अभावै, अभाव र त्रासदीमा बाँचेको गोरखा,
राहत र उद्धार सँगै परामर्शको आवश्यकता।।
“प्रतिकूल परिस्थिति र विपत्तिमा त्याग र सहयोग गर्नेहरू नै वास्तविक मानिस हुन्।”
वैशाख १२ गते आएको महाभूकम्पबाट गोरखा जिल्ला पनि सम्पूर्ण रूपले नराम्रोसँग प्रभावित बनेको छ। अहिले गोरखामा उद्धार र राहतका कार्यक्रम घनिभूत रूपले चलिरहको छ। यो पंक्तिकार पनि गोरखावासी भएकोले समस्यालाई समाधान गर्न नसके पनि न्यूनीकरण गर्न कसरी सकिन्छ भन्ने तर्फ जुटिरहेको छ।
हामी सबैले अनुभूति गरेकै हो, सिङ्गो राष्ट्र र यतिबेला बढी प्रभावित गोरखा अभावै अभाव र त्रासदीमा बाँचेको छ। पटक-पटक र निरन्तरको कम्पनले बाँचिन्छ कि बाँचिदैन भन्ने दोधारमा प्रभावित क्षेत्रका वासिन्दा असाध्यै चिन्तित छन्। सञ्चार माध्यमको सम्बन्धबाट विच्छेद हुन पुगेका पीडितहरू बढी नै मात्रामा अत्तालिन थालेका छन्। यतिबेला उनीहरूलाई राहत र उद्धार सँगसँगै, हिम्मत, साहस र धैर्यता प्रदान गर्न सक्ने परामर्शको अति आवश्यकता छ। उनीहरूमा मनोवैज्ञानिक रूपमा पर्न गएको असरलाई चिर्न आवश्यक छ। भूकम्पको बारेमा मानिसहरूले अनावश्यक रूपमा फैलाएका अफवाहले गर्दा पीडितहरू झन् पीडित बनेका छन्। सञ्चार माध्यमका अभाव र परामर्शको अभावले गर्दा मानिसहरू तिनै अफवाहको पछाडि दौडिएका छन्।
अनावश्यक हल्लाको पछाडि नलाग्न र संयमता अपनाउन सम्पूर्ण प्रभावित क्षेत्रका वासिन्दासँग म अनुरोध गर्दछु। सञ्चार माध्यमसँग टाढा रहेका गाउँ-बस्तीका पीडितले भूकम्पविद्का कुरा सुन्न पाएका छैनन्, पत्रपत्रिका पढ्न पाएका छैनन्, के ठीक, के बेठीक छुट्याउन सकेका छैनन्, त्यसैले साना-साना कम्पन जा“दा पनि मानिसहरू आत्तिने, रुने, कराउने, चिच्याउने, भागदौड गर्ने जस्ता असहज र असामान्य कार्य गर्न बाध्य छन्। यस्तो असामान्य ढंगले मनोवैज्ञानिक चापमा बाँचेका पीडितलाई भूकम्पको हल्लाको पछाडि नलाग्न र सतर्क रहन गाउँ-गाउँमा परामर्शको आवश्यकता छ।
यो पंक्तिकार पनि गोरखावासी भएकोले त्यहा“को समस्यालाई न्यूनीकरण गर्न व्यक्तिगत सर्म्पर्क र अनुरोधको आधारमा राहत सामग्री जुटाएका अन्नपूर्ण टोल विकास संस्था, अन्नपूर्ण आमा समूह, अन्नपूर्ण बाटो निर्माण समिति, घारीकुलो टोल विकास संस्था, जनजागृति आमा समूह, समदर्शी वचत तथा ऋण सहकारी, गोरखा मेडिकल हल र विभिन्न व्यक्तिले व्यक्तिगत रूपमा जुटाउनुभएको राहत सामग्री लिएर गोरखाका केही गाउँमा जा“दा प्रत्यक्ष रूपले गरेको अनुभूति यही थियो। यसै बीचमा म जिल्लाको सदरमुकाम पुग्दा सानो कम्पन गएको थियो। मानिसको भागदौड, चिच्याउने, कराउने, रुने, जस्ता प्रवृत्ति विकराल समस्या बनेका छन्। भूकम्पको ठूलो कम्पन पछि भूकम्पविद्कै भनाइ अनुसार साना कम्पनहरू जानुपर्दछ र यो नियमित प्रक्रियाभित्र पर्दछ, यस्ता कम्पन जा“दा नडराउने, नआत्तिने, धैर्य गरेर बस्ने गर्नुपर्दछ भन्ने सामान्य कुरालाई पनि परामर्श गर्न नसक्दा पीडत विक्षिप्त बन्ने गरेका छन्। सङ्कटमा परेका पीडितलाई समयमा नै मनोवैज्ञानिक परामर्श गर्न सकिएन भने यसले अको समस्या नथप्ला भन्न सकिन्न। यतिबेला पीडितकोमा राहत लिएर पुगेका व्यक्ति, सङ्घसंस्थालाई राहतका साथसाथै सल्लाह, सुझाव र परामर्श गरेर फर्किदिन पनि म आग्रह गर्दछु।
यतिबेला राहत वितरण जोडतोडले भइरहेको छ, तर प्रमुख समस्या भनेको समन्वय र व्यवस्थापनमा देखिएको छ। राज्यका संयन्त्र र निकायहरू चुस्त र दुरुस्त ढंगले जुन गति लिएर अगाडि बढ्नुपर्ने हो, त्यस्तो देखिएको छैन। पुगेका सामग्रीलाई छिटो भन्दा छिटो पीडितकोमा पुर्याउन नसक्दा, एकद्वार प्रणाली अपनाउँदा, र आवश्यकताको आधारमा समुचित र न्यायिक ढंगले वितरण गर्न नसक्दा पीडित मारमा परेका छन। व्यवस्थापनको अभावले गर्दा पीडितहरू बीचमा नै त“छाड-मछाड, झगडा, कलह र द्वन्द्व देखिन थालेको छ। यो असाध्यै नमीठो पक्ष सिर्जना हँुदै गएको छ। कतिपय ठाउँमा त विस्फोट भइसकेको छ। संकट र अभावको समयमा अपनाउनुपर्ने व्यवस्थापन र सहजीकरणलाई ठीक ढंगले सञ्चालन गर्न सकिएन भने आक्रोश बढ्दै जान्छ र त्यसले थप समस्या निम्त्याउँछ भन्नेतर्फ सतर्क रहँदै सम्बन्धित निकायहरू समयमै सचेत रहनुपर्दछ। पीडितका गुनासा कस्ता कस्ता छन् र आक्रोश कसरी बढ्दै गइरहेका छन् भन्ने कुरा सबैले बुझेकै हुनुपर्दछ। अहिले उद्धार र राहतमा नै ठीक ढंगले व्यवस्थापन गर्न सकिएन भने भोली हुने निर्माण र पुनर्निर्माणमा कसरी जुट्ने – कसरी समाधान गर्ने – दूरदर्शी दृष्टिकोण, असल मनसाय, निश्पक्ष मानसिकता, सक्षम व्यवस्थापन अहिलेको आवश्यकता छ।
राहत सामग्री वितरणमा पनि पीडितहरूको आत्मसम्मानमा, भावनामा चोट नपुग्ने गरी वितरण गर्नुपर्दछ। कतिपय ठाउँमा वितरण गर्ने चाहिँ शासक र पीडित चाहिँ शासित भिखारी जस्तो अनुभूति भएको जस्तो देखिएको छ। हामी सबै एउटै दुःखको भूमरीमा छौं, सबैको समस्या बराबरी छ, सबैको समस्या साझा छ, त्यसैले हामी सबै मिलेर समाधानतर्फ लाग्नुपर्दछ भन्ने भावना सृजना गर्नुपर्दछ।
यतिबेला विभिन्न व्यक्ति, सङ्घसंस्था र सहयोगी हातहरू प्रत्यक्ष रूपमा सम्बन्धित ठाउँमा आफै उपस्थित भएर पीडितलाई सहयोग गर्न चाहन्छन् र गरिरहेका छन्। तर समन्वयकारी भूमिकाको अभावले गर्दा उनीहरू पनि अलमलमा परेका गुनासा आएका छन्। कतिपय सङ्घसंस्था एक ठाउँमा पीडितलाई दिन गएका राहात अको ठाउँमा बाँडेर फर्केका छन्। कतिपय बाटोमा नै अलमल्ल छन्। कतिपय संस्थाहरू व्यक्तिलाई सर्म्पर्क गरेर सम्बन्धित ठाउँमा पुगेका छन्। कतिपय बाटोघाटोको समस्या र प्रतिकूल मौसमले गर्दा सदरमुकामबाट फर्किएका छन्। तर पनि प्रतिकूल मौसमका बाबजुत कच्ची सडकका अप्ठ्यारा पार गर्दै सहयोगी मनहरू पीडितकोमा पुगेर मलमपट्टी गर्ने काम गरिरहेका छन्। सम्मान गरौं तिनै सहयोगी सङ्घसंस्था र दातालाई जसले पीडितको राहत र उद्धारमा निरन्तर जुटिरहेका छन्। माया गरौं पीडतलाई जो विकराल समस्यामा फसेका छन्।
विशिष्ट खालको यस परिवेशमा नातागोता, आफन्त, पार्टीनभनिकन स्वार्थरहित ढंगले आत्मिक, पवित्र र वास्तविक रूपमा सहयोग गरौं। जहा“ आवश्यक छ, जहा“ पीडितहरू छन् त्यहा“ पुग्ने कोसिस गरौं। यतिबेला हामीले सकेको सहयोग गर्ने कुरालाई छलछाम गर्ने र बहानाबाजी बनाउने काम नगरौं। हामीले धेरै ठूलो सहयोग गर्नुपर्दैन, हामीले दिएको एक पोका विस्कुटले पीडितको एउटा परिवार बाँच्ने अवस्था छ। यतिबेला सहयोग नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? खुला हृदय र पवित्र भावनाले पीडितहरूलाई सहयोग गरौं।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०