विचरा बृद्ध आमा–बुबा !

दिनेश बस्नेत
माघ २४, २०७६

आखिरमा किन मान्छे बृद्ध बाबु आमा प्रति अमानवीय र अमर्यादित हुन्छ ? किन हिजोका दिनमा बाबु आमाले प्रकट गरेको आत्मीयता, जिम्मेवारी र संवेदनात्मक भावना विर्सन्छ ? जुन सन्दर्भ आजको जनमानसमा अपूरणीय रिक्तता बनेको छ ।

भो नाम नलिऊँ । नातागोता के पर्ने हुन, त्यो पनि ओझेलमा राखौँ । मात्र प्रसङ्ग खोलौँ, एक जना बूढी आमा हाम्रो घर आइन । र भनिन् ‘विरामी छु बाबु ! पेट कट्कटी खान्छ । भित्र–भित्र सुईले घोचे जसरी घोच्छ । केही खान पटक्क मन लाग्दैन । त्यसरी खान नरुचेको पनि दुई हप्ता जति भो । खान नरुचे पछि त निन्द्रा पनि लाग्दो रहेनछ । के गर्नु बाबु आफुले माया मानेर रत्तिएन । आज त्यही छोराले माया मार्दा, वेवास्ता गर्दा बाच्ने कत्ति मन छैन । भन्ने बित्तिकै काल पनि आउँदो रहेनछ ।’
उहाँको कुरा सुन्दा अचम्म लाग्यो । उनको छोरा समाजसेवी र प्रतिष्ठित व्यक्तित्व थिए । यस मानेमा मैले आश्चर्य भावमा भने, ‘के नपत्याउने कुरा गर्नु भएको तपाईले । उहाँ दाइ त त्यस्तो नहुनु पर्ने । त्यतिविधि अन्याय नगर्नु पर्ने । गाउँसमाजमा त्यत्रो इज्जत भएको मान्छे । उहाँले नै त्यस्तो गर्नु भयो भने कस्का बाबु आमाले सेवा र सुख पाउलान त नि ।’
‘त्यो त उसको देखाउने दाँत हो बाबु ! घरमा कति असजिलो र कति विरसिलो छ भन्ने कुरा मलाई मात्र थाहा छ । हुन त आफ्नो छोराको कुरा गरेर आङको छारो के उडाउनु ।’ बूढि आमा निराश हुदै भनिन् ।
साथै आफुले छोराका निम्ति काटेका कहर र दुःख बताइन । जीवनमा भोगेका गोता र हण्डर पोखिन । अनि अहिले बुढेसकालमा कसैले नपाएको ठक्कर र नभोगेको सास्ती आफुले भोग्नु परेको कुरा कसैलाई नभन्ने शर्तमा भनिन्, ‘बाबु मलाई साह्रै भयो डाक्टरलाई देखाउन पाए अलि विशेक हुन्थ्यो कि । खान पनि रुच्थ्यो कि भन्दा छोराले त के भन्छ भने, बूढेसकालमा केही न केही रोग लागिहाल्छ । एक पटक मरेर जाने शरीर हो । उपचार गरे पनि, नगरे पनि मर्ने निश्चित छ । केलाई गर्नु पैसा खर्च ? पचहत्तर वर्षकी पुग्यौ, अझै कति वर्ष बाँच्छु भन्ने छ बूढी तिम्लाई पो भन्छ ।’
उनका कुराले मलाई हदैसम्म दङ्गचित तुल्यायो । किञ्चित अनपत्यारिलो पारामा मनन गरेँ । एकाध घटना सँग दाँजे । सोचेँ, मान्छे यतिसम्म अधर्मी हुन सक्दा रहेछन् । यतिसम्म कृतघ्न र निष्ठूर हुन सक्दा रहेछन् । मनमा अफशोचको लहर निरन्तर चलिरहयो । लाग्यो, जीवन थिग्ग्रिने भने कै बूढेसकालमा होइन र ? कोही कोही भाग्यमानी मात्र दिन उमेरमा नै (अल्पायुमा) विदावादि हुन्छन् । नत्र भने बूढेसकाल भोग्नु प्राकृतिक नियम हो । आज बुवा आमा एवं बूढाबूढीलाई जति वेवास्ता गर्छन् । जति चिमोट्छन् र पीडा दिन्छन् । आखिर तिनले पनि बूढेसकाल भोग्नु पर्छ ।
यदि तिनले बाबुआमा माथि गरेको व्यहोरा एउटा संस्कारमा परिणत भयो भने भोलि तिनको अवस्था के हुन्छ ? भन्नाले तिनका छोरा छोरीले पनि आफ्ना अभिभावकको कर्तुत पढेका छन् । जुन कर्तुत आफ्ना सन्ततिले भोलिको दिनमा आत्मसात र अवलम्वन गरे भने । हजुरवा हजुरआमालाई आफ्ना बाबु–आमाले गरे जसरी आफुले पनि गरे भने, न त सेवाभावको औचित्य रहन्छ । न त सदव्यवहार र सदाचारले स्थान पाउँछ । आखिरमा किन मान्छे बृद्ध बाबु आमा प्रति अमानवीय र अमर्यादित हुन्छ ? किन हिजोका दिनमा बाबु आमाले प्रकट गरेको आत्मीयता, जिम्मेवारी र संवेदनात्मक भावना विर्सन्छ ? जुन सन्दर्भ आजको जनमानसमा अपूरणीय रिक्तता बनेको छ । आजको समाजको टड्कारो आवश्यकता बनेको छ ।
यद्यपि मान्छे सर्वगुण सम्पन्न हुदैन । कमी कमजोरी हरेक मानवको विशेषता हो । कमी कमजोरी नभएको मान्छे सायद हुदैन । अर्थात कमी कमजोरी विहीनता भगवानमा मात्र संभव छ । तर पनि भगवान एउटा आदर्शवान पात्रमा सीमित छन् । तर पनि मान्छेले आफुले निर्माण गरेका आदर्श, मूल्य र मान्यता भुल्नु स्वयं आफ्नै जीवनीका लागि हानिकारक हुन सक्छ । अझ पूर्वीय दर्शनमा आधारित हामी बाबु–आमालाई साक्षात् भगवान मान्छौँ । आफु यस धरतीमा उम्रिए देखि हौसियत निर्माण गरुञ्जेलको श्रेय बाबु आमा लाई दिन्छौँ । आफ्नो आचरणको विकासको जस पनि तिनै बाबु–आमालाई दिन्छौ । यथार्थमा जे जति छाँै । जे जति हुनुमा गर्व गर्छाै । त्यसको सम्पूर्णता बाबु आमालाई ठान्छौ । जुन सत्य वास्तविक व्यवहारमा सर्वसुलभ हुन सकेको छैन । सबैको मानसपटल भित्र प्रवेश गर्न सकेको छैन । त्यसैले हरेक मान्छेले आफ्नो बाल्यकाल र विगत सहजै विर्सिदिन्छन् । बाबु–आमाप्रति उदासीन र अनुदार बन्दछन् ।
यसो त बुढेसकाल आफैमा असन्तुष्टिमय समय हो । आफैमा उराठलाग्दो समय पनि हो । वैराग्यले हतोत्साहित तुल्याउने क्षण हो । सत्य यो पनि हो, यो समयमा आफन्तजनको माया र सेवाको आशा हुन्छ । मीठो मसिनो र तातो चिसो मिलाएर खान खोज्ने एक प्रकारको प्रलोभन हुन्छ । त्यस्ता भावनाहरुलाई अक्षरश ः छोराछोरी र बुहारीले बुझ्न सक्नु पर्छ । सम्भव भएसम्म पूरा गर्न सक्नु पर्छ । त्यही न हो मानवीय धर्म । छोरा छोरी हुनुको कर्तव्य । सेवा प्रदान, इच्छा पूरा र उपचारको सही तारतम्य मिलाउन सक्नु, बाबु आमालाई अभावमूलक मनसायमा गुज्रन नदिनु एउटा असल सन्तानको परमकर्तव्य हो ।

राज्यले पनि बूढाबूढीको मर्म र समस्यालाई बुझ्न जरुरी छ । बृद्ध भत्ता मात्र प्रयाप्त छैन । बूढाबूढी माथि हेला र दृव्र्यवहार हुनु भनेको सिङ्गो मानवीय जीवन वहिष्कृत हुन हो । असुरक्षित हुनु हो । यसर्थ राज्यले कि त उचित व्यवस्था गरोस् । गास, वास, कपास, स्वास्थ्य र सुरक्षाको । नत्र भने बाबु आमालाई दुव्यवहार गर्ने छोराछोरी माथि दण्ड सजाय हुने कानून बनाओस । त्यति गरे मात्र बृद्धा आमाबुबाको विजोग नहुन सक्छ ।

तर विडम्वना माथि उल्लेख भए जस्ता मान्छे गाउँ र शहरका समाजमा छयाप्छयाप्ती देख्न पाइन्छ । संवेदनाहीन छोरा छोरी वर्षे च्याउ समान छन् । बाबु आमा विरामी हँुदा उपचारमा कन्जुस्याई गर्ने, एक प्रकारको घाँडो अनुभव गर्ने, केही थप भार बहन गर्नु पर्दा ‘मरे पनि हुन्थियो ।’ भन्ने भावना बारम्बार उब्जाउने र बूढा आमा–बुबाप्रति तथानाम अभद्र व्यवहार गर्ने, उनीहरुको बुढेउली तन–मनलाई पीडा दिने छोराहरुले समाज अभिशप्त बनाएका छन् ।
हुन त यही समाजमा केही त्यस्ता आदर्शवान पात्र पनि छन् । जो नगण्य मात्रामा छन् । जसले बाबु–आमालाई सन्तुष्ट र खुशी तुल्याउन सक्नु आफ्नो जीवनको एउटा सफलता मान्छन् । कर्तव्यको एउटा पाटो ठान्छन् । र हरदम सेवारत् बन्दछन् । त्यस्तै पुण्यात्मा व्यक्तिहरुले अरुका बा–आमालाई, असहाय बृद्ध बृद्धहरुलाई आफ्नोपन दिएका छन् । वृद्ध आश्रम खोलेर आश्रय दिएका छन् । कतिले तिनै वृद्धाश्रममा आफु सक्दो दान गर्दछन् र सेवाबाट प्राप्त हुने सन्तुष्टि अजमाउँछन् । परमानन्दको सुख भोग गर्दछन् । तर तिनै वृद्ध आश्रममा बाबु–आमालाई फकाई फुल्याई छाड्ने, अर्थात बाबु–आमालाई बृद्ध आश्रममा छाडेर भाग्ने छोराछोरी पनि यो समाजमा देख्न पाइन्छ । अर्थात त्यस्ता अनपत्यारिला घटना सुन्न र पढ्न पाइन्छ । विरामी पर्दा उपाचार र सेवामा निष्क्रियता र निष्ठुरता देखाउने छोरा छोरीहरुको त यहाँ बहुमत नै छ ।
आखिरमा किन मान्छे यतिविध्न स्वार्थी र अमानवीय बन्दछन् ? किन मान्छेमा विरानोपन मौलाउँदै गएको छ ? किन मान्छेले मान्छेलाई भन्दा धनलाई महत्व दिन्छन् । भौतिक स्वार्थलाई भन्दा मानवीय संवेदनालाई कम महत्व दिन्छन् । लाग्छ, यो सब उचित संस्कार, शिक्षा र संस्कृतिको अभाव हो । जसको आधारमा आचरण र आदर्श बन्दछन् । जसका पूर्वाधारहरुले मान्छेलाई अपूर्ण मात्र होइन अपाङ्ग नै बनाइदिन्छ । अनि कता बाट आउँछ आनीबानीमा मानवता ? अनि कसरी प्राप्त गर्न सक्छन् वृद्ध आमा–बाले सेवा ?
जव मान्छे मानवीय रुपमा आपाङ्ग बन्दछ । उसले पैसा बाहेक अरु थोक देख्दैन । संवेदना र भावनासँग सम्बन्धित पक्षहरु वाहियात ठान्छ । भौतिक सुख र सुविधा सिवाय । आजकलका अधिकार मान्छेलाई यही वास्तविकता, यही अनैतिकता र यही विडम्वनाको माखेसाङ्लोले घेराबन्दी बनाएको छ । आजका बूढाबूढीले सास्ती थेग्नु परेको छ । यतिसम्म कि तिनीहरुबाट विचरा वृद्ध आमा–बाबु माथि गरेको अन्याय, अत्याचार र अमानवीयताको त के कुरा गर्नु, उदारमना भएका व्यक्तिहरुले त्यस्ता विरामीलाई केही मिठो मसिनो लिएर भेट्न आए, खान दिए भने ‘खाने कुरा त ल्याएर दियौ, गुहँु सोर्न पनि आउनु होला’ सम्मको निकृष्ट बोली बोलेको पनि सुन्न पाइन्छ । बाँचे देख्न र सुन्न पाइन्छ ।
अत बुढेसकाल जीवनको बिट मार्ने क्षण हो । एउटा आदरणीय समय हो । यसर्थ हरेक वृद्धबृद्धाले सम्मानजनक सेवा पाउनु पर्छ । अन्यथा राज्यले पनि बूढाबूढीको मर्म र समस्यालाई बुझ्न जरुरी छ । बृद्ध भत्ता मात्र प्रयाप्त छैन । बूढाबूढी माथि हेला र दृव्र्यवहार हुनु भनेको सिङ्गो मानवीय जीवन वहिष्कृत हुन हो । असुरक्षित हुनु हो । यसर्थ राज्यले कि त उचित व्यवस्था गरोस् । गास, वास, कपास, स्वास्थ्य र सुरक्षाको । नत्र भने बाबु आमालाई दुव्यवहार गर्ने छोराछोरी माथि दण्ड सजाय हुने कानून बनाओस । त्यति गरे मात्र बृद्धा आमाबुबाको विजोग नहुन सक्छ । बुढेसकाल केही हदसम्म भए पनि सुखद हुने परिकल्पना गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width