योग

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७०

राजयोग विधिमध्येकै एक विधा हो योग विधि। योग भन्नाले ‘ जोड, अंक चिज, वस्तु मन वचन, कर्म, धन, सम्पत्ति, माया, प्रेम समेतलाई जोड्ने या अलग अलगलाई एक ठाउँमा राख्ने मिलन गराउने सम्बन्ध राख्ने तरिकालाई सम्झनु ठीक होला। योगमा दुर्इ वस्तुको मिलन हुन्छ तर यहाँ योग शब्दको अर्थ इश्वर भगवानसँग हाम्रो मन लगाउनुलाई सम्झनु पर्दछ। जस्तो आत्मा परमात्मासँग जोड्नु अन्त कतै नसम्झी मनको रसी परमात्मा शिवसँग पुर्‍याई अचल दृढमै ध्यान गर्नुलाई योग भन्नु पर्दछ। यो हो सरल राज योग मन अन्त अन्तै कतै गएमा योग हँुदैन। योगको अर्थ पनि रहँदैन। आत्माबलको शक्ति प्राप्त हुँदैन समयमात्र नष्ट हुन्छ। भक्ति मार्गमा गुरु पुरोहितले यज्ञमा कुसको लामो तान्द्राको जनै बनाएर शिवलि·मा जोडी जलधारा दिन लगाउँछन्  र भक्तको घाँटीबाट शिवलि· जलधारासम्म जोडिन्छ। यसमा मन बाहिर नजाओस् भगवान शिवधारातिर मात्र लागोस् भन्न खोजिएको होला। वास्तवमा मानिसको मन एकाग्र एक चित्त रहँ’दैन। यज्ञमा पण्डितहरुले कर्मशास्त्रका पाठहरु पढिरहन्छन्। भक्तकर्ताको मन कता-कता बरालिन्छ जनै पनि सभ्य असभ्य भएको समेत थाहा हुँदैन किनकि भक्तहरुको ध्यान ठीक देखिदैन। यस्तो यज्ञले के फल देला – खाली देखावटी मात्रै भक्तिमा दिनभर पूजापाठ गर्‍यो कथा सुन्यो भोकै बस्यो नाचगान गर्‍यो तर भोलि मन अन्तै खास मन भगवानतिर लाग्दैन। भगवानतिर मनदिने विधि पनि कर्ता बस्नेलाई सिकाइँदैन। अनि जानोस् कसरी ? जस्तोसुकै यज्ञ गरे पनि यज्ञ सकेको भोलिपल्टदेखि इश्वर परमात्मा भगवानलाई सम्झनु कता हो कता ? कर्ताहरु जस्ताको तस्तै खान पान बोली, वचन, कर्म, धर्म, अधर्म कुनै परिवर्तन भएको पाइँदैन के अर्थ भयो यज्ञको ?उखान  छ -“अर्थ न वर्थ गोविन्द गाई” जान्नु न बुझ्नु अपच्य खाई भनेझै नबुझी गरेको कर्मले काम दिदैन। सवैकुरा बुझेर गर्नु ठीक होला ? भक्तिमार्गमा भक्तहरु धेरै हुन्छन् सवैले कर्म बुझेर गरेका हुँदैनन देखासिकी देखासिकिले हो हो भन्दा भन्दै यज्ञ सकिन्छ न आत्मा न परमात्मा को परिचय हुन्छ। ख्याल ख्यालैमा विसर्जन हुन पुग्छ। खासै फाईदा र परिवर्तन भएको केही देखिदैन अर्को दिन जस्ताको तस्तै भक्त कर्ताले के पाए ? आउने जानेले खान पाए, दक्षिणा पाए भै गयो। रमाईलो मात्र हैन ?

ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयबाट सिकाईने राजयोग त्यस्तो होर्इन। यसमा भगवानको गीता ज्ञान मुरलीद्वारा सवैकुरा पढाउनुका साथै रहस्य कुरा आत्माजनहरुलाई सिकाईन्छ र बुझाईन्छ। कसरी ठीक ढ·को योग हुँदो रहेछ आत्म र परमात्माको कसरी सम्वन्ध राख्दो रहेछ शरीरमा शक्ति सञ्चय हुदो रहेछ। आहार विहार देखि योग अभ्यास कसरी गर्ने रहेछ बुझनु राम्रो कुरा हो। नबुझी गरेको कार्यले धन, धर्म केही नहोला। केवल समय पैसा खर्च मात्र होला जति फाईदा हुने हो त्यति नहोला। त्यसैले योग अभ्यासको खातिर भगवानसँग मन बुद्धि जोड्न राजयोगको पाठ सिकौं र नियमित भगवानका विद्यार्थी बनौं हेरौं इश्वरीय विश्वविद्यालयका ब्रह्माकुमार ब्रह्माकुमारीहरुले के सिक्दा रहेछन् र कसरी विकर्मजीत वन्दा रहेछन् आत्मा परमात्मासँग शान्त बातावरणमा कसरी योग लाग्दो रहेछ मन भगवानसँग रसीझै जोडिदो रहेछ र इश्वरलाई सधै याद गर्ने वानीले आत्म शक्ति बढ्दो रहेछ अर्को जन्मको कमाई जम्मा हुदो रहेछ। यही हो योगको विधि।

ओम शान्ति

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width