भनिन्छ मृत्यु अदृश्य हुन्छ। यसलाई अनुभूत भने गर्न सकिँदो रहेछ। आफ्नो नजिकै आएर मृत्यु फर्केर गएको अनुभूत भइरहेछ मलाई। यसपटकको महाभूकम्पको समयमा मलाई त्यो अनुभूत भयो। काठमाडौँमा रहेको प्रज्ञा भवनको दोस्रो तलाको लाइब्रेरी हलमा अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन भइरहेको थियो। प्रज्ञाको मुख्य हलमा भने लायन्स क्लबको कार्यक्रम थियो। खाना खाने समय हुनै लागेको थियो। त्यस दिनको दोस्रो सत्रपछि खाना खाने र त्यसपछि अको सत्रमा मेरो पनि प्रस्तुति रहने कार्यतालिका थियो।
भित्र कार्यक्रम चलिरहेको थियो। त्यसैबेला मित्र डा. भक्त राई र म सल्लाह गरेर एकैछिन बाहिरको बरण्डामा के निस्केका थियौँ अचानक भवन हल्लिन थाल्यो। हामीलाई थाहा भयो भूइँचालो आयो र यो निकै शक्तिशाली पनि छ। सबैको भागाभाग भयो। न त अडिन नै सकिन्थ्यो न त भाग्न नै। कोही रुँदै भूइँमा लडिबुडी खेलेका थिए। कति जना त आ-आफ्ना मोबाइल, चप्पल, झोला आदि फालेर भाग्दै थिए बाँच्ने आशाले। भक्तजी र म भने एउटा ठूलो पिलरको आड लागेर उभिइरहृयौँ। मैले वरिपरि मृत्यु नाचेको अनुभूत गर्न थालेँ। भवन ध्वस्त भएको, सबैजना एकै चिहान भएको कल्पना बाहेक मेरो मष्तिस्कमा केही आएन। घर, परिवार सम्झेँ। भक्तजी मलाई सम्हाल्दै हुनुहुन्थ्यो। मैले भगवानको नाम जप्न थालेँ। भगवानको नाम जप्दै गर्दा भेालिपल्टका अखवारहरुमा लासैलासले भरिएको कल्पना आउन थाल्यो। कुनै पनि हालतमा बाँच्ने आशा पलाएन। फाल हालेर बाँच्न पनि सकिँदैनथ्यो, भाग्न पनि सकिदैनथ्यो। मृत्युको अगाडि आत्मसमपण गर्नु सिवाय हाम्रो केही उपाय थिएन। बिस्तारै कम्पन कम भएपछि सबैजना हतार हतार गरेर तल्लो तलामा ओर्लेर बाहिर निस्कन सफल भयौँ। भाग्ने क्रममा मित्र दिलकुमार लिम्बू लडेर घाइते हुनु भएछ। बाहिर निस्केपछि लायन्सका पनि चिनजानका धेरै साथीहरु भेट हुनुभयो। मुटु थरथर काँपिरहेको थियो। मृत्यु नजिकै आएर पनि फर्केर गएको अनुभूति मलाई भइरहेको थियो। चौरमा सबैजना भेला भइयो। अब भने सुरक्षित महसुस भइरहेको थियो। पटकपटकको कम्पनले भित्र राखिएका ल्यापटप, क्यामेरा लगायतका सामान लिन जाने साहस पटक्कै गर्न सकिएको थिएन। पछि थाहा भयो तुलसी दिवसज्यूले कतिबेला भित्र आएर मेरो ल्यापटप सुरक्षित रुपमा आफ्नो झोलामा राखिदिनुभएको रहेछ। कतै पनि फोन सर्म्पर्क हुन सकिरहेको थिएन। कताकता ठूलो क्षतिका अपुष्ट समाचारहरु सुनिन थाले। धरहरा ढलेको, दरबार हाइस्कुल पूरै ध्वस्त भएको, असनमा हजारौँ मानिसहरु पुरिएको भन्ने हल्लाले मनमा बेचैनी उत्पन्न हुन थाल्यो। पटकपटकको झट्काले गर्दा बाहिर निस्केर हिँड्ने साहस पनि भएन। केही समयपछि धरहरातर्फ गएर सानोतिनो र सक्दो सहयोगमा जुट्ने निर्णय गरेर भक्त राई, म र दिलबिक्रम लिम्बू प्रज्ञाको परिसरबाट बाहिरियौँ। बाहिर निस्केपछि पो थाहा भयो हामी त्यस महाभूकम्पको महाविनाशबाट बाँचेका भाग्यमानीहरु रहेछौँ। जताततै हाहाकार थियो। सडकभरि मानिसहरु मात्रै थिए। टुँडिखेल, सैनिक मञ्च, रङ्गशाला सबैतिर मानिसहरु खचाखच देखिन्थे। वीर अस्पतालका बिरामीहरुको सडकमै बिजोग देखिन्थ्यो। धरहरातिर गएर केही उद्दारमा जुट्ने हाम्रो इच्छा पनि पूरा हुन सकेन। त्यो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर उद्दारमा नेपाली सेना लगायत, नेपाल प्रहरी र सशस्त्र प्रहरी निरन्तर लागेको रहेछ। जताततैका बिभत्स दृश्यहरु टुलुटुलु हेर्नु सिवाय हामीले गर्न सक्ने केही थिएन। भारी मनसहित कोठामा फर्केर नेपाल प्रज्ञा भवनको तत्कालीन इन्जिनियरलाई मुरीमुरी धन्यवाद दिएँ। यो घटनाबाट एउटा कुरा के जानकारी भयो भने भूकम्प आफैले मान्छे मार्दैन। मान्छे मार्ने त हाम्रै काम र व्यवहारले रहेछ। समयमै सचेत भएर बलिया भौतिक संरचना निर्माण गर्ने हो भने बाँचिदो रहेछ जसरी हामी बाँच्यौँ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०