युद्धको पीडादायी पृष्ठभूमिबाट स्थापना भएको रेडक्रस सोसाइटीले विश्व मानव जातिका लागि समृद्ध अभियानका रूपमा मानवताको शक्तिलाई स्थापित गर्दै मानवीय कानूनको समेत प्रादुर्भाव गर्यो। घाइतेहरूको उद्धारका निमित्त अन्तर्राष्ट्रिय समितिको नामबाट पाँच जनाद्वारा यो अभियान स्थापना गरिएको हो। आज पनि कुनै मानवीय आपत्ति र पीडाको समयमा बिना भेदभाव ‘हटाउन नसके जति सकिन्छ त्यति घटाउने’ मूल उद्देश्यका साथ विश्वभरि नै रेडक्रस क्रियाशील रहेको छ।
प्रथम विश्व युद्धपछि विश्वमा देखिएको राष्ट्र राष्ट्र बीचको असमझदारीका सर्न्दर्भमा मानवीय सेवा र सहयोगलाई रेडक्रसको माध्यमबाट न्यूनीकरण गर्नका लागि लिग अफ रेडक्रसको स्थापना भयो। विश्व युद्धको प्रभावले विकराल देखिएको मानवीय पीडा र विपत्तिमा मानवीय सेवा र सहयोग जस्ता कार्यलाई अगाडि बढाउनु रेडक्रसका लागि कम चुनौतीपूर्ण थिएन। तत्कालीन अवस्थामा रेडक्रसले मानवीय सेवा, सहयोग र उद्धारका कार्यहरूमा स्वयंसेवकका रूपमा विद्यालयका विद्यार्थी भाइबहिनीहरू र समुदाय, कलेजका युवा विद्यार्थीहरूलाई उनीहरूको क्षमताअनुसारको जिम्मेवारीका साथ सहयोगका कार्यमा परिचालन गर्यो। तत्पश्चात मानवीय सेवा र सहयोगका कार्यमा देखिएको क्रियाशीलता, प्रभावकारितासँगै उनीहरूको उल्लेखनीय योगदानको उच्च कदर स्वरूप सन् १९२२ मा अन्तर्राष्ट्रिय रूपमा जुनियर युवा रेडक्रसको स्थापना भई अन्तर्राष्ट्रिय रेडक्रस अभियानमा राष्ट्रिय रेडक्रसको अभिन्न अंगको रूपमा विधिवत मान्यता पाएको हो। विश्वमा रेडक्रस अभियानको सुरुवात भएको एक सय वर्षपछि नेपालमा पनि नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.सं. २०२० भाद्र १९ गते भएको र सोको एक वर्षपश्चात् म सेवा गर्छुभन्ने मूल मन्त्रका साथ जुनियर युवा रेडक्रसको स्थापना २०२१ फागुन २२ गते बैतडी जिल्लाको वीरेन्द्र माविमा भएको थियो।
नेपालमा जुनियर युवा रेडक्रस सर्कलको स्थापना भएको आज ५० औं वर्षको सर्न्दर्भमा आइपुगेका छौं। विगतका स्मरण, भविष्यको निर्माण भन्ने नाराका साथ यस वर्षभरि नै जुनियर युवा रेडक्रसका विविधखाले गतिविधिहरू सञ्चालन गर्नुका साथै यस अभियानमा लागिपर्नु भएका अग्रज व्यक्तित्वहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान, कदरसँगै पुरस्कृत गर्ने कार्यहरू अगाडि बढिरहेको छ। कास्की जिल्लामा पनि यस अभियानमा प्रत्यक्ष वा परोक्ष रूपमा अमूल्य योगदान गर्नुहुने व्यक्ति र संघसंस्थाहरूलाई रेडक्रस केन्द्रद्वारा विभिन्न स्तरका सम्मानको घोषणा भइसकेको छ। सर्कलले रेडक्रसका आधारभूत सिद्धान्तको अधीनमा रही मानव जातिको सेवा र सहयोगका लागि विभिन्न कार्य क्षेत्रका रूपमा जीवन रक्षा एवं स्वास्थ्य सुरक्षा, राष्ट्रिय अन्तर्राष्ट्रिय मित्रता, समझदारी र शान्तिका लागि शिक्षा, अन्तर्राष्ट्रिय मानवीय कानून, मानवीय मूल्यको प्रवर्धन र रेडक्रसका सिद्धान्तहरूको प्रचार प्रसार गर्नुका साथै विपद् व्यवस्थापन, सेवा र ऐक्यद्धतासँगै क्षमता अभिवृद्धि र संगठन विकास आदि महत्वपूर्ण रहेका छन्। यसका विविध गतिविधिहरूमा स्तरीकरण गर्दै कार्यक्रम सञ्चालन प्रक्रियालाई सहज बनाउँदै एकै रूपको युक्त अवलम्वन गर्न सघाउ पुर्याउने उद्देश्यले जुनियर युवा रेडक्रसको नीति अनुरूप समयानुकूल परिमार्जनसहितको कार्य प्रणाली निर्देशिकाको तर्जुमा गरी लागू गरिएको हो।
कुल जनसंख्याको महत्वपूर्ण भाग ओगटेको जुनियर युवा राष्ट्रका अमूल्य सम्पत्तिका साथै अजस्र स्रोत र परिवर्तनका बाहक शक्ति पनि हुन्। यिनीहरू राष्ट्रका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक साथै शैक्षिक क्षेत्रका अग्रदूत तथा परिवर्तनका बाहक हुन्। सिर्जनशीलता, साहस र सिक्ने क्षमता एवं उच्च आत्म विश्वासका कारण रेडक्रसका मानवीय सेवा कार्यलाई प्रभावकारी बनाउँदै समुदायको दुःख र पीडामा सहयोगी भूमिका निर्वाह गर्न यो शक्ति मरिमेटेको छ। जनसंख्याको ठूलो क्षेत्र ओगटेको जुनियर युवाहरूको सर्कलको गुणात्मक र संख्यात्मक दुवै दृष्टिकोणले आजको समाज विकासको मेरुदण्डको रूपमा रहेका जुनियर युवाहरूलाई असल संस्कार दिनुका साथै उनीहरूको सर्वाङ्गीण विकासका लागि रेडक्रस सबैभन्दा भरपदो माध्यम बनेको छ। कोही पनि जन्म सिद्ध खराव वा असल भएर जन्मेका हुँदैनन्। असल कुल घरानमा जन्मेर पनि असल भइने होइन। उनीहरूलाई खराव र असल व्यक्ति बनाउने त ती हुकने पारिवारिक र सामाजिक वातावरणबाट हो। उनीहरूले सोही अनुरूपको आफ्नो जीवनशैली र क्रियाकलापको अवलम्वन गर्दछन्। त्यसैले शिक्षाको महत्वपूर्ण उद्देश्यमध्ये सामाजिकीकरणका लागि हाम्रा भाइबहिनीहरूलाई जुनियर युवा रेडक्रस सर्कलको माध्यमबाट कुनै पनि कुराको भेदभाव नगरी समुदायमा एक अर्का प्रतिको सहयोग आदान प्रदान गर्नु, आपसी सद्भाव र भातृत्वपूर्ण व्यवहार, सहअस्तित्वको भावना बढाउनका लागि रेडक्रस एक महत्वपूर्ण आधार बनेको छ। यस सँगसँगै असल संगत, सही निर्देशन र मिहिनेत गर्ने बानीको विकास गर्ने खालको वातावरण सृजना गर्ने थलोका रूपमा रेडक्रस सर्कललाई मानिन्छ।
अन्तमा हाम्रा जुनियर युवा भाइबहिनीहरूले सर्कलमा काम गर्दै जाँदा अनुभवका आधारमा असल व्यक्तिहरूलाई देखेर, प्रेरणा दिने व्यक्तिहरूबाट, कार्य अनुभवसँगै कुनै कुराको महत्व वुभेmर वा ज्ञान प्राप्त गरेर, आ-आफ्नो रुची र संस्कारको प्रभाव जस्ता व्यक्तिगत विकासका आधारहरू रेडक्रस अभियानबाट प्राप्त गर्दछन्। जुनियर युवाहरूका आलस्य, नैराश्य र हेलचक्रयाईको कुनै अंश पनि हुँदैन। उनीहरू सिक्दै पूर्ण परिपक्वता तपm बढेका हुन्छन्। उनीहरूको मूल्य परिवर्तनको अवस्थालाई ध्यानमा राखेर क्रियाशील जीवन, केही गरौं भन्ने भावना र नेतृत्वदायी क्षमताको विकासमा रेडक्रस सर्कल एक कोशे ढुंगा सावित भएको छ।
हरेकले आ-आफ्नो किसिमको क्षमता र दक्षता जन्मसिद्ध लिएर आएका हुन्छन्। हरेक व्यक्ति आफैमा करेन्ट हो। हाम्रो क्षमतालाई पहिचान गरेर त्यसलाई पावर हावससँग जोड्नु पर्छ। जसरी बगेर खेर गइरहेको खोलाको पानीलाई बाँध बाँधेर विद्युत निकालेझै, सिंचाई गरेझै महत्व नबुझी खेर गइरहेको जुनियर युवाहरूको सर्कलमा अन्तरनिहित शक्तिलाई समायोजन गरी सुसंगठित पारी रेडक्रस अभियानमा सहभागी गर्नु गराउनु हामी सबैको कर्तव्य हो।
(लेखक नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री हुन्।)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०