राजधानीको रत्नपार्क रेडलाइड एरिया

आदर्श समाज सम्वाददाता
फागुन ११, २०६९

माघ ढल्किसक्यो तर काठमाडौं खाल्डोमा चिसो छँदैछ। खुल्लामञ्चमा विरोधसभा भइरहन्छ। सभा समारोह हप्तैपिच्छे हुने गर्छ। समय समयमा धार्मिक कीर्तन भजन र वाचन पनि भइरहने नै भो। भर्खरै तामाङ समुदायको ल्होछार पर्व धुमधामले भ्याइयो। सेलोमा तरुना मैच्याङसँग तन्नेरी च्याङ्वा मात्र नाचेनन् सबै जाति रमे। सार्वजनिक बिदा परेको हुँदा भीडभाड ज्यादती नै थियो। यसो टहलिन फर्ुसदाइलाका लागि अरु के नै काम भो र ? उतायता पाइला चाल्दै रत्नपार्कभित्र छिर्न पुग्छु। ठिङ्ग उभिएर डुङडुङती धुलाँ कति लडिबडी खेल्नु, यसो आड लाउन पनि आन्नदी नै हो।

रत्नपार्कको रामरमितामा सबैलाई अवगत भएकै कुरा हो। म यो सुरम्य वातावरणमा उन्मादिछु। साच्चै चिसोचिसो मौसमलाई समेत माथ खुवाइदिन्छ  यहाँको रस्साकसी गर्मागर्मीले। म एकतमासले यी नयन विस्तार गरिरहेको हुन्छु। मेरो दृष्टिगोचर गलत थिएन। सायद ऊ गलत थियो या थिएन, म जान्दिनँ। किनकि समयले उसलाई दासी बनाएको थियो। बलवान् समयको अगाडि ऊ झुक्न  बाध्य थियो। त्यो पापी पेटलाई जति नै पौठेजोरी खेल्दा पनि सिङ्गो नियतीले त्योभन्दा टाढा चाहेर पनि हुनै दिँदैन थियो। वास्तवमा त्यही नै सत्य सावित भइदियो। म भ्रममा कदापि थिइनँ। तैपनि म सत्य हुँ भन्ने आदर्श मबाट विलाएको थियो तत्काललाई। हेर्दाहेर्दै त्यो लोर्के ठिटोले पर्स झ्याप पार्‍यो। ओर्इ झ् तँ त खुङखार खरि बनेछस् ? मेरो प्रश्न तेर्र्सिन नपाउँदै र्‍याग नगर्नु न दादा, बालमतलव भन्दै आम्नेसाम्ने हुँदै गयो। आज जोतको माल, दस्तुर दह्रो मिल्यो प्रसन्न मुद्रामा यसरी नै फतफताउँदै ओझेल लाग्यो।

यी र यस्ता घटनाक्रम प्रायः हरेक सहर बजारमा, चोकचोक, गल्लीगल्लीमा र क्षणक्षणमा अटुटै घटिरहन्छ। सडकपेटीका बालबालिकालाई मात्र दोष नदिउँ, ज्यादै भद र शालिन लाग्ने निकै हाइफाइमा सजिएका युवाहरू मात्र के कम – उनीहरूलाई हेर्दा लाग्छ भर्खर प्लस टु ज्वाइन भएका हुदा हुन्। मह·ा घडी, मोबाइल फोन बोक्छन्। दामी झोला साथमै भिरेका हुन्छन्।उस्तै परे एटिएम कार्ड साथैमा हुन्छ र पनि नशाजन्य रोगले गाँज्दा पूर्ण अचेतन व्यवहार देखाउन पुग्छन् र धेरै ठाउँमा लफडा मच्चाउछन। यीबाहेक लुटपाट मच्चाउने त छँदैछन्। बढी नै सचेत हुन सकिएन भने तिनले ठाउँको ठाउँमा मृग बनाउन रत्तिभर बेर लाग्दैन। यो पंक्तिकारले धेरै पटक गाडी उक्लँदा ओर्लर्ंदा ठेलमठेलमा मोबाइल सेट र दुर्इ-चार हजार पस शुद्ध उनै चोरमाराको जिम्मा छोडी हिड्नुपर्‍यो।

रत्नपार्कमा बरालिन काठमाडौ टेक्नेजति सायदै पुगे होलान्। यहाँ झुण्ड झुण्डमा रहेर ताततातो खाना खजना र गसिप व्यापक चल्छ। कोही सामयिक राजनीति विश्लेषणमा फुरुङ्गिन्छन् कसैलाई चटकीको रौनकताले रनभुल्ल गराउँछ। कोही चिउरा, भुटुवा, चनाचटपट, पानीपुरी र अम्मलीमा मस्ती हुन्छन् भने युवा जोडीहरू वयस्क छचल्काउन व्यस्त देखिन्छन्। सुन्तलाका खेस्रा खेस्रा छोडाउँदै मीठो गरि जिन्दगीका पाना पल्टाउँछन् र क्वलार्प्प निल्छन् पनि। बदामी आँखाहरू हिमचिमाउँदै बदाम फुटाउछन्। धेरै कुरा फुटाउँदा केही वाँकी नराखी आफैलाई लुटाउँछन् पनि। यस्तै यस्तै दिनचर्याको रमझममा रुखमा झुण्डेर के के फलाक्ने मुकुन्देको भाषण सुनुँसुनुँ लाग्ने नै भयो। गलल्ल हाँस्दै उही भोजपुर खोप्लाङ्गेलाई तमासाले  एकटक लगाएर नियाल्छन्। बुझ्दै जाँदा थाहा लाग्यो उनलाई माओवादी कार्यकर्ताद्वारा चारपाटा मुडेर गाउँ परिक्रमा गरि निकालापश्चात् बर्बराउन थालेको आज उप्रान्त एक दशक छिचोलेछ। उनले इतिहास कोट्टयाउँछन् र वर्तमानको घट्नाक्रम भविष्यसँग तुलना गर्छन्। पूर्व राजा-प्रजाका कुरा, जाति-जनजातिका कुरा, व्यक्ति- प्रवृत्तिका कुरा, दल- नेताका कुरादेखि रत्नपार्ककै भालुमा अडिएर मुकुन्दायनमा टुङ्गिन्छ शैली मिलाउँछन् र हाँसोको फोहरा गजवले जोड बेजोड जान्छ। यसरी रंगमंगिएकाहरू रत्नपार्कमय भएर छताछुल्ल हुने गर्छ।

रत्नपार्कको चौतर्फी पूर्वाधारलाई  व्यवस्थापन गर्ने हो भने अरु कति मनमोहक हुन्थ्यो होला। अव्यवस्थित व्यापारलाई हटाएर हरियालीमा परिणत गर्दा कम्त मोहकता छर्दैन थियो-यो पार्कले। आम आगन्तुक त्यहाँनेर देखिने फोहोरका थुप्रालाई कदापि रत्नपार्कको गहना मान्दैनन्। तर, भन्नैपर्ने हुन्छ रत्नपार्कलाई शोभनीय बनाउन राज्यले कानुन बनाउन पर्छ। रत्नपार्कलाई केवल लुटमारको क्रिडास्थल बनाउन दिनुहुँदैन। यही जमघट स्थललाई राज्यले कानुनको दायरामा राखेर न्यायिक प्रशासन दिलाउन जरूरी देखिन्छ। यहाँ आवाज विहिनहरूको आवाज छताछुल्ल हुनेर्गर्दछ। राष्ट्रले बेलैमा बोझका रूपमा नभएर खोज गर्न जरूरी रहेको थलो रत्नपार्क धेरैमानेमा उपर्युक्त देखिन्छ।

केही समय अगाडि डिआईजी पार्वती थापाले एक बलात्कृत महिलाको प्रस·लाई लिएर नेपालमा रेडलाइड एरिया आवश्यकता रहेको बताएकी थिइन्। हुन पनि हो, दिनहूँ महिला हिंसा हुने गर्छ। दिनदहाडै परिवार सम्मुख करणीका घटना मौलाउँदो छ। धेरै आपराधिक घटना यौनसँग हुने गर्छ। यसलाई न्यूनीकरण गर्न जरूरी छ। त्यो भनेको राज्यकै पहलमा नयाँ कानुनको आवश्यकतालाई इ·ति गर्दछ। यति विघ्न क्रमबद्ध घटनाहरूको शृङ्खलालाई सम्बोधन गर्न गतिलो, बलियो,  वैज्ञानिक, परिमार्जित र न्यायिक कानुनको अत्यन्त आवश्यक छ।

हालसालै भारतमा चिकित्सा शास्त्रकी विद्यार्थी ग्याङ र्‍यापमा परिन् ततपश्चात् संसद्मै चकोर् वहसले फास्ट ट्रर्‍याक कोट बनाउने ठोस निर्णय गर्‍यो। लगत्तै महिलाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखि छुट्टै महिला अदालत समेत गठन भएको छ। यसैलाई  नजिर लगाएर हेर्ने हो भने पनि  दोर्‍होएरै भन्नैपर्ने हुन्छ। नेपालमा रेडलाइड एरियाको नितान्त खाँचो छ। यस विषयमा बौद्धिक वहस हुन ढिलाइ गर्नुहुँदैन। यी गम्भीर र अत्यावश्यक विषयमा जानुपर्दा हाम्रो समाजले तत्काल स्वीकार्य नगर्न सक्छ। तर पनि ढिलो चाँडोमा सर्वपक्षीय वैचारिक वहस गर्नु पर्ने हो कि ?

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width