विगतका आन्दोलनहरूबाट के पायौँ, के गुमायौँ ?

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७१

हामी नेपालीहरू भाग्यमानी छौँ। भाग्यमानी छौँ, यस मानेमा कि हामीले नेपाल आमाको काख उज्यालो पार्नको लागि धेरै पटक संङ्र्घर्ष गरिसकेका छौँ। ममतामयी आमाको माया र समग्र हाम्रै आफ्नै परिवेशलाई हरतरहले विकास, शान्ति र स्वतन्त्रताको लागि हजारौं नेपाली जनताको बलिदानीपूर्ण सङ्र्घर्षको परिणाम आखिर सफलीभूत पनि भएको छ। हाम्रो आफ्नो प्यारो इतिहास र पुखाले जोगाएर राखेको, हिमालको छातीमा टाँसिएर बसेको यो प्यारो र सानो देश जहाँ सयौं कीरा फट्याङ्ग्रादेखि ठूलाठूला जन्तु दानवहरूको पनि स्वागत हुन्छ। “शरणको मरण नगर्नू” भन्ने पवित्र भनाइलाई नेपालीले कहिल्यै अस्वीकार गरेनन् र जनताका आकांक्षाहरूका बाहकहरूलाई सर्वोपरि ठान्दै, पटकपटक स्वागत गर्दै फूलका मालाहरू चढाउने काम गरे। यद्यपि विगतका इतिहासदेखि नै चलेको हाम्रो सुन्दर अभियानमा पटकपटक नेतृत्वदायी भूमिका खेलेका विविध राजनीतिक दलका नेताहरूले केटाकेटीको जस्तो व्यवहार प्रदर्शन गरिदिएका छन्। प्रजातन्त्रको स्थायित्वको सर्न्दर्भमा यसले नकारात्मक प्रभाव पारेको छ र प्रजातान्त्रिक पद्धतिमाथि नै अविश्वस बढाएको छ।

नेपालका ऐतिहासिक विरासत कहाली लाग्दा, आततायी, क्रुर, जहानीया शासनका प्रपञ्चले जेलिएको छ। पञ्चायतकालीन पञ्जाका गिद्धे नजरले यहाँ पटक, पटक अशोभनीय जनविरोधी क्रियाकलाप गरे। लामा लामा हातहरू पसार्ने लम्पट प्रवृत्तिका मनसाय भएका व्यक्तिलाई समेत वशीभूत पार्नको लागि नेपाली जनताले खेपेको भूमिकालाई कही कतैतिरबाट पनि सामान्यीकरण गर्न मिल्ने अवस्था छैन। जनताले जनताकै लागि लडेको नेपालको २००७ सालको क्रान्ति होस् वा २ं०३६ सालको आन्दोलन, २०४६ सालको जनआन्दोलन होस् या २०६२ सालको आन्दोलन, जुनसुकै लडाइँमा पनि नेपाली जनताले देखाएको अदभ्य साहसको अवर्णीय शृङ्खलाको भूमिका अविस्मरणीय छ। शान्ति र लोकतन्त्रका प्रति नेपाली जनताको यो मोह विश्वलाई अनुकरणीय पनि छ।

आन्दोलनमा देखाएको जन स्तरको अथाह शक्तिबाट एक्कासि उचालिएका नेता गणहरूको अदूरदर्शी योजना, मनोगत सोचाइ, अव्यावहारिक तथा एक पक्षीय स्वार्थले परिलक्षित भएका कारण आन्दोलनको गहनता र त्यसको सदुपयोगमा फितलोपना देखा पर्दै जान्छ। धेरै पटक जनतालाई आन्दोलनमा होमिएको कुराको वास्तविकता आफू सत्तामा पुगेर त्यसको स्वाद लिने र माफी माग्दै जानेजस्ता असामाजिक हरकतबाट सुशोभित हाम्रा विगत र वर्तमानका नेताहरूको एउटा संस्कार नै हो। आन्दोलनको लामो थकाइ र जनपक्षीय संविधानसमेत बनिसकेको परिप्रेक्ष्यलाई माओवादीहरूले त्यसलाई चुनौती दिँदै २०५२ साल यता १० वर्षे युद्धको नाटक मञ्चन गरी त्यसका विपक्षमा वा पक्षमा उत्रने हजारौंहजार मानिसहरूको इहलिला समाप्त पारी पचासौँ हजार मानिसहरूलाई टुहुरा बनाए। अहिले फेरि अनेकौँ वितण्डा मञ्चाउन सिपालु नेकपा एमाओवादीले २०७१ फाल्गुण महिना लागेयता लाठा प्रदर्शनको नयाँ स्वरूप मञ्चन गरेको छ। यसरी हाम्रा होनहार राष्ट्रप्रेमी, निर्दोष र कलिला युवक युवतीहरूलाई त्यसको प्रयोग र आवश्यकताको महसुस गराएर लाठाहरू वितरण गरेको छ। नयाँ नयाँ संस्कारहरू निर्माण गर्न र हुकाउन अत्यन्त्य सिपालु नेकपा एमाओवादीका यसभन्दा अघिका योजनाहरूले सलापर्सुलुप लोप्पा खाएपछि पुनः सरकारको काम काजको अचुक व्रि्रोह गर्ने र स्वयम् उनैका विविध अशोभनीय व्यवहारले टाढिएकाहरूको मन जित्ने प्रयासमा फाल्गुन १६ गतेको नाटक रचिएको र उनीहरूसँग माफी माग्ने र सरकारलाई तसाउने खेलमा आदरणीय नेताहरू लागेको प्रस्ट हुन्छ।

मानवीय संवेदनाको अत्यन्त झिनो संस्कारमा हुर्किएका अधिकांश एमाओवादीहरूले अरुको सहयोग प्राप्त गरेर जब आन्दोलनको लक्ष्य चुम्न सफल भए त्यहाँदेखि नै नेपाल आमाको छातीमा हाम्रा पुखाको बलिदानबाट प्राप्त अगाध मायाका धारिला, खँदिला र गहकिला अस्मिताहरूको जग एकाएक हल्लाउन र उखेलेर मिल्काउन थाले। गाईप्रति हाम्रो ऐतिहासिक श्रद्धालाई समेत गैँडामा परिवर्तन गर्नु पर्छ, राष्ट्रिय पहिचानको दौरा सुरुवाललाई लात्ताले कुल्चेर विदेशीसँग सापटी लिनुपर्छ, ८० प्रतिशत हिन्दू भएको राज्यलाई ढलाएर धुलो चटाउनु पर्छ, सदियौदेखि एक नेपालीको “महावचनको” न्यानो अस्तित्वमा बाँचेका हामीहरूलाई विभिन्न जात र जातिका नाउँमा अलग गराउनु पर्छ, नेपाल र भारतको सीमानामा भैरहेको कचिङ्गललाई सदाका लागि समाप्त पार्ने सबैभन्दा उत्तम उपाय जनमत सङ्ग्रह गर्नु पर्छ, भन्नेजस्ता उनीहरूको अस्तित्वको बटमलाइनसँग कसरी राष्ट्रप्रेमी जनसमुदायहरू नजिक हुन सकिरहेका छन्, अचम्म लाग्छ।

यो राष्ट्र केही वर्ष अगाडि सत्ता पक्ष र व्रि्रोहीको गोलीको आवाजले आक्रान्त र चुरचुर भएको थियो भने हिजो आज त्यसको स्वरूप फेरिएर लाठीका आवाजले सडक जागेको छ। हिजो माओवादीका लडाकु लुकेर आश्रय पाएका रुखहरूको हाँगाहरू काटिएर जंगलको मंगल उजाड बनाइएको छ भने संविधानसभाका माइक र कुर्चीहरू तोडफोडको आवाजहरू सेलाउन सकेका छैनन्। गणतन्त्र घोषणा नै सर्वश्व ठान्ने माओवादीहरूले त्यसको संस्थागत प्रक्रियामा इमानदारी नदेखाउनु र बहुमतको अंकगणितीय खेलामा संविधान कुनै हालतमा पनि बन्न सक्दैन भनेर घाँटी सुकाउनुले २०६२/६३ को आन्दोलनको वास्तविक लक्ष्य भनेकै संविधानलगायतका विषयहरूमा टुङ्गो लगाउनु रहेन छ भन्ने कुराको पुष्टि भएको छु।

जनतालाई कुनै वाद र संविधानको धाराले सबै कुरा दिने होइन। संविधानको धारामा राष्ट्रले थेग्नै नसक्ने कुराहरू थोपरेर राम्रो बन्न खोज्नु कसको लागि घातक हुने छ – माओवादीमा शक्ति छ भन्नेवालाहरूले बेलैमा सोच्नु पर्दछ। त्यतिमात्र होइन दक्षिणभन्दा अति नै हुरुक्क हुने नेता महोदयहरूलाई शिरमा बोकेर हिँड्ने, “विज्ञहरूले हुनै सक्दैन” भनेका कतिपय वास्तविकताहरूलाई “हामी जनताले चुनेर पठाएका प्रतिनिधि हौँ, हामीले जे जसो गरे पनि हुन्छ” भन्नेजस्ता उनीहरूका अस्थिर मनहरूले राष्ट्रको विपरीत मनसाय पोख्न खोजे भने त्यतिखेर पछुतो होला कि नहोला, महोदय – टुहुरो हुन लागेको बबुरो गणतन्त्रको सिरिखुरीमा सबै नेताहरूका धेर थोर साना ठूला अपराधहरूले छरपस्ट भैरहेको अवस्थामा अर्काे पक्षको सामान्य धक्काले हालसम्मको उपलब्धि गर्लामगुर्लुम ढल्यो भने कसैलाई फाइदा होला कि नहोला। “भाइभाइ फुटे गवार लुटे” भन्ने उखानसँग असाध्यै नजिक हुन पुगेका, विश्वमा सबैभन्दा लज्जास्पद हाम्रा नेताहरूको नाक तत्पश्चात कुन ठाउँमा अडिन पुग्ने हो, सर्वसाधारणहरूलाई चासोको विषय बनेको छ। जनताको भोटका प्रत्येक अंशअंशमा विविध वाचाका सापटी लिएर घर दैलो कार्यक्रम गरेका महोदयहरूले जनतासँगको अबको भेटमा “अरबौ रुपिया स्वाहा पारेर पनि यहाँहरूले दिएको जिम्मेवारी पूरा गर्न नसकेकोमा  हामीलाई कहिल्यै पनि भोट नदिनुस् है” भन्लान् कि नभन्लान् ? अब यो हेर्न बाँकी छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width