शैलीमा आकाश जमिनको भिन्नता पाउँछौ। गाई भैसी जस्ता शाकाहारी प्रणाली प्राप्त हुने दूध र दुग्धजन्य पदार्थको सेबन गर्नाले हामीलाई आनन्द र शान्तिको अनुभव हुन्छ।

(घ) क्रोधमा संयम

क्रोध पनि विष समान हानिकारक मानिन्छ। क्रोधी व्यक्तिको आफनो जीवन त कष्टकर हुन्छ नै, अरुलाई पनि कष्टकर बनाउदछ। मांसाहारी तथा शाकाहारी व्यक्तिमा तुलना गर्ने हो भने अधिकांश मांसाहारीको ज्यान क्रोधी स्वभावको पाइन्छ। आफुले भने जस्तो नभएमा वा आफनो परिस्थिति अनुकूल परिणाम नआएमा छिनमै रिसाउने हुन्छ। एक छिनको क्रोधले हत्या’ जस्तो अमानवीय कार्य हुन गएको कुरा सुनिन्छ र पत्र पत्रिकामा पढ्न पाईन्छ। त्यसकारण क्रोधमा संयम राख्नका लागि पनि हामीले हिंसा रहित जीवन विताउनु आवश्यक छ।

(ङ) अनुशासन

जीवनलाई सही बाटोमा डोर्याउने काम अनुशासनले गर्छ। अनुशासनमा बस्ने व्यक्ति संयमित हुन्छ र जीवन सुखी हुन्छ। अनुशासन हीन व्यक्तिसंग अरुले व्यवहार गर्न चाहँदैन। त्यसकारण परिवार/सदस्य विस्तारै टाढा हुन्छन्। अनुशासनमा पनि आहार विहारको प्रभाव पर्छ। यदि हामी सात्विक आहार सेवन गर्यौ भने हाम्रो स्वभाव शान्त हुन्छ यस्ता व्यक्तिलाई प्राय रिस उठ्दैन त्यसकारण अहिंसाले अनुशासनमा हिँड्न सिकाउँछ।

हाम्रो सुझाव