राजनीति बुझन आवश्यक छ, गर्न होइन

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७०

नेपालमा संविधानसभाको दास्रो निर्वाचनको तयारी भइरहेको छ । देशमा पहिलो संविधानसभाको निर्वाचन २०६४ लाई छाडिदिने हो भने चुनाव नभएको लगभग १६ वर्ष पुगेको छ । बहुदलीय व्यवस्थामा १६ वर्ष चुनाव नहुनु, स्थानिय निकाय कर्मचारीले चलाउनु, ठूलो राजनीतिक दलले हिंसात्मक राजनीतिमा विश्वास गर्नु, प्रजातन्त्रिक आस्था भएका दलहरू समेत गैर प्रजातान्त्रिक आचरण र कृयाकलापमा संलग्न हुनु, जनताको चेतना स्तर न्युन हुनु हाम्रो पछौटे पनको कारण हो ।

हुन त बहुदल आउनुभन्दा पहिले पनि कुनै राम्रो अवस्था थिएन तर शान्ति सुरक्षाको अवस्था अहिलेभन्दा राम्रो थियो भन्ने पुराना पाका मानिस धेरै भेटिन्छन् । अहिले २५।३० वर्षका युवालाई पञ्चायत कस्तो थियो थाहा छैन तर अहिले कस्तो हुँदैछ र हाम्रो देशको अवस्था कति पछौटे रहेको छ त्यो भने थाहा पाउने भएका छन् । थाहा पाउने वातावरण बहुदलिय व्यवस्था र खुल्ला परिवेशले नै दिएको हो ।

हाम्रो राजनीतिक पद्धति जस्तो सुकै भएपनि त्यसले नागरिकलाई उद्यम गर्न सिकाएन । उद्यमी बन्न प्रेरित गरेन । बरु जेनतेन उद्योग-व्यवसाय गरिरहेकाबाट ‘लिएर’ काम चलाउने संस्कृतिले बढावा पायो ।

बहुदल ल्याउने राजनीतिक दलले पञ्चायतकालभरि सिकाएको कुरा भनेको देश विकास र नागरिकको सम्पन्नता भनेको देशमा बहुदलीय व्यवस्था स्थापना भएपछि भइहाल्छ भन्ने हो । त्यो त्यतिखेर ठीकै पनि थियो होला । तर बहुदल आइसके पछि देश विकास कसरी हुन्छ भन्ने सिकाउनुपथ्यो त्यसमा सरिक गराउनुपथ्यो । त्यो सिकाइएन र गराइएन । यो अवधिमा धेरै नक्कली व्यवसायीले धुरी चढने मौका पाए । सक्कली व्यवसायी धरासायी भए ।

राजनीतिक दल र तिनका नेता कार्यकर्ताले भन्ने गरे ‘चुनावमा हाम्रो पार्टीकाई भोट देऊ, हाम्रो पार्टीकाई जिताउ, हाम्रो पार्टीका नेता सरकारमा गएपछि, हाम्रो पार्टीको सरकार बने पछि देश विकास हुन्छ नागरिक सम्पन्न हुन्छन्’ । तर पार्टीले कसरी देश विकास गर्छ भन्ने बारेमा खासै बहस छलफल चलाइएन । बाटो देखाइएन ।

बहुदल आएपछि देशभन्दा पार्टीठूलो, पार्टीन्दा नेता ठूलो भन्ने भान पर्ने गरि पार्टीर नेताको बर्ढाईचर्ढाई गरियो । कम्युनिष्ट पार्टीका अहिले पनि सदस्यता प्राप्त गर्ने बेलामा खुवाइने सपथमा म पार्टीको लागि आवश्यक पर्दा आफ्नो ज्यान दिन तयार हुनेछु, कत्तिपनि हिच्किचाउँदिनँ भन्ने आसयको उल्लेख हुने गरेको छ ।

यसको आसय भनेको पार्टीर पार्टीको निर्णय भन्दा ठूलो यो दुनियाँमा केही छैन त्रि्रो ज्यान पनि त्योभन्दा ठूलो होइन भनिएको हो । तर व्यवहारमा पार्टीन्दा पद र प्रतिष्ठा ठूलो, पद र प्रतिष्ठाभन्दा पैसा र सुविधा ठूलो हुने गरेको छ । त्यो सपथ अहिले पनि छँदैछ तर पालना नेताले पनि गरेनन् त्यसैले कार्यकर्ताले पनि गर्दैर्नन् । यो विधि भनेको गाईको पुच्छर समातेर बैतर्नी तरेपछि स्र्वर्ग पुगिन्छ भन्ने कर्मकाण्डी ब्राÞमणको वाक्यभन्दा कुनै मानेमा उत्तम छैन । यी दुवै कुरा उस्तैउस्तै हुन् । त्यसैले अहिले पनि पुच्छर समातिन्छ, अहिले पनि सपथ खाइन्छ खुवाईन्छ । यो सवै लोकलाजका लागि हो । बरु पुच्छर समाउनेको आस्था होला तर यस्तो सपथ खानेको चाहिँ छैन भन्ने लाग्छ ।

बहुदल आएपछि धेरै मानिस आँखा चिम्लेर राजनीतिक दलको पछि लागे । दलले जेभन्दा मानिस आफ्नो पछि लाग्थे त्यही भने । अझ चुनावमा त के के भने के के त्यो भन्नेलाई नै थाहा छैन । सुन्नेले सम्झेर के काम ।

दलको पछि लागेका मानिसलाई यस्तो लाग्थ्यो आफ्नो दलले, आफ्नो नेताले जिते देश स्र्वर्ग बन्छ र अरुले जिले देश नर्क बन्छ । कसरी स्र्वर्ग बन्छ र कसरी नर्क बन्छ त्यो भन्न कोही तयार छैन किनकि त्यो त सिकाएकै छैन । गालि गर्न सिकाएको छ र आफूमात्रै ठीक हो अरु बेठीक हुन् भन्न गरिएको छ ।

सरकार बनाउने दल र तिनका नेताले आफ्ना पार्टीभित्रका आफ्ना गुटका बाहेक अरुलाई कार्यकर्ता त के जनता नै मान्न तयार भएनन् । सत्तामा पुगेपछि जनताको खोसेर आफ्नो भागमा पार्ने र त्यसबाट अलिअलि उभारेर आफ्नो वरिपरिकालाई भाग लगाउने र सत्तामा, पार्टीका पदमा टिकिरहने दुर्इपैसे सोचमा नेता रहे । केही झरिहाल्छ कि भनेर पछिपछि लाग्ने र नेतालाई खुसी पार्ने चरित्र कार्यकर्ताको बन्यो ।

धेरै पुराना र इमान्दार कार्यकर्ता पार्टीका भेला बैठकमा उतिसारो देखिन छाडेका छन् । किनकि तिनलाई चिन्ने मानिस पार्टीका पातलिदै गएका छन् । तर उनीहरू पार्टीछाडिहाल्न पछि सक्तैनन् । पहिलो कुरा त केही झरिहाल्छ कि, केही पाई हालिन्छ कि भन्ने आस मरिसकेको छैन । दोस्रो कुरा छाडे पछि जाने कहाँ – अलिअलि चिनेजानेका साथीसंगी र लामो समयको योगदान भएको पार्टीचटक्क छाड्ने आँट हत्तपत्त आउँदैन । त्यसैले धेरै पुराना पार्टीका पुराना कार्यकर्ता आफ्नै पार्टीकाई गाली गरेर पनि पार्टीकै छन् ।

विभिन्न पार्टीका लामो समय सकृय रहेका धेरै नेता कार्यकर्ताको भरपर्दो पेशा-व्यवसाय छैन । तिनलाई पार्टीले पनि पाल्दैन । पहिले कस्तो भ्रम थियो भने पार्टीका लागेपछि हाम्रो जीवनको सवै आवश्यकता पार्टीले पूरा गरिदिन्छ भन्ने थियो । कतिसम्म भने परिवार पर्टीले पालिदिन्छ, घर पार्टीले बनाइदिन्छ, बिहे पार्टीले गरिदिन्छ । छोराछोरी पार्टीले पढाइदिन्छ, पालिदिन्छ  आदि  आदि । यो वास्तवमा ठूलो भ्रम थियो । यहि भ्रमको कारण पार्टीका पूर्णकालीन भएर लागेका धेरै मानिस आज पेशा-व्यवसाय विहिन छन् । यो स्थिति पहिले नेपाली काङ्ग्रेसमा पछि नेकपा एमालेमा र अहिले एकिकृत नेकपा माओवादी र माओवादीमा छ । एकिकृत माओवादी र माओवादीका धेरै कार्यकर्ता नेतामा यो भ्रम अभैm छ ।

अहिले चुनाव नजिकिँदै जाँदा पार्टीछाड्ने र अको पार्टीका प्रवेश गर्ने मेला लाग्दैछ । त्यसो गर्न उक्साउने र गर्ने दुवै स्वार्थी हुन् । तिनले आफ्नो हितबाहेक मुलुक र जनताको हित हेर्दैहेर्दैनन् । पार्टीपरिवर्तन गर्नेहरू पूर्ण रूपमा स्वार्थले प्रेरित छन् । पार्टीहरू भएकालाई सिकाउने होइन अरुलाई विगार्ने काममा लागेका छन् । पार्टीप्रवेश गरायो, विगारो छाड्यो ।

एक प्रकारले भन्दा नेपालमा सर्वसाधारण जनता छैनन् सबै पार्टीका कार्यकर्ता मात्रै छन् । पार्टीले सबैलाई सदस्य र कार्यकर्ता बन्न लगाएका छन् ।

सबैले राजनीति गर्न जरुरी छैन तर बुझन जरूरी छ । दुर्भाग्य कस्तो भयो भने जो राजनीतिमा सक्रिय भएर लागेका छन् तिनले नै राजनीति बुझेका छैनन् भने उनको पछि लाग्नेले के राजनीति बुझुन् । राजनीति सबैले गर्ने विषय होइन तर सबैले बुझनुपर्ने विषय भने हो । अर्थात राजनीति थोरै ले गर्ने र धेरैले बुझने विषय हो । किनभने राजनीतिलेको महत्त्वपूर्ण निर्णय चुनावको माध्यमबाट आम नागरिकले गर्छन् । तर यहाँ भयो के भने राजनीति धेरैले गर्छन् तर थोरैले मात्रै बुझेका छन् । जनताले चुनावको माध्यमबाट निर्णय त गर्छन् तर बुझेर भन्दा पनि ढाटेका कुरा पत्याएर । जनताले दिएको मतबाट नेताले जित्छन् पार्टीले जित्छन् तर जनताले सधैँ हार्ने गरेका छन् । यस्तो किन हुन्छ – किन भने राजनीतिक दल र नेता तथा कार्यकर्ता जनताको स्वार्थमा भन्दा आफ्नै स्वार्थमा काम गर्ने भएकाले । त्यसो भए यसको विकल्प के होला – छैन । बहुदलीय व्यवस्थामा राजनीतिमा लागेका, पार्टीले उम्मेदवार बनाएका मानिसमध्ये नै कसै न कसैलाई मतदान गर्नुपर्ने हुन्छ । यसमा विचार गर्नुपर्ने कुरा के हो भने जनताले मतदान गर्दा उम्मेदवार भएकामध्ये सकेसम्म जनताको पक्षमा काम गर्ने सोच भएको, काम गरेको, इमान्दार, क्षमता राख्ने मानिस र पार्टीकाई रोजेर मतदान गर्नुपर्छ । आम जनताले गर्ने राजनीति यति हो । व्यक्तिगत हित हेरेर, नाता परेको, जात मिलेको, मेरो स्वार्थ पूरा गरिदेला भनेर व्यक्ति र पार्टीछान्ने काम गर्दा नै जनतालाई धोका हुने गर्छ ।

धेरैले गर्ने भनेको त पेशा-व्यवसाय हो । धेरैले गर्ने पेशा-व्यवसायलाई अनुकुल वातावरण बनाउने कार्य राजनीतिले गर्नुपर्छ । अथवा जसले राजनीति गर्छ उसले आफ्ना लागि होइन अरुका लागि गर्ने हो । अरुको हित, उन्नति र प्रगतिका लागि गर्ने हो । त्यसैले राजनीति गर्ने मानिस त्यागी हुन्छन्, महान हुन्छन्, सम्मानित र पुजनिय हुन्छन् । किनकि उनीहरू आफ्ना लागि होइन समाज र देशका लागि अहोरात्र काम गर्छन् । तर हामी कहाँ त आफ्नै स्वार्थका लागि राजनीति गर्नेको बाहुल्यता भयो । सधैँ सेवा भावले काम गर्नुपर्ने, इमान्दार र क्षमता भएका मानिसको सट्टा स्वार्थी, बेइमानी र क्षमता नभएका मानिसले पो राजनीतिमा भाग लिने गरेका छन् । तिनैको हालीमुहाली छ । त्यसैले हाम्रो समाज यति धेरै पछाडि परेको छ ।

हामीलाई चाहिएका सबै समान बाहिरबाट वा विदेशबाट ल्याउन सकिन्छ, प्राविधिज्ञ र पढेलेखेका मानिसलाई सेवा सुविधा दिएर ल्याउन सकिन्छ तर पार्टीर नेता विदेशबाट वा टाढाबाट ल्याउन सकिँदैन । त्यसैले भएका मध्येबाटै राम्रो छान्ने प्रयास गर्नुपर्छ । यदि मतदाता विवेकी, बुझेका र क्षमतावान भएभने नेता र पार्टीले पटकपटक ढाँटेर, बेइमान गरेर, असक्षम मानिसले नेता भइरहने अवसर पाउँदैनन् । त्यसैले समाजको अग्रगामी रूपान्तरणका लागि सबै मानिस पार्टीका कार्यकर्ता मात्रै भएर होइन जनता भएर विवेक पूर्ण निर्णय गरेर, खबरदारी गरेर समाजको रूपान्तरण गर्न सक्छौं ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width