सधैँ सधैँ विपद, दुःख, मानवीय सेवा र सामाजिक सेवामा काम गरिरहेको रेडक्रस कास्कीलाई देशमा आएको वैशाख १२ को विनाशकारी भूकम्पले एकैचोटी रेडक्रसका शाखा, उपशाखा, युवा सर्कलहरू र यसका भोलेर्न्र्टसहरूलाई तुरुन्त सक्रियता गराएको देखियो, भूकम्प आएलगत्तै एक आपसमा सञ्चार, सर्म्पर्क गरी ठाउ“ ठाउ“को सूचना लिने, रिपोर्र्टिङ गर्ने यहा“को स्थानीय प्रशासनस“ग पनि समन्वय राख्दै १२ गते बेलुकी नै केही थान त्रिपालहरू गोर्खा रेडक्रसमा पुर्याउने काम गरिएको थियो। भोलिपल्ट बिहानै जिल्ला कार्यसमितिको आकस्िमक बैठक बसी रेडक्रस जिल्ला शाखाको गोदाममा स्टक भएका खाद्यन्न सामग्री, त्रिपाल, कम्मल, औषधि, पानी र डेथवोडी ब्यागहरू जस्ता अति आवश्यक वस्तुहरू केही हेलिकोप्टरमार्फत शाखाका उपसभापति डण्डराज शर्मा र सदस्य र्सूय ढकालसहित गोर्खाको वारपाक पुर्याउने काम गरिएको थियो भने तत्कालै ठूलो गाडीको व्यवस्था गरी एक गाडी सामानहरू गोर्खा पठाइएको थियो। कास्की रेडक्रसको गोदामका सामान गाडीमा लोड गर्दा जिल्ला शाखाका पदाधिकारी सदस्यहरू भोलेर्न्र्टस साथीहरू, कर्मचारीहरू लाइन बसेर हात हातबाट सामान पास गरेको अनुभूति सम्भिmरह“दा मानवीय सेवा र परोपकारको भावनाले ओतप्रोत भई सक्रियतापूर्वक काम गरिरहेका दृश्यहरू स्वयंसेवीहरूमा झल्किरहेको देखिन्थ्यो। लोड गरिएको गाडी सामानको भर्पाइसहित एक जना रेडक्रस भोलेर्न्र्टस लिएर गोर्खाको लागि रवाना भयो। एकले अर्कालाई हेर्दा सबैका अनुहारहरू मलिन थिए सबैको मनस्थितिमा विषय त्यही थियो-‘भूकम्प’ रेडक्रस जिल्ला शाखाका फोनहरू बजिरहेका थिए, साथीहरूको फोनहरू बजिरहेका थिए, कास्की जिल्लामा हामीहरूले मानवीय क्षति केही कम व्यहोर्र्नुपरे पनि प्रायजसो सबै गाउ“मा भौतिक क्षति धेरै भएको रहेछ, गाउ“ गाउ“बाट उपशाखाका सभापतिहरूको फोन आउन थाल्यो धेरै जनाले क्षतिको विवरण भन्न थाल्नुभएको थियो। जिल्ला शाखाको कार्यसमितिको बैठक बसी एउटा योजना निर्माण गरिएको थियो कास्कीका ४ वटा क्षेत्रलाई हेर्ने गरी ४ वटा संयोजकसहित सदस्यहरू तोकी काम बाँडिएको थियो।
सम्बन्धित गाउ“ र वडाका स्थानीय निकाय अनी हाम्रा रेडक्रसका उपशाखासँग समन्वय गर्ने गरी क्षतिको विवरण सड्ढलन गरी राहत पुर्याउने जिम्मेवारी प्रदान गरिएको थियो। यति खेरको विपत्ति, विगतका विपत्तिहरू भन्दा अलि फरक र गम्भीर प्रकृतिको देखा पर्यो किनकि विगतमा एउटा गाउ“, एउटा ठाउ“मा मात्रै विपद हुने गथ्यो अनि रेडक्रसको सबै शक्ति, स्रोत साधन प्रयोग हुने थियो तर विडम्बना भन्नुपर्छ अहिलेको विपदमा कोही छुटेको छैन, कोही मानसिक रूपले तानवमय भएका छन् भने कसैका आफन्तहरू, नाता गोता परिवारजन गुमाएको पीडा छ, घायल भई अस्पतालमा छट्पटाइरहेका पीडाहरू छन् कत्तिका घरवार क्षतविक्षत भई चौरको बास भएको छ। के खाने, भरे के खाने, भोलि के खाने कहा“ बस्ने बालवच्चा केटाकेटी कसरी संरक्षण गर्ने यस्ता दुखद् र दर्दनाक पीडाहरू एकैचोटी देखिन थाल्यो। हामी कास्की रेडक्रसको बैठकमा योजनाहरू बनाउँदै थियौ। कास्की रेडक्रसको आफ्नै निती छ। प्राकृतिक प्रकोपबाट मृत्यु हुनुभएका परिवारमा साहानुभूति र शोकमा सहभागी हुने, समवेदना व्यक्त गर्न तत्कालै परिवार भेट्न पुग्ने परम्परा रहेको छ त्यसै अनुसार १२ गतेको भूकम्पबाट मृत्यु हुनुभएका परिवारलाई भेट्न माझठाना र रूपाकोट जानको लागि उपसभापति डोलराज पाण्डे र सदस्य सोमनाथ सरलाई पठाउने भन्ने छलफल हुँदै थियो, अकस्मात भूकम्पका झट्का महसुस हुन थाल्यो, ल आयो आयो बाहिर जाउँ बाहिर जाउँ भन्दै सबैजना निस्कन थाल्यौं, चौरमा सबै कार्यसमितिका सदस्यहरू, कर्मचारीहरू, आ-आफ्ना फोननहरू चलाउँदै आफ्ना घर परिवारहरू र आफन्तको खवर बुझ्दै कास्कीका गाविसहरूको र अन्य जिल्लाका सूचनाहरू लिइरहेका थियौं। भूकम्पबाट मृत्यु भएका परिवार जनहरूलाई भेट्न साथीहरू लाग्नुभयो।
सभापति, मन्त्री र कोषाध्यक्षहरू आवश्यकता अनुसार यहाको स्थानीय प्रशासन, सिडियो, एलडीयो र क्षेत्रीय प्रशासकहरूको बैठकमा सहभागी हुँदै समन्वयकारी भूमिकामा पनि लागि रहनुभएको थियो। गाउँ गाउ“बाट उपशाखाका सभापतिहरूको नेतृत्वमा आएका टोलीले भरे नै घरमा बस्ने ठाउ“ छैन, बाहिर बस्नुपर्छ कत्तिको त खाने कुरा अन्नपात, लत्ता कपडाहरू समेत झिक्न सक्ने अवस्था रहेको छैन भन्दै हुनुहुन्थ्यो। रेडक्रसका सबै साथीहरू आ-आफ्नो क्षेत्रको जिम्मेवारी अनुसार सबै उपशाखाका सभापति र सचिवहरूसँग क्षतिको विवरण सड्ढलन गर्न लागिरहनुभएको थियो, आर्वा उपशाखा सभापतिसहित ६,७ जना साथीहरू विवरण सड्ढलन गरी आउनुभएको थियो, रेडक्रसको नीतिअनुसार तत्कालका लागि घर भत्किएको छ बस्नै हुने छैन भत्किएर खाद्यन्न कपडाहरू सबै पुरिएको अवस्था छ भने त्यसलाई पूर्ण क्षति मानी पाल, कम्मल, भा“डा, बाल्टी ३,४ दिनलाई पुग्ने खाद्यन्न दिने नीति थियो भने, घर क्षति भएको, दाया“ बाया“ पाखा भत्किएको छ त्याहा“ बस्न जोखिम छ तर त्यहाँ भएका खाद्यन्न लत्ता कपडाहरू निकाल्न मिल्ने अवस्थालाई आंशिक क्षति माानी त्रिपाल मात्र उपलब्ध गराई बाहिर बस्न अनुरोध गरिएको अवस्था थियो। आर्वाका साथीहरूले, १३ गते नै ४ बजिसकेको थियो थियो सामान त आज नै लानुपर्यो भनी अनुरोध गर्नुभयो, कास्कीको क्षेत्र नं. २, भएकाले कास्की रेडक्रसका मन्त्रि कृष्ण तिमिल्सिना र म प्रकाश पौडेल, पनि १९ पूर्ण क्षति, ४१ आंशिक क्षतिको विवरण र सामानको भरपाई बनाई पीडितहरूको सहयोगको लागि राहत सामग्री लिएर गयौं, विवरण अनुसार उपशाखाको टीम र स्थानीय समाजेवी व्यक्तिहरूको रोहबरमा पीडितलाई नजिक पायक पर्ने गरी ४,५ ठाउ“मा भेला गराई वितरण गरिएको थियो रातिको ८:३० बजिसकेको थियो हामी आर्वाको कसेरी थियौ, त्यहाँ पनि घरहरू क्षति भएको अवस्था रहेछ केही थान राहत सामग्रीहरू बाँडेर हामी शाखातिर र्फकदै थियौं, घर पविारहरूले फोन गरिरहेको अवस्था थियो बाटोमा भूकम्पले त्राहीत्राही भएका आम मानिसहरू आफू बसेको घर छोडेर घर अगाडि, खुल्ला चौरमा बसिरहेको अवस्था देखिएको थियो, हामी पनि एक आपसमा कुराहरू गर्दै थियौं-‘हत्तेरी कस्ता दिन आए हगि न कहिलै सोचेको न कल्पना गरेको’ ९:०० बजिसकेको थियो हामी कास्की शाखामा पुग्यौ गाडीका चालक तिलक दाइ इन्द्रेणीमा खाना खाएर सुत्छु भन्नुभयो, हामी आ-आफ्नो मोटरसाइकल लिएर घरतिर लाग्यौं, त्यो त मेरो एउटा मात्र अनुभव थियो, धेरै साथीहरू कास्कीका अन्य गाउ“हरूमा पुग्नुभएको थियो। पोखराको आकाशमा हेलिकोप्टर उडिरहेका थिए दिनभर बजार अलि सुनसान प्राय थियो मानिसहरू त्रसित मुद्रामा देखिन्थे, कास्की रेडक्रसमा आफ्नै संयन्त्रमार्फत धेरैभन्दा धेरै क्षतिको विवरण आइसकेको थियो। रेडक्रस कास्कीले कास्कीका प्रायः सबै प्रभावित गाउ“मा राहत पुर्याउने अभियानमा पोखरामा क्रियाशील अरु सामाजिक सङ्घ संस्थासँग समन्वय र सर्म्पर्कमा रहिरहेको अवस्था पनि थियो, यसैविच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गोर्खाको लाप्राक र बारपाकबाट ल्यााइएका घाइते विरामीहरूको अवस्था अस्पताल प्रशासनसँग बुझी, अस्पताल हाताभित्र केही पालहरूको व्यवस्था गरी विरामीलाई खना खुवाउने व्यवस्था मिलाउनका लागि हाम्रो आफ्नै संस्था रेडक्रस उपशाखा १०,११ का सभापति सम्मर ब. श्रेष्ठसँग कुराकानी गर्यौं र १०,११ ले यो विपत्तिको घडीमा खेलेको भूमिका मानवीय सेवाको दृष्टिले उत्कृष्ट रहेको अनुभूति भइरहेको छ।
सकारात्मक भनांै या के भनांै यसपटकको विपदमा जिल्ला प्रशासन कार्यलयले नगद राहत सड्ढलनका लागि माइकिङ गर्ने ब्यानर थाप्दै हिँड्ने परम्परालाई कर्डाईका साथ रोकेकोले विगतमा जस्तो टोलटोलमा छ्यापछ्याप्ती राहत सड्ढलन गर्नेहरूको भीड भेटिएन तर महाविपदको यो घडीमा नेपालीहरूको मन भावविह्वल थियो, पोख्रेली जनताको परोपकारी भावना, भूकम्प प्रभावित क्षेत्रका पीडितहरूको सहयोगका लागि मानवीय पीडा रोक्न वा कम गर्नका लागि आ-आफ्नो टोल टोलमा आ-आफ्ना सर्म्पर्कमा भएका साथीहरू र सङ्घसंस्थाले भटाभट एक आपसमा मिलेर जिन्सी राहत सड्ढलन गर्न थाल्नुभयो, रेडक्रससँग सर्म्पर्क गर्नुभयो, समन्वय गर्नुभयो, कास्की रेडक्रसले आफूसँग उपलब्ध सूचना तथ्याड्ढ र विवरण काहा“ के आवश्यकता छ, आफूलाई भूकम्प प्रभावित जिल्लाका रेडक्रस शाखासँग, रेडक्रस केन्द्रसँग र सम्बन्धित जिल्लाका प्रशासनसँग समन्वय र सर्म्पर्क गरी आफूलाई अपडेट गरेको अवस्थाले गर्दा कास्की रेडक्रसले आवश्यकता अनुसार लक्षित ठाउ“मा राहत सामग्री पठाइरहेको अवस्था रह्यो। विशेषगरी गोर्खा, धादिङ, नुवाकोट, लमजुङ, तनहु“ र स्याङ्जा, नुवाकोट, काठमाडौ, भक्तपुर र ललितपुरमा कास्की रेडक्रसले विभिन्न सामाजिक संस्थासँग समन्वय गरेर राहत पठाउने काम गरिएको थियो यो अभियानमा कास्की रेडक्रसका उप कोषाध्यक्ष सुरेन्द्र गुङरु र कोषाध्यक्ष धर्म अधिकारीको भूमिका पनि प्रशंसनीय रहेको थियो।
यसपटकको विपत्तिमा काठमाडौ, भक्तपुर, ललितपुरमा खानेपानीको अभाव भयो, त्यहा“का रेडक्रस शाखाहरूले अनुरोध गरेकाले कास्की रेडक्रसले, तत्कालै आफ्नो गोदाममा जम्मा भएको १ ट्रक पानी र खाद्यान्न अनि जिल्ला कवाडी सङ्घसँग समन्वय गरि अर्को एक ट्रक पानी गरि २ गाडी पानि लिएर काठमाडौं पठाइयो, यो लिएर जाने अवसर कास्की रेडक्रसको प्रतिनिधिको रूपमा म आफै गएको थिए“। काठमाडौंमा प्रायः पसलहरू बन्द अवस्थामा थिए, विपदले आक्रान्त काठमाडौंमा पानी अति महत्त्वपूर्ण र पीडितहरूको शरीरमा जीवन भर्ने काम गरेको अनुभूति गरेको थिए“, मैले त्यहा“ बस्दाबस्दै रेडक्रस काठमाडौंका मन्त्रीसँगको सल्लाहले १ ट्रक १२५० कार्टुन पानी भक्तपुरका पीडित जनताको लागि लगियो, युद्धमा घाइते भएका सैनिकहरूका घाउमा मलम पट्टी लगाइ घायल भएकाहरूका शरीरमा जीवन भरेर मानवता र सेवाको नया“ युगको थालनी गरेका जा“ हेनरी ड्यूनाद्वारा स्थापना गरिएको रेडक्रसका सिद्धान्तलाई मनन गरी कास्की रेडक्रस महाभूकम्पमा पीडीत हुनुभएकाहरूको सहयोगको लागि स्वदेशी सङ्घसंस्थाहरू, सर्बसाधारण व्यक्तिहरू विदेशी नागरिकहरूको समेत सहयोगी हातका साथ यो परोपकारी अभियानमा जुटेको अवस्था रहेको छ। कास्की रेडक्रसका सबै संयन्त्र अहोरात्र खटिरहेको अवस्था छ। सूचना र तथ्याड्ढ लिन नेपाल प्रहरी सशत्र प्रहरी विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू आइरहन्थे सहयोगी संस्था र सहयोगी हातहरूबाट आएका राहत सामग्री बुझ्ने र सम्बन्धित क्षेत्रका पीडितसम्म पुर्याउनका लागि गरिने कामलाई प्रभावकारी बनाउन पारदर्शी बनाउन आएको जिन्सी सामानलाई कम्प्युटरमा इन्ट्री गराउने, पठाउँदा भरपाई गराउने नीतिलाई अवलम्बन गरी अन्य सामाजिक सङ्घसंस्थालाई पनि उनीहरूले सड्ढलन गरेको जिन्सी खाद्यान्नहरू पुग नपुग भएको खण्डमा आवश्यकता हेरी सामान थप गरी सिफारिसका साथ पठाइने कार्यलाई पनि व्यवस्थित र प्रभावकारी बनाइएको थियो, संस्थाको आफ्नो काम र गतिविधिलाई समुदायमा पारदर्शी र र्छलङ बनाउन र समुदायका सबै क्षेत्रलाई विनाशकारी भूकम्प पीडितहरूको सहयोगको लागि राहतमा जुट्न समेत आग्रह गर्दै २ पटक पत्रकार सम्मेलन गरिएको छ। सुरुमा कास्की जिल्लाका झण्डै १००० घरहरू बस्नै नहुने गरि पूर्ण क्षति भएको अवस्थामा रहेका थियो पछि वैशाख २९ को भूकम्पले यो सङ्ख्यालाई बढाइदिएको अवस्था छ। दिनदिनै आउने पराकम्पनले जनततालाई त्रसित बनाइरहेको छ। हालसम्म नेरेसो जिल्ला शाखाले २०९४ घरपरिवारलाई खाद्यन्न र त्रिपाल बाँडिसकेको अवस्था छ। झण्डै १७०० भन्दा बढीलाई आवश्यकता रहेको अवस्था छ। कास्की जिल्लामा यस विनाशकारी भूकम्पबाट १०००० भन्दा बढी घरहरू क्षति भएको अनुमान रहेको छ।कास्की जिल्लाका भत्किएका विद्यालयहरूलाई तत्काल कक्षा सञ्चालनका लागि अस्थायी कक्षा कोठा निर्माणमा कास्की रेडक्रसको तर्फबाट त्रिपालहरू, युवा स्वयंसेवी संस्थाहरूलाई सहयोग दिइरहेको अवस्था छ। आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरू प्रकृतिले ल्याएको यो मानवीय संवेदनाको विपत्तिलाई हामी स्वयंहरूले एक आपसमा मिलेर सहकार्य गरेर सहज र सरलतातिर हाम्रो जन जिवनलाई फर्काउन सक्नुपर्दछ। त्यो जिम्मेवारी र दायित्व हामीहरूले लिनुपर्दछ। हामीले राज्यलाई समेत यो परिस्थितिमा सहयोग गर्न सक्नुपर्दछ। यो अभियानमा जुटेका हामी सबैले सबैप्रति सकरात्मक सोच मिलनसार भावना सहयोगी हात र मनहरू मिसाउनु पर्दछ कसैले कसैप्रति कटाक्ष गर्ने, दुराग्रह राख्ने एक अर्काले गरेका कामप्रति अफवाह फैलाउने, गर्नुहुँदैन, यसले त निस्वार्थ र पवित्र भावनाले स्वयं सेवामा लाग्नुभएका, राहत सड्ढलनमा जुट्नुभएका र अहोरात्र स्वयंसेवाको काममा खटिरहनुभएका रेडक्रसकर्मी साथीहरूको भावनामा चोट पुग्न सक्छ, मन दुख्न सक्छ। सबैले मनन गरौं।
महाविपत्तिको यो समयमा अब हामी सबैले हेक्का राख्नुपर्छ प्रकृतिले आफ्नो नियमित धर्म र कर्महरू गरिरहने छ। हामीले हाम्रा पूर्वाधार विकास गर्ने, भौतिक संरचना निर्माण गर्ने सर्न्दर्भमा सुझबुझ र सचेतनाका साथ होसियारी अपनाउनुपर्ने छ भनी यो विपत्तिबाट पाठ सिक्नुपर्ने भएको छ। रेडक्रसका सात सिद्धान्तलाई आत्म साथ गर्दै २०२० भाद्र १९ मा जन्मिएको रेडक्रसले हाम्रो देशमा आइपरिरहने हरेक विपत्तिमा मानवीय पीडा र दुःखमा आफूलाई सहयोगी साथीको रूपमा स्थापित गर्दै आइरहेको छ। कास्की रेडक्रस नेपाल रेडक्रसको इतिहास र अभियानमा आफूलाई सधै अब्बल र उत्कृष्ट सावित गर्दै आएको छ। यो ०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा पूराका पूरा सहयोग गर्नका लागि राहत, पुनस्र्थापना र पुनर्निर्माणमा कास्की रेडक्रस निरन्तर लागिरहने छ। जय रेडक्रस
(लेखक रेडक्रस कास्कीका सदस्य हुन्।सं.)
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०