यो जगतमै शिक्षित व्यक्तिहरूको सङ्ख्या बढिरहेको छ। शिक्षा क्षेत्रको वैज्ञानिकीकरण एवं व्यवहार रूपान्तरणको प्रमुख कारणले मानिसहरूमा विविध नयाँ खोज र आविष्कारहरू उद्घाटित भइरहेका छन्। विज्ञानजस्तो विषय जसले यस ब्रम्हाण्डमा भौतिक विकासको प्रायः एक पक्षीय अवधारणालाई मात्र बोकेर अगाडि बढ्दा मानिसको, मानसिक, सामाजिक, शारीरिक र आध्यात्मिक विकास गौण रहन गएको वास्तविकतालाई कुनै हालतमा पनि ढाकछोप गर्न उपयुक्त हुँदैन।
यो विश्व ब्रम्हाण्डमा विज्ञानको चमत्कारले मानवीय सम्वेदनाका छालहरूलाई स्वस्थ रूपमा स्र्पर्श गर्न असमर्थ भइरहेको छ। मानिस मानिसबीच अनेकन चिन्ताका भयहरूको चाङ् दिनप्रतिदिन थपिँदै गइरहेको परिप्रेक्ष्यमा, स्वयं मानवको सुख, शान्ति, सहनशीलता र नैतिकताको पाटोलाई केही हदसम्म भए पनि संरक्षण, व्यवस्थित र उपचारर्गर्नको लागि डा. मिकाउ उसुइ नाम गरेका एक जना जापानिले सन् १८९० मा एउटा ‘आध्यात्मिक उपचार विधि’ पत्ता लगाए। हो, यसै विधिलाई ‘रेकी’ भनिन्छ। जापानी भाषामा नामाकरण गरिएको यो शब्दको अर्थ यस प्रकार रहेको बताइन्छ। ‘र’ को अर्थ ‘ब्रम्हाण्डव्यापी’ र ‘कि’ को अर्थ ‘शक्ति’ अर्थात ‘ब्रम्हाण्डव्यापी शक्ति।’ विशेषत यो विधिमा ‘ब्रम्हाण्डव्यापी शक्ति’ लाई हातका चक्रद्वारा तानिन्छ र नाडीद्वारा शरीरका लक्षित भागहरूमा वितरित गरिन्छ। अर्थात पूरा शरिरमा रेकी साधनाद्वारा हातका अञ्जुलीहरूमा केन्द्रित गरी रोगीको लक्षित अ·हरूमा पास गराइन्छ। यसरी लक्षित अ·हरूमा उपचार गर्दा रेकी शक्तिको प्रभावबाट रोग निको पार्ने सकिन्छ।(डा. योगी विकाशानन्द, जीवनमन्थन।)
यो कुरा धु्रवसत्य हो कि विश्वका मानिसहरूको स्वभाव समान किसिमको छैन। कुनै मानिस झाँक्री,झारफुक, हेराउनी, चराउनीमा सजिलै विश्वास गर्छन् भने कतिपय मानिसहरू त्यस प्रकारको अनर्गल भनाइलाई कुनै हालतमा पनि विश्वास गर्दैनन्। विश्वास नगर्ने र त्यसप्रकारको व्यवहारलाई वाइयात सम्झने मानिसहरूमध्ये म आफू पनि पर्छु। तर एकदिन के भयो कुन्नि ०७१ भाद्र १३ गतेको दिन, म पनि छिमेकी साथीहरूको लहैलहैमा लागेर ‘रेकीविद्या’ सिक्न भनेरबिहानै ३ बजे उठी नुवाइधुवाइ गरी चोखा कपडा लगाई अक्षेता, धुप र साथमा गुरु दक्षिणा समेत खल्तीमा राखेर भिमाद नगरोन्मुख गाविसको सभा-हलमा बिहान ठीक ४ बजे पुगेँ। छिमेकी सहभागीहरू करिब करिब आइसक्नुभएकोले कार्यक्रम सुरु हुनमा बेर लागेन। सबैले आ-आफ्नो घरबाट लिएर गएका चकटी, गुन्द्री, गलैचा, दरी आदि वस्तुहरू विच्छ्याएर धुपधुँवार गरेपछि, अब गुरुजीले के भन्नुहुन्छ भन्दै बडो उत्सुकताका साथ चुप र शान्त भएर बस्यौँ। उहाँले रेकी रहस्यको इतिहास परिचय गराउँदै, यसको अनिवार्य नियम पालनाको बारेमा हामीलाई जानकारी गराउँदै जानुभयो। रेकी विद्या ग्रहणपश्चात् रेकिहिलरहरूको मानसिक, सामाजिक र शरीरिक अवस्थामा अवश्य आमूल परिवर्तन आउने कुरा गुरुले पटक-पटक दोहोर्याउनुभएकोले हामी त्यो पूरा गर्न आतुर थियौँ।
गुरुले ‘यो ४ घण्टाको अवधिमा सर्वप्रथम एक घण्टाको कडा ध्यान हुन्छ’ भनेर सुनाएपछि कतिपय महिलाहरू आत्तिएर हत्पत् दिसा र पिसाव गर्न बाहिर निस्किए। म आफू कहिलेकाहीँ आफ्नै सुरले नाक थुनेर १०,१५ मिनेट जति सास भित्र र बाहिर गर्दै बस्ने गर्थे। ६० मिनेट बस्नपर्छ भन्दा त केही अनहोनी हुन्छ कि भन्ने डर मनमा लाग्यो। तर जे होस् यो मेरो लागि एक प्रकारको इक्सपेरिमण्ट भएकोले मैले मेरो मनलाई सम्झाएँ र एउटा आज्ञाकारी बालकको रूपमा ढाड तन्काएर नचलिकन बसेँ। आज्ञानुसार हामी सबै २९ जनाले एकसाथ आँखा चिम्लियौँ। स्याक सँुक्को आवाज कतै तिरबाट पनि आएन। गुरुजीले मञ्चमा रहेको माइकको कान बटारेर ओ …उ …म को आवाजले त्यो हल गुन्जयमान पारिदिनुभयो। अनि हामीलाई पनि आवाज निकालेर त्यस्तै गर्न भन्नुभयो। हामीले उहाँको आज्ञालाई शिरोधार्य गर्यौँ। एक घण्टाको बीचमा गुरुजी ले हामीलाई क्रमैसँग आफ्नो दुवै हात रगडेर तालुमा स्र्पर्स गराएर ज्योति धसाइदिनुभयो। एक घण्टा पछि आँखा खोल्न आदेश दिनुभयो र यस बारेमा कसैलाई केही अनौठो अनुभव भए साटासाट गर्ने समय प्रदान गर्नुभयो। त्यसपछि हामीले लगातार अन्य २१ दिनसम्म के के गर्ने भन्ने विषयमा बुझाइदिनुभयो।
मैले २१ दिनको रेकी अभ्यासको दौरानमा नेपालमा सन् १९९६ तिर यो विद्या भित्र्याउने आदरणीय डा. योगी विकाशानन्दको चर्चित किताबहरूः रेकी रहस्य, जीवनमन्थन, व्रि्रोह र माइण्ड पावर साथै नेटबाट समेत यसको बारेमा मेरो बलबुताले भ्याएसम्म अध्ययन गरिरहेँ र गरिरहेको छु। अध्ययन र अभ्यास एकैसाथ भएकोले रेकी विद्यालाई अझै नजिकबाट बुझ्ने र वास्तवमै मैले यसलाई आफ्नो जीवनमा उतार्ने प्रमिश गर्दै गएँ। फलस्वरूप छिट्टै नै ममा अनौठो रूपमा परिवर्तन भइरहेको महसुस गर्न थालँे। यसको वास्तविक कारण रेकी विद्या ग्रहण गर्ने जोसुकैले पनि यी ५ आदेश पालन गरेकै हुनुपर्ने रहेछ : आज म कमसेकम रिसाउँदिनँ, …चिन्ता गर्दिनँ, …कृत्यज्ञ हुन्छु, …अल्छी गर्दिनँ र …कसैलाई रुखो बचन गर्दिनँ। यी अमृतवाणी आदेशहरू बाहेक अरु तीन यस्ता पवित्र परिधि छन् जसले असल बन्न चाहने मानिसहरूको मनस्थितिलाई अवश्य छुन्छन्। जस्तो – सकारात्मक चिन्तन, धुम्रपान, मद्यपान टोटल्ली बर्जित र सदा आशावादी एवं उम· भावमा रहनुपर्ने।
रेकी विद्याको सबैभन्दा प्रवल, द्रविलो र अचुक प्रभाव भनेको त्यस्को प्राप्तिको लागि गरिने योग-साधना हो। योग-साधना जीवन सूत्र को आत्मा हो, केन्द्र हो जसको उल्लेखबिना जीवन-सूत्र अधुरै हुन्छ। योग -साधना यस्तो प्रविधि हो, जसले बाँकी सबै सूत्रहरूको गुणवत्ता बदलिदिन्छ र अरु सूत्रहरूलाई सहज र जीवनलाई विधायक बनाइदिन्छ। … तसर्थ म योग-साधनालाई अनिवार्य र सबै सूत्रको पूरकको रूपमा लिन चाहन्छु।’ ( डा. योगी विकाशानन्द, ऐ.।) उहाँ अझै अगाडि भन्नुहुन्छ-‘योग- साधना सुरु हुन्छ शरीरबाट, जसरी एउटा घर जगबाट सुरु हुन्छ र रुख जराबाट। यो साधनाले शरीर स्वस्थ, सुन्दर र शुद्ध हुन्छ र भौतिक तथा आध्यात्मिक जीवनको समानुपातिक निर्वाहको निमित्य हरहमेसा तयार राख्छ।’
मैले हिजो आज गरिरहेको योग साधनाको प्रभावले म आफै छक्क परिरहेको छु। दिनहँु बिहानमा नुहाउँदा मलाई चिसो लाग्ने गदर्थ्यो र जसोतसो हप्तामा एकपटक नुहाउने गर्दथेँ। तर हिजोआज बिहानै ३ बजे उठेर नुहाउँदा शरीरले अटोम्याटिक रूपमा तातो महसुस गरिरहेको हुन्छ। साथीभाइ भन्दा हुरुक्क हुने मेरो बानी अनि सँगै बसेर रमाइलो गर्दा के के सेवन गर्ने के के। त्यतिले पनि पुगेन भनी घरैमा सुटुक्क ल्याएर सुरूप्प पार्ने मेरो बानी’ तर आज किन यति थोरै दिनमा ती बकवास तामसी मेरो स·तबाट सदाका लागि हार स्वीकार गरेर गए। अनि मैले बल्ल यतिका दिनपछि बुझेँ ‘कुकुरको जस्तो चरित्र लिएर उन महापुरुषहरूको जस्तो जिन्दगी कदापि बाँच्न सकिँदैन।’ त्यतिमात्र होइन स्वास्थ्यबिनाको धनको कुनै अर्थ रहँदैन। मैले योग साधनाको माध्यमबाट स्वास्थ्य एकातिर पाइरहेको छु भने मनोवैज्ञानिक रूपमा खुसी र सामाजिक रूपमा सु-सम्बन्ध। अझै अरु सोच्दै छु भविश्यमा असफलताहरू क्रमशः सफल हुँदै जानेछन्, निराशाहरू आशावादीमा परिणत हुनेछन् र मेरो डर छेरुवा प्रवृत्ति एउटा साहसिक योद्धाको रूपमा।
आजका दिनहरूमा मैले खाने भोजनको सर्न्दर्भमा यति चनाखो, चासो र महत्त्व दिएको छु कि जसरी हुन्छ भरसक प्रकृत्य खानामा मेरो दिनचर्या बितोस्। मेरो अन्तस्करणले यो प्रमिस गरिसकेको छ कि अबका दिनहरूमा चाणक्य सूत्रमा बताए जस्तो ‘मितभोजनं स्वाथ्यम्’ को महान वाणीलाई सदा सदाको लागि अपनाइरहनेछु। यसै सम्बन्धमा विश्व प्रशिद्ध माइक आदम्सले दिएको टिप्सलाई यहाँहरूका समक्ष स्मरण गराउन चाहन्छु। ‘९५ प्रतिशत घातक रोगहरूको मुख्य कारण अस्तव्यस्त खानपान, खाने कुराको गलत चयन, खाद्य वस्तुहरूमा विषाक्त सङ्घटकको मिश्रण, पोषणजन्य त्रुटि र शारीरिक व्यायमको कमी हो।’ यसै सम्बन्धमा सुप्रतिष्ठित तत्ववेत्ता आचार्य श्रीराम शर्मा भन्नुहुन्छ-‘खाने पिउने उचित ज्ञान नभएसम्म कुनै पनि व्यक्ति ज्ञानी, विद्वान, महापुरुष, सन्तपुरुष हुनै सक्दैन। हामी कसैलाई विज्ञ, विशेषज्ञ, जानकार, दिग्गज तथा प्रबुद्ध व्यक्ति भनी सम्बोधन गछौर्ँ तर हामीले त्यसरी सम्बोधन गरेको व्यक्तिलाई आफ्नै शरीररूपी उपकरणको मूल इन्धन आहारविहारमा उचित ज्ञान छैन भने त्यस्ता श्ाब्दले सम्बोधन गर्नु शब्द शक्तिको दुरूपयोग मात्र हो।’
शारीरिक संरचनाको दृष्टिले शबैभन्दा ठूलो जन्तु हात्ती ताजा घाँसपातले मात्रै त्यत्रो विशाल शरीर घानेर हिँड्छ। हो उसलाई आफ्नो स्वाभाविक आहारबाहेक अरु केही चाहिँदैन। के मानिसले यतिको सानो कुरो पनि पशुसँग सिक्न जान्दैन ( जबकि हामीले पटक-पटक पत्रपत्रिका, टि.भी., रेडियो, समाचार त सुनेकै हो सयुक्त राष्ट्र सङ्को तथ्याड्ढअनुसार रासायनिक विषादिका कारणले विकासशील राष्टहरूमा मात्रै २२ हजार मानिसको प्रतिवर्ष मृत्यु हुन्छ। (डा. राजु अधिकारी, खाने कसरी पिउने कसरी।)
अन्त्यमा हामी सबैले बुझ्नैपर्ने कुरा के रहेछ भने मानवीय मूल्य र मान्यता स्थापना गर्नको लागि भौतिक सुखको क्षण एक प्रकारको कोरा सपना रहेछ। त्यसको अधिकतम् प्रयोगले न व्यक्तिले मुक्ति प्राप्त गर्न सक्छ न स्वयंको पहिचान गर्छ। अपितु मानवीय मूल्य, मान्यता र डिग्निटिको स्वाहा पार्दछ। अर्गानिक खानपान र सकारात्मक सोचाइले मानव मस्तिष्कका हरेक भागमा रचनात्मक र सिर्जनशील संरचनाको उद्घाटन गर्ने भएकोले सदासर्वदा त्यसैमा समर्पित हुनु वाञ्छनीय हुनेछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०