वास्तु विज्ञानलाई आत्मसात गरौं

bishwobhurtyal विश्व बन्धु भूत्र्याल
पौष २६, २०७६

१०० (एक सय) भाइ कौरवहरू विनाश हुनाको प्रमुख या मुख्य कारण थियो कि, ईन्द्रप्रस्थ भवनको बीचमा या ब्रह्मस्थान या केन्द्रमा या माझमा कुवाँ+कुआँ+ईनार+जलाशय खनिएको थियो ।

१. तलघर ः तलघर या गर्भगृह या भूमिगत गृह भन्नाले जमिनको सतह भन्दा तल मानव निर्मित गृह या भवन भन्ने बुझिन्छ । तलघर या गर्भगृह वा भूमिगत गृहलाई अंग्रेजी भाषामा बेसमेन्ट भनिन्छ ।
अति प्राचीन देव वाणी ऋग्वेदले पनि भगवान विश्वकर्मालाई वास्तुशास्त्रका देवता स्वीकारेको छ । वास्तुशास्त्र विज्ञान हो यसको अनुभूति प्रत्यक्ष या परोक्ष रूपमा गर्न सकिन्छ । वास्तु सिद्धान्तलाई जानेर होस् या नजानेर होस् आत्मसात् गर्नुपर्दछ । यदि वास्तुशास्त्रका नीति–नियमहरूलाई आत्मसात् नगर्ने व्यक्ति होस् वा समूह होस् वा कुल किन होस् त्यस्ताको विनाश हुन्छ । जस्तै– १०० (एक सय) भाइ कौरवहरू विनाश हुनाको प्रमुख या मुख्य कारण थियो कि, ईन्द्रप्रस्थ भवनको बीचमा या ब्रह्मस्थान या केन्द्रमा या माझमा कुवाँ+कुआँ+ईनार+जलाशय खनिएको थियो ।
अर्को उदाहरण पनि जनमानसमा पेश गर्न मन लाग्यो, “दुर्योधनको कलात्मक एवम् सुन्दर महल+भवनलाई भगवान श्रीकृष्णजीले वास्तुशास्त्रका नीति–नियमलाई आत्मसात् नगरी मनचाहे ढङ्गबाट निर्माण गरिएको थियो ।
त्यस्तै गरी अर्को उदाहरण पनि पाठक वर्ग समक्ष पेश गर्न मन लाग्यो कि, विद्वान एवम् सुनको खानीका मालिक लंकापति रावणले हिरा+मोती+सुन+चाँदी+तथा विभिन्न किसिमका खनिजका मालिक तथा रक्षक श्री कुवेरदेवलाई दवाउनका लागि पूर्व–उत्तरमा पर्ने ईशान कोणमा विशाल पर्वत+पहाड सृष्टि गर्दा सुनको लंका जलेर नष्ट भएको थियो ।
यदि कुनै भवनको+गृहको+बंगलाको+निवासको ब्रह्मस्थानमा जलाशय+ईश्वर भगवान वासस्थानमा विशाल पर्वत+शौचालय+सेफ्टी ट्यांकी+भान्सा+भ¥याङ निर्माण गरिएको छ भने अपमानित+अवनति+दुर्भाग्य+अशुभ+अपहेलित+असाध्य रोगी+विनाश जस्ता अशुभ कुराहरू सुन्नु+ देख्नु+भोग्नु पर्दछ ।
२. भूमिको शल्योद्वार ः निर्माण गरिने भूखण्ड+घडेरीभित्र अशुभ वस्तुहरू जस्तै– मानव खप्पर+कोईला+भूस+हड्डी+सर्पको+कुकुरको हड्डी+अजिङ्गरको बास+आदिलाई निकाली फाली भूखण्ड शुद्धीकरण गर्नु पर्दछ । तत्पश्चात् निर्माण कार्य गर्नु पर्दछ ।
३. शेष नागको शिर ः प्रत्येक घडेरीमा+भूखण्डमा पातालका नागदेव हुन्छन् । ती नागदेव+ नागराजको शिरमा+ढाडमा+जाँघमा+पुच्छरमा शिलान्यास+जग पूजा गर्न हुँदैन । त्यसैले दक्षिण–पश्चिमको नैऋत्य कोण+दक्षिण–पूर्वको आग्नेय कोणमा+उत्तर–पूर्वको ईशान कोणमा+उत्तर–पश्चिमको वायव्य कोणमा शिलान्यास गर्दा वास्तु सम्मत हुन्छ ।
४. पार्न नहुने कुराहरू ः जस्तै– पृथ्वी शयन+देव शयन+मलमास+क्षयमास+अधिकमास+कृष्ण पक्ष+शुक्र अस्त+शुक्र अन्धो+रात्रि+सन्ध्याकाल+सूर्य दक्षिणायन+पितृमास+राहू काल आदिलाई पार्न हुँदैन ।
५. निर्माण गरिने भूमिलाई पूजा गर्ने ः गाईको गोबर+गोमूत्र+गाईको दूध+गाईको घ्यू+ दही + जौ+तील+कुस + जौका जमरा + रातो कमल + दुबो + वयरदाना + अलाइची + पारो + श्रीखण्ड + तुलसीपत्र + सर्व औषधी + गंगा तथा तीर्थको जल + सरस्यूँ + एउटा चोखो भाँडो राखी विधिवत तरिकाले घडेरीलाई र शिलान्यासका कर्ममा प्रयोग हुने सबै सामग्रीहरूलाई अभिषेक गर्नु पर्दछ । संभव भएमा निर्माणाधीन घडेरीलाई एक तलेत्री खुर्कनु पर्दछ । घडेरी पूजा गर्न ल्याइएका सामग्रीहरूलाई थोरै थोरै मात्र प्रयोग गर्ने अरु धेरै पछि शिलान्यास गर्दा चाहिन्छ ।
६. भूमिस“ग अनुमति माग्ने ः शुभ मुहूर्तमा+शुभ साईतमा निर्माणाधीन भूखण्ड+घडेरीसँग अनुमति लिनु पर्दछ । जस्तै– (शिलान्यास गर्ने व्यक्ति) म तिमी पृथ्वीमातालाई वास्तुशास्त्रका नीति–नियमहरूलाई पूर्ण रूपमा आत्मसात गर्दै गैँचीले ३ पटक खन्दैछु । कुनै किसिमको वाधा विरोध नभई समयमा नै निर्माण कार्य सम्पन्न होस् भनी खन्नु पर्दछ ।
७. भूमिको शल्योद्वार ः शेषनागको शिर पार्न नहुने कुराहरू, निर्माण गरिने भूमिलाई पूजा गर्न भूमिसँग अनुमति लिए पश्चात् महिनाहरूमा क्रमशः वैशाख,श्रावण,फाल्गुण,कार्तिक,मार्ग (मंसिर) आदि महिनाहरुमा तथा वारहरूमा क्रमशः बुधवार,बिहीवार,सोमवार,शुक्रवार,शनिवारमा पनि जग पूजा ,शिलान्यास गर्दा वास्तुशास्त्र अनुसार नै हुन्छ ।
८. सुरु पिलर तथा झ्यालढोका ः भवनको पिलर संख्या सम या जोर हुनु पर्दछ तर अंकको अन्तिममा सून्य या जिरो पार्नु हुँदैन । सुरु पिलर नैऋत्यमा गाड्ने तत्पश्चात् दक्षिण–पश्चिममा गाड्दै जाने । व्यापारिक प्रयोजनका लागि हो भने उत्तर दिशामा अन्तिम पिलर गाड्ने । निवासका लागि हो भने पूर्व दिशा अन्तिम पिलर गाड्दा वास्तु सम्मत हुन्छ । एउटा पूर्ण घरमा झ्याल संख्या जोर या सम हुनु पर्दछ तर अंकको अन्त्यमा सून्य या जिरो पर्दा वास्तु सम्मत हुँदैन । यही नियम ढोकामा पनि लागु हुन्छ ।
९. भूमिगत पानी टंकी,सेफ्टी टंकी,छत माथिको पानी टंकी ः भूमिगत पानी टंकी संभव भएमा घर बाहिर ईशान कोणमा,पूर्वमा,उत्तरमा र संभव नभएमा तत्तत् स्थान घरभित्रै पनि निर्माण गर्दा पनि हुन्छ ।
सेफ्टी टंकी पनि संभव भएसम्म घर बाहिर उत्तर वायव्यमा या पूर्वी आग्नेय कोण निर्माण गर्ने । छत माथिको पानी टंकीको हकमा भने भवनको दक्षिण या पश्चिममा स्थापना गर्दा वास्तु सम्मत नै हुन्छ ।
१०. शौचालय,धाराहरू ः निर्मित भवनको उत्तर–पश्चिम वायव्य कोण,पश्चिममा,दक्षिणमा, दक्षिण–पूर्व आग्नेय कोणमा पनि शौचालय निर्माण गर्न सकिन्छ । साथै शौच गर्दा उत्तर या पूर्व फर्किएर गर्ने । धाराहरू पूर्वबाट पश्चिममा या उत्तरबाट दक्षिण झर्ने हुनु पर्दछ ।
११. पूजाकक्ष ः निर्मित भवनमा मन्दिर बनाउन हुँदैन । भवनको या कोठाको ईशान कोण या पूर्व या उत्तरमा पूजाकक्ष बनाउनु पर्दछ । पूजाकक्षमा बिजुली बत्ती नबाल्ने । पूजन कक्षमा फलाम र स्टीलका सामान प्रयोग गर्न हुँदैन । पूजा सकेपछि पहेँलो पर्दाले छोप्ने ।
१२. भ¥याङ ः भ¥याङ भवनको क्रमशः दक्षिण,पश्चिम,उत्तर–पश्चिममा पर्ने वायव्य,दक्षिण–पूर्वमा पर्ने आग्नेय,दक्षिण–पश्चिमको नैऋत्य कोणमा निर्माण गर्न सकिन्छ । तर दक्षिण–पश्चिमको नैऋत्यको माष्टर वेडलाई असर नपर्ने गरी भ¥याङ निर्माण गर्न सकिन्छ । भ¥याङ दक्षिणावर्त अर्थात् क्लकवाइज हुनु पर्दछ । भ¥याङ चढ्दा सुरु पाऊ दक्षिण मुख पर्ने गरी निर्माण नगर्ने । अन्तिम पाऊ पूर्वमा या उत्तर दिशातिर पर्ने गरी निर्माण गर्ने । पाईटाको उचाई ६ ईन्च या ७ ईन्च हुनु पर्दछ र पाईतला राख्ने सिँढीको दूरी ११ ईन्च हुनु पर्दछ ।
१३. भान्सा या किचन ः निर्मित भवनको दक्षिण–पूर्वको आग्नेयमा पूर्व फर्किएर र उत्तर–पश्चिमको वायव्य कोणमा भान्सा भएमा पश्चिम फर्किएर खाना तयार गर्ने ।
१४. ग्यारेज ः भवनको उत्तर–पश्चिमको वायव्य कोणमा या दक्षिण–पूर्वको आग्नेय कोणमा ग्यारेज निर्माण गर्ने साथै गाडीहरू उत्तर या पूर्वमा गाडीको मुख पार्ने ।
१५. भोजन,ढोकाहरू,छतमाथिको पानी ः भोजन गर्दा,खाजा खाँदा, पेय पदार्थहरू पिउँदाको बखत पूर्व दिशा या पश्चिम दिशा तिर फर्किएर खानपिन गर्दा वास्तु सम्मत हुन्छ । साथै द्वार या ढोकाहरू आमने–सामने या सीधा–सीधा गर्नु हुँदैन । साथसाथै छतमाथिको पानी टंकी दक्षिण या पश्चिम दिशामा राख्नु पर्दछ । त्यसै गरी भवनमा आकाशबाट परेको पानीको निकास ईशान कोण या पूर्व दिशा ,उत्तर दिशाबाट खसाल्ने व्यवस्था हुनु पर्दछ ।
१६. रंगरोगन,भवनको गारो,गेटको रङः निर्मित भवनमा कालो र रातो रङको प्रयोग नगरी हल्का रङको लगाउनु पर्दछ । भवनको गारो दक्षिण र पश्चिम दिशा तर्फ मोटो र उत्तर तथा पूर्व दिशामा दक्षिण र पश्चिम तिरको गारो भन्दा केही कम मोटो गारो लगाउनु पर्दछ । गेटको रङ कस्तो लगाउने सन्दर्भमा यदि पूर्व दिशामा गेट छ भने सफेद सेतो रङ लगाउने । पश्चिम दिशामा गेट भएमा निलो रङ लगाउने । उत्तर दिशामा गेट छ भने हरियो रङ लगाउने । यदि दक्षिण दिशामा गेट छ भने कालो या गुलाबी या मुगा जस्तो रङ लगाउँदा वास्तुशास्त्र अनुरूप नै हुन्छ ।
१७. धनसम्पत्ति राख्ने ठाउ“ ः धनसम्पत्ति भन्ने वित्तिकै चल+अचल सम्पत्तिहरू पर्दछन् । जस्तै– सुन,चाँदी,हिरा,मोति,जग्गाधनीको लालपूर्जा,धितोपत्र आदि पर्दछन् । त्यस्ता वस्तुहरूलाई राम्रोसँग व्यवस्थित ढङ्गबाट राख्नु पर्दछ । त्यसैले भवनको दक्षिण–पश्चिमको नैऋत्य कोणमा या कोठाको नैऋत्य कोणमा उत्तर दिशातिर दराज,सेप,बाकसको ढोका उत्तरतिर खोल्ने हुनु पर्दछ । सम्पत्ति भएको दराजको माथि केही सरसामान राख्न पाइँदैन ।
१८. तलघर,गर्भगृह,भूमिगत गृह ः तलघर या गर्भगृह या भूमिगत गृह भन्नाले जमिनको सतह भन्दा तल मानव निर्मित गृह या भवन भन्ने बुझिन्छ । तलघर या गर्भगृह या भूमिगत गृहलाई अंग्रेजी भाषामा बेसमेन्ट भनिन्छ । तलघर या गर्भगृहमा स्थायी रूपमा बसोवास गर्दा वास्तु दोष मानिन्छ । यो वास्तु सम्मत हुँदैन भन्ने कुरा उल्लेख गरिएको छ । तर व्यापारिक प्रयोजनका लागि भने प्रयोग गर्न सकिन्छ भन्ने बुझिन्छ ।
तलघर या गर्भगृह निर्माण गर्न किन प¥यो ? भन्दा दिन प्रतिदिन जनसंख्या वृद्धिको कारण निर्माण योग्य जमिन या स्थानको अभाव हुँदै जाँदा जटिल आवासीय समस्या (मानव समुदायमा) खडा हुँदा मल्टी स्टोरी बिल्डीङ तथा कम्प्लेक्सको आवश्यकता बढ्दै गएको हुँँदा भूमिगत भवन या कार्यालय अन्तरगत गर्भ गृह या तलघर भवन निर्माण भै राखेका छन् । यदि निम्न लिखित कुराहरू या बुँदाहरूलाई राम्रोसँग ख्याल नगरिएमा मानसिक उद्धेग, अशान्ति,रोग,धन हानी,प्रगति उन्नति गर्ने कुरामा वाधा विरोध उत्पन्न हुन्छ ।
(क) तलघर या गर्भगृह या भूमिगत गृहमा तल झर्ने सिँढी दक्षिणावर्त अर्थात् क्लकवाइज तथा घुमाउरो किसिमको हुनु अत्यावश्यक छ ।
(ख) तलघर या गर्भ गृहमा उत्तर दिशा,पूर्व दिशा,पूर्वी–उत्तरमा पर्ने ईशानमा,उत्तर–पश्चिममा पर्ने वायव्य कोणमा झ्यालहरू हुनु अति आवश्यक छ ।
(ग) तलघर या गर्भ गृहको विममा फाल्स सिलिङ राख्ने व्यवस्थ हुन अति जरुरी छ ।
(घ) तलघर या गर्भ गृह या भूमिगत गृहमा पूजा,ध्यान,आरधना गर्नका लागि मठ–मन्दिर,पूजा कक्ष,धूप,अगरबत्ती,धुनि,दीप ज्योति बाल्दा राहू नामक ग्रह अत्यधिक सकृय हुने हुँदा दोषपूर्ण हुन्छ ।
(ङ) तलघर या गर्भ गृहमा बच्चाबच्चीहरूको अध्ययन कक्ष नबनाउने ,साथै संभव भएसम्म बच्चाबच्चीहरूलाई प्रवेश गर्न समेत वर्जित गर्नु पर्दछ ।
(च) तलघर या बेशमेन्टको झ्यालमा एक क्रिष्टल बल्ब र पवन घण्टी स्थापना गर्दा वास्तु दोषलाई निवारण गर्ने सजिलो उपाय हो , साथै यसले धनात्मक ऊर्जाको समेत वृद्धि गर्दछ ।
(छ) दक्षिण,पश्चिम दिशामा तलघर या गर्भ गृह या भूमिगत गृह निर्माण गर्दा ज्यादै कष्टदायक र अशुभ हुन्छ । त्यसैले पूर्व–उत्तरमा पर्ने ईशान कोणमा,पूर्व दिशामा,उत्तर दिशामा तलघर या गर्भ गृह या भूमिगत गृह निर्माण वास्तुशास्त्र अनुसार हुन्छ ।
(ज) तलघर या वेशमेन्ट या गर्भ गृह या भूमिगत गृहको प्रवेश द्वार पूर्वी ईशान कोण ,उत्तरी ईशान कोणमा दक्षिणी आग्नेय कोण,पश्चिमी वायव्य कोणमा निर्माण गरेमा सर्वोत्तम हुन्छ ।
(झ) दक्षिण–पश्चिममा पर्ने नैऋत्य कोणमा तलघर,गर्भ गृह,वेशमेन्ट भूमिगत गृह निर्माण गरिन्छ भने अत्यधिक नोक्शान हुन्छ । साथसाथै घरमालिक दुर्घटनाको सिकार हुन्छ र आत्महत्या गर्ने संभावना बढी मात्रामा हुन्छ ।
(ञ) तलघर,गर्भ गृह,भूमिगत गृह,वेशमेन्टमा सफेद सेतो रङको प्रयोग गर्नु शुभदायक हुन्छ ।
१९. लिट ः लिफ्ट बिजुली बत्तीका सहायताबाट चल्ने एक किसिमको भ¥याङ हो । यो बिजुलीबत्तीको मद्दतबाट चल्ने लिफ्ट भवनको मध्य भाग या ब्रह्मस्थान या केन्द्रमा निर्माण गर्न हुँदैन । यदि ब्रह्म स्थाना लिफ्ट निर्माण गरियो भने महावास्तु दोष हुन्छ । त्यसै गरी भवनको दक्षिण दिशा या दक्षिण–पश्चिम दिशाको नैऋत्य कोणमा निर्माण गरेमा वास्तुशास्त्रले बर्जित गरेको छ ।
भवनको उत्तर (वायव्य कोणलाई छुने) दिशा या पूर्व दिशामा (पूर्वी आग्नेयलाई छुने) गरी लिफ्ट निर्माण गरियो भने वास्तुशास्त्र सम्मत हुन्छ ।

“वास्तुदेवले हामी सबैको कल्याण गरुन्”

हाम्रो सुझाव