नेपाल र नेपाली मात्र होइन, सारा संसार दुःखी रहेको छ महाभूकम्पले ल्याएको जिउधनको क्षत्रि्रति। देशभित्र र बाहिर बस्ने नेपाली मात्र होइन, नेपाल र नेपालीलाई माया गर्ने विश्व समुदाय चिन्तित छ, यस महाभूकम्पले ल्याएको विनाश र पीडाप्रति। छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सि जिङपिङ तथा संयुक्त राष्ट्र संघका महासचिव बान्की मुनदेखि शक्तिशाली अमेरिकाका राष्ट्रपति बाराक ओबामालगायत विश्वका नेताहरूबाट नेपाललाई यस विपद्का घडीमा हरतरहले सहयोग गर्न तयार रहेको प्रतिबद्धता आइरहेका छन्। छिमेकी मित्र राष्ट्र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे राहतका सामग्रीसहित नेपाल आइपुगे। आफूसित उपलब्ध जुनसुकै सहयोगका लागि तयार भएको वचनसहित छिरिङले हाम्रा प्रधानमन्त्री सुशील कोइरालासँग गरेको अंकमालमा कुनै बनावटीपन भेटिँदैन। नेपालीका अदम्य साहस, सहनशीलता, परिश्रम र इमानदारिताबाट अभिभूत बेलायती अभिनेत्री जोयना लुम्ले आफ्ना सहयोगी हात र सहृदयी मन लिएर भूकम्प पीडितका राहतका लागि अघि बढेकी छिन्। उनीले एकै दिनमा संकलन गरेको रेर्कर्ड ३ अर्ब रुपैयाँभन्दा उनले नेपाल र नेपालीप्रति व्यक्त गरेको माया र सद्भाव महत्वम्पूर्ण छ। उनी राहतको अपिल गर्दै नेपालीबारे भन्छिन्, ‘स्वाभिमानले सम्पन्न नेपालीहरू माग्ने हात फैलाउँदैनन्, हामी आफंै सहयोगका लागि अघि बढनुपर्दछ।’ आहा कति राम्रो भावना नेपाल र नेपालीप्रति। नेपालभित्रका उद्योगी, पुँजीपति मात्र होइन, बिहान-बेलुका हातमुख जोड्न धौ-धौ पर्ने परिवारहरू पनि सहयोगी हात र उदार मन लिएर अगाडि आएका छन्। पीडितको उद्धार र सहयोगमा कसैले कसैको जात, सम्प्रदाय, वर्ग, वर्णय आस्था र धर्मलाई पटक्कै ख्याल नगरी अगाडि आएको पाइन्छ। मूलतः पहाडमा आएको वीभत्स विनाशलाई राहत पुर्याउन सिंगो मधेस एकजुट भएर लागेको पाइन्छ। १० दिनदेखि जमिनमुनि पुरिएका किशोर पेम्बा तामाङलाई आफ्नो जिउ ज्यानको माया नमानी अदम्य साहसका साथ उद्धार गर्ने सशस्त्र प्रहरी इन्सपेक्टर लक्ष्मण बस्नेतप्रति सारा नेपाली समुदाय एकजुट भएर कृतज्ञता व्यक्त गरिरहेका छन्।
आज सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीप्रति बढेको अथाह सद्भाव र जनआभार राम्रा काम गरेमा नेपाली जनता सबैलाई मुक्त कण्ठले प्रशसा र सहयोग गर्न आतुर छन भन्ने प्रमाण पनि हो। अभूतपूर्व राष्ट्रिय एकता, एकजुटता र अपनत्वको जुन सञ्चार यस राष्ट्रिय आपद्को समयमा भएको छ, जसलाई महाभूकम्पको विपत्तिले ल्याएको एउटा अवसरका रूपमा लिइनुपर्छ। यो कतै महाभूकम्परूपी कालो अँध्यारो बादल शीतको चाँदीको घेराका रूपमा आएको त होइन ? यो राष्ट्रिय एकतालाई सुदृढ पार्दै राष्ट्रलाई लामो समयदेखि आइपरेको समस्यालाई सबैका सहयोग र साथमा समाधान गर्ने अवसर पनि हो।
राम्रा राष्ट्रिय नीति, नियम र कानुनहरू बन्नु पर्छ र यसलाई सबैले पालना गर्नुपर्छ भन्ने सन्देश पनि यस विपत्तिले सबैलाई दिएको छ। निश्चित उचाई भन्दामाथिका घरहरू बनाउन बन्देज लगाउने नीतिनियम हुँदाहुँदै ‘मनी र मसल’ को भरमा अटेर गरी धेरै उचाइका भवनहरू निर्माण गर्ने र यसलाई नियमन नगर्ने निकायलाई जिम्मेवार गराउन अब सबैको चेत खुलिसकेको छ। झिनामसिना कुरामा आन्दोलित देखिने नागरिक समुदायलगायत सबै नागरिकहरूलाई अब भवन आचारसंहिताको पालना गर्ने र गराउने अवसर आएको छ। आली, कान्ला, बाटो तथा सार्वजनिक जग्गा मिच्ने धनपत्तिहरूमा पक्कै पनि राम्रो चेत आएको हुनुपर्छ। प्रत्येक टोल, गल्लीमा केही स्थान बच्चा, बच्चीको खेल मैदानको रूपमा खाली छोडिराखेको खण्डमा यस्ता विपत्तिहरूमा प्रयोग गर्न सकिन्छ। महानगरपालिकाले तुरुन्तै यस दिशामा काम गरिहाल्नु पर्दछ। नीति निर्मातादेखि सवसाधारणसम्म सचेत र सजक रहेको यस परिस्थितिलाई उपयुक्त वातावरण बनाएर कार्यान्वयन गर्न कुनै पनि ढिलाइ गर्नुहुँदैन। राहत वितरण र उद्धारमा सहजीकरण गर्न सबैभन्दा उपयुक्त र प्रभावकारी माध्यम स्थानीय सरकार नै हो। स्थानीय निकायको निर्वाचन भएर गाविस/नगरपालिका तथा जिल्ला विकास समितिमा निर्वाचित पदाधिकारी आएको भए केन्द्रीय सरकारको कार्यबोझलाई कम गर्दै राहत र उदारकार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने सबैले महसुस गरेका छन्। आशा छ यसले निकट भविष्यमा स्थानीय निकायको निर्वाचन गर्न सबैलाई उत्साह र प्रेरणा मिलोस्। नेपाल लामो समयदेखि आन्तरिक द्वन्द्व, राजनीतिक खिचातानी, दाउपेच र औचित्यहीन सर्ंघषको वेदनाबाट गुज्रिरहेको छ। अरूका खुट्टा काटेर आफू अग्लो देखिने अन्तहीन प्रतिस्पर्धामा राजनीतिक दलहरू लागिपरेका छन्। आफ्ना झिना-मसिना, व्यक्तिगत तथा पार्टीत लाभहानिका शकुनी दाउपेच र दम्भ पालेर देश तथा देशभक्त नेपालीहरूको आशा र चाहना माथि तुषारापात गरिरहेका छन्। आफ्नै कटिबद्धता विपरीत अर्बौ रकम खर्चेर दुर्इ-दुर्इ पटकको निर्वाचनबाट गठन गरिएको संविधानसभा समेत नेपालीलाई म्पूर्ण संविधान प्रदान गर्न असक्षम बनाएका छन्। यस राष्ट्रिय विपद्का बेलामा तयार भएको राष्ट्रिय एकता र जनमतलाई कदर गर्दै नेपालका सम्पूर्ण राजनीतिक र प्राज्ञिक शक्तिहरू एकजुट भएर नेपाल र नेपालीलाई नयाँ संविधान दिन सक्नुपर्दछ। महाभूकम्पको महाविपत्तिले छिन्न, भिन्न र खिन्न पारेको पीडित नेपाली समुदायलाई सबैभन्दा ठूलो राहत नै यही हुनेछ। इतिहासका कालखण्डमा यस्ता विपत्तिले देशको समग्र इतिहासमा राम्रा परिणाम ल्याएका उदाहरण प्रशस्तै छ। सन् २००४ को डिसेम्बर महिनामा इन्डोनेसियाको बन्दाआचेहमा गएको महाभूकम्प र सुनामीका दुष्परिणाम करिब डेढ लाख जनताले ज्यान गुमाएपछि त्यहाँ चलिराखेको स्वतन्त्र आचेह बनाउने विखण्डनकारी आन्दोलन साम्य भएको थियो। ३० वर्षसम्म चर्किएको र करिब १५ हजार मानिसले ज्यान गुमाइसकेको इन्डोनेसिया विखण्डन गर्ने स्वतन्त्र आचेह आन्दोलन इन्डोनेसियन सरकारसँग सम्झौता गरी टँुग्याइएको थियो। महाविपत्तिको त्यस घडीमा देश टुर्क्याउन कसिएका विखण्डनकारी र सरकार समेत बहुसंख्याक समुदायको हितमा सम्झौतामा आउन सक्दा रहेछन् भने हाम्रा राजनीतिक दल र नेताहरू किन सम्झौतामा आउन नसक्ने – महाविपत्तिको यस घडीमा उत्पन्न राष्ट्रिय एकताको बलमा राजनीतिक दल र नेताहरूले आफ्ना क्षणिक तुष, दम्भ र विभेदलाई अन्त गरी देश बनाउने महान् संकल्पमा जुट्नुपर्छ। सबै पक्षको चाहना र भावनालाई सम्मानजनक स्थान दिई नेपाललाई संविधान दिन सक्नुपर्छ। लामो समयदेखि राजनीतिक खिचातानी र दाउपेचमा आफ्ना सवस्व गुमाइरहेका नेपाल र नेपालीलाई सबैभन्दा ठूलो राहत प्याकेज यही हुनेछ। महाविपत्तिको यस अवसरलाई संविधान र सोमार्फत देश बनाउने अवसरलाई वास्तविकतामा बदल्न हामी सबै आ-आफ्नो स्थानबाट योगदान दिउँ। हाम्रा छिमेकी राष्ट्रहरू तथा विश्व समुदायसमेत नेपाललाई यस दिशामा सहयोग गर्न अनुरोध गरांै। यो नै करिब ८ हजार मृतकप्रति सच्चा श्रद्धाञ्जली र १०औं हजार घाइते एवं लाखौं प्रभावित जनसमुदायप्रति सच्चा सहानुभूति र अमूल्य राहत हुनेछ। आशा एवं विश्वास छ, हाम्रा राजनीतिक दल र तिनका नेताहरूले उच्चतम मनोबल र विवेक प्रयोग गर्नेछन्। अभूतपूर्व राष्ट्रिय एकता, एकजुटता र अपनत्वको जुन सञ्चार यस राष्ट्रिय आपद्को समयमा भएको छ, जसलाई महाभूकम्पको विपत्तिले ल्याएको एउटा अवसरको रूपमा लिइनुपर्छ। यो कतै महाभूकम्परूपी कालो अ“ध्यारो बादल शीतको चाँदीको घेराका रूपमा आएको त होइन ?
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०