यान्त्रिक युगमा रुस

jhapatbahadurthapa झपट बहादुर थापा
जेठ २१, २०७६

नेपालीले धेरै पञ्चवर्षीय योजना लागु गरे तापनि नेपाल यान्त्रिक युगमा होइन टेक्सटायल युगमा पनि प्रवेश गर्न सकेन। नेपालका केही उद्योग राष्ट्रले संरक्षण दिएर उत्पादनमा आत्मनिर्भर भइसकेका थिए। हाल आएर संरक्षित उद्योगहरू पनि बन्द अवस्थामा, रुग्ण भैसकेका छन्।

कुनै बेला भूपरिवेष्ठित राष्ट्र पृथ्वीको कुल भूभागको ६ भागको १ भाग ओगटेको विश्वमा कुनै देश होला जुन समाजवादी गणतन्त्र सोभियत संघभन्दा ठूलो। त्यो राष्ट्र एशिया देखि यूरोप सम्म फैलिएको छ।

पश्चिमी प्रभावमा हुर्केका रुसका विस्तारवादी जार वंशका पिटरले विशाल साम्राज्य स्थापना गरेका थिए। पिटरले आफ्नो मुलुकलाई यूरोपका अन्य मुलुकहरू जस्तै आधुनिक बनाउने प्रयास गरे। जहाँ उनले रुसमा ठूलाठूला शहरहरू बसाले। पश्चिमी मुलुकका मानिसहरूको संगतले गर्दा आफ्नो देशमा पश्चिमी विचार प्रवेश गराए। तर पनि सामान्य नागरिकहरूको जीवनमा कुनै सुधार आएन। भोका नाङ्गा नागरिकबाट सन् १९१७ मा क्रान्तिको विगुल फुकेर सफल पनि भए।

साम्यवादीहरूको शासनभन्दा धेरै पहिले रुसले बाहिरी नियन्त्रण सहनु पर्यो। त्यसै सिलसिलामा साहासिला नोर्सहरूले ३०० वर्षसम्म रुसलाई आफ्नो अधीनस्थ गरे। पूर्वतर्फबाट अर्थात् एशियाबाट १२२३ को प्रारम्भ कालमा मंगोलियाको शक्तिशाली सेना तारतारले रुसलाई नियन्त्रणमा पारेर लगभग २०० वर्ष शासन सत्ता चलाए। तर तिनीहरूले रुसको विकासमा कुनै चासो देखाएनन्। तैपनि टारटारहरूले रुसमा राजसंस्था स्थापना गरेका थिए।

कठोर तथा शून्य हृदय भएका इभान नाउँ गरेका जारका पहिला शासक (ग्रेन्ड डियूक अफ मास्को) ले रुसी राष्ट्र भनी जग पनि बसाले। तिनैको वंशका प्रभावशाली बादशाह पिटर द ग्रेटले यूरोपको भ्रमण पश्चात रुस धेरै पछाडि परेको थाहा पाए। त्यसै कारण उनले आफ्ना युवाहरूलाई प्राविधिक शिक्षाको लागि यूरोप पठाए। पिटर आफै निदरल्याण्ड गएर पानी जहाज बनाउने प्रविधि सिकेर आएका पनि हुन्। आफ्नो योजना लागु गर्नको लागि हजारौं हजार मानिसहरूको हत्या पनि गरे।

प्रवासी तारतार जातिको भेषभूषाको बदला यूरोपियन भेषभूषाप्रयोग गर्न लगाए। कपाल तथा दारी पाल्न मनाही गरे। उनले पुरानो रसियन पात्रो लाई विस्थापित गरी रोमन अथवा जुलिएन पात्रो लागु गरे। पिटरको शासन कालमा समुद्री किनारमा बन्दरगाह थिएन। उनले स्वडेन माथि हमला गरेर वाल्टीक समुद्री किनारको साँगुरो सामुद्रिक किनार माथि विजय हासिल गरेपछि मात्र पश्चिमी जगतसितको सम्पर्क ढोका सहज भएको थियो। विकास निर्माण गर्न पनि सहज भयो।

एकसय सत्तरीभन्दा बढी भाषा बोलिने देश सोभियत संघ हो। पुरानो रुसमा कुलीन र नगण्य व्यक्तिहरू सम्पन्न थिए। तिनीहरू सुविधाजनक जीवन व्यतित गर्दथे भने अधिकांश मानिसहरू गरीब र अशिक्षित थिए। कुनै समयमा सुधार तथा विकासका कार्यहरू भए पनि धेरै रसियनहरू गरीब नै थिए।

सन् १९१४ मा प्रथम विश्वयुद्ध शुरु भयो। सोही युद्धमा धेरै रसियन सेनाहरू मारिए। त्यसैले रुसको धेरै शहरहरूमा खाद्यान्नको अभाव हुन थाल्यो। देशको राजधानी पिटर्सवर्गमा खाद्यान्नको नराम्रो अभाव भयो। शहरी क्षेत्रमा काम गर्ने मजदूरहरू हड्तालमा उत्रे। त्यो कुरा उच्च पदका शासकहरू सम्म पुग्यो। तर उनीहरूको माग र समस्याप्रति कुनै सुनुवाई भएन।

एलेक्सजेन्डर करेन्सकी सरकार प्रमुख बने। दुर्भाग्यबश गणतन्त्र धेरै समयसम्म टिक्न सकेन। केही समाजवादीहरूले चाँडो चाँडो सरकार परिवर्तन गर्न चाहन्थ्ये। त्यसकारण सन् १९१७ मा गणतन्त्र विस्थापित गरे। किसान, श्रमजीवी र सेनाको मिलिजुलीबाट सोभियत संघको निर्माण भयो। सरकार आफ्नो हातमा लिएपछि सोभियत संघ शक्तिशाली बन्दै गयो। आखिरमा क्रान्तिकारी नेता भि.आई.लेलिन सरकार प्रमुख बने। लेनिनका अनुयायीहरूलाई वोल्सेभिक भनिन्थ्यो।

लेनिन पक्षका वोल्सेभिक अर्थात साम्यवादीहरूले धनाढ्यहरूको सम्पत्ति जफत गरे। कुलीनहरुलाई सम्पत्तिबाट नङ्ग्याए। उनीहरूको जमीन किसानहरूमा वितरण गरियो। केही कुलीनहरूलाई गोलीबाट उडाए, धेरैलाई जेल पठाए, केहीलाई साईवेरिया पठाए, केही देशबाट भागे। सुरक्षाकर्मीहरू गाउँगाउँ र शहरहरूमा जासुसी गर्न यता र उता घुम्दथे। वोल्सेभिकको विरोध गर्नेलाई कडा सजाय दिइन्थ्यो।

लेनिनको मृत्यु पछि जोसेफ स्टालिन सरकार प्रमुख बने। स्टालिन निर्दयी शासक थिए। भनिन्छ, उनी र उनको योजनाको विरोध गर्ने हजारौं हजार मानिसहरूलाई कारागार तथा ज्यान सजाय दिएका थिए। तर पनि स्टालिन यूरोपियनहरू जस्तै देश विकास चाहन्थे। मेशिनरी प्रयोग गरेर कृषि विकास, खाद्यन्न उत्पादन र विद्यालय स्थापना गर्न पञ्चवर्षीय योजना लागु गर्ने रुस पहिलो राष्ट्र बन्यो। आपूmले लागु गरेको पञ्चवर्षीय योजना लागु गर्न बाहिरबाट विज्ञहरू मगाएका पनि थिए।

खाद्यान्न र घरवासका अभावको कारण रसियनहरूले ठूलो दुःखकष्ट सहनु पर्यो। सोभियत संघको पहिलो पञ्चवर्षीय योजना पछि रुसका अन्य पञ्चवर्षीय योजनाहरूमध्ये सन् १९४३ अर्थात वि.सं. २००० सालको तेस्रो पञ्चवर्षीय योजनाले रुसलाई यान्त्रिक युगमा प्रवेश गरायो। त्यो रुसीहरूको कष्टप्रद जीवनको उपलब्धि हो।

कुनै बेला सोभियत रुसका साम्यवादी नेताहरू भन्दथे साम्यवादीहरूको जीवन शैली संसारभर चलाउन चाहन्थे। दोश्रो विश्वयुद्ध पछि सोभियत संघले केही यूरोपतर्फका देशहरूमा साम्यवाद लागु गरे। ती साम्यवादी देशका जनताहरू फलामको ढोका भित्र बस्दथ्ये। तिनीहरूमध्ये केहीलाई गैह्र साम्यवादीहरूसंग भेट् गर्न दिइन्नथ्यो।

सोभियत संघ विश्वका अन्य देशहरूमा साम्यवाद फैलाउन चाहन्थ्यो। संयुक्त राज्य अमेरिका साम्यवादीहरूलाई रोक्न चाहन्थ्यो। तर, भारत तथा नेपालमा साम्यवाद भित्रिसकेको थिएन। सोभियत संघले दोश्रो विश्वयुद्धसम्म चीन, कम्पुचिया, भियतनाम, लाओस, उत्तरकोरिया, मञ्चुरिया, तिब्बत, अलवानीया, वुलगेरिया, युगोस्लाभीया, रोमानिया, हंगेरी, चकोस्लोभाकिया, पोल्याण्ड, पूर्व जर्मनी, लिथुवानिया र लाट्भिया साम्यवादी भएका थिए।

नेपालमा सन् १९५६ अर्थात वि.सं. २०१३ सालमा पञ्चवर्षीय योजना लागु गर्ने स्व. टंक प्रसाद आचार्य पहिलो प्रधानमन्त्री थिए । नेपालीहरूले धेरै पञ्चवर्षीय योजना लागु गरेतापनि नेपाल यान्त्रिक युगमा होइन टेक्सटायल युगमा पनि प्रवेश गर्न सकेन। नेपालका केही उद्योगहरू राष्ट्रले संरक्षण दिएर उत्पादनमा आत्मनिर्भर भइसकेका थिए। तर हाल आएर संरक्षित उद्योगहरू पनि बन्द अवस्थामा अर्थात् रुग्ण भैसकेका छन्।

विज्ञहरूको संभाव्यता अध्ययन पछि मात्र विदेशी सहयोगबाट स्थापित बुटवल धागो उद्योग, हेटौँडा कपडा कारखाना र वीरगञ्ज चीनी मिल बन्द हुनु भनेको सरकारहरूको अपरिपक्वता भनेमा बढी नहोला। देशका औद्योगिक क्षेत्रहरू लरखराउनु, वर्षेनी उद्योग कलकारखानाहरू स्थापना गरेर रोजगारीको चाँजो पाँजो मिलाउन नसक्नु, देशलाई उत्पादकत्व दिएर अर्थतन्त्रमा टेवा दिने उब्जाउ भूमि बाँझो रहनु, देशको युवाशक्ति पलायन हुनु, राष्ट्रको युवाहरूको पसिनाको सट्टा प्राप्त रेमिटेन्स बगेर जानु, पञ्चवर्षीय योजनाहरू लागु भए पनि आमजनताको पक्षमा नहुनु, ११ खरब स्वधनान्तर घाटा चुलिँदै जानु, देशमा भ्रष्टाचार दूबोजस्तै मौलाउनु, नैतिकता र ईमान्दारिताको सट्टा कमिसन अर्थात् विचौलिया हावी हुनु जस्ता कारणहरूले देश उँभो लाग्न सकेको छैन। रुसले जस्तै कडा परिश्रम नगरेसम्म नेपालका पञ्चवर्षीय योजनाहरू तथा वार्षिक बजेट प्रस्तुत गरे पनि राष्ट्रले सोचे बमोजिम प्रतिफल पाउन सकिरहेको छैन। कारण के हो? हाम्रा अर्थशास्त्र वा अर्थविद्हरू पनि अलमलमा परेजस्तो लाग्दछ।

(लेखक तत्कालीन सराङ्गकोट गा.वि.स.का पूर्व अध्यक्ष हुन्। सं.)

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

तङ्ग्रिदै सामुदायिक विद्यालय

प्रेसविरोधी विधेयक खारेज गरिनुपर्छ

स्थानीय सरकारलाई चटारो

के हामी ठीक बाटोमा छौँ?

भगवान् श्रीकृष्ण सबैका साथी

प्रमुख समाचार

मनपरी काटिएका सडकले पहिरोको जोखिम

थप प्रमुख समाचार

वागलुङ कालीका गुठीका रूख गणना गरिदै

लुम्बिनी बैंक र ग्राण्डीबीच सहकार्य

दुर्घटनामा बुलिङटारका सन्यासीको मृत्यु