अफ्रिकीहरू नाइजेरियालाई विशाल अफ्रिका “जेण्ट अफ अफ्रिका” भन्ने गर्दछन्। आर्थिक सम्वृद्धिमा दक्षिण अफ्रिकालाई उछिनेको छ, जनसंख्याको हिसाबले विश्वमै सातौं ठूलो (करिब ७ करोड ५० लाख) ३ लाख छपन्न हजार ५ सय सतसठ्ठी वर्ग माइल क्षेत्रफल रहेको यो देशलाई आन्ध्र महासागरले पनि उत्तिकै साथ दिएको छ। विश्वका ठूला तेल उत्पादक मुलुक मध्ये यो एउटा हो। तेल विक्रीबाट प्रशस्त आम्दानी गरेको यो मुलुकले पेरिश क्लबको ३५ अरब अमेरिकी डलर ऋण चुक्ता गरिकसेको छ। आफ्नो देशलाई भावुक र भावनाको देश भन्न रुचाउने नाइजेरियालीहरू “जुनूनी र जज्वाती” लेखेर ब्यानर हातमा लिएर आफ्नो देशमा आउने पाहुनाहरूको स्वागतार्थ विमानस्थलमा प्रतिक्षा गरिरहेका हुन्छन्।
उत्तरमा नाइजर, पूर्व चाँद र क्यामरुन पश्चिम बेनिनले परिवेष्ठित यो देश सन् १९६०मा संयुक्त राज्यबाट स्वतन्त्र भए पश्चात् दशकौ सैनिक शासनको चङगुलमा पयो। सन् १९७९ मा अमेरिकन मोडलमा एउटा संविधान बनेको थियो, धेरै दिन प्रभावकारी रहन सकेन, तैपनि लोकतान्त्रिक प्रयास जारी नै रहृयो, देशको राजधानी लागोसबाट अबुजा सारियो, नयाँ किसिमले राजधानीलाई व्यवस्थित गरिएको छ, पश्चिमी अफ्रिकामा नै अति सुन्दर शहरमा गनिन्छ राजधानी अबुजा। यहाँका मानिसको जीवन स्तर बदलिएको छ, उन्नति भैरहेछ, महिलाहरू सशक्त छन्, जिरो साइज क्रेज बढिरहेछ। यस देशका मुख्य तीन जाति हाउसा, इग्वो र योरुवामा अग्रस्थानको लागि प्रतिस्पर्धा भने कायमै छ, समय र भाग्यले दिएको वरदान तेलको आम्दानी राष्ट्र निर्वाण र समानुपातिक वितरणमा ख्याल नगरी चिठ्ठाबाट प्राप्त भएको धन जस्तै जथाभावी खर्च भएको छ। सर्वसाधारणको पहुँचसम्म पुग्न सकेको छैन, ट्रान्स्परेन्सी इन्टरनेशनलको रिपोर्ट अनुसार यो देश भ्रष्टमध्ये उपल्लै कित्तामा दरिएको छ।
खास विषयमा पुग्न भन्दा पहिले यसै देशको एउटा रोचक प्रसङ्गड सुनाउन खोजें। बल्लतल्ल सन् २००२ मा संवैधानिक व्यवस्था भएपछि सन् २००७ मा एकजना मोहम्मद बेल्लो अबुबकर नाम गरेका नेताले राष्ट्पति पदमा विजय प्राप्त गरे। उनको ठूलो परिवार थियो, ८६ जना श्रीमती र १७० जना बच्चाबच्चीलाई खुवाउन दैनिक ९१५ अमेरिकी डलर खर्च लाग्दथ्यो। कुनै बच्चालाई भिक्षा मागेर ल्याउन अनुमति दिन्थे तैपनि उनको नाम आर्थिक भ्रष्टाचारीमा कहलिएको भने थिएन। उनी ८४ वर्ष हुँदा उनकी एउटी श्रीमती २५ वर्षकी मात्र थिइन्। उनी श्रीमती खोज्न जाँदैनथे बरू श्रीमतीहरू उनलाई खोज्दै आउँथे। एउटा कारण थियो, उनले आफ्नो अनुभवले कसैको रोग निको बनाउँथे, जनतामा विश्वास थियो उन्कोमा गएपछि रोग निको हुन्छ। यही विश्वास स्वरूप उनीकहाँ यत्रो श्रीमती जात्रा लागेको रहेछ। स्लामिक आदेश अनुसार सन् २००८ मा ८४ जना श्रीमतीसँग सम्बन्धविच्छेद गरे, आफू ८६ वर्षको हुँदा। उनलाई असजिलो के हुने गरेको थिाये भने कुनै महिला उनी भएको ठाउँमा जाँदा राम्रोरी नचिनेर सोध्ने गथे “तपाई मेरी श्रीमती त पर्नुभएन ?” भनेर। सन् २०१० मा उनको देहवसानपछि कार्यवाहक भै रहेका गुडलक जोनाथान राष्ट्रपति पदमा निर्वाचित भएका हुन्, उनी हालसम्म कार्यरत छन्।
नाइजेरियामा राम्रो व्यापारिक भविष्य देखेर एशियाली देशहरू लोभिएका छन्। भारतीयहरू त धेरै नै त्यहाँ पुगिसके, राम्रो जीवन स्तर बिताइरहेछन् तर त्यहाँको मानिस अपहरण गर्ने संस्कारले उनीहरू त्रसित छन्। सन् २००७ मा १० जना भारतीयको अपहरण भयो, ठूलो प्रयास पश्चात रिहा गरिएको थियो। खास गरेर मुस्लिम धर्म गुरु मोहम्मद युसूफले सन् २००२ मा बोको हाराम नाम गरेको संगठन खडा गरेका हुन्। ठूलो कम्प्लेक्सभित्र एउटा धार्मिक प्रतिष्ठान, एक मस्िजद र एक इस्लामी स्कुल पनि छ। पश्चिमी शिक्षा प्रणालीको विरोध गर्नु यसको मुख्य उद्देश्य हो। बोको हरामको नाम “जमान अहले- सुन्ना – लिदावत- वल-जिहाद” हुन्छ। जस्को अरबी अर्थ हुन्छ जुन मानिस पैगम्बर मोहम्मदको शिक्षा र उपदेश फैलाउन प्रतिबद्ध हुँदै बोको हरामका नेता अबुबकर शेकको नेतृत्वमा सन् २००९ देखि हालसम्म विभन्नि घटनामा १२०० जनाको हत्या भैसकेको छ। फुटबल ग्राउण्डमा अन्धाधुन्द गोली वषाउने, गुडिरहेको बसमा अगजनी गर्ने तथा कुनै महिला तथा निदोर्ष पुरुषलाई अपरहण गरी उनीहरूकै अगाडि धेरै जनाको हत्या गरी त्रसित पार्ने काम बोको हरामले गर्दै आएको छ, पश्चिमी शिक्षा र संस्कृतिको विरोध गरेको वहानामा।
सन् २०१४ को अप्रिल १४ मा एउटा छात्रवासबाट २७० जना बालिका अपहरण गरेको छ नाइजेरियाको बोको हरामले। विचरा १६-१८ वषिर्य बालिकाहरू कति हतोत्साहित भएका होलान्। ती छात्रामध्ये ५३ जना कुनै सुरतले भागेर अभिभावक भएको ठाउँमा आइपुगेका छन्। भागेर आउने मध्ये एक छात्राले भने अनुसार बोको हरामले पहिले छात्रवास जलाए अनि सबैलाई १० वटा ट्रकमा खाँदेर घना जंगलतिर लगे। ती छात्रा ट्रकबाट फाल हालेर दौडन थालिन, आफ्नो घर नपुगेसम्म दौडिरहिन्। अमेरिका, इजराइल, फ्रान्स र बेलायतले आ-आफ्ना विशेषज्ञ नाइजेरिय पठाएका छन् अपहरित छात्राहरूको तलासमा तैपनि यो पंक्ति लेख्दासम्म बोको हरामले एक सय जना छात्राहरूलाई भिडियोमा देखाएका छन्, इस्लाम धर्म अपनाउने छात्रहरूलाई रिहा गरे भने सबै चरम् पन्थीलाई नछोडेसम्म अरू छात्राहरूलाई बन्दी बनाई राख्ने घोषणा गरेका छन्। अहिलेसम्म बन्दी बनाइएका छात्रहरूलाई शारीरिक हानी नपुयाए पनि मानसिक यातना पुगिरहेछ। इजराइलबाट एउटा प्रतिरक्षात्मक टोली नाइजेरिया पुगेको छ। उता बोको हरामले अपहरित छात्रहरूलाई बेची दिने धम्की दिएको छ। पश्चिमी शिक्षाको विरोधमा, बोकोको मतलव पश्चिमी शिक्षा र हराम भनेको खत्तम हो। उनीहरू महिलाले विवाह गरेर घर धान्नुपर्दछ, स्कुल जाने होइन भन्ने धारणा राख्दछन्।
“एक बच्चा, एक अध्यापक, एक, किताब एक कलमले यो संसार बदल्न सक्छ” मलाला यूसुफजई। उनलाई करिब २ वर्ष पहिले पाकिस्तानको स्वात घाँटीमा तालिवानी बन्दुकधारीले टाउकोमा गोली हानी मरणासन्न अवस्थामा पुयाएको थियो। चिकित्सकहरूको अथक प्रयास स्वरूप उनले नयाँ जीवन पाएकी हुन्। गोली हान्नेलाई पनि यी मलाला को हुन् भन्ने पत्ता थिएन? केवल छोरीहरूले पनि शिक्षा पाउनु पर्दछ भन्ने नारा लगाउने एउटी १४ वर्षीय किशोरीमाथि प्रतिशोध लिइएको थियो। सन् १९९७ मा पाकिस्तानको स्वात घाटीमा जन्मिएकी मलाला ११ वर्षको उमेरदेखि “डायरी अफ् द पाकिस्तानी स्कुल गर्ल” नामक ब्लग सञ्चालन गर्दथिन्। यही ब्लग मार्फत् महिला शिक्षाको अधिकारबारे बुलन्द आवाज उठाउन शुरु गरिन्। महिला शिक्षा विरोधी तालिवानले निर्दयपूर्वक उनको टाउकैमा गोली हान्यो। उनै मलालाले अहिले पनि नाइजेरियाली अपहरित नानीहरूलाई आफ्ना दिदीबहिनी सम्बोधन गर्दै विश्वलाई यसतो निर्दयी क्रियाकलाप हेरेर नबस्न आग्रह गरेकी छिन्। उनको भनाई छ “बोको हराम आफैं शिक्षित हुनुपयो र अरूप्रति सहिष्णु र उदार हुनुपयो”।
केवल अफ्रिकी मुलुक मात्र होइन, कुनै-कुनै अरबी र हिस्पानिक देशहरूमा पनि महिलाको उचित सम्मान हुँदैन। आफूले प्राप्त गरेको प्रमाणपत्रको मूल्य जिरोमा परिणत हुन्छ। यस्तै भएको छ साउदी अरबमा। यहाँ महिलाले गाडी चलाउने अधिकार हुँदैन। त्यहाँका महिलाहरू यस्तो नियमको विरोधमा उत्रिएका छन्। हालसालै एक हनादी अल हिन्दी नाम गरेकी महिलाले हवाईजहाज चलाउने अनुमति पाएकी छन्। उनी पायलट भएर पनि लाइसेन्स नहुँदा पाइलट थिइनन्। आफ्नो देशभित्र अब जहाज चलाउन पाइन। सरकारी नीति बदलिएको मा यस कामको सर्वत्र स्वागत भएको छ।
विश्वमा २५ नोभेम्बरलाई विशेष महत्व दिएर महिला हिंसा विरुद्ध १६ दिने कार्यक्रम मनाउने गरिन्छ। यसको पछाडि पनि एउटा ऐतिहासिक रहस्य सँगसँगै आउँछ। संयुक्त राष्ट्र संघको पहलमा सन् १९९९ बाट यो कार्यक्रम मनाउन थालिएको हो। क्यारेवियन सागरमा रहेको एउटा हिस्पानिक देश डोमेनिकन रिपब्लिकमा सन् १९३० मा एकजना स्वेच्छाचारीले सत्ता हत्यायो र लगातार ३१ वर्षसम्म एकछत्र शासन गयो। उसको विरोध गर्ने सामर्थ्य कसैको थिएन। राफेल लियो निडास ट्रुजिलो मोलिना नाम गरेको त्यो फौजीले आफ्ना बीस हजार भन्दा बढी विरोधीलाई सिध्याई सकेको थियो। कैयन हैटिकन उखु कामदारको निर्मम हत्या गरिएको थियो।
त्यस देशका अत्यन्त साहसी ४ जना मिरावल दिदी बहिनी मिलेर देशलाई ट्रुजिलोको पञ्जाबाट छुटाउन आवाज बुलन्द पारेका मात्र के थिए उसको कुदृष्टि पयो र ४ मध्य तीन दिदीबहिनीहरू पाटि्रया, मिनर्वा र मारिया मिरावल र उनीहरूको ड्राइवरलाई उखु बारमिा लगेर निर्ममतापूर्वक मारे पछि गाडी दुर्घटनामा परेको हल्ला फिजाइयो। यो घटना १९६० को नोभेम्बर २५ मा भएको हुँदा सन् १९९९ देखि २५ नोभेम्बरलाई महिला हिंसा विरुद्ध दिवसको रूपमा मनाइएको छ। यो कुरा ऐतिहासिक हो। अहिले सम्झना मात्र हो, यस्तो हुनु हुँदैन। हाल मात्रै सम्झनै नसकिने घटना नाइजेरियाको २०० भन्दा बढी छात्राहरूको अपहरणले भने अफ्रिकी देश नाइजेरियाको विशालतामा नराम्रो दाग लागेको छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०