विद्यालयजस्तो शान्ति क्षेत्रमा तोडफोड गर्नु जघन्य अपराध

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७०

शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान, पढाइद्वारा आर्जन गरिने बुद्धि कुनै विषय बारे वर्ण्र्ाा वा विवेचना गरिएको शास्त्र, विज्ञान विद्या हो। पढ्ने र पढाउनु ठाउँ, पाठशाला, स्कूल विद्यालय हुन्। विद्यालय शब्द विद्या र आलय दुर्इ शब्द मिलेर बनेको छ। विद्या भनेको ज्ञान हो भने आलय भनेको घर, गृह, वासस्थान, आश्रम, सहारा, ठाउँ, स्थान हुन्। निचोडमा भन्नु पर्दा ज्ञान आर्जन गर्ने स्थान विद्यालय हो।

विद्यालयमा गुरु र विद्यार्थी हुन्छन्। गुरुले ज्ञान दिनु हुन्छ भने विद्यार्थीले ज्ञान प्राप्त गर्दछन्। कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक, अध्यापक, सङ्गीतकला आदि सिकाउने व्यक्ति, उस्ताद, गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति, आचार्य, बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ वा आदरणीय वा पुज्य व्यक्ति, मान्यजन गुरु हुन्। यस्ता पुजनीय गुरुहरको सानिद्य विद्यालयमा गएर नियमित रूपमा विद्या -ज्ञान) आर्जनमा लागिरहने व्यक्ति, शिक्षण संस्थान अध्ययनरत व्यक्ति छात्र/छात्रा शिष्य विद्यार्थी हुन्। विद्यालयहरू ज्ञान आर्जनका लागि स्थापना गरिएका मन्दिर हुन्।

विद्यालय शान्ति क्षेत्र हुन्। शान्ति भनेको सुख-दुःख, हर्ष-विस्मात, रिस-द्वेष आदि मनोभावले नविथोलिएको मानसिक स्थिति, शान्त वा स्थिर अवस्था, व्रि्रोह, होहल्ला, खलबली, रडाको आदि नभएको अवस्था, भोक-तिर्खा, श्रम ताप, घाम-पानी आदिको समन, ग्रहहरूको बाधा तथा अशुभ फल, दोष आदिको निवृत्ति गर्ने कुनै माङ्गलिक कार्य, मनमा कुनै दुःख पीर  आदि नहुने बाधारहित अवस्था आराम चैन, सांसारिक विषय भोगप्रतिको विरकत वा उदासिनता, सहेन काम, धैर्य, सान्त्वना आदिलाई शान्ति भनिन्छ। युद्ध वा कुनै प्रकारको विवादरहित कुनै क्षेत्र विद्यालय शैक्षिक संस्थाहरू देश तथा देशहरूको समूह वा निश्चित भूभाग -कुनै क्षेत्र वा भूभागलाई युद्ध विवाद वा झैझगडाबाट अलग राखी शान्तिपूर्ण वातावरणमा विकास पथतिर लम्कने उद्देश्यले शान्ति क्षेत्र घोषित गर्ने प्रस्ताव राखिन्छ जस्तै नेपाललाई शान्ति क्षेत्र घोषित गर्ने राखिएको प्रस्ताव विश्वका ११७ राष्ट्रले समर्थन गरेका थिए। भूमध्य सागरीय क्षेत्र, हिन्द महासागर दक्षिण पूर्व एसियाली देशहरूको संगठनको क्षेत्रलाई शान्ति क्षेत्र घोषित गर्न राखिएका प्रस्ताव उदाहरण हुन्। नेपाल सरकारले विद्यालयहरूलाई शान्ति क्षेत्र घोषणा गरेको छ। विद्यालयजस्तो शान्ति क्षेत्रमा गएर विद्यालयको भौतिक सम्पत्ति तोडफोड गर्नु, गुरु र विद्यार्थीलाई आतङ्कित पार्नु, पिट्ने घायल बनाउने जघन्य -साह्रै निकृष्ट क्षुद्र, नीच, निन्दनीय, सबैभन्दा नजाति, रद्दी) अपराध -कसैको अपमान वा हानी नोक्सानी हुने काम, कानुन विरुद्ध काम, धार्मिक दृष्टिबाट गर्न नहुने आचरण, पाप लाग्ने काम, कसुर, द्वेष, भुलुचुक) हो।

विद्यालय शिक्षा र ज्ञान प्राप्त गर्ने फूलबारी हो। शिक्षक र अभिभावक माली हुन्। विद्यार्थी फूल हुन्। विद्यार्थी परिवार समाज र राष्ट्र विकासका निम्ति भविष्यका कर्ण्र्ााार हुन्। देशको सुन्दरताका प्रतीक विद्यार्थी हुन्। आफ्ना छोराछोरी भाइबहिनीले ज्ञान हासिल गर्ने शैक्षिक संस्थामा आफ्नो निहित स्वार्थ पूर्र्तिका लागि स्वार्थ पूर्र्ति भएन भनेर विद्यालय तोडफोड गरेर क्षति गर्नु महा पाप हो। सकिन्छ सबैको कल्याण गरौ, सकिँदैन भने कसैको पनि हानी नोक्सानी गर्नु बुद्धिमान व्यक्तिका लागि स्वभनीय हुँदैन। विद्यालय राजनीति गर्ने थलो पनि होइन। कलिला विद्यार्थीलाई दुःख दिएर शिक्षा आर्जनमा दखल पुर्‍याउनु धर्म विपरीत र विद्यार्थीको मौलिक हकको र मानवाधिकारको हनन गर्नु हो।

शैक्षिक संस्थामा अध्ययनरत छात्रा छात्राहरूको अपहरण गर्नु, चन्दा आतङ्क फैलाउनु निन्दनीय काम हुन्। कसैबाट कुनै वस्तु जबरजस्ती खोसेर लैजाने काम, हरण, चोर्ने वा हरण गर्ने काम, कुनै व्यक्तिगत स्वार्थ साध्ने वा धन कमाउने उद्देश्यले कुनै व्यक्तिलाई जबरजस्ती अठ्याएर लैजाने काम अपहरण हो। यो निन्दनीय कर्म हो। चन्दा भनेको सामाजिक, सामुहिक कुनै परोपकारी कार्यका निम्ति सहायता स्वरूप आफ्नो इच्छा अनुसार सङ्कलन गर्न आउने व्यक्ति संस्थालाई दिइने आर्थिक सहयोग हो। चन्दा भनेको जबरजस्ती लिने कुरा होइन। दाताले आफ्नो गच्छे अनुसार जति दान दिन्छन् त्यति स्वीकार गर्नु हो। कानुन बाहेक राज्यले कुनै व्यक्ति वा संस्थालाई कर लगाउन र चन्दा उठाउन देशको मूल कानुन संविधानले निषेध गरेको छ। कानुनको बर्खिलाप गरेर चन्दा उठाउने, आफूले मागे अनुसार चन्दा दिएन भनेर विद्यालय तोडफोड गर्ने, गुरु विद्यार्थीलाई आतङ्कित बनाएर शैक्षिक वातावरण प्रदूषित पार्ने कसैलाई पनि प्रशासनले कानुनी दायरामा ल्याएर कारवाही गरी क्षति भएको भौतिक संरचनाको क्षति गर्नेबाट असुल उपर गरेर विद्यालयलाई उपलब्ध गराउनु पर्छ। यस्ता विकृति रोक्न शून्य सहनशीलता अपनाएर शैक्षिक संस्थाहरूमा अशान्तिपूर्ण क्रियाकलाप रोक्न शान्ति सुरक्षा कायम गर्ने निकायहरूको कर्तव्य हो। हालै पोखरा १२ रानीपौवास्थित ग्लोबल कलेजियट स्कुलमा मच्चाएको आतङ्क र भौतिक संरचना ध्वस्त पारेकोमा हामी विद्यार्थीका अभिभावक अत्यन्त चिन्तित भएका छौँ। यस्ता कार्यले विद्यार्थीहरूले पढ्न पाउने नैसर्गिक अधिकारको हनन हुन गएको छ। छात्र, छात्रा शिक्षक अभिभावक सबैलाई अत्यन्त चिन्तित तुल्याएको छ। यस्ता निन्दनीय कार्यको घोर भर्त्सना गर्दै आगामी दिनहरूमा यस्ता दुस्र्कर्म विद्यालय मात्र होइन कही कतै पनि नघटुन् भन्ने हामी अभिभावकहरूको आग्रह छ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width