रचनात्मक युवाशक्तिको खाँचो

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७१

जुन कुरा समाजको आदर्श र गन्तव्यसम्म पुग्छ त्यो नै सार्वजनिक हितको विषय मानिन्छ। लोकमत नै जनकल्याणको एउटा मुख्य कडी मानिन्छ। जनकल्याणमा आधारित मत नै स्थिर र दूरगामी हुन्छ। तसर्थ लोकमत जनकल्याणको भावनाले ओतप्रोत भयो भने समाजमा एउटा अमनचैनको वातावरण भएको प्रतीत हुन्छ। यही पर्रि्रेक्ष्यमा सरसर्ती हेर्दा नेपाली राजनीतिक आकाशमा एउटा मोरलकोड विकास भैरहेछ, जसलाई अब सितिमिति तोड्न गाह्रो पर्दछ। हरेक मनुष्य स्व-पहिचान, आत्म सम्मान, स्वतन्त्रता र अस्तित्वको आग्रह गरिरहेको हुन्छ। आजको मानिस क्रूरताबाट करुणाको मार्गमा बदलियो भने एउटा उदाहरणीय समाजको पटाक्षेप हुने पक्षमा आशा गर्न सकिन्छ।

मानिसभित्र एउटा यस्तो तत्व छ जसले उसलाई भ्रष्ट बनाउँछ, परिस्थितिले मानिसलाई भ्रष्ट बनाउँछ, भ्रष्टताको बीउ मानिसभित्रै हुन्छ, अवसर मिल्ने बित्तिकै यो सक्रिय भैहाल्छ। विगत दशकको एउटा विडम्बना भनेको धर्म, जाति र वर्ण आधारमा समूहीकरण हुन प्रोत्साहित हुनु रह्यो। यस दशक हाम्रो लागि यस्तो महसुस भयो कि हामीले आफैं जित्यौं, फेरि हार्‍यौं। वास्तवमा नेपाली समाजले एउटा अपरिहार्य वास्तविकतामाथि विजय प्राप्त गर्‍यो जसको प्रतिफल राजनीतिक परिदृश्यमा देखिन थालेको छ। समाजले जे पायो त्यो संकलित हुन सकेन, छाडा छोडिदियो, बजारमा पुग्यो। बलियो शक्तिले कब्जा गर्‍यो उपलब्धिहरू, निर्बलसम्म यो पुग्नै सकेन। विगत दशकको उत्पादन थोरै मान्छेको हातमा भागवण्डा भएको छ, केवल अभिशाप चाहिँ सबै जनतालाई बराबरी बाँडिएको छ।

जनआन्दोलनका सपनाहरू साकार हुनको लागि उक्त आन्दोलनका सेनानीहरू र जनताको त्याग र बलिदान हाम्रो विचार र व्यवहार वर्तमान नेपालको नवनिर्माण झल्कनु पर्दछ। आशाहरू धमिला हुँदैछन्, राजनीतितिर बुद्धिजीवीहरूको मोह भङ्ग भैरहेछ। बहुरूपी भ्रष्टाचार मौलाएको छ जताततै, साधारण जनतामा विपन्नताको प्रतिशत बढ्दो छ, साम्प्रदायिकताले सीमा नाघ्यो, विखण्डनवाद पनपनाई रहेछ।

विगत दशको छोटो इतिहास दुस्साहसको होइन, सामाजिक तथा राजनीतिक असुन्दरता हटाउने कोसिस नभएको होइन, तापनि अनाथ मानिसको दशक रह्यो। पिताहीन मानिसको दशक रह्यो, आफूले बनाएको मान्यता यस दशकमा आफैले भत्काएको महसुस भयो। गुटवाद, जातिवाद र धार्मिक मतान्धताले समाजमा वैमनस्यता उत्पन्न गरायो। अनाथ समाजउपर छलको खेल स्पष्ट देखियो।

सर्न्दर्भ कोट्याउँदै जाँदा आफ्नो देशको दशकभन्दा विश्व इतिहासको विगत त सम्झनै कठिन हुन्छ। अनुसन्धानको नाममा छल गर्दै औद्योगिक राष्ट्रहरूले के मात्र गरेनन्। द्वितीय विश्वयुद्धमा नाजीहरूले विषालु लामखुट्टे प्रयोग गरेर विरोधीलाई भाइरस सल्काउने प्रयास गरेका थिए, यातना शिविरमा। प्रतिकुल वातावरणमा ३-४ दिन बाँच्न सक्ने लामखुट्टे प्रयोग गरेर विरोधीलाई भाइरस झल्काउने प्रयास गरेका थिए, यातना शिविरमा। प्रतिकुल वातावरणमा ३-४ दिन बाँच्न सक्ने लामखुट्टे प्रजाति पत्ता लगाई हवाई जहाज मार्फ् शिविर नगिचै हावामा छोड्ने योजना अनुसार विज्ञान प्रतिष्ठानमा सोधकार्य भै रहेको थियो।

बी.बी.सी. न्यूजका विश्व मामला सम्पादक जोहन सिम्पसनले २५ फेब्रुअरी २०१४ मा एउटा विषय उठाए ‘के तेस्रो विश्व युद्ध होला ?’ हुँदैन, आफै समाधान गरे प्रश्नको। उनको तर्कमा वर्तमान विश्व यति बाध्यतापूर्वक एक आपसमा सम्बन्धित छ कि युद्ध हुनै सक्दैन। सानो-सानो मामलामा ठूलो परिणाम आउने गरी विश्वले ख्याल-ख्यालको खेल गर्दैन तर भन्न सकिँदैन यत्तिकैमा। यूरोप र रुस यूक्रेन मामलामा असन्तुष्ट छन्, उता जापान र चीन पूर्र्वी चीन सागरमा स्थित केही बीरान टापुको विषयलाई लिएर आमने सामने उभिएका छन्। परिदृश्य विकराल छ। जुन १९१४ मा एक सर्वियाली राष्ट्रवादीले आर्क डयूक फ्रज फर्डिनेण्ड र उनको पत्नीको हत्या गर्नुभन्दा पहिले सबैले विश्वयुद्ध हुँदैन भन्ने सोचेका थिए। तर त्यो एउटा नीउ थियो, आज पनि त्यस्ता धेरै नीउ पाइन्छन्, जसले विश्वभर युद्धको राँको दन्कन सक्छ। सन् १९१० मा एक ब्रिटिश लेखक नर्मन एंगेलले विश्वको गतिविधि सोचेर युद्ध हुँदैन भन्ने मनसायले ‘द ग्रेट इल्यूजन’ नामक पुस्तक लेखे तैपनि सन् १९१४ मा प्रथम विश्वयुद्ध भएरै छाड्यो।

छिमेकी देशका नेताहरू आफ्नो अभियानमा समेत राज्यका विकास मोडल पेश गर्ने भैसकेका छन्। हाल भारतमा भैरहेको संसदीय निर्वाचनमा नरेन्द्र मोदीले गुजरातको विकास मोडल र नीतीशकुमारले विहारको विकास मोडल पेश गरेका छन्। ती दुवैजना आ-आफ्नो राज्यको मुख्य मन्त्री हुन्, त्यहाँका युवा नेताहरू परिवर्तनको नारा लिएर अगाडि बढेका छन्। उनीहरू ज्यादै फूर्तिला, महत्वकांक्षी र कुनै मामलामा खुराफाती समेत भएकाले भारतीयहरू उनीहरूलाई ‘योङग तुक’ भन्ने गर्दछन्।

समाजसँग सम्बन्धित सबै विवादास्पद प्रश्नमा बहुमतको निर्ण हुनुपर्दछ। कुनै निर्ण गर्दा अल्पमतको अहितमा हुनुहुँदैन। राष्ट्रिय आदर्शको विषयमा मतैक्य हुनुपर्दछ। राष्ट्रिय गन्तव्य प्रष्ट र सुगम्य चाहिन्छ। राज्यको शासन स्वरूप के हो – उद्देश्य के हो – गोल पूरा गर्ने साधन के हो – आदि इत्यादि विषयमा मत भेद भयो भने स्वस्थ जनमत नहुन सक्छ। तसर्थ समाजमा एकता तथा राष्ट्रिय प्रश्नमा सहमति गर्न राष्ट्रको गन्तव्यमा एकमत हुन नितान्त आवश्यक छ।

अब देशले प्रतिभावान् युवाहरूलाई राजनीतिमा भाग लिन आग्रह गरेको छ। उनीहरूले पनि देशको सेवा गर्नुपर्दछ। हाल राजनीतिलाई न त कुनै मिशनको रूपमा हेरिन्छ न व्यक्तित्व विकासको लागि, केवल व्यवसायको लागि राजनीति भएको छ। नेपाली मिडिया समाजको सही तस्वीर पेश गर्दैन, केवल सनसनीपूर्ण समाचार मात्र सम्प्रेषण गर्दछ, समृद्धिको लाभ ग्रामीण जनतासम्म पुगेको छैन, भ्रष्टाचार, खराब प्रशासन र जातिवादले हाम्रो देशलाई पिरोलेको छ।

यस्तो स्थितिलाई मध्य नजर गरी राजनीतिक परिपाटीमा केही सकारात्मक संशोधनसहित राजनैतिक सुधारका कदम चालेमा अथवा मूल कानुनमा संस्थागत व्यवस्था भएमा सक्षम युवा पिंढीको सहभागिता बढ्ने आशा गर्न सकिन्छ। यसको लागि राजनीतिमा अवकासको व्यवस्था हुनुपर्ने, नयाँ पिंढीलाई अवसर दिनुपर्ने, प्रशिक्षण कार्यक्रम, योग्यता निर्धारण, झगडा कम र मिलिजुलीपना धेरै, प्रतिनिधि फिर्ता गर्न सकिने, महिलाको सहभागितामा वृद्धि, भ्रष्टाचारीलाई कडा कार्यवाही र अनिवार्य तथा सुलभ शिक्षा जस्ता विषयको राम्रो उपचार भएको खण्डमा हाम्रा होनहार युवाहरू हामीलाई सघाउन पछि पर्ने छैनन्। पश्चिमी नक्कल मात्र नगरीकन आफ्नो देशको सेवामा लाग्न सचेत सबै नेपालीले युवालाई आह्वान गर्दछन्, देशका युवाहरू हो झ् देश तपाईहरूको जिम्मा हो। यस क्षेत्रमा तपाईहरूको प्रवेश अपरिहार्य देखिन्छ

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width