लकडाउनले पर्यटन क्षेत्र सुनसान

kbmashal के.वी. मसाल
वैशाख ४, २०७७

चौधौं शताब्दीतिर इटालीको भेनिसमा पुग्ने पानी जहाजका मानिसहरुलाई ४० दिन अलग्गै राख्न्थ्यिो । सामुद्री यात्राका क्रममा प्लेगजस्ता कुनै महामारीको संक्रमण भए नभएको जाँच गरेर मात्रै उनीहरुलाई समुदायमा प्रवेश दिइन्थ्यो ।

बिश्वमा महामारीको रुपमा फैलिरहेको (कोभिड १९) अर्थात कोरोना भाईरसले गर्दा पर्यटनको क्षेत्र सुनसान देखिएको छ । नेपालमा आर्थिक रुपमा पर्यटनको महत्व बढिरहेको अवस्थामा कोरोना भाईरसले गर्दा देशनै लकडाउन भएपछि पर्यटन ब्यवसाय ठप्प भयो । अहिले होमस्टे, होटल तथा रिर्सोटमा पर्यटकहरु छैनन् । हिजो पर्यटकहरुले भरिभराउ हुने पर्यटकीयस्थलका होटल पूर्ण रुपमा सुनसान छन् । अहिले लकडाउन खुलि हालेपछि पनि घुमफिरको लागि पर्यटकहरु आफ्नो देश अर्थात घर छाडेर निस्कने अवस्था छैन । अझै मानिसलार्ई एक खालको लकडाउन को ह्याङ मानस पटलमा रहेको छ ।
आजभोली नेपालमा वाह्य पर्यटकहरुको भिडभाड हुने लुम्विनी, सौराह, पोखरा, सोलु र अत्रपुर्ण पदमाग सबै ठाउँ पर्यटन बिहिन छ । त्यो मात्र होइन आन्तरिक पर्यटकहरुले घुमफिर गर्ने सबै स्थानमा पर्यटकहरु छैनन् । पर्यटकहरुलाईनै लक्षीत गरी खोलिएका होटल, जल, र होमस्टे सबै बन्द रहेका छन् । डिसेम्बर महिनाको अन्तिम तिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले बिश्वभर मानिसलाई त्रसित गरायो । लकडाउनको असर सबै क्षेत्रमा पर्न गएपनि धेरै पर्यटन क्षेत्रमा पर्न गयो । नेपाल आएका सबै पर्यटकहरु आफ्नो देशमा फर्किए र बाँकी रहेका पर्यटकहरु पनि फर्कने क्रम जारी छ । पर्यटनको क्षेत्रमा यस्तो अवस्था कहिले पनि आएको थिएन ।
महाभूकम्पले क्षतबिक्षत बनाएको पर्यटन ब्यबशाय बिस्तारै तंग्रदै भ्रमण वर्ष २०२० को सुरुवात भएको थियो । भूकम्पको कारणले नेपाललाई मात्रै क्षति पुगेको थियो । तर पर्यटकका श्रोत भनिएका मुलुकहरुमा केही असर परेको थिएन । तर अहिले यो संक्रमणले नेपाल घुमफिर गर्न आउने पर्यटकहरुका श्रोत भनिएका मुलुकहरुमा झन धेरै धनजनको क्षति भएको छ । विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको कारणले उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, ब्यापार,व्यवसाय तथा बित्तीय क्षेत्र समेत प्रभावित भएको छ । नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको सरकारले भ्रमण बर्ष स्थागीत गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण भ्रमण बर्ष औपचारिक रुपमा स्थगित भएको छ । अब कुनैपनि बर्षलाई भ्रमण बर्षको रुपमा नमनाइने र आगामी दशकलाई भ्रमण दशक घोषणा गर्ने तयारी सरकारको छ ।
पर्यटन क्षेत्र विगत लामो समयदेखि नेपालको आर्थिक विकासको आधार बन्दै आएको थियो । पर्यटनको विकास सगै पर्यटन व्यवसायसँग जोडिएका क्षेत्र क्रमशः फस्टाउन थालेका थिए । होटल, रेष्टुराँ, ट्राभल एण्ड टुर्सजस्ता क्षेत्रको माग पनि पयर्टक आगमनसँगै बढ्न थालेको थियो । कतिपय जिल्लामा पर्यटकहरुलाई नै लक्षीत गरी ठूला होटल समेत सन्चालनमा आएका र कतिपय खुल्ने अवस्थामा थिए । लकडाउनले गर्दा पर्यटनको ब्यवसायमा लाग्नेहरु अहिले आर्थिक रुपले ठूलो क्षति ब्यहोर्न परेको छ । अर्को तर्फ कोरोना भाइरसका कारण पर्यटक मात्र होइन विश्वभरका मानिसहरु समस्यामा परेका छन् । मानव जातिको इतिहासलाई नै कोरोनाले चुनौती थपेको छ । कोरोना भाइरसको संक्रमणबाट दैनिक रुपमा मृत्यु हुनेको संख्या थपिँदै गएको छ । कोरोना भाइरसका कारण लाखौं मानिस क्वारेन्टाइनमा छन् भने लाखौं घरमै एकान्त बासमा रहेका छन् । जस्ले गर्दा अर्थतन्त्रमा ठूलो नकारात्मक असर पारेको छ । पर्यटनकै क्षेत्रमा हेर्ने हो भने हजारौं मानिसले रोजगारी गुमाइरहेका छन् ।
कोरोना भाइरल मात्र होइन पछिल्ला दुई दशकअगाडि देखि पर्यटनको क्षेत्रमा नेपालले निरन्तर असहज परिस्थितिको सामना गरिरहेको छ । चाहे दश बर्षे द्वन्द्वको समयमा भनौ वा ०७२ को बिनासकारी भूकम्प मात्र होइन मदेश आन्दोलन र नाकाबन्दीले पनि पर्यटनको क्षेत्र असहज बन्न पुगेको थियो । ती बितेका असहज अवस्था सुधारोन्मुख हुदै आए अहिलेको लकडाउनले सबै क्षेत्र अस्तब्यस्त भएको छ । बिगतका असहज परिस्थितिमा नेपालको विकास प्रक्रिया अवरुद्ध भयो । तर पनि वाह्य पर्यटक आगमनमा भने त्यति निराशाजनक अवस्था भएन । नेपाल आउने पर्यटकहरु दश बर्षे द्वन्द्वको समयमा पनि सुरक्षित रहे । राजनीतिक द्वन्द्वले नेपालका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारे पनि पर्यटनको क्षेत्रमा भने खासै असर पारेको थिएन । तर अहिले कोरोना भाइरसले गर्दा मुलुक लकडाउन भयो र पर्यटनको क्षेत्रनै ठप्प भयो ।

पर्यटकहरुका लागि आकाशमा चराजस्तै उड्नुको मज्जा बेग्लै हुन्छ । नेपालमा सबैभन्दा चर्चित साहसिक गतिविधिमा प्याराग्लाइडिङ पनि पर्दछ । पछिल्लो समय प्याराग्लाइडिङले पोखराको पहिचान नै फेरिदिएको छ । पोखराको आकाशमा रंगीचंगी प्याराग्लाइडिङ उडेको देखिन्छ । प्याराग्लाइडिङमा रमाउने पर्यटन बढन थालेपछि पोखरामा मात्र प्याराग्लाइडिङ सीमित रहेन । अहिले ललितपुरको गोदावरी, पाल्पा, भेडेटार, सुर्खेत लगायतका ठाउँमा प्याराग्लाइडिङ गराउन थालिएको छ ।

बिश्वमा पर्यटन व्यवसाय सुरु भएको एकसय ८१ वर्षको भएको छ । सन् १८४१ मा विश्वमा पर्यटन व्यवसाय औपचारिक रुपमा सुरु भएको हो । सुरुमा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रुपमा निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरुलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै पहिलो पर्यटकीय टोली मानिन्छ । नेपालको पर्यटन विकास भने त्यति लामो छैन । नेपालमा साहसिक पर्यटनको इतिहास ६५ वर्ष पुरानो भएको छ । सन् १९५० मा फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । राणा शासनको अन्त्य भएको २ वर्षपछि अर्थात बि.स.२००९ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । एडमन्ड हिलारी र तेन्जिङको सफल सगरमाथा आरोहण पश्चात् नेपालमा पर्यटनको चर्चा हुन थाल्यो र सन् १९५० को दशकबाट नै नेपालमा पर्यटनको सुरुवात् भएको हो ।
नेपालमा वाह्य पर्यटकहरुले रुचाउने पदमार्ग अर्थात ट्रेकिङ हो । नेपालको अन्नपूर्ण राउन्ड ट्रेल विश्वका उत्कृष्ट पदमार्ग मध्यमा पर्दछ । नेपालमा पदयात्रा सुरुआत भएको झन्डै सात दशक भएको छ । नेपालको हिमाली तथा पहाडी भेगमा ट्रेकिङका लागि प्रत्येक बर्ष लाखौं पर्यटक आउँछन् । खुम्बु अर्थात एभरेस्ट पदयात्रा, अन्नपूर्ण सर्किट, मनास्लु, रोल्वालिङ, डोल्पा, हुम्ला, घोरेपानी, गोसाइँकुण्ड, बडिमालिका, खप्तड, रारा, फोक्सुन्डो लगायतका ठाउँ पदयात्राका लागि चर्चित हुन् । वाह्य पर्यटकहरुका लागि नेपालमा रमणीय साहसिक ट्रेल दर्जनौं छन् । ¥याफ्टिङका लागि भोटेकोसी नदी विश्वकै तेस्रो एडभेन्चर हो । हिमाल आरोहण गर्ने पर्यटकहरुका लागि पनि नेपाल उत्कृष्ट गन्तव्यमा पर्दछ । विश्वकै सर्वोच्च शिखर सगरमाथा मात्र नभएर पर्यटकहरुलाई हिमाल आरोहण गर्न नेपालममा आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । अहिले प्रत्येक बर्ष हजारौं पर्यटक हिमाल चढ्न नेपाल आउँछन् ।
अन्नपूर्ण र सगरमाथाको सफल आरोहणले पर्यटनको बारेमा विश्वभर चर्चा पायो र बेलायती नागरिक ब्रिटिस आर्मीका कर्णेल जिम्मी रोबर्टस्ले साठीको दशकको सुरुआतदेखि नै हिमाली क्षेत्रमा पदयात्रा अर्थात ट्रेकिङ गराउन सुरु गरे । त्यसपछि सन् १९६४ मा चितवन र बर्दियाको जंगलमा विदेशीले हन्टिङ÷सफारी पर्यटनको लागि सुरुआत गर्न थाले । बेलायती नागरिक जिम एडवार्डस्को टाइगर टप्स कम्पनी सफारी टुरिजमका लागि विश्वभरि चर्चित बन्यो । नेपालमा साठीको दशकमा टे«किङ, हन्टिङ र सफारी पर्यटन सुरुआत भएको हो । जुन कारणले धेरै रकम खर्चिएर अफ्रिका जाने सफारी पारखी नेपाल आउन थाले । अहिले पनि सौराहा, मेघौली र बर्दियाको पर्यटन सफारीले बढाएको छ ।
त्रिशूली नदीमा ¥याफ्टिङ सन् ८० को दशकमा सुरु भयो । यो पनि टाइगर टप्सले नै सुरु गरेको हो । यो विश्वकै दोस्रो ¥याफ्टिङ थियो । पर्यटनको क्षेत्रमा ¥याफ्टिङ इथोपियाको ब्लु नाइल पहिलो हो । अहिले नेपालमा ¥याफ्टिङ निकै लोकप्रिय हुदै गएको छ । भोटेकोसी बन्जी पनि विदेशीले सञ्चालन गरेका हुन् । नेपालको साहसिक पर्यटनको विकासमा विदेशीको महत्ववपूर्ण योगदान रहेको छ । अधिकांश साहसिक गतिविधि विदेशी नागरिकले सुरुआत गरेका हुन् ।
पर्यटकहरुका लागि आकाशमा चराजस्तै उड्नुको मज्जा बेग्लै हुन्छ । नेपालमा सबैभन्दा चर्चित साहसिक गतिविधिमा प्याराग्लाइडिङ पनि पर्दछ । पछिल्लो समय प्याराग्लाइडिङले पोखराको पहिचान नै फेरिदिएको छ । पोखराको आकाशमा रंगीचंगी प्याराग्लाइडिङ उडेको देखिन्छ । प्याराग्लाइडिङमा रमाउने पर्यटन बढन थालेपछि पोखरामा मात्र प्याराग्लाइडिङ सीमित रहेन । अहिले ललितपुरको गोदावरी, पाल्पा, भेडेटार, सुर्खेत लगायतका ठाउँमा प्याराग्लाइडिङ गराउन थालिएको छ । नेपालका धेरै पहाड प्याराग्लाइडिङ गर्न परिक्षण उडान पनि गरिएका छन् । पोखरामा हरेक वर्ष स्वदेशी÷विदेशी पाइलटबीच प्याराग्लाइडिङ प्रतियोगिता समेत हुन्छ । पोखराको अर्को चर्चित साहसिक प्रोडक्ट हो, अल्ट्रा फ्लाइट । अल्ट्रालाइटमा फ्लाइट गरेर हिमाल मात्र होइन पोखरा, आसपासको बस्ती अवलोकन गर्न पाइन्छ । पोखरालाई साहसिक खेलको राजधानी पनि भन्ने गरिन्छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिएसँगै पर्यटनको क्षेत्र त सुनसान छ नै शहर देखि गाउँका मानिस त्रसित र आतंकित बनेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएपछि लकडाउन, क्वारेनंटाइन, आइसोलेसन जस्ता शब्दको प्रयोग हुने गरेको छ । क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन, आइसोलेसन, सेल्फ आइसोलेसन वार्ड जस्ता शब्दहरु धेरैले बुझेका छैनन् । अंग्रेजी शब्द ‘क्वारेन्टाइन’ ल्याटिन भाषाको ‘क्वारेन्टा जिओर्नोबाट आएको हो । जसको अर्थ चालिस दिन भन्ने हुन्छ । चौधौं शताब्दीतिर इटालीको भेनिसमा पुग्ने पानी जहाजका मानिसहरुलाई ४० दिन अलग्गै राख्न्थ्यिो । सामुद्री यात्राका क्रममा प्लेगजस्ता कुनै महामारीको संक्रमण भए नभएको जाँच गरेर मात्रै उनीहरुलाई समुदायमा प्रवेश दिइन्थ्यो । अहिले कोरोना भाइरस कोभिड–१९ संक्रमण नफैलियोस भनेर मानिसलाई अलग्गै राख्ने अभ्यासलाई क्वारेन्टाइन भनिएको हो ।
सरुवा रोगमा कसैलाई ज्वरो आयो, खोकी लाग्यो, श्वास फेर्न गाह्रो भयो भने त्यो शंकास्पद केस हुन्छ । भयो । शंकास्पद सरुवा रोग अर्थात अहिलेको सन्दर्भमा कोरोना भाइरस हो कि होइन भन्ने थाहा पाउन परीक्षण गरिन्छ । परीक्षणमा रोग लागेको पुष्टि भयो भने त्यस्ता व्यक्तिलाई आइसोलेसन अर्थात अलग्गै राखिन्छ । इपिडियोमोलोजीको सिद्धान्तअनुसार बिरामी मान्छेलाई साधारण मान्छेबाट अलग राख्ने प्रक्रिया नै आइसोलेसन हो । सरुवा रोग लागेको पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका जतिलाई त्यो रोगको लक्षण देखिन्छ कि भनेर क्वारेन्टाइनमा राखिन्छ । बिरामीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको लक्षण १४ दिनसम्म देखिन सक्ने भन्दै शंकास्पद व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्न सुझाव दिएको छ । इपिडोमियोलोजीको सिद्धान्तमा रोग नियन्त्रण तथा रोकथामका लागि आइसोलेसन र क्वारेन्टाइन महत्वपूर्ण उपाय हुन् ।
अहिले सम्मको अवस्थामा नेपाल कोरोना भाइरसको संक्रमणबाट सुरक्षित देशको रुपमा रहेको छ । महामारीको संकट टर्ना साथ पर्यटन भित्राउन ब्यापक प्रचारप्रसारको अभियानमा सबै क्षेत्र लाग्नु पर्दछ । पर्यटकका लागि नेपाल सुरक्षित भरपर्दो देश भनेर चिनाउन सकियो भने दीगो पर्यटकीय बिकास र स्तरीय पर्यटकको संख्या बढाउन सकिन्छ । यसको लागि अन्तरर्राष्ट्रिय समाचारको चर्चामा नेपाललाई चिनाउन पर्दछ । पर्यटकीय स्थलको प्रचारप्रसार गर्न विश्वका प्रमुख भाषामा वेब पोर्टल निर्माण गर्नु पर्दछ । सामान्यतया पर्यटकहरु आफ्नो व्यस्त र भीडभाडको वा बेफुर्सदी जीवनबाट समय निकालेर केहीबेर केही दिन त्यस्तो स्थानमा यात्रा गर्न चाहन्छन् । जहाँ गएर उसले कुनै शारीरिक एवं मानसिक यातना वा दुःखकष्ट बेहोर्नुपर्दैन । स्वास्थ्य अनुकूलको वातावरणमा मनोरञ्जन गरी खुशी प्राप्त गर्नु नै उसको मुख्य उद्देश्य हुन्छ । त्यसैले पर्यटनका लागि अनुकूल वातावरणमा मात्र पर्यटनको कल्पना हुन सक्छ ।
पर्यटन व्यवसाय राज्यले सञ्चालन गर्ने होइन । निजीक्षेत्रलाई यस व्यवसायप्रति आकर्षित गरी सहज वातावरण बनाउने दायित्व सरकारको हो । आज नेपालमा जति पर्यटक आइरहेका छन त्यसमा ९० प्रतिशत योगदान निजीक्षेत्रको छ । सरकारसँग अन्तरर्राष्ट्रियस्तरको बलियो वायुसेवा छैन । विदेशी निजी कम्पनीहरुले पर्यटकलाई सेवा दिइरहेका छन् । नेपालको आन्तरिक उडानमा पनि निजीक्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनीहरुले ठूलो योगदान गरिरहेका छन् । ट्राभल तथा टूर्स कम्पनीहरुको पनि यसमा उत्तिकै योगदान छ । पर्यटन प्रवद्र्धनको सवालमा सुविधा सम्पन्न होटल, लजदेखि लिएर सुविधा सम्पन्न यातायातका साधन सबै निजी क्षेत्रकै लगानीमा सञ्चालित छन् । सरकारले निजी क्षेत्रलाई अझ बढी उत्साहित बनाउन मौजुदा नीति नियम सुधार गर्दै लैजानु पर्दछ ।
कोरोना भाइरस कोभिड–१९ को कारण आर्थिक वृद्धिदर घट्ने निश्चित छ । पर्यटनको क्षेत्र मात्र नभएर बैदेशिक रोजगार समेत घटने छ । जुन कारणले रोजगारीका लागि बिदेश गएका युबाहरु स्वदेश फर्कने छन् । बैदेशिक रोजगारी घटेपटि रेमिटान्स घटने र अर्थतन्त्रमा ठुलै असर पर्नेछ । नेपालको अर्थतन्त्र मुलतः कृषिमा आधारित मानिन्छ । अब युबाहरुलाई कृषितर्फ प्रेरित गर्ने नीति राज्यले ल्याउन पर्दछ ।

हाम्रो सुझाव