माछापुच्छ्रे गाविस र प्राकृतिक सम्पदा

आदर्श समाज सम्वाददाता
असार २०, २०७२

माछापुच्छ्रे गाविस माछापुच्छ्रे हिमालको काखमा अवस्थित छ। त्यसैले यसको नाम माछापुच्छ्रे भएको हो भन्ने जनश्रुति पाइन्छ। दूरीको हिसाबले यो गाविसकास्की जिल्लाको सदरमुकाम पोखरा बजारबाट धेरै टाढा छैन तापनि भौगोलिक कारण विकट गाविस मानिएको छ। यस गाविसभित्र उपल्लो घाचोक, घाम्तरा, चैरेपाखा, ध्रि्राङ, मिसा रुम्जापाखा, छिवाङ्ग, तलुङ्गे, भलाउदी, कुरूवा, कपुजे, योवाङ्ग, साँदल, पुनर्वास सानो खोवाङ आदि साना साना बस्तीहरू छन्। माछापुच्छ्रे गाविसको पूर्वमा सेती नदी, पश्चिममा हरियाली जङ्गल, उत्तरमा माछापुच्छ्रे हिमाल र दक्षिणमा घाचोक गाविस पर्दछन्।

पहाडी क्षेत्रमा भएतापनि समथर जग्गामा अवस्थित घाचोक गाउँ ज्यादै ठूलो छ। घाचोक गाउँ ठूलो हुनाको कारणले दुर्इवटा गाविसमा विभाजन गरिएको छ। यो गाविस घाचोक गाउँको पाटनथरबाट सुरू हुन्छ। यसमा खैरे, पाटनथर, ट्वेनास, माझथर, सिरानथर, नाम्रो, चैरे पाखा, घाम्तरा लगायत गाउँहरू वडा नं. १ देखि ५ सम्म कायम गरिएका छन्। ध्रि्राङ गाउँ माछापुच्छे्र गाविसको वडा नं. ६ पर्दछ। यहाँ पुग्न घाचोक गाउँबाट ४५ मिनटेको पैदल यात्रा गर्नुपर्छ।

मिसागाउँ, रूम्जापाखा, छिवाङ्ग, तलुङ्गे र भलाउदी माछापुच्छ्रे गाविसको वडा नं ७ र ८ मा पर्दछन् भने करुवा, मल्क्यो, कपोजे, तल्लो योवाङ्ग, साँदल र सानो खोवाङ्ग ९ नं. वडामा पर्दछन्। यो वडा नं  ९ ज्यादै विकट मानिन्छ। उल्लिखित ठाउँहरूको संरचना अनुसार माछापुच्छ्रे गाविस कायम भएको छ।

पोखरा बजारबाट पैदल यात्रा गर्दा याम्दी, हेमजा, मिलनचोक, मेलबोट हुँदै मर्दीखोलाको पुलसम्म १ घण्टा ३० मिनेट लाग्छ। मर्दीखोलाको पुलबाट १५ मिनेट उकालो चढेपछि भीरकटेरी पुगिन्छ। यहाँबाट लस्तीखोला पार गरेपछि घाचोक खरीबोट, काङ्माङ् र बिसारे हुँदै माछापुच्छ्रे गाविसमा पुगिन्छ। माछापुच्छ्रे गाविस (उपल्लो घाचोक) का लागि पोखराको टुँडिखेल -हरिचोक) बाट नियमित बस सेवा पनि सञ्चालन भएको छ। टुँडिखेलबाट घाचोक पुग्नका लागि बसमा अन्दाजी १ घण्टा लाग्दछ।

माछापुच्छे्र गाविसको वडा नं ६, ७, ८ र ९ जाने बाटो खारपानीसम्म पोखरा बगरबाट पनि नियमित बस सेवा सञ्चालन भएको छ। यहाँ”बाट यात्रा गर्दा लामाचौर, भुनपैरे, काउरेबेसी, तल्लाकोट -ठाँटी), भुर्जुङ्खोला, चौरा र चिप्लेटी हुँदै खारपानीमा १ घण्टा १५ मिनेटमा पुगिन्छ।

माछापुच्छ्रे गाविसको वडा नं. ४ मा गुराँसे प्रा.वि., वडा नं.८ रूम्जापाखामा हिमालय प्रा.वि., वडा नं. ९ मल्क्योमा डाँपेm प्रा.वि., वडा नं. ६, ७, ८ को पायक पर्ने ठाउँ खरतरामा अन्नपूर्ण नि.मा.वि. र वडा नं. १ खैरेमा शारदा मा.वि. गरी ३ प्रा.वि., १ नि.मा.वि. र १ मा.वि.छन्। यस गाविसमा प्रारम्भिक शिक्षाका लागि पर्याप्त स्कुल रहेका छन्।

गाविसमा ग्रामीण विद्युत् लाइन जडान गरी प्रत्येक घरमा विद्युत् सुविधा पुर्‍याइएको छ। प्रत्येक गाविसहरूलाई खानेपानीको व्यवस्थाका लागि नेपाल सरकारले एक घर एक धाराको अवधारणालाई आत्मसात् गरी प्रत्येक घरमा खानेपानीको धारा जडान गरेको छ। गाउँलाई दुर्गन्ध रहित बनाउन नेपाल सरकारको लक्ष्य अनुसार एक घर एक शौचालयको व्यवस्था गरी गाविसलाई दिसामुक्त क्षेत्र घोषणा समेत गरिएको छ।

यस गाविसमा नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्यचौकी पनि रहेको छ। स्थानीय जनताको प्रारम्भिक उपचार सोही स्वास्थ्य चौकीबाट हुन्छ। नेपाल कृषि प्रधान देश भएको र ग्रामीण क्षेत्र कृषिमा नै आधारित हुने हुँदा यहाँका स्थानीय बासिन्दाको मुख्य पेसा पनि कृषि नै रहेको छ। किसानहरू कृषि क्षेत्रमा धान, कोदो, मकै, गहुँ, जौ, उवा, तोरी, फापर आदि मुख्य बालीका रूपमा उब्जाउ गर्दछन् भने तरकारी खेतीमा आलु, गोलभेडा, घिरौंला, काक्रो, सिमी आदि उब्जाउ गर्दछन्। ग्रामीण क्षेत्र भएकाले यहाँका स्थानीय बासिन्दाले गाई, भैसी, भेडा, बाख्रा, आदि पशुपालन गर्दछन्।

माछापुच्छ्रे गाविसको पूर्वमा हिमालको काखबाट सेती नदी बहेको छ। कहिलेकाहीँ नदीमा प्राकृतिक प्रकोप परे तापनि यसलाई जलसम्पदाकै रूपमा लिइएको छ। साथै वडा नं. ७ र ८ मिर्सागाउँको तल पेmदीमा सेती नदीको किनारा खारपानीमा तातोपानीको मूल रहेकाले यसलाई गाविसको प्राकृतिक सम्पदा मानिएको छ। वर्षात्को समयमा अर्थात् जेष्ठदेखि कार्त्तिक महिनासम्म सेतीनदीको बहावले तातोपानी पुरिएको हुन्छ। हिउँदको समय सेती नदीमा पानीको बहाब कम भएपछि तातोपानीको मूल निस्कन्छ मूल निस्केको समयमा नुहाउने मानिसहरूको भिड लाग्दछ। तातोपानीमा नुहाउँदा विभिन्न किसिमका रोगहरू निको हुन्छ भन्ने जनविस्वास छ। खारपानीलाई तीर्थस्थलको रूपमा पनि लिइन्छ। त्यसैले माघे सङ्क्रान्तिमा पनि नुहाउने मानिसहरूको भीड लाग्दछ। माछापुच्छ्रे गाविसको वडा नं. ९ साँदल गाउँबाट अन्दाजी ६ किलोमिटर उत्तर दिशा “पुजेमा” पनि तातोपानीको मूल रहेको छ। गाउँबाट केही टाढा जङ्गलको छेउ भएकाले त्यहाँ”’ नुहाउने मानिसहरू प्राय गएका हुँदैनन्। त्यहाँको तातोपानीमा नुनिलो स्वाद भएकाले जङ्गलका मृग, झारल, थार, घोरल जस्ता जनाबरहरू त्यो पानी आदिले पिउँछन्। यस्ता तातोपानीका मूलहरू यस क्षेत्रमा प्रशस्तै छन् तर राष्ट्र अनभिज्ञ छ। यस गाविसमा अनुसन्धान गर्ने कार्य भने हुन सकिरहेको छैन साथै सो पानीलाई व्यवस्थित गरी पर्यटकलाई आकषिर्त गराउने कार्य पनि त्यहाँका स्थानीय बासिन्दाले गर्न सकेका छैनन्। माछापुच्छ्रे गाविसको सिमाना हिमालय क्षेत्रसँग जोडिएको छ, यहाँ वन्य जनावर जस्तैः बाघ, भालु, कस्तुरी, मृग, झारल, घोरल, थार आदि पाइन्छन् भने राष्ट्रिय पन्छी डाँपेm लगायत मुनाल, कालिज आदि विभिन्न जातका चराचुरूङ्गी पनि पाइन्छन्।

गाविसको चारैतिर जङ्गल क्षेत्र रहेकाले मौसम अनुसार यहाँको जङ्गलमा कुरिलो, निउरो, खिरम्ला, टुसा, वन लसुन, च्याउँ आदि तरकारी पाइन्छन्। पोखरा बजारबाट नजिक रहेकाले त्यहाँका स्थानीय बासिन्दाले उक्त तरकारी बजारमा विक्री गरी आर्थिक लाभ लिन्छन् ।

हिमाली क्षेत्रसँग जोडिएको गाविस भएकाले यहाँ विश्वमा दुर्लभ मानिने  बहुमूल्य जडीबुटी पाइन्छन् जस्तैः निर्मिसीे, पाँच औले, सतबा, पदमचाल्नु, बिख, भुत्केस, जटामसी, कुट्की, चिराइतो, वन लसुन, कुरिलोको जरा, लोठ सल्ला, अमला, बकाइनो, आँखेटिमुर, टिमुर। यस गाविसलाई जैविक विविधताको खानी भन्न सकिन्छ। यहाँ  विश्वकै दुर्लभ पशुपन्छीहरू, प्राकृतिक बहुउपयोगी जडीबुटीहरू छन्। तर सरकारी स्तरबाट वैज्ञानिक तवरले सही अनुसन्धान हुन नसक्नुले करोडौं रकम बराबरको सम्पत्ति गाविसबाट त्यसै खेर गइरहेको पाइन्छ। यस्ता वस्तुहरूप्रति राज्यको ध्यान पुग्न नसकेकोले पनि यो क्षेत्र ओझेलमा परेको छ। भौगोलिक विविधताका कारण अन्य ठाउँमा पाइने बहुमूल्य जडीबुटीहरू पनि यस क्षेत्रमा पाइने हुनाले यस्ता खेर गइरहेका बहुमूल्य जडीबुटीको सहीसदुपयोग गर्न सकेको खण्डमा राष्ट्रलाई ठुलै आर्थिक टेवा पुग्ने देखिन्छ।

विभिन्न जातका जडीबुटीमा औषधीय गुण छन् भन्ने कुरा हामी सबैलाई थाहा नै छ।त्यसको पहिचान गरी औषधि उत्पादन गर्ने प्रशोधन केन्द्र नभएका कारणले गाविस र यहाँका बासिन्दा पछि परेका छन्। यस माछापुच्छे्र गाविस प्राकृतिक सम्पदाले भरिपूर्ण भएको, स्रोत र साधनको धनि छ भन्नु अत्युक्ति नहोला।

हिमाल क्षेत्रमा पाइने जडीबुटी, वन्य जनावर, पशुपन्छी हरियो जङ्गलको संरक्षणको लागि सरकारले २०४३ सालदेखि अन्नपूर्ण संरक्षण आयोजना लागू गरेको छ। संरक्षणले तोकिएको क्षेत्रमा संरक्षण दिइरहेकै छ। यसले गर्दा जनताले ती बहुमुल्य जडीबुटी, वन्य जनावर र पशुपन्छी दुरूपयोग -हिनामिना) हुन पाएको छैन,   संरक्षणले त्यहाँका स्थानीय जनतालाई नै समिति गठन गरी अधिकार दिएको हुँदा आवश्यक कार्यहरूमा समस्या देखिएको छैन।

प्रतिबन्धित जडीबुटीबाहेक अन्य जडीबुटीहरू पूरा बन्देज लगाउन नहुनेमा संरक्षणलाई यसै लेखबाट सुझाउन चाहन्छु किनभने पुरा मात्रामा प्रतिबन्ध लगाएमा जडीबुटी कुहिएर खेर जान्छ। जडीबुटी फूल खेलेर बीज बनि सो बीज र्झन दिएमा अर्काे वर्ष त्यही बीजबाट पुनः जडीबुटी उम्रने भएकाले त्यस ठाउँबाट जडीबुटी कहिल्यै लोप हुँदैन। त्यस अवस्थामा जडीबुटी पनि छिपिएको हुन्छ। छिपिएको जडीबुटीको राम्रो तौल आउँछ। जडीबुटी उम्रे र फूल खेल्ने अवस्थामा अथवा बिज नझरेसम्म कडाइका साथ निगरानी राख्न आवश्यक छ। यही सुझावलाई मनन गरी संरक्षण आयोजनाले जडीबुटी संरक्षण गर्नुपर्ने देखिन्छ। यस गाविसमा प्राप्त हुने बहुमूल्य जडीबुटीको पहिचान गरी एउटा प्रशोधन केन्द्र स्थापना गरी राष्ट्रको आर्थिक उन्नति गरियोस् भन्नका लागि नेपाल सरकारलाई सुझाव दिन चाहन्छु।

बसन्त ऋतुमा यस गाविसको वनक्षेत्रमा राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फुलेको हुन्छ। हरियो जङ्गलमा लालीगुराँस फुल्दा जङ्गल राताम्य भई प्राकृतिक मोहक नै देखिन्छ।

विश्वमा चर्चित पिपर खर्क यस गाविसको वन क्षेत्रभित्र पर्छ। पिपर खर्क माछापुच्छे्र हिमालको नजिकै छ। यहाँबाट माछापुच्छे्र हिमालको दृश्य र्छलङ्ग देखिन्छ। पिपरर्खर्कलाई माछापुच्छे्र हिमालको आधार शिविर -द्यबकभ ऋamउ० मानिन्छ। पिपर खर्कमा हरियो ताल रहेको छ। त्यो ताल हिउँद र वर्षात्को समयमा पनि एकै किसिमको देखिन्छ। त्यसलाई ठेट भाषामा पिपर रह भनिन्छ। त्यसैले पर्यटकको प्रचुर सम्भावना भएको गाविस मानिन्छ। त्यस क्षेत्रमा पर्यटक पदयात्रा विस्तार गर्न आवश्यक छ।

सेतीनदी माछापुच्छे्र हिमालको काखबाट बहेको छ। तीन स्थानमा यसको मूल रहेका छन्। यसलाई तिनसिर भन्ने प्रचलन छ। यसलाई तिर्थस्थलको रूपमा पनि लिइन्छ। पहिले पहिले जनैपूणिर्माका दिन तिनसिरमा नुहाउन तिर्थालु जाने गर्थे। यसरी बहुमूल्य जडीबुटी पाइने र पर्यटकको प्रचुर सम्भावना रहेको गाविस भएतापनि राज्यको दृष्टि पुग्न नसकेकाले ओझेलमा परेको छ।

प्रशस्त मात्रामा जडीबुटी पाइने भए तापनि विज्ञको अभावले न्यून मुल्यमा जडीबुटी विदेश निकासी गरि रहेका छन् प्रशोधित भई आए पश्चात् औषधी डलरमा खरिद गछौर्ं। सुरुमा जडीबुटी सम्बन्धी केही ज्ञान भएका बैधहरुले होमियोपेथिक औषधालय स्थापना गरि जडीबुटी प्रयोग गरेका थिए तर आजको विकसित युगमा पर्याप्त डाक्टर उत्पादन भएपछि र विदेशबाट मह·ो दवाइ भित्रिएपछि होमियोपेथिक औषधालय ओझेलमा परेको छ। अझै पनि गाउँ घरमा जडीबुटी औषधिको रूपमा प्रयोग गर्छन्, सड्केको मर्केको शरीरमा पदम चाल उमालेको पानीले छ्यापेमा सन्चो हुन्छ त्यस्तै कुड्की चिराइतो पानीमा उमालेर खाएमा ज्वरो आएको सन्चो हुन्छ। आगोले पोलेको घाउँमा पाँच औले घोटेर लगाएमा घाउ सन्चो हुन्छ। इत्यादि हरेक जडीबुटी एक न एक रोगका लागि प्रयोग हुन्छ तर दुर्भाव्य बिज्ञ र प्रशोधन केन्द्रको अभाव रहेको छ। यसको प्रयोग र सही पालना गर्नुपर्दछ।

(लेखक पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्व प्रशासन प्रमुख हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width