लौन जनता जुरमुराउनु पर्‍यो !

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७१

लौन के गर्ने हो – सबै हेरेको हेरै। धारा छ, पानी चुहँदैन। बिजुलीको चिम बत्ती छ, बल्दैन। प्रत्येक वर्ष झैं महशुल बढाउँदैछ। तैपनि टन्टलापुर घाम र मुटु कमाउने चिसोमा घण्टौं लाइनमा बसी महशुल तिर्न उभिन्छन् जनता। पालो आउने बेला भयो कर्मचारी चिया खाने समय भनी झयालको खापा बन्द गर्छन्। फेरि अको घण्टा कुर। पानी आउँदैन, बिजुली बलेन भनी निवेदन गर्दा माथिकालाई सोध्नु भनी ठाडो घुर्की सुन्नु पर्छ कर्मचारीको। महिनै पिच्छे जस्तो इन्धनको भाउ बढाउँछ सरकार। विद्यार्थीले आन्दोलन गर्छन्। विरोधी दल सदन अवरोध गर्छन्। उच्च दरमा बढेको नाम मात्रको न्यून रकम केही समय घटाए जस्तो गर्छ। बिरोधी मुखमा माड लगाई चुप बस्छ। मिलेमतो के हो थाहा छैन। विरोधीको धर्म निभाउँछ मात्र। बाध्य भएर उपभोक्ता महङ्गै भए पनि तेलको लाइनमा एका बिहानै हाजिर हुन जान्छन्। घण्टौं पर्खाइपछि पालो आयो आज तेल सकियो भन्छ व्यवसायी। घरायसी, कार्यालय, उद्योग, व्यापारको कति काम छोडी तेल भर्न पुगेका ङच्िच परी आफ्नो यान घिसार्दै र्फकन बाध्य छन्। इन्धन बढेकै कारण सवारी साधनले मनपरी भाडा असुल्छन्। केही प्रश्न गरे त्रि्रो सरकारसँग कराउन जाऊ भन्ने अनेकन अपशब्द सुन्नु पर्छ कन्डक्टरको। निसाहय भई मह·ै भाडामा आफ्नो गन्तव्यमा पुग्न बाध्य जनता। लत्ता कपडा, सागसब्जी, खाद्यान्नको भाउले आकाश छोइसक्यो। रु.४० को पाउरोटी रु.६० पुग्यो। अन्नपात, घ्यू, तेलको त कुरै नगरौं। बालवालिका आहारा दूधजन्य अत्यावश्यक बस्तुहरुको प्रति लिटर रु.१० भन्दा बढी बृद्धि भएको छ। निरीह उपभोक्ता जे भएपनि सहन बाध्य छन्। हिउँदमा धुलाम्य, बर्षामा हिलाम्य सडकमा हिँड्न बाध्य छन्। बिहान लगाई बेलुकी घर र्फकँदा भोली लगाउँन नहुने हुन्छ कपडा। नुहाउँन धुन पानी छैन। सर्फ-साबुनको उक्लिँदो भाउले आम्दानीले भ्याउँदैन।

सकि नसकी किनेको फलफूल सागसब्जी फ्रिजमै कुहुन्छ अव्यवस्थित चको लोडसेडिङले। कल कारखाना चलाउँन नसकी बन्द गर्नुपर्ने अवस्था छ। काम नगरे पनि ज्याला मजदुरी दिनै पर्ने वाध्यता सृजना गरिएका छन्। सडक, पुल, पानी, बिजुली, बत्ती जस्ता अत्यावश्यक आधारभूत विषयका निर्माण कार्यमा राजनैतिक पार्टीभाँजो हाल्छन्। कमिशन र आ-आफ्नो हर्ताकर्तालाई भागबन्डामा पार्छन्। कति त कामै नगरी पैसा कुम्ल्याई भाग्छन्। कति कमिशन बाँड्दै योजना पूरा गर्दैनन्। बनेका संरचनाका स्तर न्यून हुन्छ। औंसीमा बनाएको बाटो पूर्णे नपुग्दै उक्किन्छ पीच। उद्योग धन्दाको रुघ्न अवस्थाले व्यवसायले गति लिन सकेको छैन। रोजगारीको अभाव छ। देशका युवा शक्ति विदेशीनु परेका छन्। सस्तो पारिश्रमिकमा विदेशमा पसिना बेचिरहेका छन्। गाउँघर यूवा विहीन भएका छन्। यता गाउँघरका दैलो बन्द हुँदैछन्। उर्वरा खेतबारी बाझैं छोड्नु परेको छ। बृद्ध बूढापाका र महिलाले हलो जोत्नु परेको छ। यिनै गरिबका छोराका पौरख रिमिट्यान्समा देशको आर्थिक स्रोतमा घमण्ड गर्छ सरकार।

जनसरकार, प्रजातन्त्र चाहियो भन्यो। जनमत भयो। प्रजातन्त्र पुनः स्थापना भयो। २०४७ मा संविधान बन्यो। २०४८ मा जन निर्वाचित सरकार बन्यो आपसमा झगडा गरे सरकार ढल्यो। नयाँ पार्टीले सरकार बनायो त्यो पनि टिकेन। पुनः पुरानै पार्टीले शासन चलाउन थाले। राज परिवारको हत्या भयो। हत्यारा पत्ता लगाउन सकेन यस्तो जघन्य अपराधको।

माओवादीको जन्म भयो। के के नै गर्छु जनसरकार बनाउछु, देशको राष्ट्रियता जोगाउँछु, पिछडिएका जनजाति, उत्पीडित, महिला, गरीबको हकहित दिलाउँछु। देशमा आर्थिक क्रान्ति ल्याई समृद्ध बनाउँछु भन्ने आशा देखाई सोझा युवा शक्तिलाई दश वर्षसम्म युद्धमा होमे। देशको बिजुली, पानी, पुल, सडक, टेलिफोन जस्ता संरचना ध्वस्त पारे। कतिका धनमाल लुटे। कतिलाई बेसहारा बनाए। त्राही त्राही पारे गाउँ बस्ती। सरकारी, गैरसरकारी, वित्तीय संस्थाहरु विस्थापित हुन बाध्य पारे। जनताले पाउँदै आएको सुविधा हरण भयो। असुरक्षित हुनु पर्‍यो। युवा युवतीहरु पलायन हुनु पर्‍यो। युद्धकालमा कतिले ज्यान गुमाउनु पर्‍यो। कति चेलीका सिउँदो पुछिए। कति बूढाबूढी बेसहारा हुनुपर्‍यो। तथ्याङ्क छैन। कति त अपा· भै कष्टकर जीवन घिसार्न परेका छन्। बन्दुकको भरमा मात्र अभिष्ट इच्छा पूरा नहुने देखेर सरकारसँग मेलमिलाप सम्झौता गरे। राजसंस्था हटाए। गणतन्त्र ल्याए। संविधानसभाको चुनाव गराए। नयाँ पार्टीप्रथम श्रेणीमा पुगे। सरकार निर्माण गरे। जनता अब त अवश्य परिवर्तन आउँछ। कमिशन, भ्रष्टाचार अन्त हुन्छ। सुशासन हुन्छ। बिजली, पानी, सडक, सञ्चारको व्यवस्था हुन्छ। उद्योगधन्दा राम्रो चल्ला। देशमा आर्थिक क्रान्तिको सुरुवात होला भनी ठानेका थिए। तर लोप्पा मात्र पाए। मजदुरलाई उचाली उद्योगधन्दामा उच्च माग राखी आफैं मालिक हुने ख्वाव देखाए। सधैं बन्द हडताल गराई उद्योग व्यवसाय प्रायः बन्द अवस्थामा पुर्‍याए। सरकारी, गैरसरकारी संघ संस्थामा आ-आफ्ना कार्यकर्ता भरोटेहरु प्रवेश गराए। प्रशासनिक यन्त्रको आचारसंहिता नै खलबलि मच्चाए अनुशासन भ· भयो। व्यथिति बढ्यो। हरेक क्षेत्रमा कमिशन, भ्रष्टाचार मौलाउन थाल्यो। मशलदारको बिगबिगी बढ्यो। उच्च स्तरका नेताहरु येश, आराम, बिलाषी जीवन शैलीमा लिप्त हुन थाले। हिजोको सोच जनताका इच्छा आकांक्षा बिर्से। शक्ति सन्तुलन हुन सकेन। चाहिँदो नचाहिँदो सिंगौरी खेलले सत्ताबाट चुट् हुन पर्‍यो।

दुर्इ वर्षका लागि गठन भएको संविधानसभाले चार वर्ष लम्ब्याउँदा पनि संविधान बनाउँन सकेन। त्यसै तुहृयो। नयाँ पुराना राजनैतिक दलका बीच बखेडा बाझी चल्दै गयो। दोस्रो संविधानसभाको चुनाव भयो। सबै पार्टीएकै वर्षमा संविधान निर्माण गर्ने हुँकार गर्छन्। चुनाव परिणाम उलटपुलट भयो। मतभेद, स्वार्थ मात्र। महिनौं लगाएर बल्ल बल्ल काँग्रेसको नेतृत्वमा सरकार बनेको छ। तर काम केही भएको छैन। समस्या सबै जिउँदैछन्। जनताले दुःख पाइरहेकै छन्। पार्टीपार्टीभत्र गुट उपगुट, अन्तरपार्टीबिच त मेलै छैन। राष्ट्रको साझा सवालमा एकजुट हुँदैनन् केवल आ-आफ्नो स्वार्थ सिद्धमा आसेपासे भरोटेको हितपछि लागिरहेका छन्। यिनीहरुबाट आशा गर्नु र्व्यर्थ छ। अतः सचेत नेपाल जनता नै जुरमुराउनु पर्ने भएको छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width