राष्ट्र्रपतिमाथि दुर्र्व्यवहार र महिलाको सवाल

आदर्श समाज सम्वाददाता
पौष ९, २०७२

विद्या भण्डारी नेपालकी राष्ट्रपति हुन्। उनी राष्ट्रपतिमात्र होइन, महिला राष्ट्रपति हुन्। यस अर्थमा उनी देशको प्रथम महिला राष्ट्रपति हुन्। महिला देशको राष्ट्रपति भएकोमा सबैले गर्व गरेका छौँ। तर तिनै गर्विलो इतिहास रचेकी नेपालकै प्रथम महिला राष्ट्रपति विद्या भण्डारी जनकपुर रामजानकी मन्दिर दर्शन गर्न जाँदा अपमानित भइन्, दुर्इ कारणबाट। पहिलो थियो राजनीतिक विरोध, दोस्रो थियो सामाजिक अपमान। राजनीति र सामाजिक भिन्न कुरा हुन्। त्यसैले अपमानित हुनु पर्नाका यी दुबै कारणलाई फरक-फरक ढंगले विश्लेषण गर्नु पर्ने हुन्छ।

राजनीतिक कारण मधेस केन्द्रीत आन्दोलनसँग जोडिएको छ। यति बेला मधेस केन्द्रित दलहरू मधेसमा आन्दोलनरत छन्। उनीहरूका माग कति जायज छन्, कति छैनन् भन्ने आ-आफ्ना व्याख्या, विश्लेषणका विषय होलान्। आन्दोलनमा होमिएको शक्तिले सक्ताको विरोध गर्छ। राष्ट्रपति भण्डारीलाई स्वतन्त्र देशको राष्ट्रपति नभएर सत्ताधारी त्यो पनि एमालकी नेतृ भन्ने आँखाले हेर्ने मधेसवादी दलले उनको भ्रमणमा राजनीतिकरुपमा जुन विरोध जनाए त्यो त्यति ठूलो आलोच्य विषय होइन, जति ठूलो आलोच्य विषय उनीमाथि गरिएको सामाजिक अपमान हो। त्यसैले यो आलेख सामाजिक अपमानको विषयमा केन्द्रित छ।

यो संयोग नै हो, नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी दुबै एकल व्यक्ति हुन्। एकलको समानता रहे पनि असमानता चाहिँ के भयो भने यादव पुरुष र भण्डारी महिला हुन्। महिला र पुरुषबीचको यही खाडलका कारण रामवरण यादवले मुक्तिनाथदेखि जनकपुरसम्म कतै पनि सामाजिक अपमानको सामना गर्नु परेन। तर भण्डारी महिला भएकै कारण उनले सामाजिक अपमान सहनु पर्‍यो। त्यसैले यो विषय सामाजिकमात्र पनि होइन, बरु महिलासँग जोडिएको विषय पनि हो। यो अपमान हाम्रो समाजमा जकडिएर रहेको सामाजिक कुरीतिजन्य संस्कारको प्रतिबिम्ब पनि हो। यो घटनाको विश्लेषण गर्दा हाम्रो समाजमा महिलाको स्थान र समाजको चेतनाको स्तरलाई चटक्क बिसर्न मिल्दैन।

पतिको मृत्यु भए त्यस्तो महिलालाई विधवा र पत्नीको मृत्यु भए त्यस्ता पुरुषलाई विधुर भनिन्छ। विधुवा र विधुर परम्परागत समाजले एकल महिला, पुरुषलाई दिएको अपमानजनक विशेषण हो। एकल महिला र पुरुष दुबैका लागि समाजले विशेषण बनाए पनि एकल महिलालाई भनिने ‘विधवा’ शब्द हरेक नेपालीको ज्रि्रोमा झुण्डिएको छ। तर एकल पुरुषलाई भनिने ‘विधुुर’ शब्द जनज्रि्रोमा नझुण्डिएको मात्र होइन, धेरैलाई त्यसको अर्थ नै थाहा छैन। ग्रामीण समाजमा अहिले पनि एकल महिलालाई सजिलै विधवा भन्ने गरिन्छ, तर पुरुषलाई विधुर भनिँदैन। एकल महिलाले मन्दिर पस्न नहुनेदेखि लिएर शुभ कार्यमा जान नहुने, उसलाई देखे साइत नपर्ने, त्यस्तो महिलाले सेतो पहिरनमा बस्नु पर्ने र कुनै पुरुषसँग सर्ंसर्ग गर्न पनि नहुने बुझाइ छ। जब कि एकल पुरुषलाई पत्नीको मृत्युपश्चात् वर्ष दिन पनि बित्न नपाउँदै हाम्रो समाजले विवाह गर्न छुटमात्र होइन, दवाव नै दिने गर्दछ।

परम्परादेखि नेपाली समाजमा विधवा प्रथा कुरीतिका रुपमा रहेको छ। पछिल्लो समय यो कुरीतिलाई तोड्न केही प्रयास भए पनि यसले अझै मूर्त रुप लिन सकेको छैन। धर्म, संस्कृति र परम्परासँग जोडिएकाले पनि यसलाई तोड्न गाह्रो परिरहेको छ। महिला र पुरुषबीच बुझाइ र सोचाइमै विभेद गरिएको छ। संरचनागत रुपमै जकडिएर रहेको यस्तो विभेदकारी चेतनाको प्रतिबिम्ब हो भण्डारीमाथिको जनकपुरमा भएको अपमान। त्यसैले यो राजनीतिक विषयमात्र नभएर सामाजिक विषय पनि हो। सामाजिक अपमान गर्न, गराउन सममायिक राजनीतिले पनि धेरथोर मलजल त गर्‍यो होला तर त्यसो भनेर यसलाई पूर्ण राजनीतिक आँखाले हेरिनु हुन्न। बरु यसलाई सामाजिक र महिलाको कोणबाट नै हेरिनु पर्छ। किनभने यही राजनीतिक परिस्थितिमा एकल पुरुष राष्ट्रपति त्यहाँ गएको भए त्यहाँ राजनीतिक विरोधसम्म त हुनसक्थ्यो होला तर सामाजिक अपमान भने पक्कै हुने थिए।

अब रहृयो मन्दिरको पवित्रता र अपवित्रताको कुरा। भण्डारी जानकी मन्दिर प्रवेश गर्दा मन्दिरलाई अशुद्ध बनाएको भन्ने सामाजिक, धार्मिक आरोप उनलाई लगाइयो भन्ने कुरा सुन्नमा आए। सामाजिक सञ्जालहरूमा उनीमाथि लाञ्छना लगाइएका स्टाटसहरू बढ्न पाइए। मान्छे मन्दिर पस्दा मन्दिर अपवित्र हुने भन्ने जस्तो जंगली बुझाइ के हुन सक्छ – कुन धर्मशास्त्र र कानुनले एकल महिलाले मन्दिर अपवित्र बनाउने कुरा भनेको छ – कुनै धर्मशास्त्रमा त्यस्तो कुरा लेखिएको नै छ भने पनि त्यो धर्मशास्त्र होइन पापशास्त्र हो। मिल्काइदिनुस्, धर्मशास्त्रका नाममा लेखिएका त्यस्ता पापशास्त्रहरूलाई, जसले महिलाको अपमान गर्छ। होइन भने धर्मका नाममा महिलामाथिको अपमान कुनै पनि अर्थमा तर्कसंगत हुँदैन।

सीताको जन्मभूमि जनकपुरमा महिलामाथि अपमान गरेर जतिसुकै अग्ला तर्क गरे पनि त्यस्ता तर्कहरू पुड्का सावित हुन्छन्। पण्डितका तर्क पनि कुतर्क बन्छन्। आन्दोलनकारी शक्तिको राजनीतिक कुरा आफ्नो ठाउँमा होला। राजनीतिक विरोध गर्न सकिएला पनि। कुनै दिन त्यसको औचित्य पुष्टि पनि होला। औचित्य पुष्टि नभए पनि हाम्रो जस्तो क्षयन्मुखी राजनीतिक खेल हुने देशमा त्यति फरक पनि नपर्ला। कुनै न कुनै विन्दुमा पुगेर राजनीतिक विरोध र बाधा तेस्र्याउने पात्रहरूलाई क्षयम्य पनि होला। तर विधवा भनेर अपमान गरिने जस्तो जंगली सभ्यतालाई आजको एक्काइसौँ शताब्दीको मानव सभ्यताले कदापि स्वीकार गर्दैन र यो क्षम्य पनि हुँदैन। त्यसैले यस्ता कुरामा कुतर्क गरेर आफ्नो अपराधलाई वैधानिकता दिने प्रयास छोडेर महिलामाथि गरिएको दुर्र्व्यवहारमा क्षमा याचना गर्नु पर्छ।

महिलामाथिको अपमान मानव अधिकारको पनि गम्भीर उल्लङ्घन हो। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्नेसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, १९७९ ले पनि महिला विरुद्धको लाञ्छनालाई मानव अधिकारको गम्भीर उल्लङ्घन भनेको छ। त्यसैले महिलामाथि हुने गरेका यस प्रकारका व्यवहारले नेपालको घरेलु कानुनलाई मात्र होइन मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनलाई समेत चुनौति दिन्छ। आन्दोलनरत पक्षले अधिकारको लागि विरोध र आन्दोलन गर्न पाउँछ तर उसले मानवअधिकार र मानवीय कानुनको पालना भने गनै पर्छ।

राज्यका उच्च पदस्थदेखि सर्वसाधारण हरेकलाई स्वतन्त्ररुपमा आवतजावतको अधिकार छ। कसैलाई पनि कहिँ जान वा आउन कुनै पक्षले पनि रोकावट गर्नु हुन्न। तर हामीकहाँ राजनीतिक संस्कार नभएकाले बेला-बेलामा यस्ता अवरोध हुने गरेका छन्। यो सही नभए पनि यस्ता घटनालाई आजकल राजनीतिसँग जोड्दै सहजरुपमा लिन थालिएको छ। यस अर्थमा लिने हो भने जनकपुरमा विद्या भण्डारीमाथि गरिएको राजनीतिक विरोध पनि राष्ट्रपतिमाथि गरिएको राजनीतिक विरोध होला, तर उनीमाथि गरिएको सामाजिक अपमान राष्ट्रपतिमाथि गरिएको अपमान होइन, बरु एकल महिलामाथि गरिएको अपमान हो। एक जना एकल महिलामाथि मात्र होइन, समग्र महिलामाथि गरिएको अपमान हो। त्यसैले यो विषयलाई राजनीतिक आँखाले हेर्ने आँखाहरू बन्द गरौँ र सामाजिक आँखा खोलौँ। यो एक प्रकारको महिला हिंसा पनि हो। त्यसैले यसलाई अधिकारका दृष्टिले हेरौँ। ‘आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन’ भन्ने मानव अधिकारको मर्मलाइ आत्मसात गरौँ।

र अन्त्यमा, देशको राष्ट्रपति भइसकेको व्यक्तिले त महिला भएकै कारण सार्वजनिक स्थलमा यत्रो दुर्र्व्यवहार खेप्नु पर्छ भने दूरदराजमा रहेका एकल महिलाको अवस्था के होला ? हरेक घर-घरमा एकल महिलाको अधिकार कति कुण्ठित होला ? आन्दोलनकारी पक्षबाट पनि महिलालाई सामाजिक अपमान गरेर कस्तो राजनीतिक अधिकारको सुनिश्चितता गर्न खोजिएको होला – एक पटक सबैले मनन् गर्ने कि ?

( लेखक महिला मानव अधिकार रक्षक सञ्जाल, कास्कीकी अध्यक्ष हुन्।­)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width