चाहे झुकोस् निलो आकाश, यो नेपाली झुक्दैन
चाहे रुकोस् चिसो बतास, यो नेपाली रुक्दैन। ।
भन्ने उक्ति हाम्रो इतिहासमा ती वीर पुर्खाहरुले आफ्नो रगत, पसिना र आफ्नो ज्यानको समेत बलिदान गरेको नतिजा नै हो। नेपाल एकीकरणको सिलसिलामा होस् या प्रथम विश्वयुद्धबाट आजसम्म विश्वका कुना कुनामा पुगेर रगत र पसिना बगाई लडेर देखाएको अदम्य साहसको कारण गोर्खाली संसार कै उच्च पंक्तिमा “बहादुर” शब्दले परिभाषित छन्। त्यो स्तरमा नेपालीको नाम उकास्ने श्रेय तिनै पूर्वज आफ्नो देह बलिदान गर्ने वीर शहीदहरु या लडाईमा अंगभंग भएका लडाकु अनि बृद्ध भू.पू. सैनिक र जस जसले लडाईमा मद्दत पुर्याएका थिए तिनै वीर योद्धालाई नै मिल्न जान्छ।
नेपालीहरुका बारेमा धेरै बुद्धीजिवी र महान् व्यक्तित्वहरुले आ–आफ्नै तरिकाबाट परिभाषित गरेका छन्। जस्तै हिटलरको शब्दमा “यदी मसंग गोर्खाली फौज हुने थियो भने अमेरिकाले कहिल्यै पनि मलाई पराजय गर्न सक्ने थिएन”, त्यस्तै ओशामाबिन लादेनले भनेका थिए “यदी म सँग गोर्खाली फौज हुने भए मैले अमेरिकालाई जिउँदै खाइदिने थिएँ”, यसैगरी भारतीय फिल्ड मार्सल समर बहादुर मानेक्सा का अनुसार “यदि कुनै मान्छेले म मर्नु बाट डँराउदिन भन्छ भने कि त त्यो मान्छे झूट बोलेको हुनुपर्छ, कि त त्यो मान्छे गोर्खाली नै हुनुपर्छ” भनेका छन्। यस्ता शब्दद्वारा विभूषित हुने मौका पाउनु हामी नेपालीको लागि ठूलो गर्व को विषय बनेको छ।
हाम्रो इतिहासको पन्ना फर्काएर हेर्दा पृथ्वी नारायण शाहद्वारा हाम्रो देश नेपालको एकीकरण अभियान अन्तर्गत सन् १९१४ मा सुदूर पश्चिम अमरसिंह थापाको नेतृत्वमा गोर्खाली सेनाले धावा बोल्दै स–साना राज्यहरु कब्जा गर्दै देहरादुनको नहानसम्म पुगिसकेका थिए। त्यसबेला भारतमा इष्टइण्डिया कम्पनीले आफ्नो साम्राज्य कायम गरी शासन गरिरहेको अवस्था थियो। नेपाल माथि पनि अंग्रेजहरुको गिद्धे नजर लागिसकेको थियो। नेपालसंग निहुँ खोज्न त्यसबेला हारि सकेका कुमाउका राजा प्रद्युमन शाहलाई उक्साएर हात लिई नेपाल विरुद्ध फेरि लड्न प्रोत्साहित गरेका थिए।
हाम्रो किल्ला नालापानी र खलङ्गालाई पाँच तिरबाट आक्रमण गर्ने योजना बनाइ सकेका थिए। सन् १८१४ नोभेम्बर १ मा लडाई शुरु हुने घोषणा ब्रिटिश जर्नल हेस्िटङले गरिसकेका थिए। त्यसै सिलसिलामा अंग्रेज कर्नल मावाको नेतृत्वमा २५ अक्टोबर १९१४ को दिनमा प्रथम चेतावनी स्वरुप अंग्रेज फौजले तोपद्वारा नेपालमाथि गोला बसाई लडाईको चेतावनी दिएका थिए। अंग्रेज तर्फ लगभग ४ हजार फौज तोप, गोली गठ्ठाले सुसज्जित थिए भने यता वीर बलभद्रको नेतृत्वमा खलङ्गा किल्लामा महिला केटाकेटी गरेर लगभग ६०० जना जस मध्ये ४८८ सेना थिए र बाँकी आइमाइ केटाकेटीहरु पनि सामेल थिए। हाम्रो हातहतियार भनेको बन्दुक, धुयत्रो, ढुंगा, मूढा, तीर, भाला आदि थिए।
लडाई तोकेको मिति भन्दा १ दिन पहिले नै ३१ अक्टोबर राति कर्नल मावा ले आफ्नो दूतसंग चिठ्ठी पठाई वीर बलभद्र थापालाई आत्म सर्मपण गर्नु भनी लेखेका थिए। थापाले यो चिठ्ठी त्यसैबेला पढेर झोक्किँदै दुतको अगाडि च्यातिदिएका थिए र अंग्रेजका दूतसंग भने कि “तिम्रो कमाण्डरलाई भनिदिनु म आत्मसमर्पण गर्ने होइन युद्धभूमिमा नै भेट्ने छु। ” यस्तो किसिमको निडर सन्देश कर्नल मावालाई पठाएका थिए। यो पनि नेपालीहरुको साहसको ठूलो प्रमाण थियो। त्यहा १३ पटक सम्म भएको घमासान युद्धमा नेपाली सेना डटेर लडेका थिए। पछि जर्नल जिलेस्पीलाई पनि मारिदिए र कैयौं तिनका अंग रक्षक मारिए।
त्यसको बदला लिन फेरि सुसज्जित भएर मावाको कमाण्डमा तीन तीन पटक जवाफी हमला भयो, तैपनि वीर वीरंगनाहरुको अदम्य साहस र बहादुरीको कारण अंग्रेज फौज टिक्न नसकी पछि हट्न बाध्य भयो। हाम्रो पानीको मुहान समेत बन्द गरिदिएका थिए। तैपनि ७२ घण्टासम्म पानी बिना हाम्रा लडाकुहरु लडिनै रहे। घाइतेहरुको उपचारको अभाव र त्यो विभत्स स्थितिलाई बिचार गरी वीर वलभद्रले लगभग आफू र ७० जना आफ्नो तर्फका लडाकुलाई लिई ३० नोभेम्बर १८१४ का दिन किल्ला छाडेका थिए तर त्यहाँ उनले घोषणा गरेका थिए कि “म हारेर होइन खुशीले किल्ला छोडेर जाँदैछु, खलंगा अजेय छ”। त्यस युद्धमा अंग्रेज तर्फ लगभग ३५ अफिसर र १५०० सैनिक हताहत भएका थिए।
नेपालीहरुको त्यत्रो ठूलो साहस वीरता, स्वाभिमान, कतव्र्य परायणता, त्याग र बलिदान देखेर अंग्रेजले आफ्नो मन भित्रबाट उद्वेग भई शत्रु भएता पनि नेपालीहरुको बहादुरीको प्रशंसा गर्दै सम्मान पूर्ण शब्दमा देहरादूनको रिस्माना नदी किनारामा शिलालेख लेखेर छोडेका छन्। त्यो शिलालेख अहिलेपनि त्यहाँ गएर हेर्न सकिन्छ।
अंग्रेजले नेपाललाई ५ तिरबाट गरेको हमलामा तीन तिरबाट नेपाल विजयी थियो अंग्रेजलाई अगाडि बढ्न दिएको थिएन तर दुईतिर अंग्रेजले नेपाली भूभाग जित्दै अगाडि बढेको कारण नेपालले सन्धि गर्न बाध्य भएको थियो। त्यत्रो ठूलो नेपालीहरुको साहस र युद्ध कलाबाट लोभिएर नेपाली युवाहरु अंग्रेज फौजमा भर्ती गर्ने चलन चलाएको थियो फलस्वरुप अहिलेसम्म ब्रिटिश सेना साथै भारतीय सेनामा भर्ना हुने प्रक्रिया जारीनै छ। हाम्रा पूर्वजहरुको साहसका कारण विश्वका सयौं देशका कुना काप्चामा बहादुरीसाथ लडेका र ठूला ठूला बहादुरी तक्मा आजेर्का इतिहासका ठेली बनेकाछन्।
विश्वलाई नेपालीहरु बहादुर, इमान्दार देशभक्त हुन्छन् भन्ने प्रमाणित गरिसकेका छन्। फलस्वरुप आज फौजलाई मात्र नभई अन्य कुनैपनि नेपाली नागरिक हरुलाई विश्वका जुनसुकै देशमा इमान्दार “गोर्खाज्” भनेर कदर गरिन्छन्। तिनीहरुद्वारा माया गरिन्छन्, रोजगारीका अवसरहरु प्रदान गरिएका छन्। हामीहरुले हाम्रा पूर्वजहरुको यो वीरगाथालाई नभुल्नु नै हाम्रो धर्म हुनेछ। सम्मान गर्न सिक्नुपर्दछ र त्यत्रो दुःखले आजेर्को भूमिको रक्षा डटेर गर्नुपर्दछ, हैन भने ती वीर योद्धाहरुको आत्माले सराप्ने छन्। हो पनि वास्तवमा वीरहरुको भूमी हामी सबैको प्यारो देश नेपाल धन्य हो ! जसमा नेपाली जातीको गौरव लुकेको छ। पृथ्वी नारायण शाहको महायज्ञ को प्रसादको रुपमा “नेपाल आमा” हामीले पाएका छौं। यसमा कुनै स्वार्थ लुकेको छैन, तेरो र मेरो भनिएको छैन, केवल नेपाल शब्दले विश्वलाई पवित्र मन भएका वीरहरुको भूमि भनेर चिनाएको मात्र छ ! धन्य हो यो पवित्र माटो ! ‘धन्य हो नेपाल’ !
Related News
सम्बन्धित समाचार
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१