मुक्तिनाथ स्मृतिग्रन्थका दुई सन्दर्भ

Avatar रविलाल अधिकारी
वैशाख ९, २०७६

पण्डित मुक्तिनाथ तिम्सिनाको मृत्यु २०४६ साल १९ चैत्रमा भएको हो। उहाँका मृत्युको २८ वर्षपछि २०७५ सालमा उहाँका सम्झनामा स्मृतिग्रन्थ प्रकाशित भयो। १९७१ साल असार १५ गते जन्मेका तिम्सिनाको २०७० सालमा शतवार्षिकी हो तैपनि जन्मशताब्दी स्मृतिग्रन्थ भनेर पाँच वर्षपछि यो स्मृतिग्रन्थ प्रकाशित भएको छ।

मान्छे भगवान् हुँदैन अथवा भगवान् पनि मान्छेको कल्पना हो। राम्रै राम्रा गुणहरू बखान गरेर भगवान् बनाइयो भने नराम्रा नराम्रा अपगुणको बखान गरेर राक्षस बनाइयो। यी दुवै कुरा मान्छेले नै बनाएको हो र मान्छेमा मात्रात्मक रूपमा केही घटीबढी मात्रा भए पनि सवैमा यी दुवै कुरा हुन्छन्।

यसमा पोखरा र यस आसपासका लेखकका रूपमा देखापरेका सवैजसो व्यक्तिहरू र सत्य मोहन जोशी, राष्ट्रकवि माधव मिघिरे, कमल दीक्षित, राजेश्वर देवकोटा, नरहरि आचार्य, चेतन कार्की, महेश्वर शर्मा, मोदनाथ प्रश्रित जस्ता राष्ट्रियस्तरका लेखकहरूले पनि उहाँका बारेमा लेखेका छन्। राष्ट्रिय स्तरका लेखकहरूले र पोखराकै पनि खास लेखकहरूले मुक्तिनाथको झूटो गुणगान गर्ने र धेरै लेखहरू एउटै स्मृतिग्रन्थमा राख्ने गरेको पाइँदैन। तर स्तर नउठेका र मुक्तिनाथको गुणगान गरे झूटो कुरो गरेपनि मर्मज्ञ लेखकमा नामदर्ता हुन्छ भन्ने ठानी ज्यान छाडेका भाँडहरूले यसै स्मृति ग्रन्थमा मुक्तिनाथको झूटो प्रशंसा गरेको धेरै लखेहरू पनि राखेका छन्। एउटा स्मृति ग्रन्थमा धेरै लेख र झूटो गुणगान राखे पनि तथ्य कुरो समाजले बुझेको छ, मुक्तिनाथलाई चिनेको छ र भाँडहरूका झूटा गुणगानले उनीहरूलाई हलुङ्गो मात्र बनाउँछ।

मुक्तिनाथ तिम्सिना पोखराको एउटा सचेत मान्छे हुनुहुन्थ्यो, राणकालमा काठमाण्डौंमा पुगेर नेपाली भाषा प्रकाशिनी समितिमा पण्डितसम्मको जागीर पाउनु उहाँका चतुरताको द्योतक हो। तर उहाँ पछि बर्खास्तीमा परेर थुनिनु उहाँको फट्याइँको लक्षण पनि हो। उहाँमा राम्रा गुणहरू पनि थिए र नराम्रा गुणहरू पनि थिए। मान्छे भगवान् हुँदैन अथवा भगवान् पनि मान्छेको कल्पना हो। राम्रै राम्रा गुणहरू बखान गरेर भगवान् बनाइयो भने नराम्रा नराम्रा अपगुणको बखान गरेर राक्षस बनाइयो। यी दुवै कुरा मान्छेले नै बनाएको हो र मान्छेमा मात्रात्मक रूपमा केही घटीबढी मात्रा भए पनि सवैमा यी दुवै कुरा हुन्छन्।

बाहुन भएपनि आफैले जोत्न हुन्छ भन्ने, जातिपाती केही होइन भन्ने नारीले मातृत्वलाई महत्व दिनुपर्छ भन्ने सामाजिक सम्पत्ति व्यक्तिले हडपेर खान हुँदैन भन्ने जस्ता चेतनाका सन्दर्भका कुरा मुक्तिनाथका प्रशंसकहरूले उजागर गरेका छन्, यो राम्रो कुरो हो ! तर कतिपय नराम्रा कुराहरू पनि मुक्तिनाथमा थिए र तिनको पनि लेखाजोखा हुनुपर्छ। राम्रा कुरा जस्तै नराम्रा कुराको पनि लेखाजोखा गरिएन भने व्यक्तित्व गिराएर चाकडी गरेको ठहरिन्छ। व्यक्तित्व गिरेका लेखकका लेखहरू जति ज्यादा छापिए पनि समाजका निमित्त ती उपहासका माध्यम मात्र हुन्छन्। गल्तीलाई छोपेर प्रशंसा मात्र गरियो भने गल्ती सुधार्ने चेतनाको विकास हुन पनि पाउँदैन त्यसैले गल्ती छोप्नु महापाप हो र पतनको पाटो हो।

मुक्तिनाथ स्मृति ग्रन्थ हात परेपछि यी पंक्तिका लेखकले बाटुलेचौर एरियाका सवैले लेखेको, कसैले धेरै नै लेख लेखेको र ताराप्रसाद तिम्सिनाले एउटा लेख पनि नलेखेको देखेपछि हैन ताराजी, मुक्तिनाथ स्मृतिग्रन्थमा तापईले त केही लेख्नु भएको रहेनछ किन हो? भनेर सोद्धा उहाँले भन्नुभयो ‘मुक्तिनाथका घरका पूर्वपट्टिका छेउको अहिले पोखरा एकेडेमी स्कुल रहेका ठाउँको चौतारो भत्काएर उहाँले त्यो जग्गा आफूले भित्र्याउन खोज्नु भएको थियो, मेरा पहलमा मुक्तिनाथले सार्वजनिक जग्गाको चौतारो भत्काएर जग्गा भित्र्यायो भन्ने उजुर ठानामा गरेपछि त्यो कुरो थाहा पाएर तिनै भत्काउन लगाएका कर्मीहरूद्वारा चोतारो जस्ताको त्यस्तै बनाउनु भएको थियो। यो घटनाको बयान लेख्छ भनी डराएर उहँका छोराहरूले मलाई केही लेखने भनेनन्, लेखने भनेर लेखेका भए म त्यो कुरो लेख्थेँ पनि। ’ चौतारो भत्काएर जग्गा भित्र्याउन खोजेको र विरोध हुँदा जग्गा भित्र्याउन नसकेको सन्दर्भ यस लेखकलाई एकपटक यमनाथ देवकोटाले पनि भन्नु भएको थियो। त्यसैले मुक्तिनाथ लोभ लालच नभएको निःस्वार्थी मान्छे ठहरिनु हुन्न।

यौनका मामिलामा मुक्तिनाथ स्वच्छन्द हुनुहुन्थ्यो। घोषित चार महिलाबाहेक अघोषित श्रीमतीहरू मुक्तिनाथका धेरै थिए भनिन्छ। तिम्सिनाका जीवनी, व्यक्तित्व र कृतित्वका विषयमा स्मृतिग्रन्थमा लेख्ने पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक सुलोचना खनालले “तिम्सिनाका समकालीन (तेजनाथ गुरु, पद्मशरण आदि) ले उनलाई यौनका मामिलामा अति उत्ताउला वा कमजोरी रहेका मानिस ठानेका छन्” भन्नुभएको छ। मुक्तिनाथले आफ्ना आत्मकथामा पनि यौन सम्बन्धी कमजोरी स्वीकार गर्नुभएको छ। यौनका मामिलामा कमजोर भएकाले उहाँका उपन्यास उपन्यासिकामा पनि त्यो गन्ध आउँछ।

“थर्कीको पैसा असुल्न घरमा जुवा खेलाउनु भयो” भन्ने आफ्नै जेठा छोरा रमेशनाथ शर्माको भनाइ छ। २०१६ सालमा राजाबाट गरीबी देखाएर माग्दा कालीजरुवाको पर्ती जग्गा प्राप्त भएको कुरो महिला छोरा प्रकाश शर्माले व्यक्त गर्नुभएको छ। यी सवै कुराहरूले मुक्तिनाथलाई निष्कलंक र निःस्वार्थी हुन दिँदैनन्। तर पनि उहाँका अपगुणहरूको उल्लेख नगरी प्रशंसामात्र गर्ने भाँडहरूले उहाँको स्तुति गरेकेा देखिन्छ। यस्तै स्तुतिमध्ये के.आई.सिंह पुलको निर्माण र पृथ्वीनारायण क्याम्पसको स्थापनाबारे मुक्तिनाथले गरेकेा दावी र भाँडहरूले गरेको स्तुतिमा अन्यथा देखेर यो लेखक केही बोल्न खोजेको हो।

के.आई.सिंह पुलको निर्माणको श्रेय जनकविकेशरी धर्मराज थापालाई जान्छ। २००८ सालको न्यूनवैतनिक कर्मचारीका आन्दोलनमा गोरखापत्र कारखानाको जागिर छोडेर थापाजी आन्दोलनमा उत्रनुभयो। उहाँ क्रान्तिकारी भएर स्वदेश र विदेशमा विभिन्न ठाउँमा पुगी क्रान्तिकारी गीत र लोकगीतको प्रचारप्रसार गर्न लाग्नुभयो। खास गरी भारतका देहरादून, नैनीताल, भाग्सु, आसाम, शिलाङ, दार्जिलिङ, राँची आदि ठाउँमा गएर नेपालीहरूको प्रवासी जीवन हेर्ने र नेपालीहरू नेपालमै आउनुपर्छ भन्ने गर्न थाल्नुभयो। उहाँको प्रसिद्ध गीत “नेपालीले माया मार्यो बरिलै” यही परिवेशमा लेखियो। यस भन्दा अगाडि २००८ सालमै डाक्टर के. आई. (कुँवर–इन्द्रजित) सिंह चीनमा शरणर्थीका रूपमा जाँदा “क्रान्तिकारी हे वीर के. आई.सिंह कहाँ गयौं भ्mयालखाना तोडेर” भन्ने गीत थापाले गाउँदै हिँडेर काठमाडौंलाई रन्काउनु भएको थियो। यसले गर्दा डा. के. आई. सिंह उहाँबाट प्रभावित भएर आफ्नो प्रधानमन्त्रित्वमा मन्त्रीमण्डल गठन गर्दा शिक्षा मन्त्री थापाजीलाई नै बनाउने भन्नुभयो रे।

कलेज सञ्चालन गर्ने बेलामा राजा महेन्द्रले डा. के. आई.सिंहको पक्षमा उठेर हारेको भनी मुक्तिनाथलाई राष्ट्रिय महासभामा लैजानु भएको थियो र “सरकार म गरिब छु” भनेर कालीजरुवाको पर्ती जग्गा माग्न तल्लीन मुक्तिनाथ कलेजका विषयमा सोच्ने र पोखरामा बस्ने अवस्थामा हुनुहुन्थेन। उहाँले छनोट गरेकेा नाम स्वीकृत गरियो भन्दैमा पोखरामा नभएका मान्छेलाई समितिमा राखिएन। समितिमा नराखिएपछि कलेजका अभिलेखमा उहाँको नाम आएन। समितिमा नराखिएपछि म संस्थापक हुँ र मेरो नाम रहेनछ भनेर गुनासो गर्नु व्यर्थ हो।

थापाजीले यी पंक्तिका लेखकलाई बताए बमोजिम – राजा महेन्द्रले “थापाजीलाई त मैले २०१३ सालमा जनकवि केशरीको पद दिइसकेको छु, कवि साहित्यकारलाई नै शिक्षा मन्त्री बनाउने हो भने लक्ष्मीप्रसाद देवकोटालाई बनाउन ठिक हुन्छ ” भनेर रोक्नु भयो रे। शिक्षामन्त्री नबनाए पनि थापाबाट प्रभावित प्रधानमन्त्री र शिक्षा मन्त्री पोखरामा उहाँका निवासमा आउनु भएछ। तपाईका सिफारिसमा यस बाटुलेचौरका लागि के बनाइदिऊँ भनेर प्रधानमन्त्रीले सोद्धा थापाजीले आफूले केहि समय अगि अघांैर्बाट किनेर ल्याएको भैँसी सेती तार्न खोज्दा फ्डकेबाट तल खसेर मरेकेा घटना सम्झी ‘पण्डित पौवामा एउटा पक्की पुलको खाँचो छ’ भन्नुभएर थापाजीको माग सुनी साथमा भएका पैसा छोडी बाँकी पैसा काठमाण्डौं गएर पठाई पुल बनेछ र पुलको नाम के.आई.सिंह पुल भयो। यस सम्बन्धी जानकारी जनकलाल शर्माको गरिमाममा प्रकाशित “भीरबाट भैसी स्वाहा” भन्ने लेखमा पनि छ। अव यो पुल मुक्तिनाथले कसरी बनाएको हुन्छ?

दोस्रो सन्दर्भ पृथ्वीनारायण क्यामपसका स्थापनाको हो। यो क्याम्पस २०१७ साल भदौंदेखि सञ्चालनमा आएको हो “पृथ्वीनारायण कलेजका नामबाट त्यससबेला यो नारायणस्थानका पौवामा सञ्चालन भएको कुरो जर्ज जोन सरले नै बताउनु भएको छ। पछि भीमकाली पाटनमा टहरा बनाउने परिवेशमा बाटुलेचौरमा बाँस खोज्न जाँदा एक–एक घरले एक–एक बाँस दिने भनेर मुक्तिनाथले सहयोग गरेको कुरो पनि जोन सरले स्मृति ग्रन्थमा बताएको देखिन्छ। हुनसक्छ पृथ्वीनारायणका नामको उहाँको छनोट महेन्द्र वा त्रिभुवनभन्दा राम्रो मानिएकाले सवैबाट स्वीकार गरिएको हुन सकदछ र नाम छनोटको श्रेय मुक्तिनाथलाई दिन सकिन्छ ! तर नाम छनोट हुँदैमा कलेज चल्दैन। कलेजको सञ्चालन गर्ने सञ्चालक समिति, व्यवस्थापक समिति बनाएर सञ्चालन गरेपछि मात्र कलेज चल्छ।

कलेज सञ्चालन गर्ने बेलामा राजा महेन्द्रले डा. के. आई.सिंहको पक्षमा उठेर हारेको भनी मुक्तिनाथलाई राष्ट्रिय महासभामा लैजानु भएको थियो र “सरकार म गरिब छु” भनेर कालीजरुवाको पर्ती जग्गा माग्न तल्लीन मुक्तिनाथ कलेजका विषयमा सोच्ने र पोखरामा बस्ने अवस्थामा हुनुहुन्थेन। उहाँले छनोट गरेकेा नाम स्वीकृत गरियो भन्दैमा पोखरामा नभएका मान्छेलाई समितिमा राखिएन। समितिमा नराखिएपछि कलेजका अभिलेखमा उहाँको नाम आएन। समितिमा नराखिएपछि म संस्थापक हुँ र मेरो नाम रहेनछ भनेर गुनासो गर्नु व्यर्थ हो।

नारायणप्रसाद शर्मा, श्यामप्रसाद पन्त आदि जस्ता यहाँ बसेर खास योगदान गरेका व्यक्तिहरू कामकै कारणले समितिमा हुनुहुन्थ्यो र संस्थापक मानिनु हुन्छ! तर एक दुई कुरा बोलेका कारणले, एक दुई बैठकमा भेला भएका कारणले संस्थापक भनिँदैन। मुक्तिनाथ जस्तै बनेका तर उहाँको जस्तो धूर्तता नभएका कृष्णजी शर्माका मुखबाट पनि सरल रूपको यो गुनासो यस लेखकले सुनेको छ। नियम नमिलेका कुरामा मुक्तिनाथजीले धूर्ततापूर्ण दावी गर्नु आफ्नै मुर्खता देखाउनु हो। दोस्रो मूर्खता उहाँको समर्थन गर्ने ऐतिहासिक गतिविधिको चेतना नभएका भाँडहरूको पनि ठहरिन्छ।

मुक्तिनाथ स्मृति ग्रन्थका अध्ययनका क्रममा आफूलाई अन्यथा लागेका यी माथिका दुई सन्दर्भमा आफूले जानेको यथार्थ यस लेखकले व्यक्त गरेकेा हो। मुक्तिनाथका सन्तानहरूले साँचो कुरा बोलेका भए पनि अरु भाँडहरूले उहँको बढी प्रशंसा गरेका छन्। २०१५ सालमा गोर्जे र गिलुङ गाउँको तल बीचमा पर्ने रुदी खोलाको किनारका बालुवामा यस लेखकले कांग्रेसका नेताका तर्फबाट मुक्ति नाथले बोलेको सुनेको थियो, तर चुनावमा कांग्रेसले टिकट दिएन भनी के.आई. सिंहका पार्टीको धानको बाला चुनाव चिन्ह लिएर उठ्नु भएछ। स्मृतिग्रन्थमा कलाधर काफ्ले र लालकाजी बजिमयले त्यही कुरो उल्लखे गर्नु भएको छ। यस्ता अवसरवादीलाई “पश्चिम क्षेत्रमा उनीसँग कुनै तेनाको तुलना गर्न उचित छैन” भनेको पनि पाइन्छ। यो व्यङ्ग्य हो वा साँचो हो छुट्टयाउन मुस्किल छ। यस्ता कतिपय स्तुति वा निन्दाका रूपहरू भए पनि यस क्षेत्रमा मुक्तिनाथ एउटा सचेत व्यक्ति हुनुहुन्थ्यो र उहाँले यस क्षेत्रलाई राम्रो बनाउन कतिपय योगदान गर्नुभएको थियो। उहाँका सन्तानहरूले आफ्नो नालिवेली यथार्थ रूपमा प्रस्तुत गर्नुभएको छ र ग्रन्थ पठनीय बनेको छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

अन्तराष्ट्रिय फौजदारी अदालत तथा रोम विधान

अमेरिकी रणनीति र नेपाल

थिलथिलिएको युवा मस्तिष्क

औपचारिक कार्यक्रमका झन्झट

हत्याकाण्डको जगमा स्थापित राजनीति

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल