मोक्षधाम सेवा आश्रम र विश्वजागरण महामहोत्सव

आदर्श समाज सम्वाददाता
माघ १५, २०७०

“परिवर्तिन संसारे

मृतकोवानजायते

सःयाती यनः जातेन

याति वंश समुन्नतिम्”

अर्थात परिवर्तनशील संसारमा जन्मपछि मृत्यु अवश्य नै छ तर जसले आफ्नो वंश, समाज र समग्र राष्ट्रका उन्नतिका लागि सुकर्म गर्छ ऊ मरेर पनि अमर रहन्छ। जीवन जीउनका लागि मात्र मानव यस तप भूमिमा जन्मेको होइन भन्ने यथार्थता सिक्न र सिकाउन मोक्षधाम सेवा आश्रमको परिकल्पना र स्थापना भइ सकेको छ।

आज हाम्रो समाज र हाम्रा बालबालिकाहरु कुलतमा फसिरहेका छन्। हामीले सानैदेखि सुसंस्कार दिन नसक्दा हाम्रो बृद्ध अवस्थामा बृद्धाश्रम वा कुनै देवालयमा आश्रय लिन जानुपर्ने तितो यथार्थता छ। लाखौं दान गरेर दानवीर बनी ठूला(ठूला तस्विरहरु खिचाइरहेका पाउछौं केवल समाजसेवाका नाममा बृद्धाश्रम वनाउन चाहाछौं। घरमा बृद्ध बाबा आमाको सेवा गर्नु त परै जाओस घरबाट नै निकालिन्छ। यो लेखकसँग पोखरामा नाम चलेको बृद्धाश्रममा एउटा बयोवृद्ध पौडेल थरका वृद्धले भन्नुहुन्थो ‘म धेरै बाँचुला जस्तो लाग्दैन मेरो छोराको काखमा नै मर्न चाहान्छु। मेरो छोरालाई लिन बोलाइदेउ हैं’ तर पुनःत्यहाँ जाँदा मरिसकेको खबर प्राप्त भयो जुन शव्द मनमस्तिस्कमा ताजै छन्। आखिर यो अवस्था आउनुको कारण हामी स्वयम् होइन र – शाक्तिशाली राष्ट्रले सीमा मिचिरहदा सायद बार्ताबाट सीमा मिलाउन सकिएला तर गुमेको हाम्रो पुरानो धर्म, संस्कार र संस्कृति जोगाउन सकिएन भने फेरी कुनै पनि तबरले अस्तित्व रहन सक्दैन।

पश्चिमी राष्ट्रहरुको प्रभाव, बढ्दो क्रिश्चियन धर्म प्रचारले गर्दा सनातन धर्म -हिन्दु,बुद्ध प्राकृत) संकटमा परिरहेको छ। अरवौं डलर खर्चिरहेका छन् तर हामी भने किर्ंकर्तव्यविमुढ भई आफ्ना आदिम संस्कार खोक्रो हुँदा पनि मौन भएका छौं। यसको जिम्मेवारी बोध कहिले होला – यो लेखक एउटा विद्यालयमा सयौं थुगा…… भन्ने राष्ट्रिय गान गाउदै गर्दा कक्षा ५ मा पढ्ने एउटा सानी नानीको नजिक पुग्दा राष्ट्रिय गान नगाएको पाएपछि नजिकै गएर सोध्दा हामी राष्ट्रिय गान गाउदैनौं’ भनिन, कारण सोध्दा हामी भरखरै क्रिश्चियन भएको हाम्रो गुरुले नगाउन भन्नु भएको छ। कताकता खिन्नता महसुस भयो। आखिर हाम्रो राष्ट्रियगानमा एकताको सन्देश छ। कुनै धर्म, जाती, भेषभूषको नत विरोध नै छ त्यहाँ त केवल राष्ट्र र राष्ट्रियताको बारेमा गाथा गाईएको छ। के धर्मको अर्थ यही हो ? कि राष्ट्रियगान गाउनु अपराध हो ? यस गम्भिर परिस्थिति पनि तपाई हामी सोझा नेपालीको कारण, हाम्रो गरिवीका कारणले नै भएको हो भन्ने कुरामा दुर्इ मत छैन।

विक्रम सम्वत अनुसार नेपालको नयाँ वर्ष परिवर्तन हुँदा न त कुनै सडक महोत्सव न त कुम्भमेला तर किस्मस चाड देखि शुरु हुने रमाइलो नयाँ इसवीय सम्वतमा हामी रमाइलो मात्र हेर्न होइन संस्कार विपरित कार्यहरु सिक्न र सिकाउन प्रेरित गर्दछौं। हाम्रा धार्मिक पुस्तकहरु पल्टाएर हेर्ने हो भने केवल भारतमुखी मात्र छन्। गया जानै पर्ने, चारधाम (रामेश्वरी, बद्री, केदार आदि) नगएसम्म मुक्ति छैन। प्रयागराज, ब्रहृमाकपाली आदि आदि अनेकौं तिर्थका महत्व दर्शाएर नेपालीहरु अरबौं रकम खर्च गरी भारत जाने गर्छन तर स्कन्द पुराणको नेपाल खण्डमा उदृत नेपाली तिर्थहरु काली, सेती, नारायणी मेची, महाकाली नदीका महत्वहरु, शालीग्राम उत्पादन हुने काली गण्डकी जुन स्थापना नगरी भारतमा कुनै पनि मन्दिर वनेका छ्रैनन्। ‘यतपुण्यम् लभते गयां, सहस्रगुणधिकम् कृष्णाः’ अर्थात गयामा पिण्ड दिएको हजारगुणा भन्दा धेरै फल कृष्ण गण्डकी र शाल्रि्राम ढुं·ा माथि दिएको पिण्ड तर्पणले पितृले प्राप्त गर्दछ भन्ने विषय ओझेल पारिएको छ।

त्यसैगरी अठारपुराणको उद्ध्गम भूमिबेदव्यासको जन्मथलो, पतन्जलीको जन्म र योग भूमि वशिष्ठ, विश्वमित्र, कश्यप, जमदग्नी आदि सयौं ऋषि महाषिर्हरुको जन्म तथा तपस्थली, सिद्ध एवं पवित्र भूमि नेपालमा रहेका अनेकौं तिर्थहरु प्रचार प्रसार विहिन छन्। भारतका चारधाम भन्दा अति पवित्र भूमि जनकपुर, लुम्विनी, पशुपतिनाथ, मुक्तिनाथ, स्र्वर्गद्धारी, बराहक्षेत्रधाम जसको दर्शन विना कुनै पनि तिर्थ भ्रमण अपूर्ण हुन्छन् भने पर्यटकीय दृष्टिकोणले विश्वकै हावापनी, जैविक विविधता, भौगोलिक सुन्दरता आकर्षक रहन सहन एउटै सानो भूमि नेपालमा नै पाइने देश सानो तर विश्व यहि भएकोले पनि ठूलो संभावना छ। त्यसैले विश्वका झण्डै दुर्इसय देशमा नेपालको व्यापक प्रचार प्रसार गर्न सकने हो भने हामी नेपालीको समृद्धता टाढा थिएन। भगवान गौतम बुद्धको जन्मस्थल नेपाल नै हो भन्ने कुरा विश्व सामु चिनाउन सके विश्वका बुद्धधर्मालम्बी नेपाल आउने थिए तर विडम्वना भारतले आफ्ना पाठ्यपुस्तक देखि हरेक ठाउँमा ‘बुद्ध’  भारतमा जन्मेका हुन भन्ने लेखेका छन्। सगरमाथा नेपालको हो तर चीनले आफ्ना पाठ्यपुस्तकमा चीनको नै हो भनेर प्रचार गरेको छ तर हामी नेपाली र नेपालका शासकहरु थाहा नपाए झै गारिरहेका छौं।

यी कैयौ जटिल तर यथार्थ विषयहरुको सकारात्मक सन्देश प्रवाह गर्न हाम्रा नयाँ सन्ततिहरुलाई धर्म, संस्कार र संस्कृति सिकाउन बुद्धहरुलाई घरमा नै पूजा गर्ने शिक्षा सिकाउन, नेपाललाई विश्व सामु चिनाउने प्रयोजनका साथ पोखरामा एउटै भवन भित्र हिन्दु, बौद्ध र प्राकृत धर्मसँग संवन्धित शिक्षा सिकाउने, सत्संग गर्न, खोजअनुसन्धान गर्न मिल्ने हजारौ पुस्तकहरुको संग्रह गर्ने गराउने उद्देश्यका साथ आयोजना हुन लागेको विश्व जागरण महामहोत्सव २०७० चैत १७ देखि २५ गतेसम्म सहभागी बनौं। उक्त महोत्सवमा बालव्यार्स इश्वरकृष्ण शास्त्री ज्यू एवं अन्य बौद्ध तथा हिन्दु गुरु ज्यूहरुबाट प्रवचन हुनेछ।  फ् कार परिवारको एकता बृद्धबृद्धाहरुलाई जीवित भगवानका रुपमा घरमा नै पूजा गर्ने वातावरण तयार गरौ। नेपालका तिर्थहरुलाई विश्वसामु चिनाउने उद्देश्यका साथ आयोजना हुने कार्यक्रममा सहभागी हुन अनुरोध गरिन्छ। साथै उक्त महामहोत्सव आस्था टि.भि., कान्तिपुर टि.भी., हिमाल टि.भी. मार्फत भागवतलाई आधार मानी नेपाल नेपाली र नेपालका तिर्थहरुका बारेमा सप्रमाण नेपाली हिन्दी र अंग्रेजीमा प्रवचन हुने हुँदा कर्ता, विज्ञापनद्धाता उद्योगी, व्यवसायी बैंक तथा वित्तिय संस्था ब्रम्हकुमारी, साई आश्रमहरु र सहयोगी आध्यात्मिक हातहरुलाई सभक्ति सप्रेम अनुरोध छ। स्मरणीय रहोस उक्त कार्यक्रममा मूल कर्ता र आयोजक समितिका अध्यक्षका रुपमा धर्मभीर समाजसेवी व्यक्तित्व जसले बेलायतको आवासीय भिसा त्याग गरी नेपाल र नेपालीको कल्याणका लागि केही गर्ने उद्देश्य अनुरुप गोर्खा रेडियो, गोर्खा सहकारी, गोर्खा कल्याणकारी संघ एवं विभिन्न संघ संस्थाहरुमा आबद्ध व्यक्तित्व श्री भिम बहादुर गुरुङ ज्यूले नेतृत्व लिनु भएकाले उक्त महामहोत्सवको सफलताको शुभकामना ! अस्तु !

(लेखक : मोक्षधाम सेवा आश्रम पोखरा शाखाका सचिव हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width