मान, सम्मानपछिको पीडा यस्तो हुन्छ

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७२

‘मलाई मान सम्मान मन पर्छ।’ कसले नचिताउँला यस्तो कुरा – तर यो लेखकलाई उस्तै ढंगले कम्तिमा अब सोच्नु पर्ने भएको छैन। अब मलाई मान, सम्मान नभए हुन्थ्यो भन्ने लाग्दै छ। मलाई सम्मान गर्ने राज्य संयन्त्र र विभिन्न संघ, संस्थालाई म अहिलेसम्म हृदयदेखि धन्यवाद दिन्छु। मेरो पत्रकारिताको इतिहासलाई नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उच्च मूल्याड्ढन गर्दै प्रेस स्वतन्त्रता सेनानी पदवी प्रधानमन्त्रीको हातबाट प्रदान गर्दै मान सम्मान गर्‍यो। यसैगरी, नेपाल सरकारले तीस वर्षे पे्रस स्वतन्त्रताको लडाइमा निर्भयताका साथ लागेको भनी वरिष्ठ पत्रकारको पदवीबाट सम्मान गर्‍यो। ने.प.म.सं. कास्की र अन्य संघ, संस्थाका मित्रहरूले पनि मलाई सम्मान गरिसक्नु भएको छ। अब मान, सम्मान गर्नु पर्ने थुप्रै साथीहरू हुनु हुन्छ। म त सम्मान पाउँदा-पाउँदै थाकेको मान्छे। मलाई अब सम्मानको भोक र प्यास छैन। जे-जति सम्मान गर्नु भयो यो मेरा लागि पर्याप्त र यथेष्ट छ। प्राप्त सम्मानको मर्यादा राख्न मैले सक्दिन कि भन्ने डर लागिरहेको वर्तमान अवस्था छ। यसैगरी, सम्मान प्राप्तिपछि भएका केही पीडासमेत यहाँहरूसमक्ष व्यक्त गर्न मनासिव लागेको छ। तपाईहरूलाई नपत्यार लाग्ला मान, सम्मानपछि पनि पीडा हुन्छ-

पीडा नम्बर १ : मानिसहरू स्वभावैले इर्श्या, डाह र न्यून मूल्यका पनि हुन्छन्। यस्तो स्वभाव हामीले निकै आदर गर्दै आएका ठूलाबडाको पनि हुँदो रहेछ। समाजमा जसले आफूलाई अध्ययन, विद्या र शास्त्रका ज्ञाता सम्झिन्छन्, उनीहरूमासमेत आफ्नो अनुहार हेर्ने क्षमता हुँदो रहेनछ। आफूलाई उच्च शिक्षा र उपाधिको घमण्ड भएका एक जना मित्रले राज्यबाट मलाई वरिष्ठ पत्रकारको दर्जा दिँदा बधाई दिँदै व्यक्त गरेका शब्दहरूमा कुनै राजनीतिक दलको एजेण्ट बनाउने कोशिस गरे। जुन बिद्वानले प्रेस स्वतन्त्रताका लागि कुनै सिन्को भाँचेनन्, आफ्नो बौद्घकि व्यापार गरेर पैसा कमाउँदै रहे उनले मलाई कुनै दलको लेबल लगाउने कोशिस गरे र मेरो सम्मानमा मानसिक आँच ल्याउने गरी बधाई ज्ञापन गरे। धन्यवाद छ उनलाई ! अब तपाई नै भनिदिनुस् कसरी कदर गरू उनको बिद्वतालाई ! मलाई यति बेला ती विद्वानलाई कदर गर्ने पीडाले पिरोलेको छ।

पीडा नम्बर २ : भनिन्थ्यो, मानिसले गर्ने अर्को अहंकार हो धन मत्तता। तथाकथित विद्घतामात्रै होइन, धन मत्त भएका केही मानिसले हामीजस्तो कलमजीवीलाई सम्मान गर्न मन पराउँदैनन्। हो, हामीले कुनै धनाढ्य व्यक्तिको आफ्ना परापूर्वदेखिका पाप पखाल्न रचिएका गुणगान युक्त लेखनबृत्ति र साहित्य आर्जन गरेनौं। त्यसैले उनीहरूले हाम्रा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र आम नागरिकको लोकतन्त्र प्रतिको निष्ठालाई मर्यादा राख्न जानेनन्। यसो भनेर उनीहरूको सम्मान हामी जस्तालाई रहनु पर्छ भन्ने अभिलाषा कत्ति पनि होइन। केही धनाढ्य व्यक्ति हामीलाई संघ, संस्था र राज्यले गरेको सम्मानप्रति सन्तुष्ट रहेनछन् भन्ने मलाई धेरैपछि थाहा लाग्यो। उनीहरूको धनमत्त मनोबिज्ञान जसले हामी जस्तालाई केही न केही पीडा त आर्जन गदो रहेछ। त्यस्तो पीडाको व्यवस्थापनबारे कहीं, कतै उल्लेख गरिएको मैले भेट्टाएको छैन। केवल बुझनमा नै सिमित गर्दा उपयुक्त होला भन्ने लाग्यो।

पीडा नम्बर ३ : मान, सम्मान एउटा कुरा हो अर्थ उपार्जन अर्को कुरा हुनु पर्ने हो। कतिपयले ठान्दा हुन् अर्थ उपार्जनपछि मान, सम्मान त्यत्तिकै वषिर्न्छ। अर्थ उपार्जनपछि सम्मान प्राप्ति नहुने होइन तर अर्थ उपार्जन जसरी पनि गर्ने प्रवृत्तिले मान, सम्मान प्राप्ति हुँदैन वा प्राप्त भएछ भने पनि दिगो हुँदैन। अर्थ उपार्जनको अभिलाषा नराखीकन प्राप्त हुने सम्मानसँगै संघ, संस्था वा राज्यले साङ्केतिक रुपमा केही राशी प्रदान गर्दछन्। कुनै पनि पुरस्कारको राशी पर्याप्त र पुगीसरी आउने हुँदैन। यस्तो अभिलाषा गर्नु मूखतासमेत हो। त्यस्तै, आर्थिक लोभ र लालसामा परेर गरिएका कर्मको सम्मान र प्रतिफल राम्रा हुँदैनन्। तर कतिपय मित्रजनले त सम्मानित भएकाको पुरस्कार प्राप्तिलाई नै आधार बनाएर इर्श्या गर्दा रहेछन्। त्यस्ता द्रव्य पिचासहरूले समेत मनोगत रुपमा तपाई सम्मानित हुँदा यस्तै पीडा थोपर्लान् भनेर सजग हुनु होला है !

पीडा नम्बर ४ : मान, सम्मानको ख्यालै नगरी बुढाको कमाइ बुढीले या बुढीको कमाइ बुढाले पाउनु पर्छ भन्ने परम्परागत मान्यता छ। पुरस्कारको राशी थोरै नै किन नहोस् छोराछोरीले समेत एक रात डिनर गर्न गतिलो रेष्टुरेण्ट लगिदिए हुन्थ्यो भन्ने ठान्दा हुन्। भरेता पाएको पुरस्कार भन्दा धेरैको बिल उठ्यो भने आपद् पर्ला है ! मलाई त त्यस्तो परेको छैन, तपाईको परिवार अत्यधुनिक छ भने ख्याल राख्नु होला। मुख मिठ्याउनु स्वभाविक र मानवीय धर्म हो। तर कतै साथीभाइले बेकरी र कफीभन्दा बढी ब्ल्याक लेवलसहितको ककटेल डिनर माग गर्दै त छैनन् ? होस् पुर्‍याउनु होला। मान, सम्मान मात्रै पाउँदै हुनुहुन्छ भने ता ठीकै होला, साथीभाईले त्यति खर्च नगराउलान्। यदि पुरस्कृत भएर नै लाभान्वित हुनु भएको छ भने अडकलेर खर्च गर्नु बुद्घमिानी होला कि, नत्र पर्नु पीर पर्न सक्छ।

पीडा नम्बर ५ : समाज र राष्ट्रले मान, सम्मान गरिरहँदा त्यसको प्रतिउत्तर कसरी फर्काउने भन्ने चिन्तन पनि पीडाकै रुपमा खडा हुँदो रहेछ। अब त सिद्घयिो, चुप लागेर बस्नु पर्छ भन्ने मान्यता हामीभित्रै छ। यस्तो निस्कृय जीवन कदापि मर्यादापूर्ण र अनुग्रहित हुँदैन भन्ने मेरो मान्यता छ। तर शारीरिक, मानसिक दुर्बलता बढ्दै जानु अर्को पीडा हुन सक्दछ। त्यसैले आफू सम्मानित भएलगत्तै केही उपयोगी लेखन गर्नै पर्छ भन्ने मेरो अनुरोध छ। पछि गएर गरौंला भनेर बस्नु हुँदैन। मलाई यही उत्प्रेरणा जगाइ दिने युएनडिपी नेपालका एक भाईलाई अहिले पनि साधुवाद छ। यसै पीडामा मिसाएर भन्न सकिने कुरा के हो भने ‘आफूले आँटे-ताकेको कार्य गर्दा-नगर्दा सम्मानसँगै कृति राख्न खोजियो भने आर्थिक हिसावले त्यो निकै न्यून हुँदो रहेछ। त्यसैले कृतिको खर्च जगेर्ना अलिकति बढी गर्दै रहनु होला।’ सधैं दालभात खाइरहेका हामीले सम्मानबाट प्राप्त रकमलाई फेरि दालभात खाने दरिद्र व्यवहारमा परिणत कम्तिमा सचेत नागरिकले गर्दैनन् र हामीले त्यसो गर्नु हुँदैन।

पीडा नम्बर ६ : पीडा गन्दै जाने हो भने धेरै हुन सक्छन्। यहाँ उल्लेख गर्न छुटेका पीडा पनि कसैका लागि प्रमुख मुद्दा बन्न सक्नेछन्। यद्यपि यहाँहरूलाई सङ्केत गर्न चाहेको केमात्रै हो भने मानिस मान, सम्मानपछि के-कस्ता भोगाई भोग्छन् र सँगै मानसिक पीडामा पर्छन् भन्ने सचेतनामात्र हो। नितान्त नीजि देखिने यस्ता विचार र भावनालाई आउादो पुस्ताले कसरी लिन सक्ला – हामीले त्यसलाई कसरी ग्रहण गर्ने हो – वा ‘स्वान्तः शुखायः’ भनेजस्तै व्यक्तिका सहयात्री र परिवारबाट पीडा व्यवस्थापनमा सहयोग पुग्ने आशा गरिन्छ। क्यालिफोर्र्निया स्टेट युनिभर्सिटीका प्रोफेसर डा. जोनपिजे दुसिचका अनुसार सामान्य लाग्ने यस्ता समस्या पनि बेलैमा निराकरण अर्थात व्यवस्थापन गर्न जान्नु पर्दछ। उनले आफ्नो विश्व विख्यात मनोसामाजिक पीडा व्यवस्थापन सिद्घान्तमा यस्तै कुरा उल्लेख गरेका छन्। भूकम्पपछिको उनको नेपाल भ्रमणमा मनोसामाजिक पीडा व्यवस्थापनका लागि उनले सहयोग गरे। उनले काठमाण्डौमा भएको दुर्इ दिने तालिममा केही सैद्घान्तिक विषयमा पनि प्रकाश पारे।

पीडा नम्बर ७ : शारीरिक, मानसिक, आर्थिक, सामाजिक, सांस्कृतिक शोषण, दमन, उत्पीडन र अन्य धेरै प्रकारका पीडा हुन सक्छन्। आपत्तकालीन, अल्पकालीन, दीर्घकालीन पीडा आखिर पीडा नै हो। यो अनुभूत हुने कुरा हो भन्दा फरक पर्दैन। पश्चिमा बिद्वानहरूको पनि एउटै निस्कर्ष र मत छ कि पीडालाई कुनै औषधिले केही क्षण कम गर्न सक्दछ तर निमिट्यान्न पार्न भने सक्दैन। यसलाई कम गर्ने आखिरी उपाय पश्चिमाहरूले योगा र ध्यानलाई मान्न थालेका छन्। आयुर्वेदिक उपचार पद्घतिसँगै निरन्तरको योगासन र ध्यानले पीडालाई कम गर्दै लग्ने उनीहरूको दावी छ। महर्षी युनिभर्सिटी अफ म्यानेजमेण्ट युएसएका एशिया प्यासिफिक डाइरेक्टर एवं अन्तर्राष्ट्रिय भावातित ध्यान केन्द्रका वरिष्ठ निर्देशक किंग्सले ब्रुकले सायद यही कुरा सम्झाउन नेपाल आएका थिए। आखिर उनी महान् योगी महेशका चेला रहेछन्। हाम्रा नयाँ पुस्तालाई कतिपय पूर्वीय गुरुजनले सकेनन् वा जानेनन्, पश्चिमबाटै पूर्वीय सिद्घान्तको प्रचार हुनु पनि हाम्रा लागि मिठो तर गम्भीर पीडा हो।

पीडा नम्बर ८ : हामी अहिले प्रायः सबै थोकमा मिसावटको पीडाबाट गुज्रिनु परेको छ। दाल, चामल, आँटा जस्ता अत्यवश्यक खाद्य वस्तु होउन् वा पेय र औषधिजण्य वस्तु होस्, प्रायः मिसावट भेटिन्छ। जव सेवा क्षेत्र, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र व्यापारका वस्तु बन्दछन्, त्यहाँ शुद्घता पाउन मुश्किल पदो रहेछ। निजीकरणको लामो अनुभव भएका राष्ट्रमा पनि शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारीमा राज्यको दायित्व बढी देखिन्छ। हाम्रोजस्तो फुच्चे विकासोन्मुख मुलुकमा ती सबै कुरा राज्यको दायित्वभन्दा निजी क्षेत्रको बनाइनुले उब्जाएको पीडा शायद नेपाली जनताले भोग्दै आएका छन्। मुलुकमा लोकतन्त्र आयो रे, गणतन्त्र आयो रे तर निरंकुशतन्त्रको जस्तै व्यवस्था जनताले भोग्नु पर्दाको पीडा झन राष्ट्रिय पीडा होइन कसरी भन्ने ? मुलुकमा व्याप्त भ्र्रष्टाचार, अन्याय र दुराचारको पीडालाई बारम्बार राजनीतिक दलहरूले उठाउँदै आए। तर, सत्तामा वा अर्धसत्तामा पुगेपछि उनीहरूले नै उही विसंगति पुनरावृति गर्नु महा पीडा हो कि होइन, उनीहरुसँग सोध्नु पर्ने भएको छ। हामीले राजनीतिक दलहरूलाई निर्वाचनका क्रममा यथोचित मान, सम्मान गर्दै आएका छौं। राजनीतिक दलहरूले के त्यो सम्मानलाई कदर गरेर पीडा कम गराउने जनताका अभिलाषालाई कदर गर्न जानेका छन् त ? यो महापीडालाई जनताले उजागर गर्दै आगामी दिनमा आफ्नो अभिमत उल्टाउन जरुरी भइसकेको हो कि ?

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width