एक स्तरीय आवासीय महाविद्यालय पोखराका प्राचार्यले एक दिन मलाई भन्नुभयो-‘एक जना अभिभावकले, ‘मेरो छोराले डिक्सटिङ्सन ल्याउनैपर्छ। त्यसको लागि जति पनि खर्च गर्न सक्छु। ज्यानै पनि दिन सक्छु झ्’ भने तर उनको छोराले ‘डिक्सटिङ्सन ल्याउन सक्तिनँ, बरु मर्छु झ् भने। अब मैले के गर्ने ?’ भनी मसँग सल्लाह माग्नुभयो। प्राचार्य सरको कुरा सुनेपछि, यसबारे केही लेखुँ भन्ने सोच ममा रहिरह्यो। मेरो ५० वर्षको शिक्षण अनुभव र मेरा केटाकेटीलाई पढाएर हुर्काएको अभिभावकत्वको अनुभव समेत मेरो मन मस्तिष्कमा जागृत भयो। यस सर्न्दर्भमा मेरो अनुभवहरू यहाँ व्यक्त गर्दा अभिभावकको महत्त्वाकाङ्क्षाको प्रस·मा केही प्रकाश हाल्न सक्छ भनी विश्वासका साथ यहाँ उल्लेख गर्ने जमको गरेको छु।
आफ्ना छोराछोरीको उज्वल भविष्य र उनीहरूबाट आफ्नो महत्त्वाकाङ्क्षा पुरा गर्ने उत्कट अभिलासा अभिभावकमा रहनु स्वाभाविकै हो। असल अभिभावकले त छोराछोरीको महत्त्वाकाङ्क्षालाई प्रोत्साहन गर्ने र तिनीहरूमा महत्त्वाकाङ्क्षाको विजारोपन समेत गर्नुपर्दछ। तर महत्त्वाकाङ्क्षा अरुको डाह र इर्शाले जागृत भएको हुनुहुँदैन। यसले लाभभन्दा नोक्सानी गर्ने धेरै सम्भावना हुन्छ। किनभने केटाकेटीमा महत्त्वाकाङ्क्षा सफल पार्ने सकारात्मक लगन विकास हुनुभन्दा, इस्र्याले नकारात्मक भावना जागृत गर्छ जसले गर्दा ज्ञान आर्जन गर्न र बौद्धिक विकास गर्नमा आफूले नजानिँदो गरी बाधा पारिरहेको हुन्छ। ज्ञान आर्जन र बौद्धिक विकास गर्नका लागि विद्यार्थीहरूमा आफू भित्रैबाट विश्वास र सङ्कल्प जागृत भएको हुनुपर्छ। त्यसको लागि मूल मन्त्र हो विद्यार्थीमा ‘हिजोभन्दा आज मेरो प्रगति होस्’ भन्ने लगन र अभिभावकमा त्यस्तो लगनलाई निरन्तरता दिने व्यवहार र वातावरण बनाउनु।
फेरि महत्त्वाकाङ्क्षा लादेर लादिने र सफल हुने कुरा पनि होइन। यो तथ्यलाई अभिभावकले राम्ररी बोध गर्नुपर्छ। लादेको महत्त्वाकाङ्क्षाले विद्यार्थीहरूमा विकृति ल्याउँछ र अप्रिय घटना समेत घटाउन सक्छ। यस सर्न्दर्भमा मैले सुनेको, देखेको र भोगेको सत्यतथ्य घटना यहाँ प्रस्तुत गर्ने अनुमति माग्दछु।
मेरो एक छिमेकीको छोरीले प्रवेशिका परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण गरिन्। तर कवि भनेर चिनिएका उनका पिता र शिक्षक भएका दाजुले प्रथम श्रेणी ल्याउनुपर्छ भनेका रहेछन्। ल्याइनन् भनेर उनलाई मानसिक आघात पर्ने गरेर जथाभावी गाली गर्ने र कुट्ने, पिट्नेसम्म गरे। त्यस्तो व्यवहार र पारिवारिक वातावरणले गर्दा मानसिक रूपले हतोत्साहित र हीन भावनामा पर्न गएर विक्षिप्त भइन्। त्यसपछि पढाइमा पनि झनझन कमजोर भइन् र अन्त्यमा पढाइ नै छोडेर मानसिक समस्या लिएर बसिरहेकी छिन्।
मेरै छिमेकीको अको घटना यस्तो छ – वाल्यावस्थाबाटै, सानो कक्षामा पढेदेखि नै शिक्षित पिताले छोरालाई पढाइमा राम्रो, असल बनाउँछु भनेर खेल्न-डुल्न पनि नपर्ठाई निरन्तर पढाइमा लागिरहने बनाए। बाल्यावस्था भनेको बेलाबखत बालकलाई साथीहरूसँग खेल्ने र समाजमा आफ्नो अस्तित्व-पहिचान निर्माण गर्ने प्रारम्भिक भए पनि महत्त्वपूर्ण अवस्था हो। त्यसलाई ख्याल नगरेर उसलाई बाह्य समाजबाट अलग राखी घरभित्रै सीमित राख्नुभयो। बाहिरको समाजमा आफ्नो साथी कोही पनि नपाउँदा पहिले जस्तै घरभित्रै रहने र अध्ययनमा लागि रहने भयो। अहिले उनले स्नातकोत्तर उत्तीर्ण पनि गरेका छन् र विवाह बन्धनमा पनि बाँधिसकेका छन्। तर ऊ आफ्नी श्रीमतीसँग पनि खुलेर कुराकानी गर्दैनन्। अरुसँग बोल्ने इच्छा पनि राख्दैनन्।
उपरोक्त घटना अभिभावकको महत्त्वाकाङ्क्षाको एकोहोरो प्रयोगबाट ल्याएको नकारात्मक परिणाम देखिन्छ। अब मेरो आफ्नै परिवारको घटना, जसबाट विद्यार्थीमा सकारात्मक नतिजा ल्याएको सत्यतथ्य घटनाको जानकारी राख्ने अनुमति चाहन्छु।
मेरी कान्छी छोरीलाई काठमाडौँ, ज्ञानेश्वरको महेन्द्र भवन कन्या स्कुलमा नर्सरीदेखि नै पढाएको थिएँ। जहिले पनि ऊ आठौँ, नवौँ र दशौँ पोजिसनमा आउने गर्थी। पर्सेन्टेज पनि ७० को हाराहारीमा ल्याउँथिइन्। पाँच कक्षामा पुगेपछि, यत्तिको क्षमता भएकी छोरीमा महत्त्वाकाङ्क्षाको विजारोपण गर्नुपर्छ भन्ने विचार मेरो मनमस्तिष्कमा आयो। अनि मैले छोरीलाई भनेँ-‘छोरी, तिमी कक्षामा पहिला हुन सक्तैनौँ र ?’ उनले कक्षामा सधैँ पहिलो स्थानमा आउने केटीको नाम लिएर भनिन्-‘उसलाई कस्तो अँग्रेजी आउँछ। मैले उसलाई कसरी जित्न सक्छु र झ्’
मलाई लाग्यो छोरीलाई अङ्ग्रेजीमा धक लागेको रहेछ। अङ्ग्रेजीमा उनलाई हौसला दिनुपर्यो भनेर दिनदिनै आधा घण्टा अङ्ग्रेजीमा डिस्टेसन गर्ने-गराउने गरेँ। २०-२२ दिनसम्म त्यसो गरेपछि उसको अङ्ग्रेजी धेरै सुधार भएको पाएँ। त्यसपछि, ‘अब मसँग यसरी पढ्नु पर्दैन। तिमीले नजानेको, नबुझेको कुरा आयो भने मात्र मसँग सोध्नु है।’ भनेर डिक्टेसन गर्ने-गराउने क्रमलाई छोडेँ। त्यो वर्ष, पाँचबाट छ कक्षामा जाँदा छोरीले चौथो स्थान ल्याइन् र पर्सेन्टेज पनि धेरै बढाइन्। त्यसपछि कक्षा सातमा जाँदा प्रथम स्थान ल्याइन। स्कूलबाट प्रथम हुनेलाई दिने मासिक शुल्क माफीको छात्रवृत्ति पनि पाइन्। यसबाट उनको हौसला (महत्त्वाकाङ्क्षा) बढ्यो। त्यसपछि सधैँ कक्षामा प्रथम स्थान लिएर एसएलसीमा पनि ७५% ल्याएर उसको कक्षामा पहिला नै भइन्। स्मरणीय छ, त्यसबेला एसएलसीमा आजको जस्तो तीन विषयमा १५० नम्बरको प्राक्टिकल जाँच थिएन। सबै विषयमा सय पूर्णाङ्ककै लिखित जाँच हुन्थ्यो। डिक्सटिन्सन भन्ने उपाधि पनि थिएन।
मैले विजारोपण गरेको महत्त्वाकाङ्क्षाले गर्दा एसएलसी दिएपछि उनले केरालाको नान्दी भन्ने ठाउँमा रहेको साई बाबाको स्कुलमा दश जोड दुर्इ पढ्न जान्छु भनिन्। मैले, ‘तिमीलाई विदेशमा पढाउने त्रि्रो बाको आर्थिक हैसियत छैन।’ भनेपछि, उनले महेन्द्र भवनमै पढेकी उनको साथीको दिदीसँग प्रोस्पेक्टस मागेर ल्याएर मलाई दिँदै भनिन्, ‘धेरै खर्च लाग्दैन, साथीको दिदीले त्यहाँ पढेर ८४% ल्याएको रहेछ। मैले पनि त्यति नै ल्याउँछु। मलाई त्यही साही बाबाको स्कुलमा भर्ना गर्नुस्।’ भनिन्। उनको यो विकसित महत्त्वाकाङ्क्षा देखेर सन्तुष्ट लाग्यो। प्रोसपेक्टस हेरेपछि थाहा भयो, भर्ना खर्चबाहेक मासिक १००० आइसी लाग्दोरहेछ। त्यसबेला मेरो ७००० मासिक आम्दानी थियो। त्यसपछि मैले पढाउन सक्छु भनेर केरालामा लिएर गएँ। प्रवेश परीक्षामा हाम्रो टोलीमा गएका केटीहरूमध्ये सबैभन्दा राम्रो स्थान ल्याइन्। नभन्दै बाह्रको परीक्षामा उनले ८४% नै ल्याइन्। यो कुरा २०५० सालको हो।
त्यसपछि उनलाई धरानस्थित बीपी मेमोरियल मेडिकल कलेजमा भर्ना गरेँ। धरानबाट एम.वि.वि.एस. गरे पछि दुर्इ वर्ष जति जोरपाटी, काठमाडौँको डाक्टर पहाडीको टिचिङ अस्पतालमा काम गरेर एम.डि. गर्छु भनेर आफ्नै कमाइ र खर्चमा बेलायत गइन्। बेलायतमा एक वर्ष जति बसेर संयुक्त राज्य अमेरिका गइन्। अमेरिकामा उनले एम.डि. र थप योग्यता पनि हासिल गरिन्। अहिले उनी त्यहाँ अन्तर्राष्ट्रिय सरजन भएर काम गरिरहेकी छिन्।
अन्तमा मेरो अनुभव र अवधारणाको आधारमा अभिभावकमा के अनुरोध गर्न चाहन्छु भने केटाकेटीमा भएको महत्त्वाकाङ्क्षा वा प्रतिभालाई अगाडि बढाउने र परिस्थिति र क्षमता अनुसार परोक्ष वा प्रत्यक्ष रूपले महत्त्वाकाङ्क्षी हुन पनि वातावरण बनाउने गर्नुपर्छ। तर महत्त्वाकाङ्क्षालाई ठाडै लाद्न वा जबरजस्ती गर्नहुँदैन। यसले उनीहरूको मानसिकतामा विकृति ल्याउन सक्छ। फेरि सबै बालकबालिका ठूला महत्त्वाकाङ्क्षी पनि हुँदैनन् तर सामान्य लक्षगामी भने सबै हुन्छन् र अभिभावकले यसलाई प्रोत्साहन गर्नुपर्छ। सबै भन्दा ठूलो कुरा के हो भने हाम्रा केटाकेटी वयस्क हुँदा असल अर्थात उद्योगी तथा सकारात्मक, अहिंसात्मक र इमान्दार बुद्धिजीवी होउन्। यसको लागि जगैदेखि वातावरण बनाउनुपर्छ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१