लेखनाथ पौडेल र उनको ‘हिमाल’ कविताको विश्लेषण

आदर्श समाज सम्वाददाता
पौष १५, २०७२

नेपाली साहित्यको आधुनिक कालका प्रथम प्रतिभा कविशिरोमणि लेखनाथ पौडेलको जन्म विस १९४१ पुस १४ गतेका दिनमा पिता दुर्गादत्त पौडेल र माता वसुन्धरा पौडेलका कोखबाट अन्नपूर्ण र माछापुच्छे्रको काखमा अवस्थित कास्कीको रमाइलो गाउँ अघौर्ंर्अर्चलेमा भएको थियो। त्यो गाउँ अहिले लेखनाथ नगरपालिकाअन्तर्गत पर्दछ। जसको नाम उनै कवि लेखनाथ पौडेलको नामबाट रहन गएको हो।

किशोर कालमा आफ्नै काका पितृप्रसादका वचनले उनी कविता लेख्न प्रेरित भएका हुन्। प्रारम्भिक शिक्षा घरमै हासिल गरेपछि १४ वर्षको उमेरमा उनी काठमाडौंको तीनधारा संस्कृत पाठशालामा पढ्न गएका ए।ि त्यहाँ दधिराम मसारीको सामिप्यले उनको कवित्व विकसित हुँदै गएको पाइन्छ। मध्यमाको परीक्षा दिन वनारसमा पुगेपछि अर्थात् वि.सं. १९६० तिर सुक्तिसुधा नामक सोमनाथसहितका अन्य स्रष्टाद्वारा सम्पादित संस्कृत पत्रिकामा उनको ‘पाठशाला विशाला’ शीर्कको कविता पहिलो पटक प्रकाशित भएको हो। त्यसपछि १९६१-१९६२ सालमा पं. दुर्गाप्रसाद शर्माद्वारा सम्पादित कविता कल्पद्रुम सङ्ग्रहमा उनका श्रृङ्गार पच्चिसी र मानसाकषीणी शीर्कका दुर्इ नेपाली भाषाका कविता छापिन पुगे। यिनै दुर्इ कविता उनका नेपाली भाषामा लेखिएका पहिलो कविता मानिन्छन्। तापनि यहाँसम्म उनका कविताले माध्यमिककालीन श्रृङ्गारिक धारालाई छोडेको देखिदैन।

विस १९६५ मा माधवी पत्रिका प्रकाशित हुन थालेपछि उनी त्यसका सम्पादक राममणि आदीको प्रभावमा परेर हलन्त बहिस्कार आन्दोलनमा सक्रिय हुन्छन्। त्यसै बेलादेखि नेपाली साहित्यमा आधुनिक कालको आरम्भ गर्न श्रृङ्गारिक धारालाई तोड्दै परिष्कारवादी धारामा कलम चलाउन थाल्छन्। खासगरी १९७५ सालको वरिपरि प्रकाशित ऋतुविचार, बुद्धिविनोद र सत्यकली सम्वाद कृतिबाट नै लेखनाथले नेपाली कवितामा आधुनिक कालको परिष्कारवादी धाराको शङ्खघोष गरेको पाइन्छ। त्यसै कारण उनलाई नेपाली साहित्यका आधुनिक कालका प्रवर्तक एवम् परिष्कारवादी धाराका अगुवा कविका रूपमा स्वीकार गरिन्छ। उनका अन्य कृतिमा गीताञ्जली, तरूण तपसी, लालित्य आदि प्रमुख मानिन्छन्। यी कृतिमा उनले कोमल भाषा, मीठा उपमा र लालित्यपूर्ण पदावलीको प्रयोग गरेका छन्। कवि पौडेल एक अविस्मरणीय एवम् चिरस्मरणीय विभूति हुन्। उनले नेपाली साहित्यमा प्रकृति चित्रण, नैतिकताबोध र आध्यात्मिक सन्देश दिएका छन्। कवि पौडेलले आफ्ना कविताका माध्यमबाट अहंकारको रोगले रोगाएको र भौतिक भोकले भोकाएको आजको मान्छेको मानसिक उपचार केवल आध्यात्मिकताले दिन्छ भन्ने भाव व्यक्त गरेका छन्। उनका कवितामा श्रुतिमार्धुयका साथै शास्त्रीय छन्दका विविध रूपको प्रयोग पाइन्छ। नेपाली भाषाको हजुरआमा संस्कृत भाषाको गहिरो अध्ययन गरी नेपाली कवितामा कुँदेर होइन, कुँदीकुँदी अत्यन्तै मीठा र छन्दोवद्ध कविता लेखेका हुनाले नै उनलाई २००८ सालमा कविशिरोमणिको उपाधि प्राप्त भएको हो। यस्तै उनलाई २०११ सालमा साहित्यिक रथयात्रासमेत गरिएको थियो। २०१४ सालमा राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि उनी यसको आजीवन सदस्य बन्न पुगे। उनको देहावसान २०२२ साल फागुन ६ गते शिवरात्रीका दिन देवघाटमा भयो। प्रज्ञा प्रतिष्ठानले यिनलाई मृत्युपर्यन्त २०२६ सालमा त्रिभुवन पुरस्कार पनि दियो।

एक वरिष्ठ समालोचक भन्छन्-‘विषयगत कल्पनाको ढिकीमा अनुभूतिलाई कुटेर विचारको नाङ्लोमा निफनेर केलाएर भावपूर्ण सुन्दर शैलीको बान्कीमा सजाएर कविता लेख्न सफल प्रतिभा लेखनाथ पौडेल नेपाली जीवन जगत्कै प्रथम व्याख्याता हुन।’ यिनै सहज र सरल शैलीमा कविता लेख्ने परिष्कारवादी कवि लेखनाथ पौड्यालको हिमाल कविताका बारेमा केही लेख्ने जमको यहाँ गरिएको छ।

कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित प्रस्तुत हिमाल कवितामा कविले एकातिर हिमालको मानवीयरूप प्रस्तुत गरेका छन्। अकोर्तिर हिमाल नै हाम्रो स्रोत हो भन्ने कुरा दर्शाएका छन्। यसको प्राकृतिक सौर्न्दर्यको वर्णय कवि यसरी गर्छन्-‘शिरदेखि पैतालासम्म लत्रेका लामा हिमालीरूपी पछेयौराहरू टाढा-टाढाबाट हेर्दा वास्तवमा मोतिका मालाजस्तै देखिन्छन्। जसका मुन्तिर चौंरी, कस्तुरी, मृगहरू घुम्दै मीठो घाँस खाँदै आफ्नो अलौकिक सुगन्ध र्छछन्। सूर्यको पहिलो किरणले सधैं हिमाललाई मीठो चुम्बन गर्छ। तसर्थ हाम्रो हिमाल उज्यालो र अटल छ। सारा प्राकृतिक चोट, बाधा, आँधी, हुरी पचाएर मुसलधारे वषा र आगोले जस्तै पोल्ने घामको ताप वषौर्देखि सहँदै आइरहेको यो हिमाल नेपालको मात्र नभई समस्त संसारकै हेरविचार गर्न बसेको एक किसिमको स्वतन्त्र सिद्धयोगी नै हो।

यो हिमाल गंगाको पवित्र जन्मस्थल तथा शिव र पार्वतीको स्वर्गीय शान्त क्रीडास्थल भएकाले डरलाग्दो, कालो काल पनि सजिलैसित पस्न सक्तैन। यसभित्र कल्पनासम्म गर्न नसकिने अनगिन्ती खानी छन्। यहाँ सधै’ अमृतजस्तो चोखो र मीठो पानी बगिरहन्छ। साथै, यसभित्र कुँवेरको राजधानी अलकापुरी पनि छ। तसर्थ हृदयले यसलाई चिन्ने हो भने हिमाल हामी नेपालीको ठूलो गौरव हो र पौराणिक एवम् सांस्कृतिक सौरभ पनि हो। परिष्कारवादी कवि लेखनाथको प्रस्तुत कविता भाषा, शैली, विचार तथा भावको संयोजनले गर्दा ज्यादै उत्कृष्ट छ। स्रग्धरा छन्दमा अन्त्यानुप्रासयुक्त पाँच श्लोकमा आबद्ध प्रस्तुत कविता लेखनाथले आफ्नो कविता यात्राको अन्तिम चरणमा अर्थात् २०१८ सालमा लेखेका हुन्। आज लेखनाथ हाम्रो माझमा छैनन्। तथापि आधुनिक नेपाली साहित्यको इतिहासमा उनको ठूलो योगदान भएका कारणले उनी सधैँ नेपाली साहित्यमा हिमालझै’ अटल रही अजर-अमर छन्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग