हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज नजिकीदैँ छ। भाद्र शुक्लपक्ष तृतीयाका दिन मनाइने यस हरितालिका तीज पर्वले चेली र माइतीको सम्बन्धमा जोड दिनुका साथै चेलीलाई आफ्नो जन्मभुमिको स्मरणका पनि गराउँछ। भाद्र शुक्लपक्ष द्धितीयाको राति दर खाए सँगै तीज सुरु भएको मानिन्छ। तीजको दिन विवाहित नारीहरू निराहार रूपमा ब्रत बसेर आफ्नो श्रीमान्को दिर्घजीवी तथा स्वास्थ्य लाभको कामना गर्दछन् भने अविवाहित नारीहरू असल बरको प्राप्तिको लागि ब्रत बस्दछन्। ऋषिपञ्चमीको दिन सप्तऋिषिको पुजा लगाए सँगै तीज विधिवत रूपमा सकिन्छ। तीजलाई उनीहरू वषौर्देखि भेट्न नपाएका आफ्ना दिदीबहिनी,साथी ,संगी भेट्न पाउने अवसरका रूपमा लिन्छन्। तीजको गीतमा उनीहरूले वर्ष दिन भरि पाएका दुःख ,वेदना, पारिवारिक मनमुटावलाई गीतका माध्यमबाट व्यक्त गर्दछन्। यसरी मनाउने तीज पर्वमा अहिले परिर्वतन भएको छ। यसको मौलिकता हराउँदै गएको महसुस गरिदैछ। तीजमा दुध,दही,घ्यू, का परिकार बढी नै रुचाइने परिकार हुन्। घिरौला, आलु, टुसाको तरकारी लगायत स्थानीय स्तरमा पाइने तरकारी सँगै दुधबाट बनेको परिकार खीरलाई दर मानेर खाने चलन अझै पनि प्रसिद्ध छ।
हामीलाई थाहा भएकै कुरा हो तीजमा पहिले पहिले चेलीको माइतबाट उनीहरूलाई लिन जाने चलन थियो। किनकि पहिले लामो बाटो बर्षात्को समय खोलानाला बढ्नुका साथै भेल बाढीको डर हुन्थ्यो अहिलेको जस्तो पुलको व्यवस्था थिएन। जंगलको बाटो वन्यजन्तुको भय हुनुको साथै सो समयमा धेरै बच्चा जन्माउने चलन पनि थियो तसर्थ चेलीको सजिलोको लागी माइतबाट बुवाआमा, दाजुभाउजु र भाईबहिनी लिन जानुपर्दथ्यो। सन्देश आदान प्रदानको लागी अहिलेको जस्तो सञ्चारको सुविधा पनि थिएन। अहिले पहिलाको जस्तो चेली लिन जानु पर्दन किनकि सूचना प्रविधिमा भएको विकासले हामीलाई धेरै सजिलो बनाएको छ। हामी टेलिफोन, मोबाइल मार्फत चेलीलाई सजिलै बोलाउन सक्छौ। विकासको लहरसँगै ग्रामीण विकास पनि भएको छ जसले गर्दा गाउँ-गाँउमा यातयातको सुविधाले चेलीलाई माइत आउदा जादा सहज भएको छ।
तीज मनाउने शैली र तरिकामा परिवर्तन हुँदै गएको छ। परिवर्तनका कुन पक्षलाई सबल र कुन पक्षलाई दुर्बलका रूपमा लिने भन्ने स्पष्ट हुन आवश्यक छ। परिवर्तन उन्मुख हुँदै गएको हाम्रो नेपाली समाज अनि परिवर्तनका नाममा भएको परिवर्तन कति सम्म आत्मसाथ गर्न सकिन्छ ? परिवर्तनका नाममा मौलिक पक्ष हराउदै गएको छ। तीजलाई कस्तो पर्वका रूपमा चिनाउने त भन्ने विषयसँग यो प्रश्न उठ्छ। वास्तवमा भन्नुपर्दा गत पाचँ वर्ष यताका तीजले हामी सभ्य र भव्य बनाउने नाममा केही विकृति पनि भित्राउन उद्धत भएका छौ। अहिले तीजको मौलिकता लगायत साँस्कृतिक ,सामाजिक र अन्य पक्षमा तीव्र परिवर्तन भएको महसुस गरिएको छ। धेरै मुल्य पर्ने बस्त्र, सुन,चाँदी र अन्य बहुमुल्य गरगहनाको प्रदशनले मौलिकता हराउदैँ गएको महसुस गरिएको छ। आर्थिक रूपमा भड्किलो र खर्चिलो बन्दै गएको यस पर्व भदौ महिनामा मनाउने चलन भएतापनि आषाढको अन्त्यमा नै तीजको तयारी सुरु हुन्छ। वर्षभरि पाएका दुःख, पीर वेदनालाई समेत समेट्ने पुरानो चलन प्रसिद्ध थियो। पुरानो यस चलनसँगै देश अनि समाजमा भएका राजनीतिक विकृतिलाई समेत गीतको माध्यमबाट प्रस्तुत गर्न चलन सबैलाई मन पर्थ्यो। तर अहिले सन्देश मुलक पर्वका रूपमा स्थापित यस पर्वमा परिवर्तनको आभाष गरिएको छ।
हामीले प्रष्ट रूपमा देख्न सक्छौ एक महिना अगाडि नै दर खाने चलन पाँच बर्ष यता बढ्दो छ। यसले तीजको मौलिकता माथि प्रश्न चिन्ह उठाएको छ। तीजका एल्बममा पुरुष स्वर पनि ओजिला र सन्देश मुलक मानिन्थो। तर हिजोआज तीजका एल्बममा नारी स्वरहरू भन्दा पनि पुरुष स्वर हाबी हुन थालेको छ। तर पुरुषहरूले तीजको गीत गाउनै हुन्न भन्न खोजिएको चाँही पक्कै होइन। यसले महिलाको पर्व तीजमा पनि पुरुष हाबी हुने कि नहुने मात्र हो। अनि महिलाहरूको पर्व भनेर उनीहरूलाई नै पछि पार्न कार्य भएन र ?
हराउदैँ गएको तीजको मौलिकता लगायत साँस्कृतिक ,सामाजिक र अन्य पक्षमा सुधार जरुर छ। अझै पनि धेरै मुल्य पर्ने बस्त्र, सुन,चाँदी र अन्य बहुमुल्य गरगहनाको प्रदशन गर्न बन्द गरिनु आवश्यक छ । प्रायः सभ्रान्त परिवारमा घरगृहस्थीको सम्बन्ध जोडेका चेली माइतमा सोही रूपको सुविधा नपाउने भएको खण्डमा अनेक बाहना गरी माइत नजाने क्रम चलिरहेको छ। यसरी आर्थिक रूपमा भड्किलो र खर्चिलो बन्दै गएको छ भने आजभोली चेली तीजमा माइत नजाने चलन प्रति आजका नारीको ध्यान जानुपर्ने देखिन्छ त्यसले माइतको मन दुखेको आभाषा हुन्छ भने उनीहरू सँग माइतीको दुरी समेत बढ्छ। तसर्थ हामी तीज मनाउने शैलीमा आएको परिवर्तनका राम्रा पक्षलाई आत्मसाथ गर्दै विकृतिलाई हटाउन तर्फ लाग्दा राम्रो होला कि ?
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०