महिला सशक्तीकरणका लागि तीज

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७०

वास्तवमा छुटेको सम्बन्ध जोड्ने, मनका तीतोपना मेटेर नयाँ विचारको सूत्रपात गर्ने पर्व हो तीज। यसको मौलिकता बचाइराख्न महिलाकै सुझबुझ आवश्यक भएको विषयमा चर्किरहेको आवाजमा होमा हो मिलाउँदै तीजलाई विभेदको खाडल नबनाउन यो वर्षको तीज गएका वर्षहरूमा भन्दा निकै सामान्य देखियो।

बहुजाति, बहुसांस्कृतिक, बहुधार्मिक यस देशमा एकता नामको फूल फुलाउन यस्ता पर्वहरूले अहम् भूमिका खेलेको भए तापनि पर्वको नाममा पार्टीनै खाने परम्परा अति अस्वभनीय  भएको भनिरहँदा यस्ता सांस्कृतिक र सामाजिक पक्षलाई पनि राम्ररी केलाउनका लागि अझै स्पष्ट बुझाइ जनमानसमा कसरी पुर्‍याउन सकिन्छ। वर्षभरि हरेक दुःख कष्ट र पीडा सहेर बाँचेका नेपाली नारीले यो पर्वका मौलिक संस्कृतिको जगेर्ना गर्दै आइरहेका छन्। यद्यपि यस तीज पर्व संस्कृतिभन्दा विकृतितर्फ ढल्किएको भन्ने आरोपमा अब महिलाले गहिरिएर सोच्ने बेला आएको छ।

यसै सर्न्दर्भमा महिला अधिकारकर्मी डा. चन्द्रा भद्रा भन्नुहुन्छ-‘तीज वास्तवमा महिला सशक्तीकरण हुने राम्रो माध्यम हो, महिलालाई स·ठित बनाएर उनीहरूको क्षमतालाई विभिन्न रूपबाट बाहिर ल्याउन यस पर्वले सघाएको छ। र यो पर्व नेपाली महिलाहरूको ८ मार्च पनि हो जहाँ आफ्नो गुमाएका अधिकार र अवसर पाउन सङ्गीतको माध्यमबाट अघि आएका छन्। भेटघाटको क्रममा सूचनाको आदान प्रदान पनि हुने  यो पर्वलाई राष्ट्रिय महिला दिवसको रूपमा नै मनाउनुपर्दछ। यस पर्वका मौलिकता रातो चुरा र रातो डोरी लगाएर सफा सुग्घर भइ घर र वातावरण नै उज्यालो बनाउने जुन प्रचलन छ त्यो कुनै संसारमा नभएको हुँदा यस्ता अति महत्त्वपूर्ण पर्व म हरेक वर्ष मनाउने गर्छु विशेषगरी मेरो विवाह भएको आज ४० वर्ष भइसकेको छ। हरेक वर्ष मेरो तीज मेरो श्रीमानले मलाई बाहिर लन्च खुलाउन लगेर मनाउने गरेका छौं।’

डा.पूजन भन्नुहुन्छ-‘म पनि यो तीज अति खुसीसाथ मनाउने गर्छु यो महिलाको प्रमुख चाड हो। परम्परागत मूल्य मान्यतामा आधारित रहेर मनाउँदै आएको यस तीज पर्वमा म पनि अघिल्लो दिन दर खाई आज ब्रत बस्छु तर हिजोआज तीज अलि बढी आधुनिकीकरण भएकोमा अलि दुःख लाग्छ। यसका सांस्कृतिक र धार्मिक पक्षलाई कति पनि विचलन नहुने गरी मनाउन सके हुन्थ्यो।’

अधिवक्ता गीता आचार्य भन्नुहुन्छ-‘म त हिजो नै माइत आइसकेकी छु। यो वर्षको तीज मेरो लागि त्यति नै प्रिय छ तर मलाई मन नपर्ने पक्ष भनेको तीजको मौलिकतालाई नै मेटिने गरी आएको गीत र भिडियोहरूबाट दुखी छु। यो तीज पर्वलाई एउटा विकृति उन्मुख गराउन खोजिएको देखिन्छ यसलाई छिटो रोकथाम गनैपर्छ।’

धर्म निरपक्ष भूमिमा कुन पर्व कसको नभनी हरेक पर्वको सम्मान गर्नु मानवाता र बौद्धिकताकै पहिचान हुन सक्छ भन्ने भनाइ सबैको छ। कुन पर्वका कति सबल र दुर्वल पक्षहरू छन केलाइरहँदा दसै र तिहार पनि यस्तै धनी र गरिबको बीचमा अप्ठयारो बनाउने पर्व भनी विश्लेषण भइरहेको देखिन्छ। पर्वमा मिठो खाने र राम्रो लाउने प्रचलन अब कति व्यक्तिगत गोप्य र कति सार्वजनिक र सामाजिक मूल्य र मान्यताअन्तर्गत पर्दछ। एउटा छलफलको गहन विषय हरेक वर्ष आउने पर्वमा हुने गरेता पनि पर्व आखिर पर्व हो जसले गरिब र धनी हेर्दैन, गरिबको पनि  रमाउने अधिकार छ। परिवर्तनशील यो समाजले ल्याएका कस्ता पक्षलाई अँगाल्दा सही हुन्छ र हुँदैन बुझ्ने क्षमता सम्पूर्ण चेतनशील व्यक्तिमा हुनुपर्छ।

गरगहना धेरै लगाएर म राम्री हुन्छु भनी कसैले सोच्छ भने त्यो उसको व्यक्तिगत अधिकारको कुरा हो तर मैले लगाएको गहना र वस्त्रले मेरो वरिपरि रहेका साथीहरूलाई मानसिक रूपमा असर पर्छ वा पर्दैन त्यो कुरा अब बुझ्न जरूरी देखिएको छ। किनकि देश अव परिवर्तनको संघारमा छ समता र बराबरी अधिकारका सवालमा सबै जागिरहेका छन्। हिजो हाम्रा आमा हजुर आमाहरू कति तोलाका सुन लगाउँथे र कतिलाई देखाउँथे यो सावाल अब हुन सक्दैन।

त्यस अर्थमा आजका नारीहरूले बुझ्नुपर्ने कुरा मानव हितकारी भावबाट कुनै पनि पर्व मनाउने हो भने यस्ता टीकाटिप्पणी उठ्न सक्ने छैन। दुःख बिसर्ने तीज भाकाका गीत गाइरहँदा पनि धेरै गहिरिएर सोच्नुपर्ने बेला आइसकेको छ। हिजो समाज एकतन्त्र थियो आज हामी लोकतन्त्रमा छौं यो समय वषौ देखि गुमेका हाम्रा अधिकारलाई खोज्ने बेला हो यहाँ कुन क्रियाकलापले हामीलाई कमजोर बनाउन सकिन्छ हेर्ने आँखाहरू धेरै हुन्छन्।

विषय तीज पर्व मात्र हैन विषय नारीसँग सम्बन्धित अन्य हरेक कुरा हुन सक्छन्। यस अर्थमा महिला धार्मिक विश्वासका साथ जुन बाटोमा हिँडेका छन् त्यो समाज निर्माणका लागि एउटा आध्यात्मिक बाटो पनि हो, जुन आजको अति कठोर यो समाजमा अपरिहार्य देखिन्छ। त्याग सवोपरि बाटो हो जसले मानिसलाई साँचो आनन्द प्रदान गर्दछ।  तर नेपाली महिलाको अबका दिन मात्र यस्ता घरेलु जिम्मेवारीमा वित्न हुँदैन कुनै चाड पर्वमा मात्र यत्रतत्र देखा पर्ने हैन, हरेक तह र तप्कामा पुगेर आफ्नो अधिकारका लागि उभिनुपर्दछ। यो २०७० सालको तीजले सबै नेपाली जनमा सुख, स्वास्थ्य र दीर्घकालीन सोच दिनु सकोस् विगतका भूल सम्झनु मुर्खता हो त्यसैले आजैबाट एउटा प्रतिबद्धता लिउँ, म मेरो भाग्यको निर्माता आफै हूँ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width