छिमेक लघुवित्त विकास बैंकबाट ऋण सहयोग लिई पोखरा १५ स्थित भेडीफाराममा हस्तकलाका सामग्रीहरू उत्पादन गर्दै आएकी श्रीकली तामाङले आफ्नै मेहनत र परिश्रमबाटै परिवारको गुजारा चलाएकी छन्। छ्वाली, पराल, बाँबियो तथा अन्य घरायसी कच्चापदार्थ संकलन गरी हस्तकला सामग्री बनाएर गोर्खाको मनकामना मन्दिर, पोखराको विन्ध्यवासिनी, तालबाराहीलगायत काठमाडौंसम्म उनको हस्तकलाले राम्रो बजार लिएको छ। श्रीकली एक उदाहरण मात्र हुन्। उनीजस्ता धेरै महिलाहरू हस्तकलालाई स्वरोजगारको रूपमा अंगाल्दै आएका छन्।
आफ्नै घरबाट शुरु गरेको सानो उद्यमबाट थुप्रै महिलालाई रोजगारी दिएका उदाहरण समेत पोखरामा छन्। हस्तकला, घरेलु उद्यम, सहकारी मात्र नभएर उद्योग र व्यवसायमा समेत महिला सहभागिता बढ्न थालेको छ। श्रीकलीले उत्पादन गरेका सामान बिक्रीका लागि उनले बजार धाउनु पर्दैन। घरमै आउँछन् ग्राहकहरू। खर्च कटाएर मासिक १२ हजारदेखि १५ हजार रूपैयाँसम्म आम्दानी गर्छिन् उनले।
हस्तकला उद्यम र पोखरालाई तिब्बती शरणार्थीसँग पनि जोड्ने गरिन्छ। जसै तिब्बतीहरू पोखरा प्रवेश गरे उनीहरूको जीविकाको आधार नै हस्तकला थियो। झोला गलैंचालगायत सामग्री बुनेर र क्युरियो सामान बेचेर आम्दानी गथर्े उनीहरू। उनीहरूको सिको गरेर त्यतिबेला पोखरेली महिलाहरू गलैंचा बुन्न आकषिर्त भएको उदाहरण पनि हामीसँग छ।
पञ्चायती व्यवस्थाको तत्कालीन समयमा महिला विकास र उत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगबाट सीप विकास तालिमहरू संचालन गरिएका थिए। २०३२ सालदेखि पोखरामा रामकली खड्काले महिला सीप विकास संस्था स्थापना गरेपछि पोखरामा पहिलोपटक महिला सीप विकास केन्द्रको शुरुवात भयो। जुन अहिले पनि निरन्तर चलिरहेको छ। यो संस्थाले अहिलेसम्म ११ हजार ८ सय महिलाहरूलाई व्यवसायिक उद्यमी बन्न प्रेरित गर्नुका साथै महिला हस्तकला तथा उद्यमीको विकासमा योगदान गर्दै आएको छ। हस्तकला, होजियरिलगायत ६ सय प्रकारका विभिन्न सामग्रीहरूको उत्पादन गर्न सकिने गरी संस्थाले सीप सिकाउँदै आएको छ। विपन्न, एकल, द्वन्द्वपीडित, दलित, जनजाति समुदायका महिलाहरू प्राथमिकतामा पर्ने खड्काको भनाई छ।
महिला हस्तकला एवम् व्यवसायिक उद्यमतर्फ समेत महिलाहरूको आत्मबल बढ्न थालेको छ। यसैगरी सहकारीको माध्यमबाट पनि महिलाहरू उद्यमशीलतामा अगाडि बढेका छन्। सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय पोखरामा गत असार मसान्तसम्म दर्ता भएको पाँच सय ६४ सहकारीमध्ये महिलाकै नेतृत्वमा दर्ता भएका ५२ वटा छन्। यस्तै नवसिर्द्धार्थ महिला बचत तथा ऋण सहकारीका अध्यक्ष पार्वती माकाजू आफ्नो कार्यक्षैत्रभित्र रहेका विपन्न, सुकुम्बासी, पिछडिएको समुदाय, जनजाति तथा दलित, द्वन्द्वपीडित एकल महिलाहरूको आर्थिक तथा सामाजिक विकासमा मद्दत गर्दै आएको बताउँछिन्। हालसम्म छ सय आठ महिला सदस्यहरूलाई आयआर्जनका लागि व्यापार, व्यवसाय, कर्जा, कृषि उपज उत्पादन कर्जा, कुखुरा पालन, ब्युटी पार्लर, होटल, बुटिक, फ्रेस हाउस, टेलरिङ, दालमोठ उद्योग, हस्तकलाका सामग्री उत्पादन, गार्भेन्ट लगायतका विभिन्न सीपमुलक व्यवसायहरूको लागि ऋण पर्वाह गरी महिला स्वरोजगार एवम् व्यवसायिक उद्यममा लाग्न प्रेरित गरिरहेको छ।
महिलाहरूद्वारा सञ्चालित गैर सरकारी संस्था पनि सामाजिक सेवाको क्षेत्रमा महत्त्वपूर्ण रहेको छ। गैरसरकारी संस्था महासंघ कास्कीका अनुसार, एक सय १८ संस्था गैसस महासंघमा आबद्ध रहेकोमा महिला नेतृत्वमा सञ्चालित संस्था भने १६ वटा छन्। २०३४ मा स्थापित नारी सेवा केन्द्रले महिला हस्तकला एवम् अन्य उद्यमका लागि काम गरिरहेको छ भने अन्य महिला सशक्तिकरण नेपाल, कोपिला नेपाल, साथी नेपाल, बाल तथा महिला सशिक्तकरण समाज, महिला सीप विकास, एसओएस बहिनी महिला उत्थान तथा जागरण केन्द्र लगायत संस्थाहरूमा महिला नेतृत्वमा संचालित छन्। यी संस्थामार्फत् सामाजिक रूपान्तरण र समावेशीकरण तथा लै·कि असमानता विरुद्धको अभियान तथा महिला अधिकारको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै महिला स्वरोजगार एवम् आत्मनिर्भरताका लागि उत्पादनशील क्षेत्रमा महिला सहभागिता बढाउन र स्वदेशी हस्तकलाका सामग्रीको उपयोग गर्ने संस्थागत पहलमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बाल तथा महिला सशक्तिकरण नेपालका अध्यक्ष सीता भट्टरर्ाई बताउँछिन्।
पोखरा उद्योग वाणिज्य संघमा आबद्ध महिला उद्यमी दुर्इ सय ३१ पुगेको छ। जसमा महिला उद्यमी तथा व्यवसायी समेत छन्। पोउवा संघ महिला उद्यमी संयोजक विन्दु सुवेदी कोइरालाका अनुसार घरेलु कार्यालयको सहयोग र उवा संघको संयोजनमा प्रत्येक वर्ष दुर्इ सय महिला उद्यमीलाई व्यवसायिक तालिका दिने लक्ष्य रहेको बताउँछिन्। कास्की जिल्ला कृषि, पर्यटन तथा शैक्षिक केन्द्रका रूपमा अगाडि बढिरहेको छ। घरेलु तथा साना उद्योग कार्यालय पोखराका अनुसार, कास्कीमा दुर्इ सय ६२ उद्योग महिलाका नाममा संचालित छन्। चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्र महिलाका नाममा ९४ उद्योग दर्ता भएको कार्यालयले जनाएको छ।
पोखरा उद्योग वाणिज्य संघकी सदस्य हीरा भट्टरर्ाई महिलाहरू उद्यमशीलतातर्फ अग्रसर हुन निकै उत्साहजनक रहेको बताउँछिन्। यसले आर्थिक उपार्जन मात्र हैन, परिवार र समाजमा आत्मसम्मान समेत बढाउने उनको अनुभव छ। सामान्य किराना पसलबाट व्यवसाय थालेकी भट्टरर्ाई अहिले सफल हस्तकला उद्यमीका रूपमा स्थापित छन्। उनले बिहेमा प्रयोग गरिने पिर्काबाट आफ्नो हस्तकला उद्यमी बन्ने चाहनालाई महिला हस्तकला उद्योगका रूपमा सुरुवात गरेकी थिइन्। अहिले पद्मावती हस्ताकला उद्योग, पद्मावती मिडिया प्रा.लि.द्वारा स्थापित रेडियो जननी, पद्मावती फुड प्रोडक्ट नेपाल र कोशेली घर मार्फत् विभन्नि उत्पादनलाई प्रतिस्पर्धी बजारमा ल्याएकी छन्।
घरमै बसेर आयआर्जनका उद्यम गर्न चाहना राख्नेले आफ्नो उद्देश्य अनुरूपको वातावरण नपाएको संख्या धेरै छ भने अकोर्तर्फ तालिम लिएर पनि आयआर्जनको उद्यमशील व्यवसायलाई विभिन्न आर्थिक, पारिवारिक तथा व्यक्तिगत समस्याले निरन्तरता दिन नसकेको महिलाहरूको संस्था पनि उत्तिकै पाइन्छ। आफूसँग रहेको क्षमतालाई अवसरका रूपमा उद्यमशीलतामा परिणत गरी पारिवारिक आर्थिक उन्नतितर्फ लागेर आफ्नो पहिचान निर्माण गर्न सफल भएकोमा उद्यमी श्रीकली तामाङ गर्व गर्छिन्। हस्तकला व्यवसायलाई जीविकाको माध्यम बनाउन महिला आतुर रहेको उनको भनाइ छ। महिला उद्यमी श्रीकली तामाङ भन्छिन्,’कुनै बेलाको सामान्य तालिमले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँदो रहेछ, अहिले म त्यसैमा दंग छु।’
उद्यमीहरूको साझा सँगठन पोखरा उद्योग वाणिज्य संघ, महिला सशक्तीकरणका लागि स्थापित विभिन्न संघसंस्थाहरू र सिँगो महिला विकास शाखा समेतले अबको अवस्थामा महिला उद्यमशीलताको व्यवसायिक विकासका लागि भूमिका खेल्नुपर्ने देखिन्छ। उद्यामी महिलाहरूलाई थप ऊर्जा र प्रोत्साहनका लागि नयाँ कार्यक्रम सञ्चालन गरी गाउँ, नगर क्षेत्रमा आमा समूहमार्फत हस्तकला तथा विभिन्न उद्यमबाट आत्मनिर्भरताको अभियान सञ्चालन गरी महिला उद्यमशीलताको विकासमा जोड दिनु आजको आवश्यकता देखिन्छ।
(नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार पारिएको आलेख)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०