विश्व औलो दिवस २५ अप्रिल २०१३

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७०

मानव सभ्यताको विकाससँगै पृथ्वीमा अनेकौ प्रकारका जीवजन्तु देखा परे। केही जीवजन्तु मानव जीवनमा सहयोगीको भूमिकाका रूपमा देखा परे भने केही मानवजीवनमा विकराल स्थिति सृजना गरे। विकासको क्रमसँगै मानव निर्मित विभिन्न संरचनामध्ये केही संरचना मानवका लागि वरदान सावित भए भने केही विभिन्न प्रकारका कीटजन्य उत्पत्तिका लागि सहयागी बने। जुन मानवका लागि हानीकारक बन्न पुग्यो। फलस्वरूप लाखौ सङ्ख्यामा मानिसको मृत्यु हुन पुग्यो। यसविरुद्धको लडार्इँमा मानवजाति पूर्णरूपमा सफल हुन नसके पनि परापूर्व कालजस्तै हुने मानव मृत्युलाई केही हदसम्म रोक्न सफल भएको देखिन्छ।

विज्ञान विकासक्रमसँगै विभिन्न प्रकारका वैज्ञानिकको अथक प्रयासबाट औलो रोगलाई हालको अवस्थासम्म पुर्‍याउन सफल भएको अवसरमा सन २००७ देखि अप्रिल २५ का दिन विश्वभर नै औलो दिवस मनाउन थालिएकोमा यस वर्ष क्ष्लखभकत ष्ल तजभ ‘गतगचभस् म्भाभबत :बबिचष्ब -औलो रोगलाई परास्त गर्न, लगानी गरौ) भन्ने नाराका साथ नेपालमा पनि औलो दिवस मनाउने कार्यक्रम रहेको छ। जसले एकपटक पुनः डा. रोनाल्डरोसजस्ता वैज्ञानिकलाई यो दिवसले सधै सम्झना गराउँछ।

औलो परजीवीको कारणले लाग्ने एक प्रकारको सरुवा रोग हो। यो रोग लामखुट्टेद्वारा प्रसारण हुन्छ भन्ने तथ्य १९ शौ शताब्दीका वैज्ञानिकहरूले पत्ता लगाए तापनि यसअघि पश्चिम जगतको ग्रीक र रोमवासीले औलो ज्वरो जमेको पानीबाट निस्कने दूषित हावा (ब-ब्िचष्ब) बाट हुन्छ भन्ने धारणा विकास भएको पाइन्छ। जसबाट अङ्ग्रेजी भाषामा :बबिचष्ब हुन गएको तथ्य छ।

त्यसताका मानिहरूलाई पटक-पटक ज्वरो आउने र ऋष्लअजयलब रुखको बोक्रालाई थिचेर निकालेको रसबाट विरामीको उपचार गरिएको पाइन्छ। सन् १८९७ मा तत्कालीन बृटिस उपनिवेश भारतमा सेवारत स्कटलैण्डका वैज्ञानिक डा. रोनाल्ड रोसले औलो रोग एनोफिलस जातको लामखुट्टेबाट प्रशारण हुन्छ भन्ने कुरा पत्ता लगाएपछि विश्वमा एक प्रकारको हलचल भएको पाइन्छ।

उनले एनोफिलिज जातको दूषित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा लामखुट्टको र्‍यालस“गै औलोका  परजीवीहरू मानिसको रगतमा जान्छन् र मानिसलाई औलो रोग सर्दछ भन्ने करा पत्ता लगाएका थिए। जुन औलो रोग नियन्त्रण्मा ठूलो वरदानसावित भयो। औलो रोग लामखुट्टेको टोकाईबाट सर्ने र रसायनविद् पाल्मुलरले डीडीटी नामक किटनाशक विषादीको विकास (सन् १९३९ मा) गरेपश्चात् झन् औलो रोग उन्मूलनको लहर नै चल्यो। विश्व स्वास्थ्य सङ्घको आठौ बैठक सन् १९५५ ले विश्वव्यापीरूपमा औलो उन्मूलन गर्ने रणनीति सिफारिस गर्‍यो। र, विश्वभर एकैपटक कीटनाशक विषादी छिड्काउ र औलो रोग खोजपड्ताल, उपचार सुरु भयो। विविध कारणले विश्वबाट औलो रोगलाई उन्मूलन गर्न त सकिएन तापनि औलो रोग उल्मूलन कार्यक्रमको प्रतिफलस्वरूप औलो रोगलाई आजको अवस्थामा ल्याउन र नियन्त्रणमा राख्न सफल भएको छ भने मानवबस्ती बसाल्न नसकिने स्थानमा आज ठूलाठूला सहरको विकास भएको छ।

औलो रोग गरिबीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको रोकथाम गर्न सकिने र उपचार हुने लामखुट्टेद्वारा सार्ने सरुवा रोग हो तापनि विश्व स्वास्थ्य सङ्घद्वारा प्रकाशित ध्यचमि :बबिचष्ब च्भउयचत द्दण्ज्ञद्द अनुसार विश्वका एक सय चार वटा देशमा औलो रोग देखिए तापनि ९९ वटा देशमा निरन्तररूपमा फैलिएकोले यस वर्ष दुर्इ सय १९ मिलियन (२१ करोड ९० लाख बढी) मानिसमा औलो रोग लागेको र छ लाख ६६ हजार मानिसको मृत्यु भएको देखिन्छ। यसमा पनि ५ वर्षमुनिका बालबालिका र गर्भवती महिलालाई बढी रोग लाग्ने र मृत्यु भएको देखिन्छ।

औलो रोग लामखुट्टेको टोकाइबाट एक मानिसबाट अको मानिसमा सर्ने सरुवा रोग हो। साधरणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाजमोडियम फाल्सिफेरम जातका परजीवी पाइन्छन्। यीमध्ये प्लाजमोडियम फाल्सिफेरम जातको परजीवीले मानिसको मस्तिष्कमा आक्रमण गर्ने हुनाले मानिसको मृत्यु हुने सम्भावना बढी हुन्छ।

इतिहासको विकाससँगै नेपालमा औलो रोगको बाहुल्यता थियो भन्ने कुरा त्यसताका ज्वरोको कारण धेरै मानिस विरामी हुने मर्ने गरेको कुराहरू सुन्न पाइन्छ। सन् १९५० को दशकतिर नेपालको दक्षिणी भू-भाग तराई, भित्रीमधेशमा औलो ज्वरोको भयावह स्थिति थियो। त्यसबेला नेपालमा करिब दुर्इ लाख बढी औलो रोगी हुने र त्यसमध्ये १०-१५ प्रतिशतको मृत्यु हुने गरेको अनुमान गरिन्छ। राणाकालमा कसैलाई सजायँ दिन परेमा तराईतिर सरुवा गर्ने र त्यही उसको मृत्यु हुने गरेको लेखहरूले पनि तराईमा औलो रोगको स्थिति अनुमान गर्न सकिन्छ।

औलो रोग तराई र भित्रीमधेसमा देखिने रोग भए तापनि हालका दिनमा कास्की जिल्लामा पनि औलो रोगीको सङ्ख्या बढ्दै गएको पाइन्छ। जलवायु परिवर्तनसँगै तापक्रमको वृद्धि, बसाइँसराई, तराइबाट हिमाली जिल्लासम्म जोड्ने यातायात सुविधा आदिले तराईमा भएका औलोरोगी तथा लामखुट्टेहरू सजिलै पहाडी र हिमाली जिल्लासम्म पुग्ने अवस्था देखिन्छ। विगत वर्षमा पोखरा उपमहानगरपालिका र वरपरका बजार क्षेत्रमा फाट्टफुट्ट देखिने लामखुट्टेहरू कास्की जिल्लाका दुर्गम गाउँहरूमा समेत देखिँदै जानुले हामी औलो रोगबाट कति सुरक्षित छौं भन्ने अनुमान गर्न सकिन्छ।

कास्कीमा सन् २०१० मा एक हजार एक सय ७६ वटा रक्त नमुना परीक्षण गरिएकोमा ४७ जनामा (४ प्रतिशत) पोजिटिभ पाइएको छ। जसमा तीन जना (६.३ प्रतिशत) मा प्लाजमोडियम फाल्सिफारम पाइएको थियो। यस्तैगरी, सन् २०११ मा एक हजार ३१ वटा रक्त नमुना परीक्षण गरिएकोमा ४० जनामा (३.९ प्रतिशत) पोजिटिभ पाइएको छ। जसमा १० जना (२५ प्रतिशत) प्लाजमोडियम फाल्सिफारम पाइएको थियो। साथै सन् २०१२ मा एक हजार पाँ चसय ४४ वटा रक्त नमुना परीक्षण गरिएकोमा ३४ वटा (२.२ प्रतिशत) पोजिटिभ पाइएको छ। जसमा आठ जना -२३.५ प्रतिशत) प्लाजमोडियम फाल्सिफारम पाइएको देखिन्छ।

उल्लेखित तथ्याड्ढ जिल्ला जनस्वास्थ्य कार्यालयमा प्राप्त तथ्याड्ढमात्र हो। यसमा विभिन्न प्राइभेट, मेडिकल हल आदिमा जाँच गर्न आउने उपचार गर्ने विरामीको सङ्ख्या हिसाब गर्ने हो भने यो दोब्बर बढी हुने अनुमान गर्न सकिन्छ। यसरी कास्की जिल्लामा औलो रोगीको अवस्था दिन प्रतिदिन बढ्दै गैरहेको तथा अझ कडाखालको औलो -प्लाजमोडियम फाल्सिफारम) बढ्दै जानुले भविष्यमा ठूलो धनजनको क्षति नहोला भन्न सकिन्न।

औलो रोगका लक्षणहरू :

औलोको मुख्य लक्षण भनेको ज्वरो आउनु हो। यस्तो ज्वरो नियमित वा दिन बिराएर आउने गर्दछ। धेरै समय बितिसकेपछि फियोको आकार वृद्धि हुन सक्छ। शरीरमा रगतको कमी भई फुस्रो देखिन सक्छ। साथै प्लाजमोडियम फाल्सिपेरम जातको औलोले मस्तिष्कमा असर गर्ने हुनाले मानिस बेहोश हुने र समयमा उपचार गरिएन भने मृत्युसमेत हुन सक्छ।

औलोको शड्ढा लागेमा के गर्ने ?

औलो रोगको शड्ढा लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई जँचाउनुपर्छ र स्वास्थ्य कार्यकर्ताको सल्लाहअनुसार औषधि खानुपर्छ। औलो रोगको जाँच तथा औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ।

औलो रोग लाग्नबाट बँच्ने उपायहरू :

लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्ने, लामखुट्टेको हुकने ठाउँ कम गर्न पानी जम्ने स्थानहरू कम गर्ने, लामखुट्टेको लार्भा नाश गर्नु, जनचेतना जगाउने आदि।

यसकारण :

–      समुदायमा कुनै पनि ब्यक्तिलाई ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा जा“च गराई तुरुन्त उपचार गरौं।

–      सधैँ सुत्ने बेलामा झुल लगाएर सुत्ने बानी बसालौं।

–      घर वरपर सरसफाइ गर्ने र पानी जम्ने खाल्डाखुल्डीहरू पुर्ने अभियान चलाऔं।

–      समुदायका व्यक्तिहरूलाई औलो रोगका लक्षणहरू र यस रोगबाट बँच्ने उपायबारे जानकारी गराऔं।

–      औलो रोगको महामारी फैलिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा जिल्ला जन स्वास्थ्य कार्यालयमा खबर गरी सहयोग गरौं। औलो रोगीको जाँच तथा उपचार स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ।

(लेखक जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width