र्सार्वभौम र स्वतन्त्र देशका नागरिक बन्दी र बन्धक कहिलेसम्म –

आदर्श समाज सम्वाददाता
पौष ३, २०७२

हाम्रो देश नेपाल सदियौबाट स्वतन्त्र र र्सार्वभौम राष्ट्र रहँदै आएको र हामी वीर गोर्खाली बहादुर नेपाली मार्सल कास्ट कुशल लडाकु इमान्दार र बनेर मेहनती विश्व प्रसिद्ध छौं। विश्वमा साम्राज्य जमाएको बृटिश सरकारले पनि गोर्खालीलाई पराजित गर्न नसकेपछि बहादुरीको तक्मा दिएर उच्च प्रशंसा गरेर बृटिस र हिन्दुस्तानले आफ्नो देशमा असुरक्षा अशान्ति आपतकाल र विदेशी आक्रमणको बेला गोर्खालीलाई आफ्नो सेनामा भर्ति गरेर उक्त देशको रक्षा गर्दा र कर्तव्य पालना गर्दा प्रथम र द्वितीय विश्वयुद्ध र अन्य लडाइमा गरी ६० हजार गोर्खाली बहादुर सैनिकले ज्यान गुमाएर वीर गति प्राप्त गरेको इतिहास साक्षी छ तर आज ती स्वतन्त्र र स्वाभीमानी देशका वीरबहादुर नेपाली र तिनका आश्रति ३ करोड नेपालीहरू युद्ध बन्दी भन्दा पनि बढी पीडित छिमेकी देश भारतको अमानवीय अघोषित नाकावन्दीको पीडाले बन्दी र बन्धक भएर दैनिक कष्टकर जीवन बिताई रहेका छन्।

देशमा १० वर्षे जनयुद्धमा १७/१८ हजार नागरिकले ज्यान गुमाए, कैयौ भौतिक संरचनाहरू ध्वस्त भए त्यसपछि २०७२ साल बैशाख १२ गते र २९ गतेको भूकम्पले विनास पारेर पीडित भएका नेपालीहरूको पीडा र पूननिर्माण हुन नपाउँदै ७ दशकबाट पर्खिएको ७ वर्ष लगाएर आएको संघियता र संविधानको निहुँमा मधेश आन्दोलन भन्दै मधेशी समुदायको केही अंगीकृत नागरिकलाई उक्साएर भारत सरकारले युद्धबन्दीलाई भन्दा पनि बढी पीडा दिएको छ। भारतले नेपालमा नाकाबन्दी हेपाहा र दमन गर्दै आएको पहिलो पटक भने होइन। २०२७ सालमा र २०४५सालमा पनि १५ महिना नाकाबन्दी गरेकै हो। त्यतिमात्र होइन नेपाललाई तत्कालीन राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव गर्दा ११४ राष्ट्रले अनुमोदन गर्दा भारतले सहमति नदिएकै कारणले उक्त प्रस्ताव सङ्कटमा परेर राष्ट्र सङ्घबाट पारित हुन नसकेको इतिहास विश्वको सामुन्ने छ। छिमेकी देश भारतले नेपाललाई मात्र होइन पाकिस्तानमा पनि मुक्ति बाहिनी फौज पठाएर १९७१ मा बंगालादेशको जन्म गराएको हो र पाकिस्तानको विभाजन गराउन सफल भएको हो। श्रीलंकामा पनि २५ वर्ष तामिल टाइगरले पृथकतावादी आन्दोलन गरेर गृहयुद्धमा भारतको प्रत्यक्ष संलग्नता रहेको इतिहास सबैको सामने ताजा छ, र उक्त पृथकतावादी आन्दोलनकै कारणले तत्कालीन भारतका प्रधानमन्त्री राजिव गान्धीको एक आत्मघाती आन्दोलनमा ज्यान गएको घटना सर्वविदितै छ।

हाम्रो सरकार र नेपाली जनताले भारतबाट सिक्नु पर्ने पाठ भनेको भारतमा सरकार फेरिए पनि त्यहाँको कर्मचारी तन्त्र फेरिदैन र देशको नीतिनियम दूरदर्शिता कायमै रहन्छ त्यही कारणले गर्दा भारतमा दिगो विकास र देशलाई सम्पन्न र शक्तिशाली राष्ट्र बन्न अग्रसर भै रहेको छ। भारतमा बृटीस सरकारले नै विकासको दीर्घकालीन आधारशिला तयार गरी दिएकोले पनि त्यहाँको उन्नति प्रगति गर्न बल मिलेको हो।

हाम्रो देशमा २०४६ सालमा लोकतन्त्र आएपछि सरकारमा जाने र सरकार गिराउने खेलको जोड घटाउमा नै हाम्रा नेताहरूले समय बिताए। हाम्रा नेताले प्रधानमन्त्री बनेर सिंहदरवारमा नाम लेखाउने र प्रमको कुर्सीमा बस्ने मौका पाए पनि देश आत्म निर्भरता बनाउने काम गरेनन् र जति पटक सरकार फेरिन्छ, उसका कर्मचारी प्रशासन प्रहरी सुरक्षा र कार्यशैली पनि फेरिदै जाने गरेकाले आज देश अझ बढी परनिर्भर बन्न पुगेको कुरा सर्वविदितै छ। हाम्रो देशको सरकार र उच्च पदमा पदाशिन नेताहरूको अधिकार कर्तव्य र शक्ति के कति हुँदो रहेछ भन्ने कुरा दाह्रा नगा्र, नभएका बाघ जस्तो र्छल· भएको छ। कुन नाकाबाट के कति कुहिएको आलु प्याज र पेट्रोलियमका कति गाडी भित्रिए भन्ने जोड घटाउ गर्ने र देशमा भित्रिएको पेट्रोलियम र खाद्य वस्तुको हाहाकार कालोबजारीको चरम सीमा पार गर्दा सरकारमा पहुँच भएका व्यक्तिले रातारात अवैध धन्दा गरेर कमाउने प्रवृत्ति मौलाएको देखिन्छ। यातायातमा मनपरी भाडा दोकानमा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई ठगी गर्दा प्रहरी प्रशासन मुकदर्शक बन्ने, सरकारी कार्यालयमा मनपरी तन्त्र, शिक्षा क्षेत्रमा बन्दको प्रभाव, राजस्व सङ्कलनमा दैनिक अरबौको घाटा भै रहेको छ।

हाम्रा मधेशी नेताहरू सिंहदरवार र बालुवाटार छोडेर दिल्ली तर्फ लागेर भारत सरकारकोर्र् इर्दगिर्द गएर मधेश आन्दोलनको निकास खोज्नु कति ठूलो बेइमानी हो ? नेपाल र नेपाली प्रतिको गद्दारी हो भन्ने मधेशी नेताको इरादा र्छल· भएको छ। आगामी दिनमा यो देशमा संघिय राज्यहरूको भविष्यमा पनि प्रश्न चिन्न लागेको छ र को कता जाने हो ? के हुने हो भन्ने शंकाउपशंका पनि बढेको छ।

नेपाल सरकार र नेपालका नेताहरूले संविधान जारी गर्नु भन्दा पहिले बोलेका शर्त र बाचा पूरा भएनन् भनेर भारतीय नेताहरूले मन दुखाई र आरोप लगाएका छन् । हाम्रा उपप्रधानमन्त्री तथा परराष्ट्र भन्त्री कमल थापाले धर्म निरपेक्ष राज्यको विरोध गर्दै हिन्दु राज्यको मागलाई लिएर संसद अवरोध बाट सडक आन्दोलन नेपाल बन्द र मेची महाकाली रथ यात्रा गरेर बहुसंख्यक हिन्दुहरू संग गर्नु भएको प्रतिबद्धता गाई चिन्हको प्रयोग गरेर पाउनु भएका भोटको जवाफ नेपाली जनतालाई कहिले र कसरी दिने हुन् त्यो हेर्न बाँकी नै छ।

अर्का नेता रा. ज. मो. अध्यक्ष तथा वर्तमान उप पं्रधानमन्त्री चित्रबहादुर के.सी.ले पनि संघियताको विरोध गर्दै आएका हुन, र नयाँ संघियता र संविधान जारी भएपछि पहिलो सरकारको उप प्रधानमन्त्री बन्नु भएको हो। देशभरी धर्म निरपेक्षको विरोध र हिन्दु राज्यको माग र आन्दोलन गरेका धर्म गुरू सन्त महन्त र बहुसख्यक हिन्दुजनहरूको मागलाई सम्बोधन गर्दा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले पनि धार्मिक स्वतन्त्र या हिन्दु राज्य हुने आश्वासनले आन्दोलन रोकिएको थियो। तर त्यति दिनरात लगाएर हतारमा जारी गरेको संविधानले गर्दा आज मधेश आन्दोलन र भारतको पनि मन दुखाई भएको हो कि – नेपाली जनतालाई ढाटेर र भारतलाई पनि पहिले गरेका बाचा र आश्वासनमा केही गोप्य तथ्यहरू छन् भने – नेपाली जनतालाई तत्कालीन सरकार र संविधान जारी कर्ताहरूले जवाफ दिनै पर्छ।

अन्त्यमा स्वतन्त्र र स्वाभीमानी नेपाली भएर बाँच्नको लागि भारत र चीनको नाका कुर्न भन्दा हाम्रै देशमा आत्म निर्भरताको खोजि र अनुसन्धानमा लागेर हाम्रो सरकारले पूरा शक्ति लगाएर अल्पकाल मध्यकाल र दीर्घकालीन योजना परियोजना तयार पारेर नेपाली युवाहरूलाई स्वदेश मै रोजगारी दिएर देशलाई आत्म निर्भरतामा लैजानु नै स्वतन्त्र र स्वाभिमानी नेपालीको बन्दी र बन्धकको अबको निकास हो भन्नेमा दुइ मत हुने छैन।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width