विजयपुर सिँचाईं प्रणाली लेखनाथ नगरपालिकाभित्रको ठूलो सिँचाईं प्रणाली हो, दोस्रो बेगनास सिँचाईं प्रणाली हो। लेखनाथ नगरवासी किसान दाजुभाइ दिदी बहिनीहरूको मूल आम्दानीको स्र्रोत धानबाली २ प्रकारमा एउटा चैते धान, अर्को वर्षात् असारे धानबाली हो। त्यसको विकल्प बेसिजनमा उत्पादन हुने हिउँदे तथा तरकारी बाली नै किसानहरूको मुख्य आम्दानीको स्र्रोत भएको छ।
सिँचाईं प्रणालीअन्तर्गत माछापालन, बङ्गुर पालन, गाई पालन, दुग्ध उत्पादन कार्यमा पनि सिँचाईंको उचित प्रयोगमा आइरहेको छ तर विडम्बना २०१३ सालबाट विजयपुरको पानी कच्ची बाँध बनाई केही भागमा मात्र सिँचाईं भएको थियो भने ठूलो जमिन खाली पच्झड भूमिमात्रै थियो। २०४१/२०४२ सालमा एसियाली विकास बैड्ढको सहयोगमा पुनः विजयपुर सिँचाईं प्रणालीलाई नयाँ सर्वे गरि व्यवस्थित आधुनिक सिँचाईं प्रणालीको रूपमा २०४३/४४ चितवनको कोर्इ कम्पनीद्वारा ठेक्कापट्टा भई आ.व. २०४४/४५ सालमा नहर सम्पन्न भएको हो। तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय सिँचाईं निर्देशक मोहनध्वज कार्कीले यो नहर निर्माण कार्यमा ठूलो योगदान पुर्याएको व्यहोरा जानकारी थियो। त्यसपछि विभिन्न समयचक्र, परिवेशसँग जुद्धै पश्चिमाञ्चल क्षेत्रीय सिँचाईं निर्देशक कोमल तिमिल्सिनाले नहरको उचित संरक्षण र व्यवस्थापन गर्न सरकारको मात्र जिम्मेवारीबाट सम्भव नहुने हुँदा तत्कालीन नेपाल सरकारले सिँचाईं प्रणली र वा व्यवस्थापन ‘हरियाली वन पाखा पोखरा नेपालीको धन’ भनेर नीति ल्यायो।
त्यसै कार्यक्रमअन्तर्गत विजयपुर सिँचाईं प्रणली उपभोक्ता संस्था, सामुदायिक वा उपभोक्ता सदस्यहरू विधिवतरूपमा दर्ता भई सरकारले जनतालाई नै स्वामित्व सुम्पिँदै आएकोले आज यस अवस्थासम्म सिँचाईं प्रणाली समुचित ढ·ले चल्दै आएको छ। तर विडम्बना ३०/३२ वर्ष पहिले वनको सिँचार्इं संरचना दिन प्रतिदिन जीर्ण अवस्थामा भइरहेको हुँदा सिँचार्इं प्रणालीको मुख्य मार्ग हेडवर्क्स र मूलनहर धर्ति फाँटा, रातो पैरो, कुहिरी रहजस्ता अति कमजोर भाग वर्षेनी भासिन गई ठूलो क्षति व्यहोर्र्नुपरेको छ।
यही साल २०७० असार ५ गते आएको अविरल वर्षाको कारणले गर्दा धान रोप्न पसेका किसानहरू ठूलो सड्ढटमा परे। विजयपुर सिँचाईं प्रणाली जलउपभोक्ता संस्थाको विशेष पहलमा पश्चिमाञ्चल क्षेत्रीय सिँचाईं डिभिजन कार्यालयबाट केही सहयोग र लेखनाथ नगरपालिकाबाट २ लाख सहयोग, निजी क्षेत्र लेखनाथ उद्योग वाणिज्य सङ्घ, यसमा मौन रहयो तर दुःख लाग्छ निजीक्षेत्रले सड्ढलन गरेको रकम विकास पूर्वाधार र लेखनाथ नगरवासी किसान किसानहरूको मुख्य स्रोत उत्पादन गर्ने खाद्यान्नप्रति अनुरोध गर्दा पनि सहयोग भएन।
अन्यत्र सबैजसोबाट आर.एम.सी.रेडिमिक्स्चर चाउथेबाट ६०० थान खाली बोरा, हरेक शाखाबाट दैनिक १०० जनाको कार्यमा संलग्लनता अझ विशेष गरि सड्ढट पर्दा नहर सफा गर्नेदेखि दिएर हरेक वर्ष विजयपुर व्यारेक ३ नं. बाहिनी अड्डाले दैनिक ४० देखि ६० जना जवान नहरमा बाँध बाँध्ने ढुङ्गा बोक्ने कार्यमा संलग्न भई करिब ११०० जना जवानबाट असार ९ गतेबाट १८ गतेसम्म निसर्त पारिश्रमिक सहयोग भएको थियो। त्यसकारण विजयपुर व्यारेकप्रति विजयपुर जलउपभोक्ता संस्था आभार प्रकट गर्दछ। हरेक पटक नहरको अवस्था काजोर हुँदै गएको हुँदा ५ गते भत्केको नहर १९ गते पानी नहरमा सञ्चालन गर्न सफल भयो तर कमजोर नहर निर्माण ९ लाख (नौ लाख) खर्चमा तयार भयो र किसानहरूले बाली रोप्न सफल भए। अहिले उक्त नहरलाई पश्चिमाञ्चल क्षेत्रीय सिँचाईं डिभिजन कार्यालयको सहयोग विजयपुर सिँचाईं प्रणाली जलउपभोक्ता संस्थाको विशेष डेलिगेसन काडमाडौँ र अन्य सहभागीको कारणले २५ लाखको लागतमा अहिले वर्षामा बनाएको कच्ची नहरलाई दिगो आरसीसी, स्ट्रक्चर, क्यानल बनाउने कार्य सुरु भई करिब ३५ प्रतिशत कार्य पूरा भइसकेको छ। उक्त कार्य सम्पन्न गर्न फागुन महिनाको १५ गतेसम्म सम्पन्न गरी पानी नहर सञ्चालन ल्याउन विशेष पहल गरिने उद्दश्यले सिँचाईं कार्यालय विजयपुर सिँचाईं जलउपभोक्ता संस्था रहिरहेको छ। आशा छ चैते धन खेत रोप्नलाई निर्धक्क पाइने छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०