आज विश्वले २९ औँ विश्व जनसङ्ख्या दिवस ‘युवामा लगानी गरौं’ भन्ने नारा लिएर मनाइरहेको छ भने नेपालले पनि हरेक वर्ष जस्तै यो वर्ष पनि जनसङ्ख्या दिवस मनाउँदै गरेको यो दिवस सन् १९८७ जुलाई ११ का दिनदेखि सधै जुलाई ११ लाई विश्वले जनसङ्ख्या दिवसको रूपमा मनाउँदै आएको छ। आजको आधुनिक युगमा पनि विश्वको जनसङ्ख्या वृदि भइरहेको अवस्थामा विकासोन्मुख देशहरूको त झनै तीव्र रूपमा वृद्धि भइरहेको छ भने नेपाल पनि यसबाट अछूतो रहेको पाइँदैन।
यसरी जनसङ्ख्या दिवस मनाउने क्रममा गत वर्ष ‘किशोर अवस्थामा गर्भाधान’ भन्ने विषयलाई लिएर मनाइएको थियो भने अहिले पनि उउटा परिवारलाई कसरी पूर्ण रूपले व्यवस्थापन गर्ने अर्थात् गुणस्तरीय जीवनको साथ जिउने वातावरण सिर्जना गर्ने मात्र नभएर समाज, राष्ट्र र विश्वको जनसङ्ख्या व्यवस्थापन गर्नको लागि अहम् भूमिका निर्वाह गर्ने युवा शक्ति हो त्यसैले ‘युवामा लगानी गरौं’ भन्ने विषयलाई जोड दिइएको पाइन्छ, जसले गर्दा एउटा व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र आर्थिक विकासले समस्त राष्ट्रलाई नै प्रभावित पारेको पाइन्छ। देशको विकाशमा पनि युवा शत्तिको विशेष भूमिका हुने कुरा सबैलाई विदित छ।
आज विश्वको जनसङ्ख्या करिब ७ अर्ब नाघिसकेको अवस्थामा त्यसको झण्डै २५ प्रतिशत अर्थात लगभग १ अर्ब ७५ करोड जनसङ्ख्या छ भने झण्डै ३३ प्रतिशत युवाले ओगटेका नेपालकोे जनसङ्ख्या २६४९४५०४ रहेको छ। नेपालमा १५-२४ वर्षका ८० प्रतिशत युवाहरू साक्षरता भएको अवस्थामा पनि १५-१९ वर्षभित्रका युवामा १४ प्रतिशतले र २०-२४ वर्षकामा २४ प्रतिशत युवामा मात्र आधुनिक परिवार नियोजनको साधनको बारेमा जानकारी रहेको देखिन्छ भने २०-२४ वर्षको समूहमा बच्चा जन्माउने जन्म अन्तर भने अन्य उमेर समूहको भन्दा छोटो अवधि चउको पाइन्छ।
नेपालमा १५-१९ वर्षभित्रमा १७ प्रतिशत महिलाको विवाह भइसक्ने सँगै आफ्नो पहिलो सन्तान जन्माउने गरेको पाइएको छ, त्यसैगरी विश्वमा १५-१९ वर्षका युवाहरूले प्रतिहजारमा ५२ बच्चा जन्माउने रहेकोमा नेपालमा भने ८४ जना प्रतिएक हजारमा जन्मदर रहेको छ। नेपालमा १५-१९ वर्षका महिलाले ६० प्रतिशत र २०-२४ वर्षका ४२ प्रतिशत महिलाले मात्र गर्भपतनले कानुनी मान्यता पाएको र विवाहपश्चात् बच्चा जन्माउन चाहने २० वर्षभन्दा कम उमेरका गर्भवती महिलाले घरमा नै सीप नभएका व्यक्तिद्वारा डेलिभरी गराउने गरेको पाइएको छ भने १५-२४ वर्षका ०.१ प्रतिशत महिला र पुरुषमा ज्क्ष्ख्रब्क्ष्म्क् को सङ्क्रमण रहेको र केवल १३-१५ वर्षका १६ प्रतिशत महिला र २५ प्रतिशत पुरुषले सूर्तीजन्य पदार्थको प्रयोग गरेको पाइएको छ।
यसरी नेपालमा शाक्षरताको दर राम्रो देखिएको भए ता पनि सानै उमेरमा विवाह गर्नु, परिवार नियोजनका साधनका बारेका ज्ञान नहुनु, ज्क्ष्ख्रब्क्ष्म्क् र स्वास्थ्य शिक्षाको बारेका ज्ञान नपाउनु, सानै उमेरमा धेरै बच्चा जन्माउनु जस्ता तत्वहरूले उच्च मातृ मृत्युदर र शिशु मृत्युदर, सामाजिक अपराधमा वृद्धि, लै·कि विभेद, मानव बेचविखन, बेराजगारी र बालश्रमजस्ता धरै समस्या निम्त्याएको छ। एउटा परिवार, समाज, देशले मात्र नभएर पूरै विश्वको समस्याको रूपमा रहेको यी समस्यालाई समाधान गर्न जरूरी रहेको पाईन्छ।
आज नेपालले मात्र नभएर पूरै विश्वले युवामा गुणस्तरिय शिक्षाको वृद्धि गर्नको लागि जोड दिने, युवाको सीप विकासमा जोड दिने, स्वास्थ्य शिक्षा र संचारमा विकास गर्ने, विकासका योजनामा युवाको सहभागिता गराउने, स्वरोजगारी एवं तालिममा जोड दिने, सामाजिक कु-संस्कृति र कुरीतिको अन्त्य गर्नमा जोड दिने, लागुऔषधको बारेमा ज्ञान र सूचना दिने, बालश्रमका अन्त्य गरिनुपर्ने, युवामा सशक्तीकरण र क्षमता अभिवृद्धि गर्नमा जोड दिने, यौन तथा प्रजनन अधिकारको रक्षा गर्नुपर्ने साथै मनोरञ्जन तथा युवाका चाहनामा ख्याल गर्नु युवा पुस्ताको आवश्यकता भएको छ।
यसरी नेपालको कुल जनसङ्ख्याको ३३ प्रतिशत युवा रहेको नेपालले युवाका समस्याहरू समाधान गर्नमा जोड दिँदै परिवार, समाज र देशको विकास गर्नतर्फ अगाडि बढ्नु आजको आवश्यकता रहेको छ। यो उमेर अर्थात युवाको अवस्था भनेको देशले केही दिएर युवालाई उपयोग गर्ने अवस्था हो। युवालाई आवश्यक शिक्षा दिने, जीविकोपार्जनको लागि ज्ञान, सीप र तालिमको अवसर प्रदा गर्ने, विकासका काममा सहभागिता गराउने र देशाकेा खम्बाको रूपमा प्रयोग गर्ने कुरामा नेपाल सरकारका साथै हामी सबैले सोच्नु आवश्यक रहेको देखिएको छ।
जनसङ्ख्याको व्यवस्थापन सही तरिकाले गर्न र सम्पूर्ण परिवारको गुणस्तरीय जीवनमा सुधार गर्नको लागी आजको युवामा लगानी गर्न अति जरूरी रहेको छ। आज हामीले युवामा लगानी गरेमा त्यसको प्रतिफल पाउनेमा आशा गर्न सकिन्छ। आज मनाउन लागेको विश्व जनसङ्ख्या दिवसले जुन ‘युवामा लगानी गरौँ ’ भन्ने नारा लिएको छ यो सही रूपमा उपयोग भएर देशले विकासको काममा एउटा इँट्टा थपोस् कामना गरौं।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०