पाँचथर जिल्ला निवासी एक मित्रले ट्रयाक्टर किनेर लगे। उनी धनीमानीमा गनिन नसकेका साधारण मानिस हुन्। न उनको राजनीतिक पहुँच नै थियो। पुर्खाले भाग लगाइदिएको अलिकति भिरपाखो जीविकाको आधार थियो। उनले बढेको खर्च धान्न केही सहयोग होला कि भनेर ट्रयाक्टर किनेका थिए। ट्रयाक्टर किन्न आफूभन्दा जान्ने बुझनेसँग सोध्नु स्वभाविकै थियो। सोधे छन्। उनैले विश्वास गरेका मानिसले त्यसको भेउ पाएपछि ट्रयाक्टर बेच्ने शोरुम -पसल) खोलेर बसेका हामी सँग रु. ५०,०००। कमिशन मागे। कमिशन दिन आनाकानी गर्दा अर्कै ट्रयाक्टर शोरुममा जाने धम्किदिए। अर्काले त्यो रकम नदेला भन्न सकिएन। हाम्रो शोरुमले पनि रु.४०,०००। कमिशन दिन मन्जुर गर्नै पर्ने अवस्था भयो। त्यो कमिशन ट्रयाक्टरको दाममा जोडिनु स्वभाविक थियो। गाउँदेखि शहरसम्म भेटिने यस्ता मानिसले सोझाको पैसा उनको गोजीबाट आफ्नो गोजीमा पारेकै हुन्। तर यस्तो कर्म गोप्य राखिन्छ। त्यसैले यिनलाई साधु भन्न मिल्दैन होला ‘चोर’ नै भन्नु पर्ला सम्मानित चोर।
ती मित्रको ट्रयाक्टर छ महिना पछि दुर्घटनामा पर्यो। बिमा कम्पनीका मानिसलाई शोरुमको पहलमा लगियो। ती बिमा कम्पनीका मानिस गाउँका चोर ज्यूभन्दा खुँखार रहेछन्। फिदिम बजारबाटै उनको लागि भनेर उनैले रोजेको रक्सिको बोतल बोकेर गाउँ लगियो। लोकल कुखुराको भाले काटिएकोमा खसीको भुटुवा पनि भनेछन्। १० किलोमिटर पहाडको ढुङ्गेबाटोमा राती मोटरसाइकलको सवारीबाट शहरमा पुगेर धेरै बेरको खोजीपछि खसिको भुटुवा लगिएछ। भुँडी भरेपछि सुत्ने कोठा देखाउँदा उनको स्तर अनुसारको नभएको भनेर राती शहरको लजमा पुर्याउन लगाएछन्। जे भने सबै मान्दै गए किनकि उनले क्षतिको मूल्याड्ढन गरेपछि मात्रै बिमा कम्पनीले क्षतिपूर्र्ति दिन्छ। उनी खुसी भएनन् भने जायज मूल्याड्ढन नगदेलान् भन्ने चिन्ता थियो।
भोलीपल्ट होटलमा लिन जाँदा मूल्याड्ढन गरे वापत पहिला आफूलाई रु.५०,०००। घुस दिनु पर्ने प्रस्ताव गरेछन्। विचरा मित्र दोधारमा परे। एक त दिनलाई पैसा छैन अको दिनु पर्ने कारण पनि छैन। तर नदिउँभने मूल्याड्ढन नै नगरि फर्किने धम्कि साच्चै कार्यान्वयन भयो भने त झन् फसादमा पर्ने डर। विहान उनले हामीलाई फोन गरे। हामीले बिमा कम्पनीमा फोन गर्दा त्यहाँका कर्मचारीले स्पस्ट जवाफ दिएनन्। ‘अलेली बाटा खर्चि त मागेर लिने गर्छन्’ मात्रै भने। हामीले उनलाई त्यत्रो पैसा नदिन भन्यौं। उनले धम्कि कार्यान्वयन त गराएनन् तर अको दिन पनि बसेर राती त्यसै गरेर दुःख दिए। खानुसम्म खाए। रोजेर खाए। खाएभन्दा पनि घिचे। भाडासमेतको उनको सबै खर्च ट्रयाक्टरधनीलाई तिराएर उनी शहरमा भएको आफ्नो अफिसमा पुगे। के रिपोर्ट गरे थाहा भएन। ट्रयाक्टर शोरुमकै नाममा भएकाले त्यो हाम्रो चासोको कुरा पनि थियो। हामीले बारम्बार ताकेता गर्यौं। हुन्छ भन्न छाडेनन् तर क्षतिपूर्र्ति पाएका थिएनन्। अब बिमा समितिमा उजुरी गछौर्ं भने पछि झण्डै एक वर्षमा क्षतिपूर्र्ति बापतको रकम त पाइयो तर क्षतिभन्दा निकै कम। यहाँ बिमा कम्पनीले खटाएका मानिसको बेखुस प्रस्ट थियो। यिनले भनेजति ‘चोर्न’ नपाए वापत ट्रयाक्टर किनेका मित्रले न्याय पाएनन्।
यस्तै ट्रयाक्टर किन्न सघाउने सरकारी बैंकका हाकिमदेखि कर्जा फाँटका कर्मचारीसम्मले शोरुमसँग रु.५० हजारसम्म कमिशन माग्छन्। वार्गिनिङ हुन्छ, रु.१५ हजारदेखि ५० हजारसम्म कमिशन लगानी गरिदिने प्राय सबै बैंड्ढ वा वित्तीय संस्थाले लिने गर्छन्। कसैले व्यक्तिगत लिन्छन् त कसैले संस्थागत लिने गर्छन् तर ट्रयाक्टर किन्नेबाट होइन बेच्नेबाट असुल्छन्। बेच्नेले किन्नेबाट दाममा जोडेर लिने गर्छन्। यसरी घुमाएर पैसा लिनेहरू सबै ‘चोर’ नै हुन्। किनकि यिनीहरू यस्तो रकम लिएको सार्वजनिक नहोस् भन्ने चाहन्छन्। लुकेर लिनेलाई चोर भन्दा हुन्छ। यी रोजगार चोरहरू व्यवसाय गर्न चाहनेलाई बेरोजगार बनाउन सहयोग गर्छन्।
अहिले नेपाल आयल निगमका रोजगार चोरहरू तेल चोरेको वषौर्ंपछि एकदुर्इ पटक केही थान समातिएका छन्। यिनलाई सघाएका छन् रोजगार टेड्ढर चालक चोरहरूले र चोरेर चाँडैधनी हुँदै गरेका तेल व्यापारीहरूले। चोरहरूको संगठन छ। त्यो संगठनमा धन छ। धन बोल्छ, धन उफ्रिन्छ। त्यसैले राजनीतिको छाता ओड्न पाएका छन्। र त चोरहरूसँग चुनाव जित्ने र जिताउने सल्लाह हुन्छ। चोरहरूसँग वार्ताको प्रस्ताव गरिन्छ। सम्झौता हुन्छ। नेपाल आयल निगमलाई आयल निगमका रोजगार चोरहरूबाट जोगाउने उपाय खोज्नु पर्छ।
कुनै बेला भन्ने गरिन्थ्यो ‘हरियो बन नेपालको धन’। तर अहिले त्यो नेपालको धन हुन छाडेको छ। बनकै रोजगार चोरहरूको धन भएको छ। त्यसमा सघाउने समिति र ठेकेदार, पेशेवार, रोजगार, बेरोजगार सबै जोडिन्छन्।
मैले नियम अनुसारको सबै राजस्व तिरेर रतुवा-माई क्षेत्रबाट टिक काठ किनंे। व्यवसायी हुँ अलि सस्तो पर्छ कि जस्तो लागेको थियो। त्यसको टुप्पोमा आफन्त मानिस भएकाले कुरा गरें नियम बाहिरको पैसा दिनु नपर्ने कुरा भएकाले काठ लिन तयार भएको थिएँ। काठको पैसा बुझाएर ल्याउन लाग्दा थाहा भयो त्यहाँ त माथि भनेर नहुने रहेछ। पाइला-पाइलामा पैसा मागेका छन्। दिन स्वाभिमानले मानेन। फेरी माथिको सहारा लिएँ। त्यस पछि भित्रबाट पैसा त मागिएन तर पाइला-पाइलामा दुखः पाइएको छ। एक घण्टामा हुने कामका लागि पुरै दिन पनि लागेको छ। सरोकार बाहिरका मानिस सडकमा लोड गाडि रोकेर पैसा माग्छन्। कतिलाई दिनु ? कति दिनु ? यसरी माग्नेमा बनका रोजगारदेखि गाउँका बेरोजगारसम्म छन्। तिनले मागेर लगेका होइनन्। खोसेर लगेका छन्। दिन बाध्य भएपछि खोसेकै हो। अरुको खोसेर रमाउने रोजगारी हुन वा बेरोजगार ती चोर नै हुन्। तिनको पेसा भिडभाडमा चेपिएको बेला अर्काको गोजीको पैसा आफ्नो गोजीमा पारेर जीवन चलाउनेहरू जस्तैजस्तै हो। मलाई त्योभन्दा कम हो जस्तो लाग्दैलाग्दैन। गाडिको भिडभाडमा चेपिएको समय पारेर अर्काको गोजीको पैसा थाहा नपाउने गरि आफ्नो गोजीमा पार्नेहरू डराउने गर्छन्। यस्ताहरू पनि एक्लै हुदैनन् रे। कसैले समाति हालेछ भने उसलाई हप्काएर अत्याउन पुग्ने जमात तिनको पनि हुन्छ रे। सुनेको सम्म हुँ आजसम्म यस्ताको फेला परेको छुइनँ। व्यवसायी हुँ त्यसैले रोजगार चोरहरूसँग पाइला-पाइलामा भेट हुन्छ। पत्रिका, रेडियो र टिभि तिर तिनको चर्चा हुन्छ। कहिले कहिँ समातिने त्यस्ता रोजगार चोरहरूसँग सकेसम्म जोगिएर हिँडेको छु।
सम्झन्छु महाकवि देवकोटाले लेखेको ‘प्रभु मलाई भेडो बनाउ’। म भेडो पनि हुन सकिन। सरकारी जागिरे हुन नसकेको म पाजी बेरोजगार हुन पनि स्वभिमानले दिएन। व्यवसायी उद्यमी भई स्वरोजगार हुने मेरो चाहना स्वाभिमानका कारण बेलामौकामा धरापमा परिरहन्छ। सम्मानित चोर ज्युहरूसँग सकेसम्म जम्काभेट नभइदिए हुन्थ्यो भन्ने चाहना छ।
मानिस हुँ मानिससँग नै धेरै समय बित्ने गर्छ। विशेष गरी सुकिला रोजगारी र बेरोजगारीले विकृतिको संस्कृति खडा गरेर अवैध धनको कमाईमा आफ्नो सुख र सम्बृद्धिको खोजी गरि रहेको पाउँदा दिक्क लाग्छ नै। आफूले सम्मान गरेको सुकिलो मानिस सोझा मानिसलाई अक्करमा पारेर पैसा लिएको थाहा पाउँदा सम्मानको भाव एकाएक घृणामा परिणत हुँदो रहेछ। यस्ता घटनाको फेहरिस्त धेरै लामो छ। सबैलाई यहाँ उल्लेख गर्न सम्भव नै छैन।
एउटा घटना सम्झन्छु, मेरा एकजना सहपाठी विद्युत कार्यालयका हाकिम भएछन्। त्यो समयमा हामी सहपाठीहरू माझ उनको राम्रै सम्मान थियो। हामी कतिपयभन्दा राम्रो आर्थिक हैसियत भएका। पर्ढाईमा सरदरभन्दा राम्रो स्थान बनाउन सकेका। उनलाई विद्यार्थी र शिक्षक सबैले इज्जत आदर गरेका थिए। उनी अलि भलाद्मी नै थिए। सहपाठीलाई धेरै वर्षपछि भेट्ने अवसर जुर्यो। उनैको कार्यालयमा भेटें। परिचय नै गर्नुपर्ने भयो। धेरै वर्षको फरक परेकाले यो स्वाभाविक थियो। परिचय पछि तुरुन्तै पुराना दिनको याद आयो। दुवै जना रमायौं पुराना दिनलाई सम्भेmर। उनीप्रतिको आदर सम्मान यथावत थियो। केही भला कुसारी र चिया कुकिजको आतिथ्य पछि म निस्किएँ सर्म्पर्कमा रहने र भेटघाट गर्दै गर्ने गरी। अथवा यस्तै खुसी फेरी साट्ने गरी।
केही दिनपछि घरको टेलिफोनमा बेलुका ९ बजे तिर घण्टि बज्यो। उठाएँ। परिचित स्वर सुनियो। उनी टाढाका मित्र थिए। सामान्य भलाकुसारी पछि उनले अनुरोधको शैलीमा भने यहाँको विजुलीको हाकिम तपाईले चिनेको साथी रहेछन्। यौटा काम गर्नु थियो। भन्दिनु हुन्छ कि भने। विषय सोधँे उनले सबै कुरा खुलाए। ती हाकिमले सहजै गरिदिनु पर्ने कामका लागि मोटै रकम घुस मागेका रहेछन्। उनी घुस दिन मञ्जुर थिए। तर सबै नियम अनुसारको काम गरेकाले त्यति धेरै रकम दिन नसकेको बताए।
यो फोन राख्नु पूर्व नै मेरो मनमा रहेको पुराना सहपाठी र हालका विजुलीका हाकिमप्रतिको सम्मानमा ठूलो परिवर्तन भयो। अर्थात् ती त रोजगार ‘चोर’ पो हुन पुगेछन्। तिनका सन्तान यदि सुशिक्षित र सचेत भएका रहेछन् भने तिनले आफ्ना बाबुलाई कस्तो नजरले हेर्दा हुन्क? सैले तिनलाई भ्रष्ट हाकिमका छोराछोरी भन्यो भने कस्तो मान्दा हुन् ?
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०