रेडक्रस विश्वको पहिलो मानवतावादी स्वयंसेवी उद्धार संस्था हो। यसका गतिविधि मानवसेवी, सामाजिक कल्याणकारीका साथै हरेक किसिमका मानवीय दुःख र पीडाको रोकथाम तथा न्यूनीकरणका लागि आफ्नो क्षमता अनुसार लाखौं स्वयंसेवक अनवरत रूपमा क्रियाशील रहेका छन्। यसले मानिसको अति आवश्यकताका आधारमा कुनै पनि कुराको भेदभाव नगरी सरकारको सहयोगी निकायका रूपमा रही वैधानिक कार्यमा सेवा, सहयोग तथा सहकार्य गर्दै आइरहेको छ। रेडक्रसका सम्पूर्ण गतिविधि यसका सात आधारभूत सिद्धान्तद्वारा निदेशित भई स्वाधीन रूपमा आफ्नो विधान, नीति नियमअनुरूप मानवीय हित र कल्याणकारी कार्यमा क्रियाशील छन्।
मानव जीवनको रक्षा र स्वस्थ्य सुरक्षा गर्न गराउनमा सहयोग पुर्याउनु रेडक्रसको मूल उद्देश्य हो। विश्वमा स्वास्थ्य तथा समुदायिक विकासलगायतका मानव जीवनका धेरै क्षेत्रमा रेडक्रस र रेडक्रसकर्मीले पुर्याएको योगदानको उच्च सम्मानसँगै सर्वसाधारणको अपेक्षामा समेत वृद्धि भएको छ। हाम्रो मुलुकमा पनि स्वास्थ्य शिक्षाको ज्ञान र पहुँचमा वृद्धिका लागि, कास्की रेडक्रस, नेपाल रेडक्रस, अन्तर्राष्ट्रिय महासङ्घ र क्ष्ऋच्ऋ द्वारा सञ्चालित विभिन्न गतिविधि स्मरणयोग्य रहेका छन्। बाल मृत्युदरलाई कम गर्न, बालबालिकाको, स्वास्थ्य अवस्था ब्रि्रन नदिन र उनीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की र पोखरा उप-महानगरपलिकाको संयुक्त प्रयासमा पो.उ.म.न.म.पा. का २८ वटै वडामा पूर्ण खोप घोषणाका लागि सञ्चालित यस अभियानमा हामी सबै नगरवासीले आ-आफ्नो ठाउँबाट सक्रिय सहभागितासँगै असल कामको लागि हरेकले आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउन सक्छौं भन्ने भावनात्मक क्रियाशीलताको प्रदर्शन भएको छ।
‘स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप पोखरा उप-महानगरपालिकाको सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ कास्की जिल्ला रेडक्रसको अगुवाइमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको प्राविधिक सहयोगमा पोखरा उप-महानगरपलिकालाई पूर्णखोप सुनिश्चितताको घोषणा गर्ने सिलसिलामा पोखराका २८ वटै वडाका स्वस्थ्य स्वयंसेविका र रेडक्रस स्वयंसेवकले हाम्रा स-साना बालबालिकाको जीवन रक्षा र स्वास्थ्य सुरक्षा गर्न खोपको माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। पोखरा उप-महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितताका लागि खोप उमेर समूहका बालबालिकालाई खोपको निश्चित मात्रा निश्चित समयमा लगाउनका लागि विभिन्न खोपका वारेमा चेतना अभिवृद्धि गरि आवश्यक सूचना प्रभाह र छुटेकाको सर्वेसँगै तथ्याड्ढ सड्ढलनपछि प्राप्त तथ्याड्ढका आधारमा छुटेकाको घरघरमा गई खोप छुटेका भए पुनः खोप लगाउन अनुरोध गर्ने साथै सरोकारवालासँगको सहकार्यवाट सन् २०१७ सम्म सबै क्षेत्रमा पूर्ण खोप सुनिश्चितता गर्ने नेपाल सरकारको कार्ययोजनालाई साकार पार्न हामी लागिपरेका छौ।
हाम्रो शरीरलाई स्वस्थ र निरोगी राख्नका लागि विभिन्न तत्वको अवश्यकता पर्दछ। हामीले खाएका खानेकुराबाट मात्र अरोग्यताको परिपूर्ति नहुने भएको हुनाले आवश्यक तत्वहरूको अभावमा विभिन्न किसिमका रोग लाग्न सक्ने सम्भावना नजिक भएकोले रोग लाग्नबाट बचाउन खोप भ्याक्सिन दिएर रोगसँग लड्ने क्षमता बढाउन र आजीवन रोग लाग्नबाट बचाउन हाम्रा बालाबालिकालाई सही उमेरमा वि.सि.जि.,डि.पि.टि,पोलियो, टि.डी, जेर्इ र दादुरा, रुवेला, हेपाटाइटिस हिप, पि.सि.वि, आई.पि.भि.लगायतका खोप लगाएर क्षयरोग, धनुष्टड्ढार, पक्षघात, भ्यागुते रोग, लहरेखोकी, दादुरा, रुवेला, निमोनिया, हेपाटाइटिस बी हेमोफिलस इन्फ्लुएन्जा मेनेनजाइटिस, जापनीज इन्सेफलाइटिसजस्ता रोग लाग्नबाट बचाउन सकिन्छ।
हाम्रा स-साना बालबालिका राष्ट्रका सम्पत्ति हुन् साथै सुन्दर समृद्ध समाज निर्माणका धरोहर हुन्।उनीहरूको स्वस्थ्य शारीरिक र स्वस्थ्य मस्तिष्कको निर्माणका लागि रोग लाग्नबाट बचाउन विभिन्न रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्ने भ्याक्सिन, खोप दिएर बालबालिकालाई विभिन्न सङ्क्रमण जन्य रोगबाट बचाउन सकिन्छ। पूर्ण खोपको मात्रालाई बच्चा जन्मदेखि एक वर्षभित्र पूरा गर्नुपर्दछ। बालबालिकालाई स्वास्थ्य राख्न, अपा·ताबाट बचाउन र मृत्युको खतराबाट बचाउन हामीले नविर्सिकन सबै खोपका मात्रा पूरा गर्नुपर्दछ। पहिलो खोप दिँदा स्वस्थ्यकर्मीले निःशुल्क रूपमा खोपकार्ड उपलब्ध गराउँदछन्। जसबाट उनीहरूलाई लगाएको खोपको विवरण मिति, उमेरको समेत जानकारी प्राप्त हुन्छ। यसले स्कुलमा भर्ना गर्दा, विदेश भ्रमणमा जाँदा र निरोगिताको प्रमाण पेश गर्दा समेत यसको दीर्घकालीन महत्त्व रहेको हुनाले हामीले हाम्रा सन्ततीका लागि पछिसम्म खोपकार्डलार्ई सुरक्षित राख्नु अति आवश्यक हुन्छ।
राष्ट्रिय खोप कार्यक्रम अनुसार जन्मेदेखि एक वर्षमुनिका सम्पूर्ण बालबालिकालाई क्षयरोग, भ्यगुते रोग, लहरेखोकी, धनुष्टड्ढार, हेपटाइटिस बी, हेमोफिलस इन्फलुएञ्जा, पोलियो, दादुरा, रुवेलाजस्ता रोगबाट बचाउन खोपको प्रयोग गरिँदै आएको छ। जापनिज इन्सेफलाइटिस खोप भने यस रोगको जोखिम भएको जिल्लामा मात्र १२ देखि २३ महिना उमेरका बालबालिकालाई लगाइन्छ। कास्की जिल्ला पनि जापनिज इन्सेफलाइटिस रोगको प्रभावित जिल्ला मध्येमा पर्दछ।सबै गर्भवती महिलालाई नियमित रूपमा नै टि.टि खोप पनि लगाइन्छ। जसले आमा र नवजात शिशुलाई धनुष्टड्ढार र भ्यगुुते रोग लाग्नबाट बचाउँछ। बालबालिकालाई खोपबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले महिनाको कम्तीमा १ पटक प्रत्येक गा.वि.स,नगरपालिकाका वडामा तथा सम्पूर्ण सरकारी र निजी स्वस्थ्य सङ्घसंस्थामा खोप कार्यक्रम सञ्चालिन छ। ऋति दुर्गम क्षेत्रका वस्तीमा घुम्ती सेवामार्फत स्वस्थ्यकर्मीहरूले सम्बन्धित स्थानमा नै गएर निःशुल्क रूपमा खोप सेवा पनि सञ्चालन गर्दछन्। राज्यद्वारा निःशुल्क रूपमा उपलब्ध गरिएको खोप सेवाको उपभोग गरि बालबालिकालाई तोकिएको उमेरमा सबै किसिमको खोपको पूरा मात्रा लगाउनु अत्यन्त आवश्यक छ। कुनै पनि कारणले खोप लगाउन छुटेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार खोप सेवा लिनुपर्दछ। अन्यथा खोप उमेर पूरा भइसकेपछि खोप लगाउनुको कुनै अर्थ रहँदैन। त्यसैगरी विभिन्न किसिमका रोग लाग्न सक्ने र उपचारमा बढी खर्च तथा समय लाग्न सक्ने र धन तथा जनको समेत क्षति हुन सक्दछ। खोप नलगाएका बच्चाहरूलाई रोगसँग लड्ने क्षमता समेत नहुने हुँदा जन्मदै दुब्ला वा कमजोरका साथै अपा·ता हुन र विभिन्न सङ्क्रमणजन्य रोगले बढी सताउने गर्दछ। त्यसकारण रोगसँग लड्नका लागि खोपको सबै मात्र लगाउन अत्यन्तै आवश्यक हुन्छ। तर कुनै पनि रोग लागी विरामी भएका बालबालिकालाई तत्काल खोप नदिई निको भएपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार खोप लागाउन सकिन्छ। खोप लगाइसकेपछि पनि हल्का ज्वरो आउन सक्दछ भने खोप लगाएको ठाउँमा सुनिएर बच्चा रुनुका साथै वि.सि.जी खोप लगाएका ठाउँमा हल्का पाक्न पर्दछ। यो सामान्य समस्या हो यसमा औषधिको आवश्यकता पर्दैन।तर खोप लगाइसकेपछि पनि धेरै ज्वरो आएमा र्सुइ लगाएको ठाउँमा धेरै सङ्क्रमण भएमा र खोप लगाएको तीन दिनसम्म पनि बच्चा रोइरहेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लगेर जँचाउनुपर्दछ।
हाम्रो जस्तो मुलुक जहाँ गरिबी, अशिक्षा, अन्धविश्वास र पछौटेपनको चपेटामा परेका बहुसङ्ख्यक नागरिक स्वास्थ्य, शिक्षा र सरसफाइजस्ता आधारभूत कुरासँग अनभिज्ञ रहनुका साथै लापरबाही समेत गरिरहेको पाइन्छ। उनीहरूको चेतना स्तरलाई बढाउन स्वास्थ्य शिक्षा र सेवाको पहुँचमा वृद्धि गराउन सरसफाइसम्बन्धी आनीवानी परिवर्तन गराउनु कम चुनौतीपूर्ण छैन। बालबालिकालाई खोप लगाउनाले स्वस्थ जीवनयापन गर्नु, स्वास्थ्यलाई बचाइराख्नु उनीहरूको शरीरमा प्रतिरोधात्मक क्षमताको विकास गराउनुका साथै आजीवन रोग लाग्नबाट बचाउँछ। स्वस्थ्य र निरोगी हुनु भनेको आफैमा सम्पत्ति कमाउनु वा भएको सम्पत्ति बचत गर्नु बराबर हो।त्यसैले समयमा नै नजिकको खोप केन्द्रमा गई आफ्ना एक वर्षसम्मका बालबालिकालाई नियमित खोप लगाएर स्वास्थ्य जीवन प्राप्तिका लागि अनुरोध गर्दछौं।
अन्तमा खोप सेवा सरकारको प्राथमिकता प्राप्त कार्यक्रमसँगै सहश्राब्दी विकास लक्ष्य प्राप्त गर्नका लागि महत्त्वपूर्ण कडीका रूपमा स्वीकार गरिएको छ। विफरको उन्मूलनसँगै प्रारम्भ भएको खोप सेवा हाम्रो देशको सबै जिल्लामा विस्तार भइसकेको अवस्थामा पनि सन् २०११ मा सार्वजनिक गरिएको जनसाङ्खिक स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम करिब १३ प्रतिशत बालबालिका पूर्ण खोपको सेवा प्राप्त गर्न नसकेको देखिन्छ तर पनि हरेक बालबालिकाको जन्मसिद्ध अधिकारसँग गाँसिएको गुणस्तरीय खोप सेवा लक्षित वर्गसम्म पुर्याउनु स्थानीय निकायसँगै हामी सबैको सरोकारको विषय बनेको छ।
खोप सेवाको निःशुल्क उपलब्धतासँगै हाम्रो भौगोलिक अवस्था, यातायातको असुविधा, स्वास्थ्यसम्बन्धी चेतनाको अभाव, सेवा प्राप्त हुने स्थानको बारेमा जनकारीको कमी जीवन निर्वाहका लागि क्रियाशील हुँदा खोप लगाउने समयको अभावजस्ता कारणले सर्वसाधारणको पहुँचमा देखिएको कठिनाइका बाबजुद पनि हाम्रा बालबालिकाको मुत्युदर कम गर्न, उनीहरूको स्वास्थ्य अवस्था ब्रि्रन नदिन, अवस्थामा सुधार ल्याउनका लागि कास्की रेडक्रस, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की र पोखरा उप-महानगरपालिकाको संयुक्त प्रयासबाट २८ वटा वडाका १२ देखि २३ महिनासम्मका ४५५४ बालबालिकालाई सरकारद्वारा निःशुल्क प्राप्त हुने सबै किसिमका खोप लगाई पोखरा उप-महानगरपलिकालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्ने अभियान सफलताको कोटीमा पुगेको छ। नेपालका उप-महानगरपालिकामध्ये पहिलो बनाउन लागिपर्ने हामी सबैको योगदानको उच्च मूल्याड्ढन गर्दै यही २०७२ साल असोज १० गते दिउँसो ११ वजे मानवअधिकार चोकबाट पोखरा सभागृह हलमा हुने घोषणा सभामा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराजको अधिकारीको प्रमुख अतित्थ्यमा सम्पन्न हुने कार्यक्रममा सबैको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
(लेखक नेरेसो कास्की शाखाका मन्त्री हुन्।सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०