विद्यार्थीहरूका लागि महात्मा गान्धी

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७२

केही महिना अघि हात परेको पुस्तकको नाम हो – विद्यार्थीहरूका लागि महात्मा गान्धी। ओरिएन्टल पब्लिकेशन, काठमाडौंले २०७० सालमा प्रकाशन गरेको यो पुस्तक महात्मा गान्धीद्वारा लिखित, भारतन् कुमारप्पाद्वारा सम्पादित तथा तारिणीप्रसाद कोइरालाद्वारा नेपाली भाषामा करीब साढे चारदशक अघि अनुवादित हो। यस पुस्तकमा प्रस्तावना, धर्म, चरित्र, हिंसा र अराजकता, राजनीति, शिक्षा, रचनात्मक कार्य, छात्राहरूलाई, विवाह र सन्तान न्रि्रह र विविध गरी जम्मा दश भागहरू रहेका छन्। गान्धी चिन्तन वर्तमान सर्न्दर्भमा भन्ने शीर्षक दिएर डा. तुलसी भट्टराईले लेखक, अनुवादक तथा किताबका बारेमा भूमिका लेखेका छन्।

त्यसो त गान्धी सम्बन्धमा संस्कृतका यी हरफहरूबाट पनि जानकारी मिल्छ : “इति प्रसिद्धः मोहनदासकरमचन्द गान्धीः -इ.सं. १८६९-१९४८) गुजरातस्य पोरबन्दरनामके नगरे जन्म प्राप्तवान्। तस्य उदारान् मानवीयान् गुणान् दृष्ट्वा कविः रवीन्द्रनाथ ठाकुरः तं महात्मा इति शव्देन सम्बोधितवान्। भारतमातुः श्रेष्ठः पुत्रः महात्मा गान्धीः स्वातन्त्र्यान्दोलने सवेषां भारतीयानाम् आधारभूतः मार्गर्दर्शकः च आसीत्। अस्य पिता श्री करमचन्द गान्धीः राजकोटसंस्थाने पोरबन्दरसंस्थानें च दिवान् इति प्रसिद्धः आसीत्। माता श्रीमती पुतलीबायी साध्वी व्रतोपावासादि धर्मानुसारिणी प्रेममयी च आसीत्। मोहनदास गान्धीमहोदयस्य बाल्यं पोरबन्दरनगरे उत्तमपरिसरे सहजसुन्दरम् आसीत्। मातुः सेवाभावः त्यागबुद्धिः सर्वप्रियता इत्येते गुणाः पुत्रे˜पि परिणामम् अकुवन्। विद्याभ्यास समये मोहनदास गान्धिः साधारण बालकः आसीत्। विनयशीलः लज्जालुः विधेयः इति च सहपाठिषु प्रख्यातः आसित्। गान्धिमहोदयः सत्यम् अहिंसाम् च जीवने प्रतिष्ठापयितुं दृढव्रतः आसित्। सः वैदेशिकानां शासनं मूलतः उच्छेत्तुं भारतमातुः स्वतन्त्रतायै दृढां प्रतिज्ञाम् अकरोत्।”

बापु भनेरसमेत चिनिएका गान्धीका विचारमा मनुष्य स्वयम् नै अपूर्ण भएकाले उसको हातको स्र्पर्श परेका हरेक वस्तु अपूर्ण हुन्छ। पूर्णता एकमात्र इश्वरको गुण हो, त्यसको न त वर्णय गर्न सकिन्छ न विवेचना नै गरिसाध्य छ। प्रत्येक मानव प्राणी इश्वर जस्तै सम्पूर्ण बन्न सक्दछ भन्ने कुरामा भने उनलाई विश्वास छ। वेद, कुरान, बाइबल, धम्मपद आदि सबैर्र् इश्वरका अपूर्ण शव्द हुन् यिनीहरूलाई पूर्णता दिन छुट्टै प्रयास गरिनु आवश्यक छ। कुनै परम्परा चाहे त्यो जतिसुकै पुरानो नै किन नहोस्, त्यो यदि सदाचारसँग मेल खाँदैन भने, त्यसलाई सकेसम्म चाँडो फाल्नुपर्छ। गीतामा कर्म, भक्ति तथा ज्ञानको उपदेश छ। जीवनमा यी तीनओटैको सामञ्जस्य हुनुपर्छ। तर सेवाको उपदेश नै यी सबै उपदेशको आधार हो। गीताको अध्ययन प्रारम्भ गर्दा अहिंसा, सत्य, ब्रहृमचर्य, अपरिग्रह र अस्तेय यी पाँच आवश्यक साधनासाथ गर्नुपर्छ।

गान्धीका विचारमा किताव पढाएर अथवा मुखले व्याख्यान दिएर शिक्षा दिने शिक्षकबाट प्राप्त गरेको विद्याभन्दा शिक्षकले स्वयम् व्यतित गर्ने जीवनबाट विद्यार्थीहरूले बढी प्रभावकारी ढङ्गले शिक्षा प्राप्त गर्छन्। केटाकेटीहरूमा अर्काको मनमा प्रवेश गर्नसक्ने अचम्मको शक्ति हुन्छ। उनीहरूलाई संसारका विभिन्न महान् धर्मका सिद्धान्तहरूलाई आदर गर्ने, उदार सहिष्णुताका साथ बुझ्ने र त्यसकोसम्मान गर्ने बानी बसाल्ने शिक्षा दिनुपर्छ। यदि यो ठीक किसिमले गरियो भने उनीहरूलाई आध्यात्मिक आश्वासन प्राप्त हुनेछ र स्वयम् आफ्नै धर्मको आदर गर्नमासमेत सहायता मिल्नेछ। तर त्यसरी धार्मिक शिक्षा दिँदा कथित धर्म र सम्प्रदायका आडम्बरयुक्त कर्मकाण्ड भन्दा पवित्र र भिन्न मौलिक, सर्वमान्य र शुद्ध सत्यमा जोड दिनु बुद्धिमानी हुन्छ।

जुनसुकै धर्मावलम्बी भए पनि यदि ऊ अको धर्मको उपदेशको श्रद्धापूर्वक अध्ययन गर्छ भने उसको हृदय संकुचित होइन, बरु अझ विशाल हुन्छ भन्ने गान्धीवादी धारणा रहिआएको छ। आफ्नो संस्कृतिको रक्षा गर्नुको अर्थ अर्काको संस्कृतिलाई हेलाँ गर्नु हैन, बरु अन्य सबै संस्कृतिमा रहेका असल कुरा ग्रहण गर्नु आवश्यक हो। जसरी कुनै वस्तु कुठाउँमा राख्नाले ब्रि्रन्छ, ठीक त्यसैगरी बुद्धिको दुरूपयोग गर्‍यो भने त्यो बहुलठ्ठी ठहरिन्छ। जब बुद्धिवाद स्वयम् सर्वशक्तिसम्पन्न भएको दावा गर्छ, त्यो विकराल राक्षस भएर निस्किन्छ। बुद्धिमा सर्वशक्तिमत्ता आरोपित गर्नु ढ्ङ्गा-पत्थरलाईर्र् इश्वर मानेर पूजा गरे जत्तिकै खराब कुरा हो। प्रार्थना र श्रद्धाको स्थान सदैव पहिला हुनुपर्छ। धार्मिक शिक्षा दिन छाड्नु कुनै खेतलाई बाँझो राख्नु र किसानलाई खेतको उचित उपभोग गर्ने ज्ञान नहुनाले त्यसमा झारपात उम्रिन दिनु जत्तिकै विवेकहीन काम हो।

प्रार्थना कस्तो हुनुपर्छ भन्ने बारेमा बापु भन्नुहुन्छ : आफ्नो अन्तरकोर्र् इश्वरलाई जगाउने क्षुधा भएका व्यक्तिले प्रार्थनाको भर पर्नै पर्छ। प्रार्थनामा शव्द रहित हृदय हुनु वेश हुन्छ। प्रार्थना नगरी आन्तरिक शान्ति मिल्दैन। यो नै आवश्यक आध्यात्मिक अनुशासन हो। यही अनुशासन र संयमले नै हामीलाई पशुबाट अलग बनाएको छ। विद्यार्थीहरूले हृदय भित्रैदेखि अनुशासनको पालना गर्न लागे भने राष्ट्रिय सङ्ग्राममा उनीहरू उपयोगी हुन सक्छन्। उनीहरूमा स्थिरता, अदम्य साहस र असीम त्यागको भावना जागृत हुनुपर्छ।

अहिंसाको गुणको समूचित एवम् पूर्ण विकास गर्नसक्यो भने सारा संसार हाम्रो गोडा पर्न आउनेछ, किनकि क्रियात्मक रूपमा अहिंसा शुद्ध प्रेम र दयालाई नै भनिन्छ भन्ने गान्धीको ठम्याइ छ। उहाँकै शव्दमा, हाम्रो राष्ट्र वास्तवमा आध्यात्मिक राष्ट्र तब मात्र हुनेछ जब हामी स्वर्णयन्दा सत्यको, सत्ता र धनको लोभभन्दा निर्भयताको र स्वार्थभन्दा उदारताको बढी परिचय दिनेछौं। खानपिनको विषय अहिंसा हैन, त्यो भन्दा एकदम बेग्लै कुरा हो। मनुष्य के खान्छ, के खाँदैन, त्यो गौण विषय हो। मुख्य कुरा हो ? उसमा त्याग र संयम कत्तिको छ भन्ने। खानेकुरा रोज्नमा तपाईं आफ्नो इच्छाअनुसार जस्तो संयम राख्न चाहनुहुन्छ, राख्नोस्।

कसैले खानपिनका सम्बन्धमा प्रशस्त स्वतन्त्रता नै राखे पनि यदि उसको हृदय प्रेमले उम्लिन्छ, अरुको दुःख देखेर पग्लिन्छ र सबै विकारबाट मुक्त रहन्छ भने ऊ अहिंसाको मूर्र्ति ठहरिन्छ र हामी सबैकोसम्मान उसलाई मिल्छ। अहिंसाको शुद्ध सुगन्धबाट सारा वायुमण्डल गम्किरहेको ठाउँमा केटा र केटी भाइ-बैनी सरह स्वतन्त्रतापूर्वक सँगसँगै, तर आत्मसंयमका साथ बसेका हुन्छन्। शिक्षक र विद्यार्थीका बीच पिता-पुत्रको सम्बन्ध हुन्छ, तिनीहरूमा पारस्परिक विश्वास रहन्छ। अहिंसाको सूर्यका अगाडि घृणा, क्रोध र द्वेष टिक्न सक्दैनन्। अहिंसा फेरि लुकाउन खोजे पनि लुक्ने वा लुकाउन सकिने कुरा होइन भनेर गान्धीले सम्झाउनु भएको छ।गान्धीले स्कुल कलेजले हामीमध्ये धेरैजसोलाई काम नलाग्ने ज्ञान राख्ने भाँडो मात्र बनाइदिएको बताएका थिए – गहुँ चाहिं फालेर भुसमात्रैे हात पर्ने। त्यस्ता कथित शिक्षण संस्था उपयोगी नहुँदानहुँदै पनि हामी तिनलाई नचाहिँदो महत्त्व दिन्छौं। अँग्रेजी माध्यमबाट पठनपाठन हुने विद्यालयहरूका सम्बन्धमा, उनले स्पष्ट शव्दमा भनेका छन् – “हाम्रो भाषा हाम्रो आफ्नै प्रतिविम्ब हो। हाम्रो भाषा मार्फत् उत्तम विचार व्यक्त गर्न सकिन्न, हाम्रो भाषा त्यति कङ्गाल भैसकेको छ भनी भन्नुहुन्छ भने सकेसम्म चाँडो हाम्रो अस्तित्व मेटिएमा नै हाम्रो कल्याण छ।” अँग्रेजीको मोहबाट मुक्ति पाउनु अत्यन्तै आवश्यक कुरा हो हुन त, यसको साहित्यिक महत्त्व कम छैन तर हामीले आफ्नो मातृभाषा र राष्ट्रभाषाको मानहानि हुनेगरी अँग्रेजीलाई शिरमा चढाउनु दुर्भाग्यपूर्ण कुरा हो। शिक्षाको माध्यम अँग्रेजी भाषा भएकोले हाम्रो सबै मौलिकता नष्ट भएको छ। कतै हामी वैदेशिक रोजगारीका लागि योग्य कारिन्दाको तयारीमा मात्र जुटेका त छैनौं ?

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width