राप्रपा नेपालको सोच,प्रतिगामी होइन, अग्रगामी बनोस्

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७१

मानव समाजका हरेक अवयवहरू मानव विकास र उसको पक्षपोषणको लागि सदा तत्पर रहनुपर्छ। मानवका हरेक प्रगतिशील स्वभावका अद्वितीय भावनाहरूलाई वैयक्तिक रूपमा भन्दा सामूहिक भावनामा समेट्नु र उनीहरूको स्वभावमा आएका नयाँ विचारहरूलाई परिलक्षित गरेर अगाडि बढ्नु मानव हुनाको अर्थ र महत्त्व राख्छ। पुराना कुराहरूमा र पुरानै शैलीको ढाचालाई मूर्तरूप दिनुपर्छ भन्ने कतिपय पश्चगामी सोचले स्वयं र त्यसमा आश्रति अन्यलाई पनि बर्बाद तुल्याउँछ। वर्तमानमा भएका सबै प्रकारका अत्याधुनिक वस्तुहरूको प्रयोग गर्न कत्ति पछि नपर्ने तर सोच भने १६ औं शताब्दीकै राख्ने हो भने ‘गराइ र भनाइ’ मा बेमेल भयो कि भएन ? आफैले राम्ररी बुझ्ने कुरा हो।

राप्रपा नेपाल एउटा अचम्मको पार्टी बन्यो। राप्रपा नेपाल त्यतिबेला अचम्मको पार्टी बन्यो जब यसले संविधानसभा २ (२०७०, मड्सिर ४) को चुनावमा अकल्पनीय सिट सङ्ख्या प्राप्त गर्‍यो। जनताको मायापाउने अन्य पार्टी रूको तुलनामा मुटुदेखि आत्मीयता गाँस्ने यो मात्रै पार्टी बन्न सफल भयो। यसको वास्तविकता भनेको धेरै छैनन्। धेरै होइनन् २ वटा पनि छैनन्। केवल एउटा हो। त्यो भनेको के हो भने नेपाललाई ‘हिन्दू राज्य’ बनाउनुपर्छ भन्नेहो।हामी करिब ८१ प्रतिशत नेपालीहरू जन्मदैमा हिन्दू भएर जन्मन्छौं। हाम्रो सस्कार, बोलीबचन, भेषभूषा, खानपान सबै हिन्दुत्वको आत्मीयतासँग गाँसिएको छ। अन्य भाषा र धर्मको उत्तिकै यहाँ महत्त्व र सम्मान भए तापनि ‘नेपाल’ भन्ने बित्तिकै ‘हिन्दू राज्य’ भन्ने सम्झना सबैलाई पर्छ। जसरी ‘बस’ भन्ने बित्तिकै एउटा गुड्ने टायरको पाड्ग्रा भएको मानिस बोक्ने साधन भनेर बुझिन्छ। ‘पानी’ भन्ने बित्तिकै खोलानाला वा नदीमा कलकल बग्ने वा हामीहरूले पिउने पानीको सम्झना आउँछ। ‘लुम्बिनी’ भन्ने बित्तिकै जसरी ‘गौतम बुद्घको’ सम्झना आउँछ भने ‘नेपाल’ भन्ने बित्तिकै हिन्दूको सम्झना आउँछ।अन्य पार्टी रूमा पनि त्यस्तो केही न केही नभएको होइन जस्तो कम्युस्िट भन्यो भने रुस, चीनआदि देशहरूको सम्झना आउँछ भने प्रजातन्त्र भन्यो भने अमेरिका, बेलायत, भारत आदिको सम्झना आउँछ। तर माओवादी भन्यो भने चीन हुँदै नेपाल भित्रिएको एउटा पार्टिभिन्ने बुझिन्छ।  विशुद्घ रूपमा ‘कम्युनिस्ट’ र ‘काड्ग्रेस’ भन्दा सायदै नेपाल र नेपालीको संकेत मिल्छ। त्यसैले एउटा जन्मजात अस्तित्वको पोको बोकेर हिँड्न सफल राप्रपा नेपालको थोर बहुत अन्य पार्टिभिन्दा बढी चिनारी छ भन्दा कसैले जिउरो निकाल्नुपर्दैन।

राप्रपा नेपालले नेपालको विकास कसरी गर्ने र यसको विकासको लागि पूर्वाधारहरू कसरी कोर्ने भन्दा पनि  नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेर रटान गरिरहेको छ। तर हिन्दू राज्यको निर्मल प्रकाशले कसलाई के के फाइदा हुन्छ भन्जे सम्बन्धमा उसले अझैसम्म बलियो तर्क पेश नगरिसकेको अवस्था छ। अधिकांश नेपाली जनता हिन्दू छन् त्यतिमात्र होइन अझै गजबको कुरा त के छ भने गैर हिन्दूहरू पनि यहाँका हिन्दूहरूलाई सम्मान प्रकट गर्छन् यो भन्दा पनि गजबको कुरा त हिन्दुत्वमा यति लचकता र समानता छ कि हामी अल्पसङ्ख्यक फलाना धर्मका हौं भन्ने महसुस गैर हिन्दूहरूलाई कहिल्यै कतै परेको छैन। सुनिन्छ, डलर खुवाएर आफ्नो सनातनधर्मको खिल्ली उडाएर अन्तै जानेवालाहरूलाई पनि हामीले त्यत्तिकै सम्मान र आदर गरिरहेका छौं।

मलाई यसो भन्दा पनि पाप नलाग्ला कि यही हिन्दूहरूको अत्यन्त  उदार भावले गर्दा कुनै दिन यहाँ हिन्दूहरूको ‘शिला’ खोज्न नपरोस्। हिन्दूधर्मको सबैभन्दा डरलाग्दो राक्षसी रूप भनेको जातीय विभेद हो। यो जातीय विभेदको सर्न्दर्भमा राप्रपा नेपालले आफ्नो विधानमै प्रमुख धारा बनाएर सदियांैदेखिको विभेदलाई अन्त्य गर्ने जमर्को गर्‍यो भने एकातिर सम्बन्धित जनताको मन जित्ने र अर्कोतिर हिन्दुत्वको जगेर्ना गर्नमा समेत सजिलै टेवा पुग्ने कुरामा दुर्इ मत रहँदैन।त्यसैले यसको लागि पनि राप्रपा नेपालको सोच पुगोस् भन्न चाहन्छु । पार्टीले हिन्दू धर्मको लागि एउटा माखो पनि नमार्ने तर हावा तालमा ‘हिन्दू राष्ट हुनुपर्छ’ मात्र भन्यो भने यसको कति प्रभावकारी होला एउटा गम्भीर सोचनीय विषय हो।

राप्रपा नेपालको सबैभन्दा दुर्वल पक्ष भनेको  राजालाई  बिउँताउन खोज्नु हो। ‘राजाबिना देशचल्दैन, राजा आऊ देश बचाऊ भन्नु हो। राजाबिना नेपाल राष्ट्रको अस्तित्व छैन भन्नु हो।’- यो वास्तविकता कुनै धर्म वा भाषाभाषीले विर्सन हुँदैन कि आम नेपाली जनताले लडेका २००७ साल पछिका अधिकांश आन्दोलनहरू राजाबाट अधिकार प्राप्त गर्नको लागि गरिएका थिए। यतिमात्र होइन राजदरवारले नेपाली जनतालाई कति हद्सम्म दबाएर राख्न चाहन्थ्यो भन्ने कुरा जो कोही जिउँदा सर्वसाधारणले बताउन सक्छन्। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह देवले गरेको अनुपम कार्यबाहेक राज्य र जनताको चेतना बढाउने सर्न्दर्भमा समय अत्यन्त्य अनुकूल हुँदाहुँदै पनि अन्य राजामहाराजले सर्वसाधारणको लागि धेरै गर्न चाहँदैनथे। राजाहरूले जनतालाई सुविधा, वैज्ञानिकता र आधुनिकतातिर लम्काउन भन्दा पनि त्यसलाई कसरी हुन्छ लिङगरिङ्गर्ने भन्नेतिर उन्मुख रहन्थ्ये। राजसंस्थाको प्रत्यक्ष छहारीमा नेपालको विकास एकदम माथि पुग्नुपर्ने अवस्था हुँदाहुँदै पनि दरवारीयाहरूको सुख सयलको कारणले सधँै हामी भिखमग्गा भएर बस्न बाध्य हुनुपर्‍यो यही हो तत्कालीन अवस्थाको नमीठा पक्षहरू। यस प्रकारको प्रशस्त नमीठा पक्षहरू हुँदाहुँदै पनि राजामहाराजाहरूको सम्झना आइरहने बाध्यता हामीलाई पर्नुको मुख्य कारण भनेको आजका हाम्रा नेताहरूको अपच कार्यशैलीको कारणले गर्दा हो।अझै भनौं हाम्रा नेताहरूको बचकनापनको कारणले हो। जसलाई हामीले राम्रो नेता भनेर चिन्छौ, उही भ्रष्टाचारको कारणबाट कैदीको रूपमा जीवन गुजार्न पुग्छ) को बाध्यताले हो। असल नेता बनेर हिजोका महाराजाहरूले गर्न नचाहेका तर जनहितका कुराहरूलाई जनतासमक्ष पुर्‍याउन नसक्ने खुबी नभएका नेताहरूको कारणले गर्दा उमेरले पाका मानिसहरू फेरि त्यही चाहियो भनेर छटपटिनुकोकारण हो।

राप्रपा नेपाल जतिसुकै मच्चिन चाहेर पनि नमच्चने एउटा गजबको कारण हो आफ्नो परिवारको अन्य सदस्यहरूले साथ नदिनु। अधिकांश राप्रपा नेपालका कार्यकर्ताहरूको आफ्नो परिवारसँग कुरा मिल्दैन। त्यतिमात्र होइन, उनका जीवन सङ्गीनीहरूको पनि स्वर एउटै छैन। सयौं कार्यक्रममा उपस्थित उनै बुढाहरूको मात्र हुन्छन् जसले आफ्नै परिवारबाट समेत पूरापूर साथ पाएका हुँदैनन्। परिवारबाट पूर्णरूपले सहयोग नपाउनुको वास्तविक कारण भनेको यस पार्टीको विचार, सिद्धान्त र लक्ष्य समयानुकूल नहुनु हो। समयको गतिलाई आत्मसात नगर्नु हो।नविन र महानविचार जनहृदयका साखहरू हुन् जसलाई व्यक्तिले धेरै हद्सम्म भोलिको परिपक्व मार्ग ठान्छ। यही परिपक्व मार्ग राप्रपा नेपालले अवलम्बन गर्न सक्यो भने केवल पार्टी होइन समग्र देशको अवस्थामा कायापलट हुन सक्छ। किन राप्रपा नेपाल त्यो सोचाइ र गम्भीरतालाई सिरियसली लिँदैन ? यो उसको बाध्यता हो कि जबर्जस्ती ? नयाँ पदाधिकारीहरूको नयाँ जोस र सोचले यसलाई कसरी लिने छ, अब हेर्न बाँकी छ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width