त्यछिःत्य वकछिःत्य
लातापाता कुलेचाः जुछिःत्य
यःमरी च्वामु, उकी दुने हाकु
व्यूम्ह ल्यास्से, मव्यूम्ह वुर्हकुतिचा
छिमिनं चिकु, जिमिन चिकु
पिया च्वने थाकु, याकन व्यू
यी माथि उल्लिखित नेपाल भाषाका काव्यात्मक हरफहरू परम्परादेखि नै यःमरी पुन्हीको दिनमा घर घरमा यःमरी माग्दै हिँड्दा गाउने गीतका हुन्। यस गीतको अर्थ चार माना, दुर्इ माना र एक माना अटाउने भाँडोमा नयाँ धान चुली भरेर माग्न आउने सबैलाई एक एकवटा यःमरी सहित देऊ, यःमरी तिखो त्यसभित्र कालो, दिने व्यक्ति तरुनी नदिने व्यक्ति कुप्री बुढी, तिमीलाई पनि जाडो मलाई पनि जाडो, कुर्नलाई गार्हो, छिटो देऊ भन्ने हो। यो गीतमा यःमरीको साँस्कृतिक अर्थ र महत्व लुकेको छ। यस गीतमार्फत साहित्य र संगीतको एक साथ सृजना भएको छ।
यस्तो परम्परामा पोखरामा यसरी यःमरी मागी घर घरमा जाने चलन छैन। तर यो रोटी आफूले मात्र नखाई इष्टभित्र नातागोताहरूलाई समेत घरमा बोलाएर खुवाउने गरिन्छ। मंसिर महिनामा पर्ने मार्ग शुक्ल पूणिर्मा अथवा नेपाल भाषाअनुसार थिंला शुक्ल पुन्ही अर्थात् धान्य पुन्ही भनी मनाउने दिनमा यो पर्व पर्छ। यस दिनमा नेवार जातिहरूले आफ्नै तरिकाको विशेष रोटी तयार पार्छन् जसलाई यःमरी भनिन्छ। त्यसैले सोही रोटीको नामबाट नै पूणिर्माको नामकरण गरी यःमरी पुन्ही भनी हषोर्ल्लासका साथ मनाइन्छ। बालक, युवा, बुढाबुढी समेत मिलेर रातभर नसुती मायो भनेर अन्नपूर्ण र बायो भनेर कुबेरको प्रतीक ठूलो यःमरी बनाइन्छ। अन्य देवताहरूमा गणेश, महालक्ष्मी, भैरब, सुकुण्डा र जनावरहरूमा बोका, भेंडा, हात्ती, मुसो, भ्यागुतो, काग आदिको प्रतीक पनि बनाइन्छ। भकारीमा भरिएको धानलाई गोबर माटो र पराल मिसाएर धानको भकारीमाथि लिपेर यी रोटी राखेर छोपिन्छ। माथि उल्लिखित देवताहरूलाई राम्रोसँग पूजा गरिन्छ र पूजा सकिएपछि ज्येष्ठताको आधारमा परिवारका सदस्यहरूको क्रमवद्ध तरिकाले देवता यःमरी दिइन्छ भने बच्चाहरूलाई जनावर यःमरी दिइन्छ। त्यसका साथमा सम्ह्यबजि र माटोको प्यालामा आगो बल्ने रक्सीलाई ३ पटक राखेर समूह भएर सँगै भूर्इमा झ्व (लामवद्ध) बसेर भोज खाने गुन्द्री ओछ्याएर रमाईरमाई खाइन्छ। त्यसपछि च्यूराको भोज खाई यःमरी पुन्ही मनाउने गरिन्छ। यो पर्वको ४ दिनसम्म रोटी बनाउँदै खाने गरिन्छ भने चौथो दिनमा स्वाङ कोकाएउ अर्थात् पूजाको समापन भनेर पूजा गरिएका सबै देवता र रोटीहरूलाई झिकेर समापन गरिन्छ। मायो बायो अर्थात कुबेर र अन्नपूर्णको प्रतीक यःमरीलाई टुक्रा टुक्रा पारेर घरका सबैले बाँडेर खाई समापन गरिन्छ।
नेवारहरूले खाने गरिएका धेरै रोटीहरू छन् र नेवारी संस्कृतिसँगै सम्बन्धित रोटीमध्ये यःमरी पनि एउटा हो। रोटीको नाममा नै पर्व मनाई खाइने यःमरी बच्चा दुर्इ वर्ष प्रवेश गरेपछि दुर्इवटा रोटीको माला बनाएर लगाउने गरिन्छ भने प्रत्येक जोड वर्षहरूमा जन्मदिनमा त्यहीअनुसारकै माला बनाई लगाई पूजा गरिन्छ। यो रोटी ७७ वर्ष ७ महिना ७ दिन ७ घण्टा पुगेको बेला, ८४ वर्ष पुगेको बेला र १०० वर्ष पुगेको बेलामा ल्ह्वच मरी र मुस मरी, बयर, कटुस, सयपत्री फूल, ओखर आदिले घ्वाल्ल गरिन्छ भने म्हपूजा, भाई टीका, दुलाहा दुलही भित्र्याउने बेलामा पनि घ्वाल्ल गरिन्छ। नया“ घर बनाउँदा पनि घरको छानाबाट बाहिर आँगनमा पनि घ्वाल्ल गरिन्छ। यसै गरी विभिन्न देवताहरूको रथजात्रामा पनि यही रोटी राखी पुजा गर्ने गरिन्छ।
यो यःमरी पुन्ही मनाउने परम्पराका केही प्रमुख लोकोक्तिमध्ये सुनिँदै आएको एउटा प्रमुख लोकोक्ति यस प्रकार छः
यःमरी अर्थात् थिंला शुक्ल पूणिर्माको दिन पांचाल देश -पनौति) को एउटा गाउँमा बस्ने सुचन्द्र भन्ने महाजनको पति पत्नी दुवैले गरिवहरूप्रति अत्यन्त दया राखी खानेकुरा र लुगा लगाउन दिई निक्कै सहयोग गर्ने गर्दथे। कुबेरले यी दुवै पति पत्नीको एक पटक परीक्षा गर्नुपर्यो भन्ने सोचेछन्। अनि एक गरिवको भेष धारण गरी सुचन्द्रको घर आँगनमा माग्न गएछन्। गरिव रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पत्तिले साहै्र श्रद्धापूर्वक घरको तलामा लगेछन्। अनि नयाँ लुगा लगाउन दिई मिठो मिठो खाने कुरा खुवाएछन्। त्यसपछि गरिवरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन्। केही बेर ज्ञानगुणका कुराहरू गरेछन्। त्यसपछि यःमरी बनाउने विधि सिकाई बफाउने तामाको भाडा समेत दिई अन्तर्ध्यान भएछन्। कुबेरले सिकाएबमोजिम नयाँ चामलको पिठो बनाई त्यसभित्र गुड र तिल राखी यःमरीको रोटी एवं कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा ४ दिन सम्म पूजा गरेछन्। यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन्। र उनले अन्नहरू जति दान दिन्छन् त्यत्ति नै भरिने भएछ। श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ। कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ। त्यसैले यःमरी र अन्न माग्न आउनेहरूलाई दान दिइँदै आएको हो। यो चाड बौद्ध मार्गीहरूले पनि मनाउँदै आएका छन्। बौद्ध मार्गीहरूले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दू मार्गी नेवारहरूले सिन्हम्हुको प्रतीक भनेर अर्थ्याउँदै आएको पाइन्छ।
नयाँ धान भित्रिएपछि धानलाई विशेष पूजा गरी त्यस धानको चामलको पिठो बनाई भगवानलाई सम्झी अपण गरी खानु नेवारी संस्कृतिको परम्परा र कर्तव्य नै हो। पूजाको अर्थ अको वर्ष पनि यसरी नै मनाउन पाऊ भन्ने हो। नेवारहरूले प्रत्येक संस्कृति र संस्कारमा ढोका, ढिकी, कुचो, चुल्हो पानी, बतास पृथ्वी आदिलाई पूजा गर्ने प्रचलन रहिआएको छ। नेवारहरूको भगवान वास्तवमा प्रकृति हो। तसर्थ प्रकृतिका विभिन्न रूपलाई वर्षभरिको कुनै एक पर्वमा श्रद्धापूर्वक पूजा गरेर मनाउँदै आइन्छ।
यस यःमरी पुन्हीको रात यति लामो हुन्छ कि धान कुटेर ल्याएको चामल भिजाएर पिठो बनाई यःमरीको रोटी बनाएर पूजा गर्दा पनि बिहान भएको हुँदैन भन्ने लोकोक्ति पनि अझै रहेको छ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
असाेज ४, २०८१प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१