Worldlink ads

यात्रा : मुक्तिनाथ

Avatar आदर्श समाज सम्वाददाता
असाेज २१, २०७०

हिमालपारिको जिल्ला मुस्ताङका बारेमा म सानो छँदादेखि नै सुन्दै आएको थिएँ। धेरै पहिलादेखि थाकखोलाका थकालीहरू हिउँदको जाडो छल्न तल आउने गर्दथे। तल आउनेमध्येका केही पोखराको गौंडाको मुख, कुँडहर, बाँझापाटन, ढुङ्गे साँघुका खाली जग्गामा चित्राले झुपडी बनाई व्यापार गर्ने गर्थे। तिनीहरूका छोराछोरीहरूसँग हाम्रो सङ्गत हुन्थ्यो। सँगै पढ्थ्यौं, खेल्थ्यौं। तिनीहरू आएपछि हामीहरूकहाँ खुसी छाउँथ्यो। घोडा, खच्चड, गधा आदिमा झुण्ड्याइएका घण्टीहरू बज्दथे। दुरुखो, धौखो -छुर्पी), चिलिखो आदि खान पाइन्थ्यो। गधा, घोडा, चढ्न पाइन्थ्यो। मन असाध्य रमाउँथ्यो। अझ तिनीहरूले थाकखोलाको झुम्सा (जोमसोम), टुकुचे, मार्फा, कागबेनी, खिङ्गा, झारकोट, मुक्तिनाथको वर्णन गर्दथे। उत्तरतिर माछापुच्छ्रे, अन्नपूर्ण आदि हिमशृङ्खलालाई देखाउँदै हामी बस्ने ठाउँ त्यसैको पछाडि छ भन्दा हामीलाई ती हिमशृङ्खला नाघेर गयौं भने त्यही नै पुग्न सक्छौँ भन्ने लाग्थ्यो टाढा जस्तो लाग्दैनथ्यो। त्यस ठाउँको रोचक जानकारी हामीलाई दिन्थे। हाम्रो टोल, छिमेक, इष्टमित्रहरू परिवारजनहरूमार्फत मुक्तिनाथ यात्राका क्रममा देखेका रमाइला-रमाइला ठाउँहरूका साथै जनजीवनका बारेमा सुन्थ्यौ। हामीलाई पनि कतिखेर त्यहाँ जाऊँ जस्तो लाग्थ्यो। मेरी श्रीमती रश्मिले पनि २०२८ सालमै आफ्ना बुबामुमासँग मुक्तिनाथको दर्शन गसिकेकी रहिछिन्। उनबाट पनि मैले त्यस ठाउँका बारेमा धेरै कुरा सुनेको थिएँ। त्यसले पनि मलाई त्यस ठाउँको भ्रमणका लागि प्रेरित गर्थ्या। धेरै पटक प्रयास गर्दा पनि समय अनुकूल बन्न सकेको थिएन। त्यतिखेर त्यहाँ पुग्ने माध्यम या त पैदल यात्रा थियो या घोडामा चढेर। जोमसोममा एयरपोर्ट बनेपछि जहाजबाट पनि जाने-आउने सुविधा हुन थाल्यो। हाल गाडी नै पुग्न थालेपछि यात्रुहरूको चाप बढ्न थालेको पाइन्छ। अझ काठमाडौं, पोखरा आदि अधिराज्यका विभिन्न ठाउँहरूबाट मोटर साइकलमा समेत यात्रा गर्न थालेका छन्। केही समय यता त हेलिकोप्टरमा गएर २-३ घण्टा बसी फेरि र्फकने सुविधासमेत हुन थालेको छ। म र मेरी श्रीमती रश्मि प्लेनमा जोमसोम जाने त्यसपछि गाडीमा मुक्तिनाथ जान र्फकदा ठाउँ-ठाउँमा बस्दै आउने सोच बनायौं। २०७० साल वैशाख ३ गते मङ्गलबारका लागि पोखरा न्यूरोड स्थित एउटा ट्रेड लिंकबाट नेपाल एयर लाइन्सको चार्टर उडानका २ वटा टिकट प्रतिटिकट रु. ४७५०।– (एक तर्फी) मा एक हप्ता अगाडि नै लियौ। एयरपोर्ट टाइम बिहान ७ बजेर उडान समय बिहान ८ बजे उल्लेख थियो। जान पाइने भयो। मख्ख पर्‍यौं। वैशाख ३ गते बिहान ६:५५ मा विमानस्थल पुगी सिधै नेपाल एयरलाइन्सको काउण्टरतिर लाग्यौं। जोमसोमका लागि जहाज उडिसकेको जानकारी मिल्यो। फेरि अफिसतिर गयौं। एकजना महिला कर्मचारीले भनिन् तपाईंहरूको जहाज उडिसक्यो २ सिट खाली गयो। अब जहाज जाँदैन। हामीलाई साह्रै नमज्जा लाग्यो। ट्रेड लिंकको सर्म्पर्क कार्यालयमा गयौं सुरुमा हाम्रै लापर्वाही देखायो धेरैपछि सोही एयरवेजबाट र्फकने सर्तमा त्बचब ब्ष्च को टिकट पायौं। मुस्किलको सामना गर्नु पर्‍यो। बिहान ८:५५ मा हाम्रो प्लेन जोमसोमको लागि उड्यो। हामी चढेको प्लेन पोखरा विमानस्थलबाट उत्तर पश्चिमतिर लाग्यो। माछापुच्छ्रे र धवलागिरिलाई दाहिने पारी उड्दा साह्रै मनमोहक दृश्यहरू देख्न पायौं। हिमशृङ्खला, लालीगुराँसले ढाकेको वन, पाखा, पखेरा, नदीनाला, हिमचुली र पहाडहरूको दृश्यावलोकन साँच्चै नै मनमोहक थियो। करिब २५ मिनेटको उडानपछि प्लेन जोमसोम विमानस्थलमा अवतरण भयो। जोमसोम विमानस्थलमा उत्रने बित्तिकै हामीलाई फोटो खिच्न हतार भयो। चारैतिर निलगिरिलगायतका हिमाल, नाङ्गा पहाड, बीचमा बगेकी कालीगण्डकी, पूर्व, पश्चिम, उत्तर र दक्षिण सबैतिर नौला-नौला मनोरम दृश्यहरू हामीले भ्याएसम्म क्यामरामा कैद गर्‍यौं। हामीलाई एयरपोर्टभित्र धेरै बेर बस्न मनाही भएकाले चाँडै नै विमानस्थलबाट बाहिरियौं। आधा घण्टाको हिँडाइपछि कालीगण्डकीमाथिको पुल तरी हामी जिप बिसौनीमा पुग्यौं। पहिला हामी कागबेनी जानुपर्ने भएकाले टिकट लिई जिपमा बस्यौं। पूरा यात्रु भएकाले जिप हिँडिहाल्यो। बाटो सहज थिएन। यात्रामा केही असुविधा सहेर काली गण्डकीको किनारै किनार उत्तरतिर लाग्यौं। करिब १ घण्टाको यात्रापछि कागबेनी पुग्यौं। यो ठाउँ कागखोला र कालीगण्डकीको सङ्गम भएकाले श्रार्द्धतर्पण गरी मुक्तिनाथको दर्शन गर्दा पितृहरूको उद्धार हुने विश्वासले हामीले पनि सोही ठाउँमा स्नान गरी श्राद्ध गर्‍यौं। त्यसपछि स्थानीय एक होटलमा खाना खायौं। अपराहृन भइसकेको थियो। हावाहुरी चल्न थाल्यो। यो यस क्षेत्रकै दैनिक प्रक्रिया जस्तै रहेछ। त्यसपछि जिपमा बसी मुक्तिनाथतिर लाग्यौं। बाटो उकालो रहेछ। करिब १ घण्टा पछि जिप खिङ्गा, झारकोट पुराङ् जिपयात्राको अन्तिम बिसौनीमा पुग्यौं। करिब १०, १५ मिनेटको पैदल यात्रापछि पुराङ रानीपौवा पुग्यौं। यस ठाउँमा रणबहादुर शाहकी रानी सुवर्णन्रभाले बनाएको यौटा पौवा रहेछ त्यसैले यस ठाउँको नाउँ नै रानीपौवा रहन गएको रहेछ। यस ठाउँमा विभिन्न सुविधायुक्त होटेल लजहरू, रेष्टुराँ, क्युरियो पसलहरू, शाल्रि्राम, चौरीको पुच्छरबाट बनाइएका चमरहरू, स्याउको सुकुटी, छुर्पी, चिलिखो ऊनीका सामानका साथै आदि विभिन्न जडिबुटीहरू पाइँदो रहेछन्। सो ठाउँमा मेरा एकजना चिनेका मीत काका छिरिङ धवाको होटल लज छ। राम्रो व्यवस्था गरी बसेका छन् भन्ने सुनेको थिएँ। साँच्चै नै उनले मुक्तिनाथ होटेल एण्ड रेष्टुरेन्ट खोलेका रहेछन्। हालसालै ५ तले सुविधायुक्त पोटाला लज बनाएका रहेछन्। हामी सोही लजमा बस्यौं। केही समय थकाइ मेटेर हामी मुक्तिनाथ मन्दिरतर्फ लाग्यौं। केही ठाडो घोडेटो बाटो रहेछ। केही समयपछि मेरी श्रीमती रश्मीले केही अप्ठ्यारो महसुस गरिन्। तर केही छिन विश्राम गरेर केही आराम भएपछि पुनः हिँड्ने काम जारी राख्यौं। करिब आधा घण्टापछि मुक्तिनाथ परिसरमा पुग्यौं। मुक्तिनाथ उच्च स्थानमा रहेकाले सो ठाउँबाट हिमशृङ्खलाहरू, नाङ्गा पहाडहरू, तल रानीपौवा, झारकोट, खिङ्गा आदि गाउँहरू, कालीगण्डकी र माथि थोराङपास भई मनाङ जाने बाटाको दृश्य बडो मनमोहक रहेछ। मुक्तिनाथ शाल्रि्राम पर्वतको फेदीमा ३७४९ मिटरको उचाइमा मुक्तिक्षेत्र एवम् मुक्तिनाथ मन्दिर मुक्तिनाथ गा.वि.स. को वडा नं. १ मा पर्दछ। मुक्तिनाथको मन्दिर तीनतले प्यागोडा शैलीमा बनेको छ साथै एउटा सुनको गजुरसमेत छ। मन्दिरभित्र प्रवेश गर्नासाथ ठिक सामुन्ने कमलको फूलमाथि पदमासनमा विराजमान चार हात भएका मुक्तिनारायणको तामाबाट निर्मित करिब १ मिटर अग्लो भव्य मूर्ति उभिएको मुद्रामा छ। मूर्तिको दायाँ लक्ष्मी, बायाँ सरस्वतीका, अगाडि गरुडजीका मूर्ति नमस्कार मुद्रामा छन्।

हिमवत्खण्ड विष्णुपुराण आदिमा यस क्षेत्रको महिमा वर्णन गरिएको पाइन्छ। मुक्तिक्षेत्रको गरिमा ठूलो छ। यस क्षेत्रमा गई स्नान गरी यस तपस्थलको दर्शनले मात्र पनि मुक्ति मिल्दछ। त्यसैले यस क्षेत्रको नाम मुक्ति क्षेत्र रहन गएको उल्लेख छ। मन्दिर परिसरभित्रै उत्तरपूर्वमा गुप्त भएर आएकी मन्दाकिनीका तामाबाट निर्मित गाईको मुख भएका १०८ धाराहरू अविरल रूपमा बगिरहेका छन्। यिनै धाराहरूमा स्नान गरेपछि भगवान् मुक्तिनाथलाई विष्णुस्वरूप मानी पूजाआजा गरिन्छ। यस मुक्तिक्षेत्रले हिन्दू र बौद्ध धर्मावलम्बीहरूको उच्चतम सहिष्णुताको प्रदर्शन गर्दछ। मुक्तिनाथलाई हिन्दूहरू विष्णुको अवतारका रूपमा पूजाआरधना गर्दछन् भने बौद्ध धर्मावलम्बीहरू भगवान् बुद्धको प्रतीक आर्यावलोकितेश्वरका रूपमा पुज्दछन्। दुवै धर्मावलम्बीहरूले आस्थाका केन्द्रका रूपमा मान्ने भएको हुँदा प्रमुख तीर्थस्थलका रूपमा ख्याति प्राप्त गरेको पाइन्छ। यहाँको नित्य पूजा बौद्ध धर्मावलम्बी झुमा र हिन्दू धर्मावलम्बी ब्राहृमण पण्डितबाट हुन्छ।

मुक्तिनाथ मन्दिरको दक्षिण पूर्वी-भागमा गुम्बाशैलीमा ज्वालामाईको मन्दिर बनेको छ। यस मन्दिरभित्र पानी, माटो र ढुङ्गाबाट अटुट प्राकृतिक दीपशिखा प्रज्वलित भइरहन्छ। हाल केही समय यता एउटा दीप प्रज्वलित हुन रोकिएको छ। यहाँ प्राकृतिक ग्यासको खानी भएको अनुमान गर्न सकिन्छ।

यस क्षेत्रमा प्रायः १२ बजेपछि ठूलो हावाहुरी चल्छ र जाडो पनि हुन्छ। कसै कसैलाई लेक लागी टाउको दुख्ने, कान बन्द हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्तो हुन सक्छ। त्यसैले केही सावधानी अपनाउनु पर्ने हुन्छ। साँझ परेपछि होटलमा फर्क्यौं। रात परिसकेको हुँदा बाहिर निस्केनौं। विहान उठ्दा कोठाबाटै चारैतिरको दृश्य देखिँदो रहेछ। कोठाबाटै धेरै फोटाहरू खिच्यौं। बिहान पुनः मन्दिरतर्फ लाग्यौं। यस पटक हामी मोटर साइकलमा गयौं। प्रतिव्यक्ति रु. १५०।- लिँदो रहेछ। १०८ धारामा नुहाई मुक्तिनाथको पूजा पाठ गरी फेरि मोटर साइकलमै होटलसम्म फर्क्यौ। छिरिङधवाकी छोरी निमा टाठीबाठी  होटल मेनेजमेन्टमा स्नातक गरेकी रहिछिन्। बोलीचाली असाध्यै मन पर्‍यो। अर्की छोरी डोमा पनि फरासिली। ३,४ कक्षा मात्र पढेकी रहिछिन्। छिरिङ धवाका छोराबुहारीहरू सबै अमेरिकातिर रहेछन्। बिहानको खाना खाएपछि जिप बिसौनीसम्म छाड्न निमा आइन् त्यसपछि जिपमा चढेर जोमसोम फर्क्यौं। जोमसोममा धेरै बस्नु परेन मार्फाका लागि बस तयारी रहेछ। करिब ४० मिनेटपछि मार्फामा उत्र्यौं र स्थानीय प्याराडाइज लजमा बसी भोलिपल्ट बिहान चिया खाई मार्फा डुल्न निस्क्यौं। मार्फाको गुम्बा, बजार हेर्‍यों । १०० वर्ष अगाडि एकजना जापानी पर्यटक स्थानीय भेषमा आई लुकीछिपी धेरैको उपकार गरेका रहेछन्। उनैका सम्झनामा उनैको नाममा भ्पबष् प्बधब न्गअजष्ुक ज्omभ बनाई २ वर्ष अघि मात्र शतवाषिर्की मनाएका रहेछन्। मार्फामा बस्दा वसन्ती लालचनले रचेको ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा’ सम्झना भयो। स्याउबारी हर्र्न गयौं। भरखरै फूल फुल्न थालेका, त्यस्तै आरु, चिलिखोमा, पनि फूल फुल्न लागेका रहेछन्। स्याउबारी रमाइलो लाग्यो। मार्फा गाउँको उत्तरपूर्वी भागमा घना रूपमा बसेको त्यही गाउँको सयौं वर्षदेखि रक्षकका रूपमा रहेको रिसुम घुम्भ टड्कारै देखिन सकिने रहेछ, साह्रै रमाइलो लाग्यो। यस ठाउँको अर्का विशेषता आ-आफ्नो घरमाथि दाउराको चाङ राख्दा रहेछन् जसको घरमा धेरै वर्षौ पुरानो दाउरा हुन्छन् ती सम्पन्न मानिँदो रहेछन् । धेरै समय हिमपात पर्ने हुँदा यस्तो सञ्चय बेलामा उपयोगी साबित हुँदो रहेछ ।

ठूलो संयोग मान्न पर्छ मेरी श्रीमती रश्मिकी बालसँगिनी, कक्षा ७ देखि एम.ए. सम्म सँगै अध्ययन गरीसँगै पृथ्वीनारायण क्याम्पस, पोखरामा पढाउँदै गर्नुभएकी सुश्री ज्योति भट्टचन आफ्नो पुर्ख्यौली गाउँ टुकुचेमा १२ वर्षे चौरी छाड्ने मेलाका लागि आउनुभएको रहेछ। वहाँले थाहा पाई हामीलाई बिहानको खाना खान बोलाउनु भयो। हामी बस चढेर करिब ४० मिनेटको यात्रापछि टुकुचे आयौं। बाटामा हामीलाई लिन ज्योति आउनुभएको रहेछ। वहाँले आफ्नो पुर्ख्यौली जग्गाजमिन, सानो छँदा अध्ययन गर्नुभएको विद्यालय, हितमान सुब्बा परिवारका घरहरू, टुकुचे बजा मुस्ताङ डिस्टिलरी आदि सबै देखाउनुभयो। आफ्नो सानैदेखिको साथी बेलाबेलामा मुस्ताङ, टुकुचेका बारेमा सुनाउने गर्नुभएको फेरि संयोगले सोही ठाउँमा भेट हुँदा रश्मि साह्रै दङ्ग थिइन्। खुसी थिइन्। खानाका लागि होटलतिर लानुहोला भन्ने लागेको थियो तर वहाँले त कोबाङबाट टुकुचे आई आफ्नै घरमा खाना तयार गर्नुभएको रहेछ। हामीले वहाँको पुर्ख्यौली घर हर्र्ने अवसर पायौं। वहाँको आतिथ्यले हाम्रो यात्रालाई चिरस्मरणीय बनायो। वहाँप्रति हामी ज्यादै आभारी छौं। म सानो छँदै आमा, हजुरआमाहरूले मीत लगाइदिनुभएको गोपाल थकाली कहाँ पनि लानुभयो। मीत गोपाल थकाली छोराछोरीहरूसहित स्वीजरल्याण्ड बस्नुहुन्छ भन्ने थाहा भयो। छोराले विद्यावारिधिसमेत गरेका रहेछन् । विस्तृत जानकारी पाइएन । जेहोस् मित छोरालगायत सम्पूर्ण परिवारमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

बुबाआमा बुहारी नातिनीसँग भेट भयो। धेरै समयपछि भेट भएकाले वहाँहरूले चिन्न सक्नुभएन। केही समय बसी टुकुचेबाट बसमा प्रस्थान गर्‍यौं। केही समयपछि ज्योतिजी कोबाङ र्झनुभयो। हामी अगाडि बढ्यौं। लेतेमा क्भभ थयग ीयमनभ मा एक दिन बसी भोलिपल्ट लेतेबाट घाँसा आयौं। घाँसाबाट अर्का बस फर्र्नु पर्दा रहेछ। बाटामा पर्ने रूप्से झरना मनमोहक रहेछ तर गाडी चालकले बस रोक्न नमानेका कारण बसबाटै अवलोकन गर्‍यौं फोटो खिच्यौं। तातोपानीमा ट्रेर्कर्स इन लजमा बास बसी स्थानीय तातोपानीमा स्नान गर्‍यौं। तातोपानीमा क्गउिजगच (गन्धक) भएका कारणले छालासम्बन्धी विभिन्न रोगहरू निको हुने विश्वास गरिन्छ। तातोपानीबाट गलेश्वर आउँदा बाटो अलि अप्ठ्यारो रहेछ। बाँदरजुङ भिर भएर बस जानुपर्ने रहेछ। बाटो साँघुरो भिर ठूलो रहेछ। अहिले  सम्झदा पनि जिउ सिरिङ्ग हुन्छ। त्यसपछि हामी गलेश्वरमा ओर्ल्यौं। यो म्याग्दी जिल्लाको सदरमुकामबाट करिब ३ कि.मि. उत्तरमा कालीगण्डकी र रहु खोलाको सङ्गम नजिकै रहेको छ। यहाँ गलेश्वर भगवान्को विशाल एवम् भव्य शिला छ। त्यसमाथि एक शालिग्राम छन्। शिलाको खाल्टामा चक्रपरेको ठूलो टुक्रा शिलालाई गलेश्वर महादेव मानी पूजाआजा गरिन्छ। श्रीमद्भागवतमा गलेश्वर महादेवको महिमा वर्णन गरिएको छ। यस मन्दिरदेखि दक्षिण पूर्वमा जडभरतको शिला छ। यस स्थललाई हिन्दू धर्मावलम्बीहरू एक पवित्र तीर्थ मानी विभिन्न स्थानहरूबाट आई स्नान, पूजापाठ गर्ने गर्दछन्। गलेश्वरको दर्शनपछि ट्याक्सीमा बेनी आई खाना खायौं। त्यसपछि ट्याक्सीमा करिब तीन घण्टापछि दिनको ३ बजे पोखरा न्यूरोड स्थित आफ्नै घरमा आइपुग्यौं।

यसरी हाम्रो मुक्तिनाथ यात्रा सम्पन्न भयो तर सो ठाउँको संस्कृति, भेषभूषा, अतिथि सम्मान अझ त्यहाँका मनमोहक दृश्यहरू मुक्तिनाथको दर्शन एवम् अन्य गुम्बाहरुको दर्शन हाम्रो मानसपटलमा ताजा छन्। मनमोहक तथा महत्वपूर्ण ठाउँहरु धेरै नै बाँकी रहेका छन् । समय छोटो भएकाले ति ठाउँहरुमा पुग्न सकिएन पछि जाने अनुकूल भएमा अवश्य पनि ती स्थलहरुको बारेमा लेख्ने छु । यो ठाउँ एक पटक हर्र्नै पर्ने गन्तव्य स्थल रहेछ।

Related News

सम्बन्धित समाचार

    • आदर्श फिल्म : मेडम गीता रानी

      कृष्ण गोदार कृष्ण गोदार माघ १०, २०७७
      विश्वमा बर्सेनि हजारौं चलचित्र बन्छन् । केहि चलचित्रहरु सफल हुन्छन् त कुनै पूर्णरुपमा असफल । केहिले करोडौं, अरबौं कमाउँछन् भने…
    • सत्ताप्राप्ति र राज्य दोहनमा बितेको एक युग

      डा. सूर्यराज आचार्य डा. सूर्यराज आचार्य माघ ९, २०७७
      २००७ सालपछि आधुनिक युगमा प्रवेश गरेको नेपाल ७० वर्षको अवधिमा राजनीतिक रुपमा चलायमान रह्यो । पटकपटक व्यवस्था परिवर्तन भयो ।…
    • बुबाआमा भगवानका स्वरुप

      dineshbasnet दिनेश बस्नेत माघ ६, २०७७
      मेरा अनन्य मित्र रमेश केसीजी क्यानडामा हुनुहुन्छ । तर यतिबेला उहाँको मनचित्त गाउँघरमा छ । विशेषगरि बुबाको वरिपरि घुमिरहेको छ…
    • दोषी नेता होइनन्, हामी हौं

      युवराज खनाल युवराज खनाल माघ ५, २०७७
      राजनीतिक दलहरुको गतिविधिकै कारण जनता आजित छन् । जताततै एउटै गुनासो, एउटै नैराश्य अनि एउटै आरोप सुनिन्छ, देशको यो हालतको…
    • साहित्य, राजनीति र चुनाव

      टीकाराम वाग्ले टीकाराम वाग्ले माघ ४, २०७७
      साहित्यको पनि आँखा हुन्छ । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबारे आँखा चिम्लिन सक्दैन । कथा, कविता, निबन्ध अर्थात् लालित्यपूर्ण…

    hero news full width