राडी खाने गाई

आदर्श समाज सम्वाददाता
असार १३, २०७३

नेपालमा एक सय चार वर्ष राणा प्रधानमन्त्रीहरूले शाासन गरे। यो कथा त्यही समयको हो। राणा कालमा आजको जस्तो जिल्ला, अञ्चल र सवोर्च्च अदालत भन्ने कुनै निकाय थिएन। जिल्लादेखि काठमाडौं केन्द्रसम्म पनि आजका जस्ता न्यायाधीशहरू थिएनन्। जनताका मुद्दा, मामिता जिल्ला-जिल्ला र केन्द्रमा पनि डिट्ठा, बिचारी र खरदार भन्नेहरूले फैसला गर्थे। उनीहरू बडो स्वेच्छाचारी घूस्याहा हुन्थे। सरकारी कर्मचारीमा त्यो बेलादेखि घूस लिनेदिने, भ्रष्टचार गर्ने चलन भएको हुनाले आजसम्म पनि घूस खानु कर्मचारीको संस्कार-संस्कृति नै बनेको छ। जसले गर्दा दण्डहिनताको कुरा कुरामै सिमित भएको छ। दण्डहिनता अन्त्यको सशक्तताको अभावमा कर्मचारीतन्त्रमा भ्रष्टचारको संस्कार-संस्कृति यथावत हावी भइरहेछ। यसको जरियाको एतिहासिक एक प्रसङ्ग यस्तो छ।

राणा प्रधानमन्त्री पद्मशमशेरको शासनकालमा हालको रामेछाप जिल्लामा ठूलो जात भन्ने गाउँका ठूलाठालु धनञ्जय थापा क्षेत्री र गरिब किसान कामी मगरको बीचमा जग्गा मुद्दा पर्‍यो। धनञ्जयले मगरको जग्गा जबर्जस्ती मिचेर आफ्ना जग्गामा मिलाएको थियो। त्य मुद्दा हेर्ने डिठ्ठा उमेशराज शर्मा थिए।

न्याय पाउनका लागि पनि हाकिमको चाकरी गर्नुपर्ने र घूस दिनुपर्ने अनौपचारिक चलन भएको हुनाले मगर किसानले डिट्ठाकहाँ गएर अब्बल -एक नम्बरको) राडी टक्रयाउँदै भने, ‘डिट्ठा साहेब यो राडी एकदम अब्बलको छ। हजुरलाई टक्रयाएको छु। म अन्यायमा परेको छु । लेखट भोगेको कुराले मेरो हकको जग्गा देखिँदा पनि धनञ्जय काजीले बलमिचाइँ गरेर आफ्नो जग्गामा मिलाए। काजी बोलेपछि छरछिमेकी चुइक्क पनि मेरो पक्षमा बेल्दैनन्। न्यायको कुरा गर्दैनन्, हजुरबाहेक मेरो कोही छैन। मलाई न्याय दिनुहोला, जिताई दिनुहोलाुु भन्दै अवरुद्ध घाँटीले भुइमा घँुडा टेकी हात जोडी ढोग दिए। डिट्ठा साहेबले ओल्टाइपोल्र्टाई हेर्दै राडीलाई मनमनै मुल्याङ्कन गरे। ‘साँच्चै अब्बलकै रहेछ। यस्तो राडी अहिलेसम्म देखेकै थिइनँ। डिट्ठाको आँखामा फूल फुल्यो। राडीलाई पल्टाइवरी सकेर, सरक्क मिलाई छेवैमा थपक्क राखेर बोले, ‘ठीक छ। राडी अब्बलकै रहेछ। मलाई मन पर्‍यो। अब तैँले धन्दा मान्नै पर्दैन। तेरै जित हुन्छ। कागत, प्रमाण र भोगचलनको जित नभई अरु केको जित हुन्छ तझ्’

‘डिट्ठा साहेवको जय होसझ्’,  डिट्ठाको खुट्टानिरै टाउको राखेको हात आकाशमा उठाउँदै कामी मगर घुँडा टेकेरै उठे। आँखामा टिल्पिलाएको आँसु हत्केलाले पुछ्दै आफ्नो बाटो लागे।

त्यो कुरा धनञ्जयले थाहा पाएछ। ‘लौ बित्यास पार्‍यो’ भन्दै हत्त र पत्त दौरा, सुरुवाल, कोट, टोपी र जुत्ता लगाएर हस्याङ्फस्याङ्  गर्दै, एक घण्टाको बाटो आधा घण्टामै हिँडेर डिट्ठाको घर पुगे। चैत्र महिनाको बिहानी पखको जाडोमा घाम तापेर, हातमा हाते रेडियो (ट्रान्जिस्टार) लिएर रेडियो सुन्दै गरेका डिट्ठाको अगाडि उभिएर विनम्रतापूर्वक नमस्कार गरेर झुके। रेडियो बन्द गरेर, नमस्कार फर्काउदै डिट्ठा बोले, ‘के हो काजी- एका बिहानै स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै एता कता-’ नमस्कारको जोगेका हात यथावत् राख्दै धनञ्जयले भने, ‘हजूर वित्यासै पार्‍यो निझ् म हाजिर हुनुभन्दा अघि, त्यो कामी मगर हजुरकहाँ आइसक्या रैछ। हजुरले कागत, प्रमाणको आधारमा उसलाइ जिताइबक्सेला नि। कागत प्रमाणभन्दा आजकाल साछी प्रमाण बलियो हुन्छ हजूर। साछी प्रमाणको आधारमा हजुरलाई फैसला गरिबक्सनु पर्छ। मैले साछी प्रमाण ठीक पारिसकेको छु। त्यसैको आधारमा मलाई जिताइबक्सेला। जोडेको दुबै हत्केला मल्दै डिट्ठालाई सजग तुल्याउन भन्दै गए, ‘त्यो मगरलाई जिताएर हजुरको नाम चल्दैन के रे। त्यसको के छ र ? मलाई जिताइबक्यो भने गाउँभरि हजुरको नामको चर्चा हुन्छ। मेरा  मान्छेहरूले मलाई जितएकोमा सबैले हजुरको जयजयकार गर्छन्।

‘हँ’, डिट्ठाले आँखा नचाउँदै बोले, ‘दूध कति दिन्छ नि ?’

‘बिहाना दुर्इ माना, दिउँसो दुइ माना, साँझा दुर्इ माना गरी दिनको ६ माना दूध दिन्छ।’ धनञ्जयले कुरा थपेर भने, ‘दूध पनि बाक्लो र स्वादिलो छ, डिट्ठा साहेब।’

‘ल, ल ठीक छ’, डिट्ठाले सङ्कल्प लिँदै भने,’  ‘फैसला तपाईकै पक्षमा हुन्छ।’ मुद्दाको औपचरिकता पर्‍याएपछि, डिट्ठाले साछीहरूको बकपत्र प्रमाणको आधारमा धनञ्जयको पक्षमा फैसला सुनाए। फैसला सुनेपछि कामी मगर इन्तु न चिन्तु भई बेहोस भए। तर उनलाई बेहोसबाट ब्युँताउने कोही भएन। सबै धनञ्जय र डिट्ठाको जय मनाउँदै, उसको जितको खुसीयाली मनाउन, धनञ्जयलाई फूलमाला र अबिर लगाएर अघि लगाउँदै गए।

बेहोसबाट ब्युँझेपछि कामी मगर आफ्नो घर लागे। भोलिपल्ट रुँदै डिट्ठाको घर गए। धनञ्जय र उनका मान्छेहरूले डिट्ठाको घरआँगन भरिएको थियो। डिट्ठा उठेको पिँडीमा बसेर सबैलाई उनको न्यायको प्रशंसा गरेकोमा स्यावासी दिँदै थिए। कामी मगर आँगनमा पुगेर अवरुद्ध कण्ठले चिच्याएर बोले, ‘डिट्ठा साहेव, हजुरले राडीमा बसेर न्याय गर्नु भएन।’

मगरको चर्को आवजले सबैको ध्यान उतैतिर गएको चाल पाएर डिट्ठाको आँखा रिसले रातोपिरो भयो र कामी मगरलाई हपार्दै बोले, ‘तेरो राडीलाई गाईले खाएपछि मैले के गर्ने, कहाँ बस्ने-’ डिट्ठाको जवाफ सुनेर उपस्थित भलादमी, टोलछिमेकी सबै गलल्ल हाँसे। तर कामी मगर भने फेरि मुछा परे, बेहोस भए। त्यो पालि उनी बेहोसबाट ब्युते कि ब्युतेनन्, थाहा भएन।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width