वाषिर्क राशिफल-२०७२

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७२

मेष :

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तपाईँको यस वर्ष परिवारमा सुख शान्ति मिल्नेछ। अढैया शनिका प्रभावले गर्दा शारीरिक सबलतामा न्यूनता मानसिक शान्ति खलल हुनेछ। अनावश्यक यात्रा गर्नुपर्नेछ। आँटेको कामहरु, विस्तारै पूरा हुँदै जानेछन्। नोकरीबाट प्रंशसित भइनेछ। कृषिजन्य कार्यले जीवनस्तर सुधार्ने छ। राजनैतिक गतिविधिले सहयोग पुर्‍याउनेछ। पशु-पालनको कारोबार उच्चस्तरको रहनेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। बौद्धिकस्तरको मूल्याङ्कन सबैबाट हुनेछ। पठनपाठनमा उल्लेख्य उपलब्धी हुनेछ। भूमि वहानादिबाट सोचेभन्दा बढी आम्दानी हुनेछ। धार्मिक कार्यतिर रुचि बढ्नेछ। बोलीचालीमा सावधान अपनाउनु आवश्यक छ। तपाईँको लागि कष्टदायी महिनाहरु वैशाख, श्रावण, मङ्सिर र चैत्र यी महिनाहरुमा सावधान अपनाउनु आवश्यक रहेको छ।

 

वृष :

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईँको यस वर्ष मध्यम रहेको छ। धार्मिक कृत्यप्रतिको बढ्दो चाहनाले सोचे झैं सफलता प्राप्त हुनेछ। आर्थिक दृष्टिले तपाईँको  यस वर्ष उत्तम रहेको छ। स्व-रोजगार लगायत विभिन्न प्रकारको व्यापारिक कार्यले लाभान्वित बनाउँदै लैजानेछ। कृषिजन्य कार्यले र पशुचौपाय व्यवसायबाट आर्थिक स्थिति मजबुत रहनेछ। इष्टमित्रहरु आफूप्रति आकषिर्त हुनेछन्। मुद्दामामिलामा आफ्नै पक्ष बढी सुदृढ हुनेछ। अध्ययन अध्यापनमा विशेष प्रगति हुनेछ। नोकरीमा खटपट पर्न सक्छ। बेलाबेलामा घरपरिवारमा मच्चिने आन्तरिक कलहले मानसिक सन्तुलन स्थिर नहोला। राजनैतिक क्षेत्रबाट अपजस पाइनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। गुमेको धन हात लाग्नुका साथै आकस्िमक धन समेत लाभ हुनेछ। वैशाख भाद्र र मङ्सिर महिनामा सचेत हुनु आवश्यक छ।

मिथुन :

(क, कि, कु, घ, ङ, छ, के, को, ह)

तपाईँको यस वर्ष आर्थिक दृष्टि मध्यम खालको रहेको छ। अचल सम्पत्तिको क्रयविक्रयमा बढी सक्रिय हुने अवसरले भूमिलाभ गराउने छ। कहिलेकाहीँ घरपरिवारमा झै-झगडा पर्न सक्नेछ। स्वरोजगारले जीवन प्रबर्द्धनमा मद्दत पुर्‍याउनेछ। विदेश भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। नोकरीबाट अपजस खप्नु पर्नेछ। पशुपालन व्यवसायले मध्यम फल दिनेछ। राजनैतिक स्थितिले लाभान्वित बनाउला। सामाजिक क्षेत्रमा विशेष योगदान गर्न सकिने छ। नयाँ कार्यको सोच आए पनि पूर्ण्ातामा असमर्थ भइनेछ। अध्ययन अध्यापनप्रति झुकाव रहे पनि सफलता कमै मात्रामा पाइनेछ। परिवारको स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ। धार्मिक क्षेत्रको बढी यात्रा हुनेछ। धार्मिक क्षेत्रको बढी यात्रा हुनेछ। घर निर्माण र वाहन प्राप्तिको योग रहेको छ। तपाईँको लागि सामान्य कष्टदायी महिनाहरुमा जेष्ठ, भाद्र, आश्विन र माघ महिना रहेका छन्।

कर्कट :

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

तपाईँको मिश्रति फलदायी वर्ष रहेको छ। व्यापार व्यवसायमा केही मात्रामा हानिनोक्सानी हुनेछ। पठनपाठनमा अनेकौं अवरोधहरुले गर्दा सफलता हुन गाह्रो पर्नेछ। नोकरीबाट अपजस पाइनेछ। खेतीपातीबाट मध्यम भए पनि पशुपालन व्यवसायले समुचित उपलब्धी हुनेछ। सामाजिक कार्यबाट उचित सम्मान पाइनेछ। वैदेशिक रोजगारको अवसरले आर्थिक उन्नतिमा टेवा पुर्‍याउनेछ। धार्मिक अभिरुचिले मानसिक अशान्ति हटाउनमा मद्दत गर्नेछ। कुरा काट्ने काममा तगारो हाल्नेको संख्या बढ्नेछ। नातादार सँगको लेनदेन कारोबारले मनमुटाव ल्याउनेछ। वहानादिबाट सोचेभन्दा बढी आम्दानी हुनेछ। आषाढ, कार्तिक र फागुन महिनामा नयाँ कार्यको थालनी नगर्दा राम्रो हुनेछ।

 

सिंह :

(मा, मि, मु, म,े मो, टा, टि, टु, टे )

तपाईँको यस वर्षको उत्तरार्द्ध राम्रो रहेको छ। व्यापारबाट सोचेझैं सफलता पाइने छैन। सवारीसाधनबाट सावधान रहनु अत्यावश्यक छ। सामान्य चोटपटक देखि दैवीय संकट पर्ने सम्भावना देखिन्छ। अढेया शनिको प्रभावले मानप्रतिष्ठामा आँच आउनेछ। अध्ययन अध्यापनमा जोश जाँगर हराएर जानेछ। राजनैतिक गतिविधिले समाजमा निकै रवाफ बढाउनेछ। नोकरी र मजदुरीको कार्यले मानिसक शान्तिमा अभिवृद्धि हुनेछ। घरपरिवारको सहानुभूति प्रयाप्त पाइनेछ। धर्मर्कर्म प्रतिको रुचिले प्रशस्त सन्तुष्टि दिनेछ। कृषिजन्य कार्यले जीवनयापनमा सरलता ल्याउनेछ। पशु-पालन व्यवसायले उचित लाभको अनुभूति गराउनेछ। सामाजिक क्षेत्रबाट सुख सन्तोष मिल्नेछ। आर्थिक दृष्टिले तपाईँको लागि श्रावण मार्ग र चैत्र महिना अशुभ रहेको छ।

 

कन्या :

(टो, प, पी, पू, ष, ण, ढ, पे, पो )

तपाईँको यस वर्ष मध्यम फलदायी रहेको छ। अध्ययन अध्यायपनमा जाँगर बढ्नेछ। झुटो आरोप र विवादको सामना गर्नुपर्नेछ । आँटेका कार्यहरु अधुरै नै रहनेछ। सामाजिक क्षेत्रमा लाग्दा अपजस पाइनेछ। भाग्य प्राप्तिको अवसरले व्यवहारिक बनाउनेछ । व्यापार व्यवसायले सफलता दिलाउने छ। वैदेशिक कार्यबाट राम्रो आम्दानी हुनेछ। धार्मिक चाहनाले तीर्थयात्रा गर्ने अवसर मिल्नेछ। कृषिकार्य पशुचौपायको व्यवसायले जीवनस्तर सुधार्ने छ। कानुनी मामिलामा आफ्नै पक्षको जीत हुनेछ। आधुनिकतामा रम्न चाहने इच्छा आंशिक रुपमा पूर्ण्ा हुनेछ। राजनैतिक परिस्थितिमा धोका पर्न सक्छ। आँखासम्बन्धी समस्याले सताउनेछ। परिवारमा मांगलिक कार्य हुनेछ, शत्रुहरु बढ्नेछन्। आर्थिक दृष्टिले वैशाख भाद्र र पौष महिना कमजोर रहेका छन्।

 

तुला :

(रा, री, रू, रे, रो, ता, ती, तु, ते )

तपाईँको यस वर्ष साढेसति शनिको प्रभावले गर्दा आफन्तजनसँग विवाद पर्न सक्छ। पढाइलेखाईमा पनि खासै उत्साह बढ्ने छैन। सरलकार्य पनि कठिन लाग्न थाल्छ। सवारी साधनबाट बच्न पूजा पाठ जप हवन शान्तिकर्म गर्नु राम्रो हुनेछ। वैदेशिक रोजगारबाट सोचेजस्तो आम्दानी हुने छैन। नयाँ कार्यहरुमा बाधा अवरोध पर्नेछ। बोलीचालीमा विशेष सावधान अपनाउनु पर्नेछ। व्यापारबाट सामान्य लाभ हुनेछ। कृषि पशुचौपायबाट सन्तोषजनक आम्दानी हुनेछ। आलस्यता बढ्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ। आकस्िमक धन लाभ हुनेछ। तपाईँको लागि कष्टदायी महिनाहरु जेठ, आश्विन र माघ महिनामा विशेष सावधानी आवश्यक छ।

वृश्चिक :

(तो, ना, नि, नू, ने, नो, या, यि, यू)

तपाईँको यस वर्ष धार्मिक र सामाजिक कार्यमा बढी समय बित्नेछ। साढेसति शनिको पूर्ण्ा प्रभावले गर्दा शारीरिक तन्दुरुस्ततामा रोगव्याधले बाधा गर्नेछ। मानसम्मानमा आघात पर्न सक्छ। वैदेशिक रोजगारको अवसर फुत्कन सक्नेछ। पढाइमा ध्यान नपुगे पनि लेखाइबाट विशेष उन्नति हुनेछ। मुद्दामामिलासम्बन्धी झमेलामा पर्नेछ। रोकिएका कामहरु अधुरै रहनेछन्। आफन्तमा वैरभावजस्ता नकारात्मक फल प्राप्त हुने भएकाले शनिदेवको पूजा आराधाना शान्ति कर्म गर्नाले शुभफल प्राप्त हुनेछ। कृषिबाट सोचेजस्तो लाभ हुनेछैन। पशु चौपायवहानादिबाट राम्रै आम्दानी हुनेछ। बोलीचालीमा विशेष ख्याल पुर्‍याउनु पर्नेछ। आषाढ कार्तिक र फाल्गुण महिनामा जुन कार्य गर्दा पनि विशेष सावधान अपनाउनुपर्नेछ।

धनु :

(ये, यो, भा, भि, भू, धा, फा, ढ, भे )

तपाईँको यस वर्ष खर्चको मात्रा बढे पनि आर्जनले धान्ने नै छ। मानसम्मानको वृद्धिले समाजमा छुट्टै अस्तित्व कायम गर्नमा सफल भइनेछ। शारीरिक स्फूर्तिले पराक्रम प्रशस्त मात्रामा बढ्नेछ। व्यापारबाट सोचेभन्दा बढी नै लाभ हुनेछ। दाजुभाइको उन्नति प्रगति देख्न पाइनेछ। आम्दानीमा नयाँ अवसरहरु देखापर्ने छन्। राजनैतिक र सामाजिक कामबाट मानसम्मान मिल्नेछ। नोकरीमा केही अपजस खप्नु परेता पनि पदोन्नति हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्ने छ। गुमेको धन हात लाग्नुका साथै आकस्िमक धन समेत लाभ हुनेछ। साढेसति शनिको प्रभावले काममा ढिलासुस्ति हुने, मौका छोपी शत्रुहरुले टाउको उठाउन थाल्ने भएकाले सचेत रहनुपर्ने छ। शनिको शान्ति गर्नाले अशुभ फलबाट बच्न सकिनेछ। श्रावण, मार्ग, पौष र चैत्र महिनामा नयाँ कार्यको थालनी नगर्दा राम्रो हुनेछ।

मकर :

(भो, जा, जी, जू, जे, जो, खा, खी, खु, खे खो, गी)

तपाईँको यस वर्ष वैदेशिक क्षेत्र कमजोर रहेको छ। अध्ययन अध्यापनमा रुचि बढ्ने छ। अहिलेसम्म रोकिएका कार्यहरु पूर्ण्ारुपमा पूरा हुनेछन्। शत्रुहरुले शिर निहुराउने छन्। पशु व्यवसायमा हानी पुगे पनि उद्योग र कृषि क्षेत्रबाट लाभ हुनेछ। धार्मिक तीर्थस्थलको लामो यात्रा गर्ने अवसर मिल्नेछ। भूमि वहान लाभ हुनेछ। खर्च अत्यधिक बढ्नाले ऋणमा डुब्ने सम्भावना प्रवल छ। न्यायिक क्षेत्रमा आफ्नै जित हुनेछ। घरपरिवार र इष्टमित्रबाट विशेष सहयोग प्राप्त हुनेछ। राजनैतिक परिस्थितिबाट मध्यमस्तरको सुख मिल्नेछ। व्यापार व्यवसायमा उचित लाभ हुनेछ। अव्यवस्थित जीवनशैली विस्तारै सुध्रिदै जानेछ। सन्तान सुख मिल्नेछ। आर्थिक दृष्टिले वैशाख भदौ र पौष र माघ महिना अनिष्ट रहेका छन्।

कुम्भ :

(गु, गे, गो, सा, सी, सु, से, सो, द) :

तपाईँको यस वर्ष राम्रो रहेको छ। कृषिजन्य कार्यबाट सफलता मिल्नेछ। साथीभाइको सहयोगले आर्थिक उन्नति हुनेछ। वैदेशिक क्षेत्रका कामहरु बढ्नेछ। नयाँ कार्यको थालनी हुनेछ। जग्गा घर तथा वाहन प्राप्त हुनेछ। सामाजिक काममा मन बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। अध्ययन अध्यापन कार्य राम्रो हुनेछ। पुख्यौर्ली सम्पत्ती सम्बन्धी विवाद बढ्ने भएकाले त्यसतर्फ सचेत हुनु आवश्यक छ। सञ्चित धनको नाश हुनेछ। नशासम्बन्धी समस्याले सताउनेछ। व्यापार व्यवसायबाट राम्रै आम्दानी हुनेछ। रोकिएका कार्यहरु पूरा हुनेछ। बोलीचालीमा विशेष सावधान अपनाउनु पर्नेछ। लेनदेन कारोबारमा ध्यान दिनुपर्नेछ। तपाईँको लागि जेठ, आश्विन र माघ महिना अनिष्ट फलदायी रहेका छन्।

मीन :

(दी, दु, थ, झ, ञ, दे, दो, चा, ची):

२०७२ साल तपाईँको आर्थिक दृष्टिले यस वर्ष राम्रो रहेको छ। सामाजिक र राजनैतिक कार्यबाट सुख शान्ति मिल्नेछ। आयआर्जन प्रशस्त मात्रामा हुनाले मनमा हौशला बढेर आउनेछ। सवारी साधनबाट चोटपटकको भय भएको हुनाले विशेष सावधानी अपनाउनु पर्नेछ। अध्ययन-अध्यापनमा रुचि बढ्नेछ। नयाँ साथीहरुसँग भेटघाट हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। मनमा चञ्चलता आउनेछ। मानसिक अशान्ति पर्नेछ। जग्गा खरीद विक्री गर्दा त्यति लाभ हुने छैन। विश्वास गरेको व्यक्तिबाट धोका पाइनेछ। पशुपालन व्यवसायमा राम्रै लाभ हुनेछ। पेटसम्बन्धी समस्याले सताउनेछ। तपार्इंको लागि आषाढ, कार्तिक, फाल्गुण महिना अनिष्ट रहेको छ।

वि.सं. २०७२ मंगलमय रहोस्।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width