सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेलगत्तै त्यसको बाछिटा यताउता जतासुकै देखिन थालेको छ । सत्तारुढ पार्टी त विभाजन नै भएको छ । अन्य क्षेत्र र जनसमुदायमा पनि त्यसको प्रभाव परेको प्रष्ट देखिँदै आएको छ । विघटित प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी पार्टीका रुपमा रहेको नेपाली कांग्रेसमा पनि त्यसको प्रभाव देखिएको छ । पहिलेदेखि विवादित मनस्थितिमा रहेका पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच त्यस विषयमा जुहारी नै चलेको छ ।
काठमाडौंको एउटा कार्यक्रममा ती २ नेताहरुबीच जुहारी चलेपछि त्यो चर्चाको विषय भएको छ । पार्टी सभापति देउवा सर्वाेच्चको फैसला सिरोपर गर्ने पक्षमा छन् भने वरिष्ठ नेता पौडेल संविधान आफूले बनाएको भनेर सर्वाेच्चमा वकालन गर्न जान समेत तयार भएको जनाएका छन् । ती २ नेताहरुको विवाद अहिलेको होइन । देउवा सभापति निर्वाचित भएदेखि नै उनीहरु आपसमा विवाद गर्दै आएका छन् । १/२ विषयमा मात्र होइन, हरेक विषयमा उनीहरुले छुट्टाछुट्टै विचार राख्दै आएका छन् । प्रस्तुत विषयले उनीहरुलाई झन् टाढा पुर्याएको छ । सभापति देउवा निर्वाचनको लागि तयारीमा लाग्न चाहन्छन् भने वरिष्ठ नेता पौडेल प्रतिनिधि सभा पुनस्र्थापना गर्नु पर्दछ भन्दै त्यो नभए सडक आन्दोलनमा जानु पर्ने विचार व्यक्ति गर्दै छन् । उनीहरु मात्र होइन, अन्य नेता र कार्यकर्ताहरुले पनि छुट्टाछुट्टै विचार व्यक्त गर्न थालेका छन् ।
प्रतिनिधि सभाको विघटन र विघटनको प्रयास यसभन्दा पहिले पनि भएका होइनन् । त्यसबेला पनि केस सर्वाेच्चमा पुगेको थियो । तर यस पटकको विवाद पहिलेको भन्दा धेरै चर्काे भएको छ । यस विषयमा मुख नखोल्नु पर्नेहरुले पनि मुख खोल्न थालेका छन् । धक्कीपूर्ण विचार आउन थालेका छन् । स्थिति अरु पेचिलो र जटिल बन्दै गएको छ । सत्तारुढ पार्टीको विवादले यो स्थिति आएकोले उनीहरुलाई भनेर केही लाग्ने अवस्था छैन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस सम्बन्धमा गम्भीर किसिमले सोच्नु पर्दछ । आपसको यस सम्बन्धी विवाद भित्रै सल्लाह, परामर्श गरेर एउटै बनाउनु पर्दछ । ओली अराजकताको स्थिति उत्पन्न गर्न दिनु हुदैन । देशले धेरै दुख पाइसकेको छ । आन्दोलनहरु गरिसकेको छ । अब फेरि यस्तै स्थिति निम्त्याउनु हुँदैन । यसमा कांग्रेस नेताहरुले जिम्मेवारीका साथ चिन्तन मनन् गरेर निर्णय गर्नु पर्ने अवस्था छ ।
Related News
सम्बन्धित समाचार
आदर्श फिल्म : मेडम गीता रानी
सत्ताप्राप्ति र राज्य दोहनमा बितेको एक युग
बुबाआमा भगवानका स्वरुप
दोषी नेता होइनन्, हामी हौं
साहित्य, राजनीति र चुनाव
hero news full width
मुख्य समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७