वाषिर्क राशिफल-२०७१

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७१

मेष :

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तपाईको यो वर्ष सामान्यतया राम्रो रहेको छ। धार्मिक कार्य क्षेत्रमा कार्य सिद्धि हुनेछ। न्यायिक क्षेत्रमा तथा नोकरीमा उन्नती प्रगति तथा सफलता मिल्ने देखिन्छ। व्यापार व्यवसायमा उदारचढाव पशु चौपायमा हानि नोक्सानी, मानसिक अशान्ति, शारिरीक अंगमा चोटपटक तथा आर्थिक क्षेत्रमा क्षति नोक्सानी हुने देखिन्छ। तपाईको वैवाहिक शुभ कार्य हुने तथा अध्ययन अध्यापन भने राम्रो रहेको छ। वर्षको उत्तरार्द्धमा अन्यौलता शुरु हुने शनीदेवको ध्यान, जप, पुजा अर्चना गर्नाले शुभफल प्राप्त हुने हुँदा कार्य सफलताको लागि अत्यावश्यक देखिन्छ। हातहतियारबाट हानी हुने हुँदा सावधानी अपनाउनु होला। वैदेशिक रोजगारको भने कार्य सिद्धि रहेको छ।

 

वृष :

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईको यो वर्ष ग्रहहरु मध्यम रहेका छन्। मान प्रतिष्ठा पाउने योग रहेको छ। आर्थिक उदारचढाव, नयाँ काममा कार्य सिद्धि, पशु चौपायमा विवाद तथा व्यापार व्यवसायमा लाभ रहेको छ। वैवाहिक कार्यमा सफलता हात पर्ने छ। न्यायिक क्षेत्रमा भने आँच आउने देखिन्छ। नोकरीमा तथा पठन पाठन क्षेत्रमा भने फलदायिक छ। उत्तरार्द्धमा हानि नोक्सानी तथा अशुभ समाचारहरु सन्नु पर्ने हुँदा सावधानी अपानाउनु होला। वैदेशिक रोजगारमा ढिलासुस्ती तथा सन्तानमा हानी नोक्सानी शारिरिक अंगमा चोटपटक लाग्ने हुँदा गणेश, देवी, शिवपूजा गर्दा शुभफल प्राप्त हुने छ।

 

मिथुन :

(क, कि, कु, घ, ङ, छ, के, को, ह)

तपाईको यस वर्ष मध्यम खालको रहेको छ। पशु चौपाय तथा कृषी क्षेत्रमा आंशिक लाभ, पठन पाठन तथा नोकरीमा उन्नति प्रगति रहनेछ। पारिवारीक माङ्गालिक कार्य हुनेछन्। व्यापार व्यवसायमा उदारचढाव तथा आर्थिक कारोवारमा केही हानि नाक्सानी रहला। शारिरीक अंगमा चोटपटकको भय हुँदा ध्यान पुर्‍याउनु होला। जग्गा जमिन, वैदेशिक रोजगारको कार्य सफल हुनेछन्। वैवाहिक शुख शान्ति मिल्ने देखिन्छ। चञ्चल मनको कारणले पारिवारिक झमेला तथा बौद्धिक क्षेत्रमा कमजोरता उत्पन्न होला।

कर्कट :

( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

तपाईको यस वर्ष ग्रहगोचर अधम रहेका छन्। पूर्व अढैया शनि रहेकाले काममा बाधा आउने छ।मनमा अशान्ति, व्यापार व्यवसायमा घाटा, पारिवारिक झमेला, शारिरीक चोटपटक, आर्थिक धनजनको क्षती जस्ता आई पर्ने छन्। अध्ययन अध्यापन तथा कृषि पशु चौपायबाट हानि नोक्सानीर जग्गा जमिन भूमि सम्बन्धी झमेला, वैदेशिक रोजगारमा ढिलासुस्ती जस्ता काम आईपर्ने हुँदा शनिदेवको जप, ध्यान गरेमा शुभफल प्राप्त हुनेछन्।

सिंह :

 

(मा, मि, मु, म, मो, टा, टि, टु, टे )

यस वर्ष तपाईका ग्रहस्थिति सन्तोष जनक रहेको छ। तीथ यात्रामा अवरुद्ध भएका कार्य पूर्ण हुनेछन्। मा·लिक कार्य तथा वैवाहिक कार्य सफल हुने देखिन्छ। पारिवारिक आर्थिक बृद्धि, आफन्तजनसँग मेला मिलाप व्यापार व्यवसायमा उदारचढाव देखिन्छ। उत्तरार्द्धमा शनी ग्रहका कारणले भने मनमा अशान्ति, शत्रुता, शारिरीक क्षेत्रमा चोटपटक, आफन्त, इष्टमित्रसँग विवाद कलह, अध्ययन अध्यापनमा कमजोरता शुभ कार्यमा ढिलासुस्ती जस्ता काम देखा पर्न सक्ने योग रहेको छ। पशु चौपाय कृषि क्षेत्रमा भने लाभदायी रहन्छ।

 

कन्या :

(टो, प, पी, पू, ष, ण, ढ, पे, पो )

तपाईको यस वर्षको पूर्वाद्धमा ग्रहस्थिति अधम रहेका छन्,। मानसिक अशान्ति काममा विघ्न बाधा उत्पन्न हुने, पारिवारीक विवाद तथा जग्गा जमिन तथा कृषि चौपायमा हानि नोक्सानी हुनेछ। व्यापार व्यवसाय तथा नोकरीमा भने उत्तारचढाव रहन्छ। वैदेशिक रोजगारको अवसर परेको छ। अध्ययन अध्यापनमा केही कमजोरता तथा शारिरीक अंग प्रत्य·मा भने चोटपटकको भय रहेको छ। उत्तरार्द्धमा भने नयाँ काम थालनी र आर्थिक कारोबारमा शान्ति मिल्ने देखिन्छ।

तुला :

(रा, री, रू, रे, रो, ता, ती, तु, ते )

तपाईको यो वर्ष ग्रहस्थिति मध्यम खालको रहेको छ। साढेशाति शनि र राहुको प्रभावले काममा अवरोध हुने देखिन्छ। पारिवारिक तथा पशु चौपायमा केही क्षती नोक्सानीको सामना गर्नुपर्ने छ। आर्थिक सामाजिक क्षेत्रमा तथा व्यापार व्यवसायमा घाटा व्यहोर्र्नु पर्ने देखिन्छ। जग्गा जमिन तथा अध्ययन अध्यापन, वैदेशिक रोजगारको अवसर तथा पशु चौपायमा भने सन्तोषजनक देखिन्छ। उत्तरार्द्धमा भने केही सन्तोषजनक समाचार सुन्न पाइएला।

 

वृश्चिक :

( तो, ना, नि, नू, ने, या, यि, यू)

तपाईको यस वर्ष ग्रहगोचर सन्तोषजनक रहेका छन्। काममा थालनी, आर्थिक बृद्धि तथा मा·ालिक कार्य सफल हुनेछन्। वैदेशिक रोजगारको अवसर मिल्नका साथै अध्ययन अध्यापनमा उन्नति प्रगति देखिन्छ। व्यापार व्यवसायमा केही क्षति भएता पनि कृषि पशु चौपायबाट भने लाभ दायिक देखिन्छ। मानसम्मानको योग रहेको छ। आधा साढे सातीका कारण केही अशुभ समाचार भने सुन्न आउने छ। काम असफलता हटाउन शनि देवको पूजा अर्चना गरी ध्यान जप गरेमा शुभफल प्राप्त हुनेछ।

 

धनु :

(य, यो, भा, भि, भू, ध, फा, ढ, भे )

तपाईको ग्रहस्थिति सामान्यतथा सुखदायिक रहेको छ। स्वव्यवसाय, कृषिजन्य कार्य तथा नोकरी क्षेत्रमा प्रगति हुने छ। वैवाहिक कार्य तथा माङ्गालिक कार्य हुने देखिन्छ। आम्दानीका बाटाहरु खुल्ने छन्। पशु चौपाय तथा भूमिसम्बन्धी अत्याधिक लाभ रहेको छ। अध्ययन अध्यापन सामान्य नै रहने छ। उत्तरार्द्ध शनि साढेशाती दशा सुरु हुनाले काममा अवरोध तथा मनमा अशान्ति, शत्रुता लाग्ने देखिन्छ। संवेगात्मक स्थिति व्यहोर्र्नुपर्ला। वैदेशिक रोजगारको लागि भने ढिालासुस्ती तथा आंशिक ऋणी हुनुपर्ने देखिन्छ। मान प्रतिष्ठामा आँच आउने छ। फलामे कामबाट भने सावधानी रहनुहोला।

 

मकर:

(भो, जा, जी, जू, जे, जो, ख, खि, खु)

तपाईको यस वर्ष ग्रह गोचर सन्तोषजनक रहेको छ। अध्यामिक चिन्तन तर्फ मन जानेछ। वैवाहिक कार्य सफलता र माङ्गालिक कार्य सुरु हुनेछ। स्वजनसंग विवाद, व्यापार व्यवसायमा कमजोरता रहला। कृषिजन्य क्षेत्रमा लाभ होला। पशु चौपाय तथा भूमिलाभ हुने देखिन्छ। संवेगात्मक स्थिति झेल्नु पर्ला। फलामे समानबाट पनि केही लाभ हुनेछ। आय भन्दा व्यय धेरै हुने हुँदा सावधानी रहनुहोला। अध्ययन अध्यापनमा भने मध्यम रहेको छ। आर्थिक, सामाजिक, न्यायिक, प्रशासनिक काममा कार्य मध्यम, चञ्चलता पैदा हुने योग रहेको छ।

 

कुम्भ :

(गु, गे, गो, सा, सी, सु, से, सो, द)

तपाईको यस वर्ष ग्रहगोचर राम्रा रहेका छन्। पारिवारिक सुख सुविधा, व्यापार व्यवसायमा लाभ, नोकरीमा बढुवा तथा कृषि चौपायबाट लाभ, जग्गा जमिन आर्जन हुने योग रहेको छ। सामाजिक, आर्थिक राजनैतिक काममा मानसम्मान तथा आकस्मिक धन प्राप्त हुने देखिन्छ। मा·ालिक कार्य तथा वैवाहिक सुख हुनेछ। श्रमिक मार्ग फलदायिक र धार्मिक भाग्य राम्रो रहेको छ। अध्ययन अध्यापन कमजोरता तथा भ्रमणमा विलम्वता पैदा हुनेछ। मानसिक अशान्तिले गर्दा काम व्रि्रन सक्ने छन्। गुप्त काम गर्दा धेरै फलदायिक होला।

 

मीन :

(दी, दु, थ, झ, ञ, दे, दो, चा, ची)

तपाईको ग्रहगोचर केही अधम रहेका छन्। पूवार्द्धमा अढैया शनि दशाको प्रभावले मनमा अशान्ति, चञ्चलता, शारिरीक स्वास्थ्यमा रोग व्याधि लाग्ने छ। तपाईको हितैषी आत्मीयजनबाट कतै विश्वास घात र असन्तोषजनक स्थिति भए पनि बौद्धिक कार्यबाट यदाकदा लाभ हुने देखिन्छ। शनि देवको कारण पशु चौपायमा हानि, अध्ययन अध्यापनमा कमजोरता, विवाद तथा झुटा आरोप आउने छन्। वैदेशिक कार्य क्षेत्रमा ढिलासुस्ती रहनेछ। वैवाहिक कार्य सुखमय रहने छ। शनि देवको पूजा अर्चना गरी ध्यान जप गरेमा कार्य सिद्ध हुने देखिन्छ । उत्तरार्द्धमा मध्यम रहेको छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width