२०७० चैत्र महिनाको २५ गते तदनुसार इ.सं. २१४ अप्रिल ८ तारिख चैत्र शुक्ल पक्षको नवमीको दिन, मर्यादा पुरुषोत्तम भगवान श्रीराम चन्द्रको जन्मदिन भएकोले यस दिनलाई राम नवमी भनिएको हो। हिन्दु जगतमा राम नवमीको महत्वपूर्ण स्थान रहेको छ। राम नवमीलाई भगवान श्री रामचन्द्रको जयन्ति भनिएको छ। वैद्विक सनातन धर्म मान्नेहरुको लागी ज्यादै पवित्र दिन भनिन्छ। राम नवमी धर्म±संस्कृतिको दिन भनि आएको छ। रामनवमी हाम्रो राष्ट्रिय पर्व हो।
मर्यादा पुरुषोत्तम राम सुर्यवंशी राजाहरु मध्येमा ६४ औ पिता दशरथले आफ्ना गुरु वशिष्टिद्वारा पुत्रष्टी यज्ञ गराएर रानी कौशल्याबाट जन्म लिनुभएका राजा हुन्। त्रेता युगका अयोध्या नरेश श्री दशरथका सुपुत्र हुन्। माता कौशल्यावती जेठी महारानी पट्टकिा जेठा छोरा। रामचन्द्र सीताका आदर्श पति हुन्। भगवान रामचन्द्रले राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाचेर सीता प्राप्त गरेका हुन्। राम मिथिला नरेश जनकका ज्वाई हुन्। तर रामचन्द्र भगवान परमात्मा विष्णुका सातौं अवतार मानिएकाले सृष्टिको पालनकर्ता राम चन्द्र नै हुनुहुन्छ भन्ने विश्वास गरिएको छ सृष्टिको आदीकालदेखि ऐले सम्म संसारमा हजारौं राजाहरुले राज्य गरे। तथापि रामचन्द्रले आफ्नो राज्य कालमा जुन कृति फैलाउनु भयो त्यस्ता कृति कसैले फैलाउन सकेनन्। त्यसैले रामचन्द्र क्षितिपालक भुषण कहलिएका हुन्। सीता जी स्वंयम् लक्ष्मीको अवतार मानिएको छ। रामचन्द्रको अवतार संगै सीता पनि यो धरतिमा जन्मिएकी हुन्।
मर्यादा पुरुषोत्तम रामचन्द्र स्ययम् विष्णुको साकार स्वरुप हुनुहुन्छ र सीता स्वयम् लक्ष्मीको अवतार भएको हुंदा दुवै पुजनिय छन्। राम सीता हाम्रै हिन्दु धर्म संस्कृतिका धरोहर हुन्। त्यसैले चैत्र शुक्ल पक्षको नवमिलाई मर्यादा पुरुष श्री राम चन्द्रको जन्मदिन भनि श्रद्वा पूर्वक भक्तिभाव पूर्वक मानीरहेका छौं। हिन्दु जगतको महान पर्वको दिन आफ्ना घर छिमेकमा रहेका राम मन्दिरमा स्थापित रामचन्द्र र सीताजीको मुर्तिमा भक्ति पूर्वक पुजा अर्चना गरीन्छ। राम नवमीको दिन जनक पुरमा रहेको सुप्रसिद्ध राम जानकी मन्दिर काठमाण्डौंको पशुपतिनाथको पूर्व तर्फको मृगस्थलीमा रहेको राम मन्दिर, पोखरा उप-महानगरपालिका वडा नं. १७ मा रहेको राममन्दिर समेत सुप्रसिद्ध छन्। राम नवमिको दिन यि मन्दिरहरुमा भक्तजनको घुर्इचो लाग्ने गर्दछ। जनकपुरको राम जानकी मन्दिरमा मित्र राष्ट्र भारतका भक्त जनहरु ठुलो सख्यामा आउँछन्।
सीता मिथिला नरेश सिरध्वज विदेह जनककी छोरी र अयोध्या नरेश रामचन्द्रको पत्नी हुन्। सीताको रामायणमा महत्वपूर्ण तरिकाले वर्णय गरिएको पाइन्छ। हलोले खेतमा काटेको रेखाबाट उत्पत्ती भएको कन्यालाई राजा जनकले पालन पोषण गरी उमेर पुगेपछि स्वयमवरको आयोजनाद्वारा राम चन्द्रको जिम्मा लगाएका थिए। सीता दिव्य गुणकी अक्षय भण्डार थिइन्। आदर्शकी प्रतिमूर्ति थिइन। सहन सिलताकी खानी थिइन। सानै उमेर देखि प्रतिभासम्पन्न सीता रामचन्द्रसंग विवाह भएपछि पवित्र गन्थ रामायाणलाई नै पूर्णता प्रदान गरेकी छन्। सीताको चरित्र ज्यादै पवित्र भएपनि भाग्यवस चारित्रीक लाङछानाको प्रतिकार गर्न जीवनकालमा पटक पटकको अग्नि परीक्षाँमा उत्रिण भएपनि अखिर बनवास वेहोर्र्नु परेको थियो। यस्तै हु“दो रहेछ विधीको विडम्वना जेहोस् हाम्रा निमित्त दुवै पुजनिय छन्।
यसैले चैत्र शुक्ल पक्षको नवमीको दिनलाई धार्मिक तथा संस्कृति दृष्टिले महत्वूण्ा पर्व मानी श्री रामचन्द्रको भूर्तिको बाया पट्टि सीताको मुर्ति राखि श्रद्धा पूर्वक दियो कलव गणेश स्थापना गरी रामचन्द्र ± सीतालाई आवाहन गरी आशनमा राखि अर्घ, जल, चन्दन, अक्षता, फुल, फल, धुपमा दिप नैव्यद्य चलाई पुजा गरी हातमा फूल लिई प्राथना गने गरिन्छ।
“कुनै एक समयमा सुतीक्ष्ण नाम गरेका मुनीले राम नवमिको व्रतको महत्व र यसको उपादेयको बारेमा अगस्त्य ऋषि संग प्रश्न गरेका थिए। सुतिष्ण मुनिको प्रश्नको उत्तरमा अगस्त्य मनुषिले भन्नु भएको रहेछ। राम नवमिको रहस्यमय गोप्य व्रत भन्दछु सुन। राम नवमीको राम चन्द्रको जन्म दिन हो। जन्म दिनमा जागरण बसी राम चन्द्रको मुर्तिमा पुजा गरी मोलिपल्ट आफ्नो नित्यकर्म गरी भक्ति पूर्वक ब्राम्हहरुलाई दान गरुी भोजन गराई दान गरेमा जन्म जन्मान्तरका पाप नास भै त्यो व्यक्ति राम मय भै राम सरह नै हुनेछ” भनी राम नवमि व्रत कथामा उल्लेख भएको पाईन्छ।
हिन्दू जगतको महान पर्वको रामनवीको दिन भगवान श्री राम चन्द्रका अमुल्य बाणिहरुको तथा चरित्रको र सीताजीको आदर्शको सम्झना गर्न हाम्रो अमुल्य गन्थ रामगीतामा प्रवेश गरेको छु। संधै आफ्ना दाजु रामचन्द्रको टहलमा तल्लीन भएर राम चन्द्रकै सेवा गरि रहेका लक्ष्मणलाई एक दिन यो भौतिक संसारदेखि छुटकारा पाउने उपायको खोजी गने जीज्ञासा आयो र स्वयम् श्री विष्णु अवतार राम चन्द्रका चरणमा परि प्राथना गर्दछन्। हे प्रभो। संसार रुपी यो कालको मुखबाट छुटकारा पाउन म तपाईको चरणकमलको सरणमा आएको छु। जुन उपदेशले म यो अज्ञान रुपी संसारबाट पार भै परमानन्दको प्राप्त स्वरुप मोक्ष्ँ प्राप्त गर्न समर्थन हुन सक्दछु म माथी कृपा गरी त्यो उपदेश मलाई दिनुहोस्” भनी हात जोडी पाउ पर्दछन्।
जसरी श्रीमद्भागवत गितामा श्री कृष्णले अर्जुनलाई प्रति सिधि पात्र बनाई भौतिक संसारबाट पार हुने रहस्य बताउनु भएको छ। त्यस्तै राम गीतामा पनि रामचन्द्रले भाई लक्ष्मणलाई प्रतिनिधी पात्र बनाई मोक्ष प्राप्त गने उपदेश गर्नु भएको छ। ब्र≈मज्ञान प्राप्त गने उद्देश्यले भगवान श्री रामचन्द्रको शरणमा गएका लक्ष्मणलाई राम गिताको सातौ श्लोक “आदौ स्ववर्णा श्रमवणिता क्रिया” यहा“बाट ब्र≈मतत्वको उपदेश प्रारम्भ गरी “यस्तस्य हृश्योडहर्निशे हृदि” संग साधना सहितको ज्ञान उपदेश गर्नु भएको छ। राम चन्द्रजीका उपदेश अनुसार यो काल रुपी संसारलाई पार गरी मोक्ष्ँ प्राप्त गने उद्देश्य राख्ने मुमुक्षहरुले आफ्नो आफ्नो वर्णयर आश्रमका लागी शास्त्रले बताएको निर्दिष्ट कर्म गरी अत्तँस्करण सुद्धि गर्नु पर्दछ।
अन्तस्करण सुद्ध नभई ज्ञान हुंदैन। ज्ञान विना मोक्ष्ँ प्राप्त हुंदैन। सांसारिक दुखको कारण अज्ञान हो। अज्ञानको नाश गर्नु नै जिवनको परम पुरुषार्थ हो। विषय तर्फ उन्मुख सम्पूर्ण इन्द्रियहरुलाई विषयबाट छुर्टाई आत्म चिन्तनमा लगाउनु पर्दछ। जवसम्म शरिरमा आत्मवुद्वि गरी रहन्छ, मोक्ष प्राप्त हुंदैन। हे भाई मोक्ष प्राप्त गर्न गुरुबाट तत्वमसी आदी महावाक्यको श्रवण गरी जिव र ब्रम्हको एकतफि बोध गर्नु प्रत्येक जिवको परमकर्ता व्य हो। श्री रामचन्द्र भन्नुहुन्छ “यो सम्पूर्ण हृश्य मान चराचर जगत मबाट नै उत्पन्न भएको हो। ममा नै स्थित छ र अन्त्यकालमा म मा नै लिन हुने हो। यसैले या चराचर जगत र ममा कुनै भिन्नता छैन। यो कुरा तिमिले राम्रोसंग बुझौ भने ज्ञान प्राप्त हुन्छ। अनि मात्र मोक्ष सम्भव हुन्छ।
हेभाई लक्ष्मण मैले तिमिलाई बताएको ज्ञान वेदको वास्तविक तार्त्पर्य भएकोले यो महत्वपूर्ण हुनुको साथै गोपनिय पनि छ। कुनैपनि साधकले यो ज्ञान प्राप्त गर्दछ भने सम्पूर्ण पाप नाश भै यसै जन्ममा मोक्ष प्राप्त गर्दछ। “जगत मिथ्या हो र आ“फु चैतन्य स्वरुप हो भन्ने दृढ विश्वास राख्नु अति आवश्यक छ” सम्पूर्ण शास्त्रहरुको तातपर्य जीव र ब्रम्हको एकता हो। राम गीतामा श्री रामचन्द्र भन्नु हुन्छ- संसार भय र शोकको कारण हो।
आदैच मध्येच तथैव चान्ततो।
भर्व विदित्व भयशोक कारण म।।
हित्वा समस्त विधिवाद चो दिनम् ।
भजेत्स्वमात्मान मथा खिला त्मनम्।।
भूत, वर्तमान भविश्य यी तिनै कालमा यो संसार भय र शोकको कारण हो। यो वास्तविक कुरा बुझेर सम्पूर्ण प्राणिहरुको हृदयमा साक्षी स्वरुप रहेका परमात्मा को निरन्तर भजन गर्नु यसैमा जीवको कल्याण छ। मोक्ष प्राप्त को बाटो खुल्दछ। “हे भाई लक्ष्मण। मैले तिमिलाई भनेका मुक्ति शुत्रहरु सवै वेदका वास्तविक तत्वहरु हुन्। यि शुत्रहरु अत्यान्त गोपनिय छन्। यि वास्तविक वेदका शुत्रहरु अरुको अनुसरण गरेमा यसै जन्ममा ज्ञान प्राप्त गरी मोक्षको अधिकारी बन्नेछौं। भनी श्रीराम चन्द्रजीले भाई लक्ष्मणको जिज्ञासा पुरा गर्नु भएको छ। हामी पनि गुरु वाक्ये र वेदका शुत्रहरुको अनुसरण गरी मोक्षको बाटोतिर लागौं।
जय श्रीराम
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१