मेरो अनुभूतिमा तीज हिजो र आज

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७१

हामी सानो छँदा चार्डपर्व भनेपछि हुरुक्कै हुन्थ्यौं। जब जनैपूणिर्मा आउँथ्यो अब चाड पर्व आयो भनेर मनभित्र खुशिको अनुभूति हुन्थ्यो। जनैपूणिर्मामा हातमा कसको धेरै तावा हुने भनेर साथी साथी बीच प्रतिस्पर्धा नै चल्थ्यो। पुरेतले थोरै तावा लगाईदिएर कन्जुस्याइँ गर्दा मनमनमा रिस समेत उठ्थ्यो। आमा भन्नु हुन्थ्यो जनै पूणिर्माले चाड बोलाउँछ। मैले सोध्ने गर्थे अब कुन चाड आउँछ आमा। उहाँ भन्नु हुन्थ्यो-अव कृष्णा जन्माष्टमी, तीज, दसैं अनि तिहार। मनमा अरु चाड भन्दा पनि दसैंले मन बढी तान्थ्यो। दसैं आउने बेलामा त औंला भाँचेर दिनै गनिन्थ्यो। दसैंलाई बढी महत्व दिनुको कारण मीठो खाना र एक जोर नयाँ नाना थियो ।

तीजलाई विशेष रूपले सम्झने कारण यो चाडले अन्य चार्डपर्वलाई ढोका खोल्थ्यो। बाबा नभएका कारण म तीजमा मेरो फुपुहरूलाई लिन जान्थे। फुपुहरूले मलाई मेरो भदा आएको भनी अत्यन्त प्यार गरेर आतिथ्यता गरेको मलाई सम्झनामा छ। गाउँ घरमा तीज आएको बाटोबाटै चाल पाइन्थ्यो। तीजमा चेलीबेटी अगिपछि लगाएर हिंड्नेहरूको ताँतीबाट तीज आएको प्रष्टै थाहा पाइन्थ्यो। त्यति बेला अहिलेको जस्तो सञ्चारको विकास भएको थिएन। चेलीबेटी लिन जानै पर्थ्यो। नगए चेलीबेटीको मन दुख्थ्यो। वर्ष दिनको  तीजमा माईती लिन आएनन् भनेर विरहका गीत बन्थे। महिलाहरूले आफ्ना व्यथा र कुण्ठा तीजको भाकामा पस्कन्थे। साँच्चै त्यति बेला महिलालाई बधुवा मजदुर भन्दा तल दासी बनाएर राखिन्थ्यो। अहिले पनि हाम्रो समाजमा महिलालाई घर-घरमा दासी बनाएर राखिएको अवस्था छ। जवरजस्ती विवाह गराएर घर पठाउने अनि वर्ष दिनभरि माईत आउन नदिने चलन आर्य समाजहरूमा बढी थियो। विवाहपछि सासूले गरेको अन्याय, अत्याचार, लोग्नेले गरेको हिंसा, समाजले थोपरेको भेदभाव सबै सहेर बसेकी महिलाले तीजको एक दिन दिल खोलेर भन्न पाउँथे। त्यति बेला राजनीतिक घटनाक्रमको वण कम बोलिन्थ्यो। छोरीप्रतिको भेदभावलाई उजागर गर्ने सरल लयका गीत हुन्थे। छोरालाई पढाउने अनि छोरीलाई नपढाउने बाबुलाई यसरी भनिन्थ्यो।

छोरालाई त बाबाले कापी कलम किन्दिनी, किन हो नि बाबा मलाई डोको बुन्दिनी?

महिलामाथिको अन्याय अत्याचार विरुद्व नारीले खुलेर विरोध गर्ने स्वतन्त्रता दिवस जस्तो थियो तीज। अन्य अवस्थामा बोल्नेसम्म छुट थिएन महिलाहरूलाई। अनि मनका बेदना पोख्ने चौतारी बन्यो तीज। सासूले बुहारीलाई पेटभरी खान नदिने, लोग्नेले सौता ल्याएर हेला होचो गर्ने, नन्द अमाजूले कुरा लगाएर घरबाट निकाला  गर्ने जस्ता अन्यायपूर्ण कार्यको बेली विस्तार लाउने पर्व थियो तीज। गाउँ घरमा तीज पर्वको उपलक्ष्यमा गहना लगाएर आडम्वर देखाउने पनि गरिन्थ्यो। महिलाहरू गहनाले सजिएर रातो सारीमा छमछमी नाच्थे। धनीका छोरी बुहारी गहनामा ठा“टीएर तीजको मेला हेर्न जाँदा गरिव दुखीका छोरी बुहारीले मन दुखेको गीत मार्फत् व्यक्त गर्दथे। पहिले पहिले गहनाको बारेमा भाउजूले नन्दलाई दिएको दुःख यसरी व्यक्त गरिन्थ्यो।

नेपालबाट दाजुले शीरफूल पठाए, किन दिन्थिन् भाउजूले राखिन् आँफैले।

यो गीतले गहनाप्रति महिलाको आशक्ति र भाउजूले गरेको भेदभाव प्रष्ट झल्कन्छ। यति बेला शहर बजारमा तीजको बहानामा महिलाहरूले गहनाको प्रदर्शन नै गरेजस्तो देखिन्छ। हिजोझैँ शिरफुल र चन्द्रमा शिरमा नभए पनि आज प्रायः महिलाको शरीरमा छड्के तिलहरी झुण्डेको देखिन्छ। बजारमा रातो सारीको खपत राम्रै भएको छ। बाटो घाटो, शहर बजार जताततै रातो सारीले आँखा तिरमिराएको छ। होटल पार्टी प्यालेस, समाज घरमा दिदीबहिनीहरू क्यासेटको धुनमा रमाइरहेका छन् तर तीजको मर्म र भावना हराएको छ। समय परिवर्तन भएर होला तीज हिजो जस्तो कत्ति छैन। विभिन्न संघ संस्थाले आयोजना गर्ने तीज पर्वमा नारीको सम्मान होइन अपमान गरिएको छ। दर खुवाउने नाममा महिलाको स्वास्थ्यमाथि खेलवाड हुँंदैछ। वास्तवमा तीजको मौलिकता दिन प्रतिदिन हराउं’दैछ। पौराणिक कथन अनुसार दक्ष प्रजापतिकी छोरी पार्वतीलाई जवरजस्ती विष्णुसँग विवाह गर्न दवाव दिइयो। उनको पहिल्यै शिवसँग प्रगाढ प्रेम सम्बन्ध थियो। यो थाहा पाएपछि पार्वतीका सँंगीसाथीहरूले उनलाई वनमा लगेर लुकाए। बनमा उनले निराहार व्रत बसिन्। महादेव पति पाउनका निम्ति गरेको व्रतको सम्झनामा यो पर्व मनाउने गरिन्छ। प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन निराहार बसेर गरिने शिवको पूजालाई तीजको मुख्य चाड मानिन्छ। यति बेला दिदीबहिनीहरूलाई दर खाने चटारो मात्र छ। हिजो दर भनेको दूध दही घ्यू भनेर बुझिन्थ्यो। आजकल दरखाने भनेको कुखुराको खुट्टाले दाँत माझ्ने गरिन्छ। कहिं कतै त मादक पदार्थको सेवनसम्म गरियो रे। हुनत शिवजी पनि भाङ्ग धतुरो खाएर लठ्ठ पथे भन्छन्। यसरी धार्मिक दृष्टिकोणअनुसार तीज पर्व महिलाको आत्मनिणको अधिकारसँग जोडिएको देखिन्छ। महिलाले आफ्नो पति आँफै रोज्न पाउने अधिकार तथा स्वतन्त्रताको उद्घोषणा गर्ने पार्वतीको त्याग तपस्याको स्मरण गरेर तीज मनाउन थालिएको पाइन्छ। तर यति बेला तीज भड्किलो पर्वको रूपमा मात्र देखा परेको छ। श्रीमतीले पतिको दीघार्यु, सु-स्वास्थ्य र दाम्पत्य जीवनको सम्बन्धलाई अझ प्रगाढ बनाउन भनी तीजमा व्रत बस्ने गर्दछन्। वास्तवमा श्रीमती भोकै बसेर श्रीमान्को आयू बढ्ने होइन। व्रत बस्ने श्रीमतीको आयु घट्छ। व्रत बस्नु स्वास्थ्यको दृष्टिकोणले लाभदायक नै छ तर श्रीमान्को आयुको दृष्टिकोणले लाभदायक नै छ। तर श्रीमान्को आयु बढाउने क्रममा पानी समेत नखाएर व्रत बस्नु कुनैपनि दृष्टिकोणले उचित देखिंदैन। अकोर्तर्फ श्रीमान् र श्रीमती एउटा रथका दुर्इ पाङ्ग्राग्रा भन्ने अनि व्रत बस्ने काम श्रीमतीको टाउकोमा मात्र किन थोपर्ने ? हाम्रो धर्म संस्कृति कति पक्षपाती छ। यदि यसो हो भने श्रीमान्ले एक दिन व्रत बसेर श्रीमतीको आयु लम्वाउने चार्डपर्व किन नबनेको होला ? कि धर्मको ठेक्का महिलाले मात्र लिने हो – कि दाम्पत्य जीवन सुमधुर बनाउने ठेक्का श्रीमतीको भागमा मात्र छ ? नारी सदियौंदेखि दविनु पर्ने पुरुषले कुनै कर्तव्य निर्वाह गर्नु नपर्ने कस्तो धर्म संस्कृति हो ? हाम्रो यस्तो अन्यायपूर्ण धर्म संस्कृति अवलम्वन गर्दै जाने हो भने हाम्रो सामाजिक सम्बन्ध सुमधुर होइन विखण्डन हुन्छ। महिलाले पुरुषको जस्तोसुकै अन्याय अत्याचार सहेर बस्नुपर्छ भन्ने भावना र मर्म तीजको होइन। बरु तीजको मर्म र भावना भनेको महिलामाथि रहेको सबै प्रकारको हिंसाको जंजिर तोड्नु  हो। यो तीजको पर्वमा महिलाहरूले आत्मनिणको अधिकारको बारेमा व्यापक छलफल हुनुपर्नेमा सारी र गहनाको बारेमा मात्र छलफल चल्ने गरेको छ। ए मोरी तेरो सारी कति राम्रो ? कहाँ किनेको हो ? कति पžयो ? हाम्राले त यो तीजमा पनि किनी दिएनन् ? जस्ता भलाकुसारी महिला बीच चलेको पाइन्छ। लाग्छ यो तीज पर्व महिलाको निम्ती केवल फेसन र गहना प्रदर्शनी गर्ने पर्व हो। फेसन पनि दिन प्रतिदिन सुपाच्य हुंदै  गएको छैन। हाम्रा दिदीबहिनीको शरीरमा कपडाले छोपेको ठाउँ धेरै हुनुपर्नेमा थोरै हुँंदै गएको छ। पहिरनले शरीरलाई थोरै ढाक्दा राम्रो भइन्छ भन्ने गलत मानसिकता हावी हुँंदै गएको छ। त्यति मात्र होइन। कपडाको स्वरूप विगारेर लगाउने गरिएको छ। यस्तै फेसन देखेर नारीहरूले नै भनेका होलान्।

अचेलको रटन, कन्नापट्ट िवटन, बटन लाउन खेताला खोजन

वास्तवमा तीज पर्वलाई बुझ्दै नबुझि मनाउँदै आइएको छ। तीज नारी स्वतन्त्रताको पर्वको रूपमा मनाउनु पर्छ। महिलाले आफूमाथि भएका सबै प्रकारका अन्याय अत्याचार विरोध गरी समानताको लागि गरिने संर्घष्ाको रूपमा यो पर्वलाई मनाउनु पर्छ। केवल होटल पार्टी प्यालेसमा गएर काँटा चम्चाले डिनर, लञ्च खाएर मनाउनुको कुनै अर्थ छैन। वास्तवमा हिजो तीज पर्वमा नारीले भोग्नु परेका समस्या यसरी उजागर गरिन्थ्यो।

तीज आयो भनेर सबै जान्छन् माईत

आफ्नो माईती मुग्लान पसे छैन साईत

यो रमाईलो तीजमा जानुपžयो मेलामा

मै छोरीको आँसु खस्यो दैला ठेलामा

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width