पोखरा, १८ जेठ। जिल्ला विकास समितिअन्तर्गत दलित जिल्ला समन्वय समिति कास्कीले ल्वाङघलेलमा नेतृत्व विकास तथा कानुनी सचेतना कार्यक्रम गरेको छ।
ल्वाङ गाउँमा शनिबार भएको कार्यक्रममा इलाका नम्बर ११ का ल्वाङ घेलेल, धम्पुस, धिताल र ढिकुरपोखरी गाविसका दलितको सहभागिता थियो।
कार्यक्रममा अधिवक्ता शिव सुनारले ‘जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी भएका संवैधानिक तथा कानुनी व्यवस्थाहह’ विषयमा कार्यपत्र प्रस्तुत गरे। सुनारले नेपालको संविधान दलितका सर्न्दर्भमा प्रगतिशील भए पनि कार्यान्वयनमा समस्या रहेको बताए।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका ४ नम्बर प्रदेश संयोजक भीमबहादुर विक ‘क्षितिज’ले नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिए। उनले विभिन्न संघ, संगठनमा दलित समुदायको हस्तक्षेपकारी भूमिका हुनुपर्नेमा जोड दिए।
दलित एकता सञ्जाल कास्कीका सचिव कमला गहतराजले महिला सशक्तीकरण सम्बन्धमा प्रशिक्षण दिइन्।
कार्यक्रममा उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य धनबहादुर नेपालीले दलित र गैरदलितको समन्वयमा जातीय विभेदलाई निमिटयान्न पार्नुपर्ने बताए।विप्लव माओवादीका सन्तोष परियारले संविधान कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे।
परियार समाज कास्की अध्यक्ष किसान परियारले दलित नेतृत्वले सिंगो दलित आन्दोलनको पक्षमा आवाज उठाउनुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ अध्यक्ष बलराम गायक, मुक्ति समाजका सल्लाहकार चतुरमान विक, नेकपा माओवादी केन्द्र का गाउँ कमिटी सचिव जीवनाथ लामिछाने, एमालेका गाउँ कमिटी सदस्य केदार दवाडी, ग्रीन हिल क्लबका अध्यक्ष अनोद गुरुङ, सहभागी नारायण विश्वकर्मा पोखरेल र सुरेश सुनारले बोलेका थिए। कार्यक्रममा क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष दीपक परियार, अन्नपूर्ण हिमाल आरोही प्रथम दलित महिला सरस्वती विक नेपाली र क्यानोनिङ गाइड भक्तबहादुर विकलाई सम्मान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०