गणित भनेको विभिन्न वस्तू घटनाहरुको संवन्ध यसको मात्राको तार्तिक अध्ययन भनि परिभाषित गर्न सकिन्छ।हुनत गणितलाई अंकहरुको विज्ञान पनि भनेर परिभाषित गरेको पाइन्छ।वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो।जीवनको हरेक पलसँग गणित जोडिएको छ।सरल तथा व्यवस्थीत रुपले जिउने तथा समाजमा उत्कृष्ट जीवन बिताउने यसको भूमिका रहेको हुन्छ।
गणितको महत्व अपरम्पार रहेको छ।हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन त्यसेले भनिन्छ गणित शिक्षाको मूख्य जरा हो।गणितिय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन।मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित हो।गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास नभैकन राष्ट्रको विकास हुदैन।
त्यसैले यही महत्वका कारण हाम्रो देशमा गणित विषयलाई माध्यमिक तह कक्षा १० सम्म अनिवार्य विषयका रुपमा समावेश गराइएको छ।मा.वि. तहका गणित शिक्षाका उद्देश्यहरु यस प्रकार उल्लेख गरिएको छ।
१)दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या समाधान गर्ने उपयूक्त गणितिय सिपको विकास गर्न।
२)अन्य विषयको अध्ययनका लागि आवश्यक पर्ने आधारभूत गणितिय धारणाको ज्ञान तथा सिपको विकास गर्न।
३)गणितको महत्वलाई आत्मसाथ गरी रमाउन र गणितिय पेशाप्रति उत्पे्ररित हुन सहयोग गर्न।
४)उच्च अध्ययनका लागि आवश्यक पर्ने गणितिय ज्ञान सिप तथा अभिवृद्धिको विकास गर्न
माथिका उद्देश्य पुरा गराउन माध्यमिक तहसम्म गणित शिक्षकहरु, विद्यालय प्रशासन, एवं समग्र शैक्षिक प्रसासन कार्यरत रहेको छ।तर उपलब्धी अध्ययन गर्ने भने के मा.वि. तहको अन्त्य पछि मानव जीवनमा आइपर्ने व्यवहारिक समस्या समाधान गर्न उपयूक्त गणितिय सिपको विकास गर्न विद्यार्थी सक्षम छन् ?
के अन्य विषयका लागि आवश्यक पर्ने आधारभूत गणितिय धारणा ज्ञान तथा सिपको विकास भएको छ त ?
के विद्यार्थी गणितको महत्वलाइृ आत्मसात गरेको छ ?
के विद्यार्थी गणितसंग रमाएको छ ? कि डराएको छ ?
के विद्यार्थी उच्च अध्ययनका लागि तयार भएको छ ?
के उच्च मा.वि. तथा विश्वविद्यालयमा गणितका कक्षाकोठाहरु भरिएका छन ?
यी सवैको मूल्याड्ढन गर्न पर्ने वेला आएको छ।
अहिले हेर्ने हो भने विद्यार्थीहरुमा गणितिय ज्ञान सिपको ह्रास भएको छ।विद्यार्थीहरु गणितसंग डराएको मात्र होइन तर्सिएको छ।उपल्लो कक्षा उच्च मा.वि. र विश्वविद्यालय तहमा गणितका कक्षाकोठा रित्तिदै गएका छन्।यी तथ्यहरु सहजै देख्न र अनूभूती गर्न सकिन्छ।
अव यसको दोषि को ? के यसको दोषि मा.वि. पढाउने गणित शिक्षकहरु हुन् ? कि शिक्षकहरुको भूमिका कत्ति पनि छैन त ? अव शिक्षकहरुको भूमिका पनि सोच्नू पर्ने वेला आएको छ।के हामि शिक्षकहरु गणितमा रमाएर पढाएका छौ ? कि आफू गणित पढ्न देखि डराएर गणित गाह्रो छ भनि गणित पढ्न छाड्ने अनि विद्यार्थीलाई गणितसंग नडराउन सल्लाह दिने गरेका त छैनौ ? माध्यमिक तह उच्च माध्यमिक तह र विश्वविद्यालय तहमा गणित पढ्ने विद्यार्थीको तूलना गर्ने हो भने धेरै डरलाग्दो स्थीति छ।हामि भगौडा सिपाहीले यूद्धको मोर्चामा कमाण्डरको भूमिका पाए जस्ता छौ।हाम्रा विद्यार्थी गणितमा रमाउनेको भन्दा डराउनेको संख्या धेरै गुणा बढि छ।हामि शिक्षकहरु डक्टर, इन्जीनियर हुने सपना बोकेर हिड्दा हिड्दै असफल भएर गणित शिक्षक हुने र डक्टर इन्जीनियर जस्तै धेरै पैसा कमाउने धोको पूर्याउन टिउसन, कोचि· र होष्टल संचालन गर्ने दौडमा त छैनौ ? विद्यार्थीको गणित प्रतिको कमजोरीलाई पैसामा रुपान्तरण गर्ने काम मात्र त गरेका छैनौ ? सोच्नू पर्ने बेला आएको छ।
अनि के यसको संपूर्ण दोषि शिक्षकहरु मात्र हुन् ? शैक्षिक प्रशाशकहरु छैनन् ? के शैक्षिक उद्देश्यहरु सहि छन् ? उद्देश्य अनूसारको पाठ्यक्रम तयार भएको छ ? पाठ्यपूस्तक तयार भएका छन् ? के उद्देश्य अनूरुप मूल्याड्ढन पद्धती ठिक छ ? उद्देश्य पाठ्यक्रम पाठ्यपूस्तक र शैक्षणिक प्रकृया विच सह सम्बन्ध छ ? छ भने किन संपूर्ण उद्देश्य माथि प्रश्न उठ्छ ? विद्यार्थी विद्यालयमा भर्ना भए देखि विहान, दिउसो र वेलूका जुनसुकै वेला पनि गणित प्रति अतिरिक्त परिश्रम गरेको छ।अभिभावकहरु गणितको अध्ययनका निम्ती अभ्यास पूस्तीका शैक्षिक सामाग्री र टिउसन कोचिङ कक्षा पढाउन लगानी गरेको छ।तर नतिजा त्यही गणित विषयमा नै कमजोर देखिन्छ।एउटै तह एउटै कक्षामा एउटै व्यवस्थापनमा सवै विषय संचालन गर्दा फरक फरक नतिजा किन निस्कन्छ ? पाठ्यक्रम भनेको त धावन मार्ग हो यहाँ शिक्षारुपी ज्ञान लिन विद्यार्थी दौडने होइन र ? शिक्षक त केवल पथप्रदर्शक मात्र हो।धावन मार्ग कच्ची बनाउने खाल्दा खुल्डी बनाउने विद्यार्थीलाई दौडाउने अनि विद्यार्थी नलडे के गर्ने छ ? के यसको जिम्मेवारी शिक्षा मन्त्रालय शिक्षा विभाग पाठ्यक्रम निर्माताले लिनू पर्दैन ? शिक्षकलाई मात्र दोष देखाएर हुन्छ ? शिक्षा मन्त्रालयले शिक्षकको तालीम मूल्याड्ढनमा गणितको मर्मलाई छोएको छ ? शिक्षकलाई प्रोत्साहित गर्दा वा प्रमोसन गर्दा विषयगत योग्यतालाई ध्यान पूर्याउनू पर्दछ कि पर्दैन ? विषयगत योग्यता सवैको समान हो तर कुनै पनि विषयगत योग्यता सोही विषयका लागि हुन पर्दछ।यहाँ गणित विषय भन्दा वाहेकको विषयगत योग्यतालाई पनि गणित विषयकै योग्यता दक्षता मान्नू गणित प्रतिको घोर अपमान हो।यसमा शैक्षिक प्रशासकको ध्यान पूगेको छ कि छैन ? छ भने शिक्षकहरुका लागि उपल्लो शैक्षिक योग्यता जून विषयमा गरे पनि किन वरावर मान्यता प्रदान गरेको छ ? यसमा शैक्षिक प्रशासकको ध्यान पुगेको खै ? कि शैक्षिक प्रशाशकहरुमा सम्पूर्ण मानविकी र प्रशासनिक सेवा र शिक्षक सेवाको मर्म नै थाहा छैन ? प्रश्न उठाउने ठाउँ प्रसस्त छ।शैक्षिक प्रशासकहरुले विषयगत योग्यतालाइ मात्र मान्यता दिनू पर्दछ।कूनै पनि विषयको विशिष्टिकरणलाई सवै विषयसंग समान राख्नू हुदैन।
तसर्थ गणित शिक्षाको विकासका लागि गणित शिक्षकहरु र शैक्षिक प्रशासकहरुको संयूक्त प्रयासबाट मात्र संभव छ।दूवै आ?आफ्ना ठाउँमा इमान्दार भएर लाग्नू पर्दछ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१