समाजमा प्रत्येक मानिस आत्मसम्मानसाथ बाच्न, हिँड्न चाहन्छ। आफू पूर्ण स्वतन्त्र हुन चाहन्छ। अधिकारसहितको जीवन जीउन चाहन्छ। सबल बन्न चाहन्छ। निरिह देखिन कोही चाहँदैन। सन्त्रास मुक्त हुन चाहन्छ। सुरक्षाको अनुभूति गर्न चाहन्छ। प्रत्येक पल ढुक्कसँग सुत, बस, उठ र विचरण गर्न चाहन्छ। हेपाइ र अपहेलना फिटिक्कै सहँदैन। शान्ति र अमनचयनमा रहने इरादा राख्छ।
एउटी महिला त झन् आफ्नो अगाडि, पछाडि र दायाँबायाँ कतै पनि सन्त्रास नभएको देख्न चाहन्छे। कसैले कुदृष्टि राखेको मन पराउँछिन्। हो, प्रत्येक पुरुष वा महिलामा विपरित लिङ्गीप्रति आकर्षण त हुन्छ। जसरी एउटा पुरुषले साथीसँगी, समाजमा प्रभाव देखाउन महिला साथी बनाउन खोज्छ, त्यसैगरी एउटी केटी वा महिलाले पनि म अरु केटी वा महिलाभन्दा उम्दा हुँ भनेर देखाउन पुरुष साथी बनाउँन खोज्छिन्। त्यतिमात्रै नभएर सरल र रमणीय जीवन बिताउन पनि कतिले साथी बनाउन खोज्छन्, त्यसमा महिलाले पनि तनावबाट मुक्त हुन साथी बनाउँछे। त्यो साथी पुरुष या महिला पनि हुन सक्छन्। कतिपय महिलाले पुरुष साथीमात्र धेरै भएको मन पराउँछन्। महिला पनि गलत परपुरुषबाट सुरक्षा पाउनका लागि अको पुरुष साथी बनाएर साँभ, बिहान र एकलास ठाउँहरूमा लिएर हिँड्न सक्छन्। कतिपय इमान्दार पुरुषसँग उसले घनिष्टता पनि कायम गर्न सक्छे तर समाजमा एउटी महिलाले सबै पुरुषबाट भोगका दृष्टिले हेरिएको मन पराउँदिन। समाजमा सबै व्यक्तित्व जस्तै एउटी महिला पनि आफ्नो व्यक्तित्व स-सम्मानित स्थापित भएको हेर्न चाहन्छे। सामाजिक मूल्य, मान्यतामा आफू अग्रसर भएको देखिन चाहन्छे। राजनीतिक, सामाजिक, शैक्षिक, संगठनिक र न्यायिक हिस्सासहितको भोगको दृष्टिले होइन, आफूलाई स-सम्मानित प्राणीका रुपमा प्रतिष्ठित रुपमा सबैले हेरेको मन पराउँछे। तर के यो समाजमा त्यस्तो अवस्था छ ?
जताततै अश्लील र छाडा शब्द प्रयोग गरेको पाइन्छ। एउटी महिलालाई प्रयोगको साधनमात्र मानिएको देखिन्छ। भोग, विलासको दृष्टिले मात्र हेरेको पाइन्छ। जताततै असुरक्षा छ। दिनदहाडै बलात्कार भएको सुनिन्छ। कतै ७० वर्षको बूढाले आठ वर्षकी बालिकालाई बलात्कार गरेको, कतै घरमै आफ्नै बाबुले वषौर्ं यौनशोषण गरिरहेको, कतै दाइजो नपाएको झोंकमा दिउँसै मट्टतिेल खन्याएर आगो लगाएको, कतै बोक्सी आरोपमा मलमूत्र खुवाएको र आक्रोशमा हत्या गरेको, कतै व्यभिचार, अपराध कतै झुण्ड्याएर मारेको त कतै मारेर झुण्ड्याइको देख्न र सुन्न पाइन्छ। आमसञ्चारमा धेरै यस्तै खबर आउँछन्। के यो महिलाको सुरक्षा हो ? के यो महिलाको अधिकार हो ? के यो महिलाको स्वतन्त्रता हो ? भर्खरैमात्र पोखरामा दुर्इ महिलाको बलात्कारकै प्रयासमा हत्या भएको जस्तो देखिन्छ। हत्यामात्र भएन, निर्ममतापूर्वक प्रहार र हत्यापछि घरनजिकै लगेर शवलाई फ्याँकिएको विभत्स घटना आम जनमानसले देख्यो।
पोखरा-१५, नयाँगाउँकी योरुना पुनः (नेहा)को कृतन खड्गी भन्ने युवकले राति न्यूरोडस्थित रेष्टुरेण्टबाट घर फर्किने क्रममा यौन सर्म्पर्क गर्न नमानेपछि हत्या गरी फ्याँकेको कास्की प्रहरीले अनुसन्धानपछि प्रमाणित गरिसकेको छ। त्यसैगरी, त्यसको दुर्इ दिनअघि प्रमाणित नभए पनि मोरङ घर भएकी मालेपाटनकी सरस्वती लिम्बूको शव घरनजिकै वेवारिसे अवस्थामा फेला परेको थियो। चोट र प्रकृति हेर्दा उनको पनि हत्या नै भएको हुनसक्ने अनुमान सर्वसाधारणले गरेका छन्।
अहिलेको ग्लोबलाइजेसनको अवस्थामा यस्ता गम्भीर प्रकृतिका घटना २/३ मिनेटमै विश्वभरि नै सनसनी रुपमा फैलिन पुग्छन्। यस्तो घटनाले विश्वको पर्यटकीय गन्तव्य स्थल बनेको पोखराबारे सकारात्मक छाप छोड्ला – विश्वका महिला पर्यटकले पोखरालाई गन्तव्य बनाउने लक्ष्यले आ-आफ्ना ठाउँमा नियालिरहेका छन्। यस्ता गम्भीर प्रकृतिका घटनाले एक पटक तिनीहरूलाई नझस्काउला र – त्यसैले यस्ता घटनाबाट पोखरालाई मात्र नभएर सम्पूर्ण देशलाई नै घाटा हुने देखिन्छ। त्यसैले समग्र पोखरा माथि नै यो घात होइन र ? बज्रपात होइन र ?
यसले पोखराको शान्ति, सुरक्षाको अवस्थालाई चुनौति दिएको छ। पोखराको प्रशासनिक क्षेत्र हजारौं पर्यटक, पाहुनालाई दैनिक स्वागत गर्न र शान्ति, सुरक्षा कायम गर्न कत्तिको सक्षम छ भन्ने कुरा देखाइदिएको छ। त्यस्ता अपराधिक घटना हुनसक्ने गल्ली र चोकहरूमा प्रहरी प्रशासनले निगरानी बढाउनुपर्छ।
सरकारको मूल कार्य देशमा शान्ति, सुरक्षा कायम गर्नु नै हो। देशमा जनधनको सुरक्षा गर्नु हो। आधुनिक युगमा आएर सरकारका कार्यहरूमा वृद्धि र विकास भएर अर्थ व्यवस्था, न्याय व्यवस्था, कार्य व्यवस्था र वैदेशिक नीतिलाई सुदृढ गर्नुसमेत भए पनि मुख्य कार्य भनेको शान्ति, सुरक्षा र जनधनको सुरक्षाको ग्यारेण्टी नै हो। सर्वसाधारणको हकअधिकारको ग्यारेण्टी गर्ने नै हो। महिला, दृष्टिविहिन, अपाङ्ग, अशक्त, रोगी, निमुखा र गरिबलाई निर्धक्कसँग बाँच्न पाउने अवस्थाको सिर्जना गर्नु हो। नागरिकले यसरी उठाउने प्रश्नहरूको सकारात्मक उत्तर दिन र भविष्यामा यस्ता प्रश्न उठ्ने ठाउँहरू बन्न नदिन अहिलेको प्रशासन तयार छ त – तयार हुनैपर्छ, जुन अहिलेको जनताको सरोकारको विषय हो।
डेबिजफल, पोखरा
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०