लकडाउनमा अभिभावकलाई सुझाव

babukajikarki बाबुकाजी कार्की
वैशाख १७, २०७७

बालबालिकाको पहिलो स्कूल घर र पहिलो शिक्षक बाबु आमा नै हुन् । यो भनाइलाई व्यवहारमा उतार्न अभिभावकले स्कूल नखुन्जेलका अवका केही दिन बालबालिकालाई उचित मार्गदर्शन गर्नलाई बुद्धि, विवेक देखाउनुपर्ने भएको छ ।

कोरोना लकडाउनका कारण विश्वका करोडौं बालबालिकाको पठनपाठन ठप्प भएको छ । शिक्षण संस्था लामो विदाका कारण विद्यार्थीहरु एक किसिमले बेरोजगार नै भएका छन् । समूहमा खेल्न चल्न रुचाउने बालबालिकालाई घरको चौघेरा भित्र २४सैं घन्टा सीमित गर्दा छटपटि र बेचैनी बढ्नु स्वभाविकै हो । यसबाट उनीहरुमा शारीरिक मानसिक तनाव र अन्यौलता आउनु अनौठो होइन । शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास राम्रो सँग विकास भइनसकेका चञ्चले स्वभावका बालबालिकालाई घरभित्र नै थेगि राख्नुपर्ने कठिन बाध्यता अभिभावकमा आइलागेको छ । अहिलेको जोखिमयुक्त विषम परिस्थितिमा बालबालिकालाई त्रस्त भन्दा पनि स्वस्थ, व्यस्त राख्ने प्रयाश गर्नु बुद्धिमानी ठहर्छ ।

भनिन्छ, बालबालिकाको पहिलो स्कूल घर र पहिलो शिक्षक बाबु आमा नै हुन् । यो भनाइलाई व्यवहारमा उतार्न अभिभावकले स्कूल नखुन्जेलका अवका केही दिन बालबालिकालाई उचित मार्गदर्शन गर्नलाई बुद्धि, विवेक देखाउनुपर्ने भएको छ । पढाइ हुदा पनि बालबालिकाले दिनमा ६ घन्टा मात्र स्कूल र बाँकी १८ घन्टा घरपरिवारमा नै विताउथे । अहिले अनिश्चितकालिन लकडाउनका कारण २४ घन्टा अभिभावकको जिम्मामा छन् । अघिपछी आमाबुबा रोजगारीमा जाँदा लामो समय सँगै बस्न नपाएका साना उमेरका बालबालिका चौबिसै घन्टा सँगै बस्न पाउदा मख्ख त परेकै हुन्छन् । अलि ठुला उमेरका खास गरी माध्यमिक तहमा पढ्ने बालबालिकाको उमेरगत परिवर्तनका कारण लामो समयसम्म घर भित्रै बसिरहदा अभिभावकसँग झगडा गर्ने, एकोहोरो बन्ने, चिडचिडाउने जस्ता मनोबैज्ञानिक समस्याहरु देखिन्छन् । घरमा एक्लै बस्दा मानसिक तनाव बढ्ने, झर्किने, नटेर्ने, टोलाएर बस्ने जस्ता समस्या देखिन सक्छन् । तिनीहरुलाई विद्यालय नखुलुन्जेल कस्तो शिक्षा र सीप दिने भन्ने बारे अभिभावकको चिन्ता र चासो बढेको छ । बालबालिकाको उमेरगत शारीरिक मानसिक विकासमा विभिन्नता भएअनुसार उनीहरुको रुची, क्षमता र आवश्यकता पनि फरकफरक हुन्छ नै । यस्ता विभिन्नतालाई संवोधन गर्न अभिभावकलाई सहज छैन् । तथापि येनकेन तत्काल सरकार र सरोकार पक्षले सूचना प्रविधिका विभिन्न माध्यमबाट अभिभावकलाई सहयोग गर्नुपर्ने खाँचो देखिन्छ ।

बालबालिकाहरु विद्यालयमा रुटिनअनुसार पठनपाठन र अतिरिक्त क्रियाकलापमा अभ्यस्त भैराखेकाले घरमा गरिने उल्लिखित क्रियाकलापहरु समयतालिका बनाएर नै गर्दा प्रभावकारी हुन्छ । व्यक्तिगत सरसफाइ, स्वस्थकर खाना, स्वच्छ दैनिकी र उपुयुक्त आराम र निद्राले बालबालिकामा स्फूर्ति बढाउछ । त्यस्तै बाल साहित्य पढ्ने, उनिहरुले तयार गरेका चित्र, लेख रचना आदि बाल पत्रपत्रिकामा छाप्न पठाउनाले आत्मबल र प्रतिष्पर्धाको ल्याकत विकास गराउन टेवा पुग्दछ । छोराछोरीको कुरा धैर्यतापूर्वक सुन्ने, उनीहरुको जिज्ञासालाई सावधानिपूर्वक संवोधन गर्ने, विभिन्न कथा र अनुभवहरु सुनाउने, अन्तरक्रिया गर्ने, विकल्पहरुमा छलफल गरेर निर्णय गर्ने निष्कर्षमा पुग्ने, प्रशंसा गर्ने, आदर,सत्कार, संयमलगायतका मानवीय तथा सामाजिक मूल्यमान्यतालाई आत्मसात गर्ने संस्कारको विकास तर्फ पनि अभिभावकले हेक्का राख्न विर्सिनु हुन्न ।

चित्र बनाउने, रंग भर्ने, म्याजिक कोठाहरु भर्ने, हिज्जे मिलाउने, विभिन्न आकार र प्रकारका बस्तुहरु चिन्ने बनाउने, शुद्ध र राम्रो अक्षर लेख्ने, अभ्यास आदि गराएर पुरस्कार र प्रशंसा स्वरुप चक्लेट, लेखेको कपीमा मूल्यांकन स्वरुप अंक प्रदान गरेर, परिवारमा एक भन्दा बढी केटाकेटी भए आपसमा प्रतिष्पर्धा गराउदा पनि उत्साहपूर्वक हौसिएर सहभागिता जनाउछन् ।

अहिले बालबालिकाको बारेमा अभिभावकको गुनासो भनेकै धेरै बेर टिभी र मोबाइलमा झुण्डिने, अह्रयाएको नटेर्ने आदि पर्दछन् । यस्तो अवस्थामा मोबाइल, टिभी कै प्रयोग बाट उनीहरुमा विषयगत र व्यवहारिक ज्ञान सिकाउने उपायहरु खोजिनु पर्दछ । वेबसाइट तथा युट्युटूवमा बालबालिकाले अध्ययन गरिराखेका विषयवस्तुसँग सम्बन्धित विषयहरु प्रशस्त पाइन्छन् । तिनीहरुलाई पहिला आपूmले खोजेर वा सक्षम भए उनीहरुलाई खोज्न लगाएर अध्ययन र जानकारी लिन लगाउन सकिन्छ । वेबसाइटमा भएका कतिपय प्रख्यात भौगोलिक एवम् पर्यटकीय स्थान परिचय, बैज्ञानिक आविष्कार, ऐतिहासिक घट्नाहरु हेर्न लगाएर तिनीहरु बारे प्रश्न दिएर उत्तर लेख्न लगाउन सकिन्छ । त्यस्तै गीत, नृत्य, बक्तृत्व कला, सामान्य ज्ञान सिक्ने माध्यमको रुपमा पनि मोबाइलको उपयोग गर्न सकिन्छ। ऊनीहरुको रुचीअनुसार रचनात्मक, सिर्जनात्मक कामहरुमा व्यस्त हुन पाउदा बालबालिका रमाउने हुन्छन् । चित्र बनाउने, रंग भर्ने, म्याजिक कोठाहरु भर्ने, हिज्जे मिलाउने, विभिन्न आकार र प्रकारका बस्तुहरु चिन्ने बनाउने, शुद्ध र राम्रो अक्षर लेख्ने, अभ्यास आदि गराएर पुरस्कार र प्रशंसा स्वरुप चक्लेट, लेखेको कपीमा मूल्यांकन स्वरुप अंक प्रदान गरेर, परिवारमा एक भन्दा बढी केटाकेटी भए आपसमा प्रतिष्पर्धा गराउदा पनि उत्साहपूर्वक हौसिएर सहभागिता जनाउछन् ।

कोरोना भाइरस (कोभिड—१९)को विश्वव्यापि महामारीको कारण अहिले सर्वत्र आशंका, अस्तव्यस्तता र अन्यौलता छाएको छ । कोरोना संक्रमणलाई निस्तेज पार्न अनेकौं उपाय अभ्यास भैराखेका छन्। भाइरस रोकथामका लागि स्वास्थ्यसम्बन्धी सूचना र टीप्सहरु संचारमाध्यममा बग्रेल्ति छाएका छन् । उपचारका औषधीहरु पत्ता नलागेको यस अदृश्य शत्रुलाई परास्त गर्न रोकथाम बाहेक अन्य प्रभावकारी विकल्प भेटिएको छैन् । कोरोना संक्रमणलाई निस्प्रभावी पार्न मानव सम्पर्कलाई यथाशक्य न्यून गर्नु र संक्रमितलाई आइसोलेसनमा राख्नु नै रोकथामको उत्तम उपाय मानिएको छ । मानिसहरु बीचको सम्पर्क बाट एकअर्कामा तीब्ररुपमा सजिलै सर्ने भाइरसको श्रृंखला तोड्न विश्वका अधिकाँश मुलुकले लकडाउन घोषणा गरेका छन् । प्राणघातक भाइरसबाट बच्न अपनाइएको लकडाउनका कारणबाट बालबालिका लगायत सबै उमेर र पेसाका जनसमुदायलाई सकस पर्नु अन्यथा होइन ।

कोरोना संक्रमणका कारण शिक्षण संस्था अनिश्चितकालीन बन्द गरेर सरकारी निकाय बेखबर रहनु दुखद हो । विदामा घर बसेका विद्यार्थीलाई सक्रिय राख्दै समयको सदुपयोगका लागि पाठ्यक्रममा आधारित आवश्यक स्वध्यायन सामग्री उत्पादन र प्रचारप्रशारका लागि सरकारी निकाय, शिक्षकका पेसागत संघसंगठन, संस्थागत विद्यालयका सञ्चालकका छाता संस्था प्याब्सन, एनप्याब्सन तथा शिक्षा क्षेत्रमा क्रियाशिल राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी संघसंस्थाले कुनै चिन्ता र चासो नदेखाउनु उदेक लाग्दो छ । विद्यालय तहमा अध्ययनरत मात्रै झण्डै ८० लाख बालबालिकाको लागि अभिभावक र सिधै विद्यार्थीलाई समेत सहयोग पु¥याउने उपायहरुको सरकार र सरोकार पक्षले तत्काल खोजीगरेर आफ्नो दायित्व निर्वाह गर्न चुक्नु हुन्न ।

घरमा बसेका बालबालिकाको लागि अहिले जीवनोपयोगी शिक्षा सिकाउने अवसरको रुपमा अभिभावकले लकडाउनको सदुपयोग गर्न सक्छन् । असल संस्कार र संस्कृति सिकाउने मौकाको रुपमा सदुपयोग गरिनु पर्दछ । हाम्रा पूर्वजहरुले स्कूलमा नगइकन समाजमा असल नागरिकको पहिचान बनाएको जगजाहेर नै छ । विद्यालयमा पढाइहुने पाठ्यक्रमले तोकेका विषयवस्तुका अतिरिक्त अन्य धेरै कुरा बालबालिकाले अरुको चालचलन, वानि व्यवहार हेरेर सिक्दै आएका हुन्छन् । यसरी अनौपचारिक रुपमा दैनिक अभ्यास र अनुभवबाट सिक्ने अलिखित सीप र ज्ञानलाई अदृश्य पाठ्यक्रम (हिडेन करिकुलम)ले समेटेको हुन्छ । जसअन्तरगत बालबालिकाले अरुले गरेका क्रियाकलाप, बानीबेहोराको अनुकरण गर्दै आएका हुन्छन् । शिक्षा मनोविज्ञानअनुसार बालबालिका स्वभावैले चञ्चले हुने, अरुको नक्कल गर्ने, लिंगअनुसार काममा सरीक हुन उत्सुक रहने, खासगरी छोरीले आमाका काममा र छोराले बाबुको काममा सघाउने, खेल्न रुचाउने आदि उनीहरुका स्वभाव हुन् । घरभित्रको सरसफाई, चियानास्ता पकाउने, सरसामान मिलाउने, उमेर अनुसार आफूले प्रयोग गर्ने सानातिना लुगा धुने, लुगा पट्याउने र उपुयुक्त ठाउँमा जतनसँग राख्ने, फूलबारी, करेसाबारीका कामहरुमा व्यस्त बनाउने आदिबाट व्यवहारिक जीवनमा आइपर्ने काम गरी बालबालिका स्वावलम्वी बानीको विकास गर्न सकिन्छ । त्यस्तै घरकम्पाउण्ड भित्रै खेलिने चेस, लूंडो, क्यारमवोर्ड, व्याटमिन्टन लगायतका इन्डोर गेमबाट पनि बालबालिकालाई शारीरिक मानसिक व्यस्त बनाउन मद्दत पुग्दछ । साथै आफूसंगसंगै सामान्य योगअभ्यासको बानीले शारीरिक, मानसिक, आध्यात्मिकसम्बन्धी प्रारम्भिक ज्ञान दिन सकिन्छ ।

हाम्रो सुझाव